< इजकिएल 13 >

1 फेरि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
ויהי דבר יהוה אלי לאמר׃
2 “ए मानिसको छोरो, इस्राएलमा अगमवाणी बोलिरहेका अगमवक्ताहरूका विरुद्धमा अगमवाणी बोल्, र आफ्‍नै कल्‍पनाहरूका अगमवाणी बोल्‍नेहरूलाई यसो भन्, 'परमप्रभुको वचन सुन ।
בן אדם הנבא אל נביאי ישראל הנבאים ואמרת לנביאי מלבם שמעו דבר יהוה׃
3 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः आफ्नै आत्‍माका कुरा पछ्याउने तर केही पनि नदेख्‍ने मूर्ख अगमवक्ताहरूलाई धिक्‍कार ।
כה אמר אדני יהוה הוי על הנביאים הנבלים אשר הלכים אחר רוחם ולבלתי ראו׃
4 ए इस्राएल, तिमीहरूका अगमवक्ताहरू त उजाड-स्‍थानहरूमा बस्‍ने स्‍यालहरूजस्‍ता भएका छन्‌ ।
כשעלים בחרבות נביאיך ישראל היו׃
5 परमप्रभुको दिनमा हुने युद्धमा सुरक्षा होस् भनेर इस्राएलका घरानाको वरिपरिका पर्खालमा भएका भत्‍केका ठाउँहरू मरम्‍मत गर्न पनि तिमीहरू गएका छैनौ ।
לא עליתם בפרצות ותגדרו גדר על בית ישראל לעמד במלחמה ביום יהוה׃
6 मानिसहरूसँग झूटा दर्शनहरू छन्‌ र तिनीहरू झुटा भविष्‍यवाणी गर्छन् । तिनीहरू यसो भन्‍छन्, “परमप्रभुको घोषणा यस्‍तो-यस्तो छ ।” परमप्रभुले तिनीहरूलाई पठाउनुभएको होइन । तापनि आफ्‍ना सन्‍देश पुरा हुनेछन् भनी तिनीहरूले मानिसहरूलाई आशा गर्ने बनाएका छन् ।
חזו שוא וקסם כזב האמרים נאם יהוה ויהוה לא שלחם ויחלו לקים דבר׃
7 के तिमीहरूले झूटा दर्शनहरू देखेका र झुटा भविष्‍यवाणीहरू बोलेका होइनौ र, तिमीहरू जसले “परमप्रभु यस्‍तो-यस्तो भन्‍नुहुन्‍छ,” भन्‍दछौ, जबकि म आफैले ती भनेकै होइन?
הלוא מחזה שוא חזיתם ומקסם כזב אמרתם ואמרים נאם יהוה ואני לא דברתי׃
8 यसैकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः किनभने तिमीहरूले झूटा दर्शनहरू देखेका र झुटा बोलेको छौ । त्‍यसकारण तिमीहरूका विरुद्धमा परमप्रभु परमेश्‍वरको घोषणा यस्‍तो छः
לכן כה אמר אדני יהוה יען דברכם שוא וחזיתם כזב לכן הנני אליכם נאם אדני יהוה׃
9 मेरो हात ती अगमवक्ताहरूका विरुद्धमा हुनेछ, जसले असत्‍य दर्शनहरू देख्‍छन्‌ र झूटा जोखनाहरू भन्‍छन्‌ । तिनीहरू मेरो मानिसहरूका सभामा हुनेछैनन्, वा इस्राएलका घरानाको सूचीमा तिनका नाउँ लेखिनेछैनन् । तिनीहरू इस्राएल देशमा जानुहुँदैन । किनकि परमप्रभु परमेश्‍वर म नै हुँ भनी तिमीहरूले जान्‍नेछौ ।
והיתה ידי אל הנביאים החזים שוא והקסמים כזב בסוד עמי לא יהיו ובכתב בית ישראל לא יכתבו ואל אדמת ישראל לא יבאו וידעתם כי אני אדני יהוה׃
10 यो कारणले र तिनीहरूले मेरो मानिसहरूलाई टाढा लगेका र यसो भनेका कारणले, “शान्‍ति,” जब शान्‍ति नै छैन । तिनीहरू एउटा पर्खाल बनाउँदैछन् जसलाई तिनीहरूले चुन लगाउनेछन् ।'
יען וביען הטעו את עמי לאמר שלום ואין שלום והוא בנה חיץ והנם טחים אתו תפל׃
11 ती पर्खालमा चुना लगाउनेहरूलाई यसो भन्, 'यो ढल्नेछ । घनघोर वृष्‍टि हुनेछ र यसलाई ढाल्नलाई ठुला असिना र यलाई नष्‍ट गर्नलाई आँधीबेहरी म पठाउनेछु ।
אמר אל טחי תפל ויפל היה גשם שוטף ואתנה אבני אלגביש תפלנה ורוח סערות תבקע׃
12 हेर, त्‍यो पर्खाल ढल्‍नेछ । के अरूले तिमीहरूलाई यसो भनेका छैनन् र, “तिमीहरूले पोतेको चुन कहाँ छ?”
והנה נפל הקיר הלוא יאמר אליכם איה הטיח אשר טחתם׃
13 यसैकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः म आफ्‍नो क्रोधमा एउटा डरलाग्‍दो आँधीबेहरी ल्याउनेछु, र मेरो रिसमा पानीको बाढी आउनेछन् । मेरो क्रोधको असिनाले त्यसलाई पूर्ण रूपमा भत्काउनेछ ।
לכן כה אמר אדני יהוה ובקעתי רוח סערות בחמתי וגשם שטף באפי יהיה ואבני אלגביש בחמה לכלה׃
14 किनकि तिमीहरूले चुना पोतेको त्‍यो पर्खाललाई भत्‍काउनेछु र त्‍यसलाई म भूइँसम्‍मै लडाउनेछु, र त्‍यसको जग देखाउनेछु । यसरी त्‍यो ढल्‍नेछ र तिमीहरू सबै पनि त्‍यसको माझमा नष्‍ट हुनेछौ । तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ ।
והרסתי את הקיר אשר טחתם תפל והגעתיהו אל הארץ ונגלה יסדו ונפלה וכליתם בתוכה וידעתם כי אני יהוה׃
15 किनकि म आफ्‍नो क्रोधमा त्यो पर्खाल र त्‍यसलाई चुनले पोत्‍नेहरूलाई नष्‍ट पार्नेछु । म तिमीहरूलाई भन्‍नेछु, “त्‍यो पर्खाल अब छैन न त त्‍यसलाई चुनले पोत्‍ने मानिसहरू नै छन्—
וכליתי את חמתי בקיר ובטחים אתו תפל ואמר לכם אין הקיר ואין הטחים אתו׃
16 यरूशलेमको बारेमा अगमवाणी बोल्‍ने इस्राएलका यी अगमवक्ताहरू र त्‍यसको निम्‍ति शान्‍तिको दर्शन देख्‍नेहरू । तर त्यहाँ शान्ति नै छैन! यो परमप्रभु परमेश्‍वरको घोषणा हो' ।”
נביאי ישראל הנבאים אל ירושלם והחזים לה חזון שלם ואין שלם נאם אדני יהוה׃
17 यसैले अब ए मानिसको छोरो, तेरा मानिसहरूका छोरीहरू, जसले आफ्‍नै कल्‍पनाको अगमवाणी बोल्‍नेहरूतिर तेरो मुख फर्का, रर तिनीहरूका विरुद्धमा अगमवाणी बोल् ।
ואתה בן אדם שים פניך אל בנות עמך המתנבאות מלבהן והנבא עליהן׃
18 यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः धिक्‍कार ती स्‍त्रीहरू, जसले आफ्‍ना हातका हरेक भागमा जादुका बुटीहरू बाँध्छन् र मानिसहरूको शिकार गर्न विभिन्‍न आकारका शिर ढाक्‍ने घुम्‍टा बनाउँछन्‌ । के तिमीहरूले मेरा मानिसहरूका शिकार गर्ने तर आफ्नै जीवनचाहिं बचाउने छौ र?
ואמרת כה אמר אדני יהוה הוי למתפרות כסתות על כל אצילי ידי ועשות המספחות על ראש כל קומה לצודד נפשות הנפשות תצודדנה לעמי ונפשות לכנה תחיינה׃
19 मर्नु नपर्ने मानिसहरूलाई मार्नलाई र बाँच्न नपर्नेहरूको जीवन बचाउनलाई तिमीहरूका कुरा सुन्‍ने मेरा मानिसहरूलाई झुटा कुरा गरेर र आफ्ना दुई-चार मुट्ठी जौ र रोटीका केही टुक्राहरूका निम्‍ति मेरो मानिसहरूका बिचमा तिमीहरूले मलाई बिटुलो पार्‍यौ ।
ותחללנה אתי אל עמי בשעלי שערים ובפתותי לחם להמית נפשות אשר לא תמותנה ולחיות נפשות אשר לא תחיינה בכזבכם לעמי שמעי כזב׃
20 यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः म तिमीहरूका जादुका विरुद्धमा छु, जुन चरालाई झैं मानिसहरूलाई पासोमा पार्न तिमीहरूले प्रयोग गरेका छौ । साँच्‍चै ती म तिमीहरूका पाखुराहरूदेखि ती चुडाउँनेछु । अनि तिमीहरूले चरालाई झैं पासोमा पारेका मानिसहरूलाई म छुटकारा दिनेछु ।
לכן כה אמר אדני יהוה הנני אל כסתותיכנה אשר אתנה מצדדות שם את הנפשות לפרחות וקרעתי אתם מעל זרועתיכם ושלחתי את הנפשות אשר אתם מצדדות את נפשים לפרחת׃
21 म तिमीहरूका घुम्‍टा पनि च्‍यातिदिनेछु, र मेरो प्रजालाई तिमीहरूका हातदेखि छुटाउनेछु, यसरी तिनीहरू फेरि कहिल्‍यै तिमीहरूका हातमा पर्नेछैनन् । म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ ।
וקרעתי את מספחתיכם והצלתי את עמי מידכן ולא יהיו עוד בידכן למצודה וידעתן כי אני יהוה׃
22 किनकि तिमीहरूले झुटा बोलेर धर्मीहरूलाई निराश तुल्‍याएका हुनाले, जबकि मैले उसलाई निरास तुल्याउने इच्छा गरिनँ, र तिमीहरूले दुष्‍ट व्‍यक्‍तिका कामहरूलाई उत्‍साह दियौ ताकि आफ्‍नो प्राण बचाउन आफ्‍ना चालबाट ऊ फर्कनेछैन—
יען הכאות לב צדיק שקר ואני לא הכאבתיו ולחזק ידי רשע לבלתי שוב מדרכו הרע להחיתו׃
23 यसैकारण तिमीहरूले अब फेरि कहिल्‍यै झुटा दर्शन देख्‍नेछैनौ नत भविष्‍यवाणी गरिरहनेछौ, किनकि म आफ्‍ना मानिसहरूलाई तिमीहरूका हातदेखि बचाउनेछु । म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ।'”
לכן שוא לא תחזינה וקסם לא תקסמנה עוד והצלתי את עמי מידכן וידעתן כי אני יהוה׃

< इजकिएल 13 >