< इजकिएल 12 >
1 परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
И бысть слово Господне ко мне глаголя:
2 “ए मानिसको छोरो, तँ एउटा विद्रोही घरानाको बिचमा बस्छस्, जहाँ तिनीहरूका हेर्ने आँखा त छन् तर तिनीहरू देख्दैनन् । अनि तिनीहरूका सुन्ने कान त छन् तर सुन्दैनन्, किनभने तिनीहरू विद्रोही घराना हुन् ।
сыне человечь, посреде неправд их ты живеши, иже очи имут видети, и не видят, и ушы имут, еже слышати, и не слышат, зане дом преогорчеваяй есть.
3 यसकारण ए मानिसको छोरो, निर्वासित भएको व्यक्तिझैं आफ्ना सामान पोको पार्, र दिउँसै तिनीहरूले देख्ने गरी जान सुरु गर्, किनकि तिनीहरूकै सामु तँलाई म निर्वासित तुल्याउनेछु । तिनीहरू विद्रोही घराना भए तापनि शायद तिनीहरूले बुझ्लान् ।
И ты, сыне человечь, сотвори себе сосуды пленнически, и пленен буди днем пред ними, и преселен буди от места твоего на место другое пред ними, яко да видят, зане дом прогневляяй есть.
4 निर्वासनको लागि तेरा सामनाहरू दिउँसै तिनीहरूका आँखाकै सामुन्ने बाहिर निकाल्नेछस् । तिनीहरूका आँखाकै सामुन्ने कोही निर्वासनमा जानेझैं बेलुकी जानेछस् ।
И да изнесеши сосуды твоя, яко сосуд пленнический, днем пред очима их: ты же изыдеши в вечер пред ними, якоже исходит пленник.
5 तिनीहरूले देख्ने गरी पर्खालमा प्वाल पार्, र त्यसैबाट बाहिर निक्लेर जा ।
Прокопай себе стену, и да изыдеши сквозе ю пред ними.
6 तिनीहरूले हेरिरहँदा तैंले आफ्नो सामान काँधमा उठा, र ती अँध्यारोमा बोकेर बाहिर लैजा । आफ्नो मुख छोप्, किनकि तैंले भुइँ देख्नुहुँदैन, किनभने इस्राएलका घरानाको निम्ति मैले तँलाई एउटा चिन्हको रूपमा अलग गरेको छु ।”
На раменех взят будеши и покровен изыдеши, лице твое покрыеши, и да не видиши земли, понеже чудо тя дах дому Израилеву.
7 यसरी जस्तो मलाई आज्ञा गरियो त्यस्तै मैले गरें । निर्वासनको लागि मैले आफ्ना सामानहरू दिउँसो बाहिर निकालें, र बेलुका हातले पर्खालमा प्वाल पारें । मैले आफ्ना सामानहरू अँध्यारोमा बाहिर निकालें, र तिनीहरूले हेर्दाहेर्दै ती आफ्ना काँधमा बोकें ।
И сотворих тако все, елико ми заповеда Господь: и сосуды изнесох яко сосуды пленничы днем, и в вечер прокопах себе стену рукою, и отай изыдох, и на рамена взят бых пред ними.
8 त्यसपछि बिहान परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
И бысть слово Господне заутра ко мне глаголя:
9 “ए मानिसको छोरो, के इस्राएलका घराना, त्यो विद्रोही घरानाले, 'तिमी यो के गर्दैछौ?' भनेर सोधेन?
сыне человечь, не реша ли к тебе дом Израилев, дом прогневляяй: что ты твориши?
10 तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः यो भविष्य सुचक कामले यरूशलेमका शासक र सारा इस्राएलका घरानासित सम्बन्ध राख्छ ।’
Рцы к ним: тако глаголет Господь Бог: ко князю и старейшинам Иерусалимлим, и всему дому Израилеву, иже суть среде их,
11 यसो भन्, 'तिमीहरूका निम्ति म एउटा चिन्ह हुँ ।’ मैले जसो गरेको छु, तिनीहरूलाई त्यस्तै गरिनेछ । तिनीहरू निर्वासन र कैदमा जानेछन् ।
рцы, яко аз чудеса творю, якоже сотворих, сице им будет: во преселении и во пленении изыдут.
12 तिनीहरूका बिचमा हुने शासकले साँझमा आफ्नो काँधमा सामान बोक्नेछ, र पर्खालबाट बाहिर जानेछ । तिनीहरूले पर्खाल फोर्नेछन् र आफ्ना सामानहरू बाहिर निकाल्नेछन् । आफ्ना आँखाले भूइँ नदेखोस् भनेर त्यसले आफ्नो मुख छोप्नेछ ।
И князь среде их на рамена взят будет, и отай изыдет сквозе стену, и прокопает, еже ему изыти сквозе ю, лице свое покрыет, да не видимь будет очесы, и сам земли не узрит.
13 म आफ्नो जाल त्यसमाथि फिंजाउनेछु, र त्यो मेरो पासोमा पर्नेछ । तब म त्यसलाई कल्दीहरूको देश बेबिलोनियामा लानेछु, तर त्यसले त्यो देख्नेछैन । त्यो त्यहीं मर्नेछ ।
И простру мрежу Мою нань, и ят будет во одержании Моем, и введу его в Вавилон в землю Халдейску, и не узрит ея, и тамо скончается.
14 त्यसका वरिपरि हुनेहरू जसले त्यसलाई मदत गर्छन् र त्यसका सम्पूर्ण फौजलाई म तितरबितर पार्नेछु, र तिनीहरूको पछि म तरवार पठाउनेछु ।
И вся, иже окрест его, помощники его, и вся заступающыя его разсею по всем ветром, и мечь излию вслед их:
15 जब जातिहरूका बिचमा तिनीहरूलाई म छरपष्ट पार्नेछु र देश-देशमा तिनीहरूलाई तितरबितर पार्नेछु, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।
и уведят, яко Аз Господь, егда разсыплю я во языки и разсею я по странам:
16 तर म तिनीहरूमध्येका थोरैलाई तरवार, अनिकाल र रूढीबाट जोगाउनेछु, ताकि जहाँ तिनीहरू जानेछन्, त्यहाँका जातिहरूका बिचमा आफ्ना घिनलाग्दा व्यवहारहरूका लेखा तिनीहरूले राख्नेछन्, यसरी म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।”
и оставлю от них мужы в число от меча и от глада и от смерти, яко да поведят вся беззакония их во языцех, аможе внидут: и уведят, яко Аз Господь.
17 परमेश्वरको वचन यसो भनेर मकहाँ आयो,
И бысть слово Господне ко мне глаголя:
18 “ए मानिसको छोरो, आफ्नो भोजन थरथर हुँदै खा, र काम्दै र चिन्ता गर्दै पानी पी ।
сыне человечь, хлеб твой с болезнию снеси и воду твою со страданием и скорбию испиеши.
19 अनि देशका मानिसहरूलाई यसो भन्: 'यरूशलेमका बासिन्दाहरू र इस्राएल देश बारेमा परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः “तिनीहरूले आफ्नो भोजन काम्दै खानेछन्, र थरथर काम्दै तिनीहरूले आफ्नो पानी पिउनेछन्, किनकि त्यहाँ बस्नेहरूका हिंसाको कारणले त्यसमा भएका सबै कुरासमेत तिनीहरूका देश उजाड पारिनेछ ।
И речеши к людем земли: сия глаголет Адонаи Господь живущым в Иерусалиме на земли Израилеве: хлебы своя с недостатком снедят и воду свою с пагубою испиют: яко да погибнет земля со исполнением своим, в нечестии бо вси живущии в ней.
20 मानिसहरू बसेका सहरहरू उजाड हुनेछन्, र देश उजाड-स्थान हुनेछ । तब म नै परमप्रभु हुँ भी तिमीहरूले जान्नेछौ ।’”
И гради их населеннии опустеют, и земля их в погибель будет, и увесте, яко Аз Господь.
21 फेरि पनि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
И бысть слово Господне ко мне глаголя:
22 “ए मानिसको छोरो, ‘समय लामो पारिएको छ, र हरेक दर्शन फेल हुन्छ' भन्ने इस्राएलमा चल्दैआएको उखान के हो?
сыне человечь, кая притча сия вам на земли Израилеве, глаголющым: долги дни, погибе всякое видение?
23 यसकारण तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः म यस उखानको अन्त गरिदिनेछु, र इस्राएलका मानिसहरूले फेरि कहिल्यै यो प्रयोग गर्नेछैनन् ।' तिनीहरूलाई यसो भन्, ‘समय नजिकै आएको छ, जति बेला हरेक दर्शन पुरा हुनेछ ।
Сего ради рцы к ним: тако глаголет Адонаи Господь: отвращу притчу сию, и потом не рекут притчи тоя дом Израилев, яко речеши к ним: приближишася дние и слово всякаго видения.
24 किनकि अब फेरि कहिल्यै इस्राएलका मानिसहरूका बिचमा झूटा दर्शन र जोखना हेर्नेहरू हुनेछैनन् ।
Зане не будет ктому всякое видение ложное, и волхвуяй угодная среде сынов Израилевых.
25 किनकि म परमप्रभु हुँ! म बोल्छु र आफूले बोलेका कुरा पुरा गर्छु । यो कुरा ढिलो हुनेछैन । किनकि ए विद्रोही घराना, तिमीहरूका समयमा नै मैले भनेको यो कुरा म पुरा गर्नेछु, यो परमप्रभु परमेश्वरको घोषणा हो ।”
Яко Аз Господь возглаголю словеса Моя, возглаголю и сотворю и не продолжу ктому: во дни вашя, доме прогневаяй, реку слово и сотворю, глаголет Адонаи Господь.
26 फेरि पनि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
И бысть слово Господне ко мне глаголя:
27 “ए मानिसको छोरो, हेर्, इस्राएलका घरानाले यसो भनेको छ, 'त्यसले देखेको दर्शन अबदेखि धेरै दिनसम्मको लागि हो र त्यसले बोलेको अगमवाणी धेरै समयपछिका लागि हो ।'
сыне человечь, се, дом Израилев преогорчеваяй глаголюще глаголют: видение, еже сей видит, на дни многи, и на времена долга сей прорицает.
28 यसकारण तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः मेरा वचन पुरा हुन अब ढिलो हुनेछैन, तर मैले बोलेका वचन पुरा हुनेछन्, यो परमप्रभु परमेश्वरको घोषणा हो ।
Сего ради рцы к ним: сия глаголет Господь Бог: не продолжатся ктому вся словеса Моя, яже возглаголю: яко возглаголю слово и сотворю, глаголет Адонаи Господь.