< इजकिएल 1 >
1 तिसौं वर्षको चौथो महिनाको पाँचौं दिनमा जब म निर्वासितसँग कबार नहरको किनारमा बसिरहँदा यस्तो भयो । आकाश खोलियो र मैले परमेश्वरका दर्शनहरू देखें ।
当三十年四月初五日,以西结在迦巴鲁河边被掳的人中,天就开了,得见 神的异象。
2 त्यस महिनाको पाँचौं दिनमा— यहोयाकीन राजा निर्वासित भएको यो पाँचौं वर्ष थियो—
正是约雅斤王被掳去第五年四月初五日,
3 कल्दीहरूको देशमा कबार नहरको किनारमा परमप्रभुको वचन बूजीको छोरो इजकिएल पुजारीकहाँ आयो, र त्यहाँ परमप्रभुको हात तिनीमाथि थियो ।
在迦勒底人之地、迦巴鲁河边,耶和华的话特特临到布西的儿子祭司以西结;耶和华的灵降在他身上。
4 तब मैले हेरें, र उत्तरबाट आँधीबेहरी आइरहेको थियो । एउटा विशाल बादल, बिजुलीको चमकसमेत, अनि त्यसको वरिपरि र भित्र चहकिलो उज्यालो थियो, र त्यस आगोको माझ जल्दो पहेंलो धातुझैं थियो ।
我观看,见狂风从北方刮来,随着有一朵包括闪烁火的大云,周围有光辉;从其中的火内发出好像光耀的精金;
5 माझमा चार जीवित प्राणीहरूजस्ता थिए । तिनीहरूका स्वरूप यस्तो थियोः तिनीहरू मानिसको स्वरूपजस्ता थिए,
又从其中显出四个活物的形象来。他们的形状是这样:有人的形象,
6 तर तिनीहरू हरेकका चारवटा मुहार थिए, र हरेकका प्राणीका चारवटा पखेटा थिए ।
各有四个脸面,四个翅膀。
7 तिनीहरूका गोडा सीधा थिए, तर तिनीहरूका खुट्टा बाछाका खुरजस्ता थिए जो टल्काइराखेका काँसाजस्तै टल्कन्थे ।
他们的腿是直的,脚掌好像牛犊之蹄,都灿烂如光明的铜。
8 तापनि तिनीहरूका पखेटामुनि चारैतिर मानिसका हातहरू थिए । ती चारैका मुहार र पखेटाहरू यस्ता थिएः
在四面的翅膀以下有人的手。这四个活物的脸和翅膀乃是这样:
9 एउटाको पखेटाले अर्काको पखेटालाई छोएको थियो, कतै जाँदा तिनीहरू फर्कंदैन थिए । बरु, हरेक सोझै अगाडि हिंड्थ्यो ।
翅膀彼此相接,行走并不转身,俱各直往前行。
10 तिनीहरूका मुहार मानिसको झैं थियो । ती चारैको दाहिनेपट्टिको मुहार सिंहको जस्तो र देब्रेपट्टिको अनुहारचाहिं गोरुको जस्तो थियो । ती चारैवटाको चिलको जस्तो अनुहार पनि थियो ।
至于脸的形象:前面各有人的脸,右面各有狮子的脸,左面各有牛的脸,后面各有鹰的脸。
11 तिनीहरूका मुहार यस्तै थिए, र तिनीहरूका पखेटाचाहिं बाहिर मास्तिर फैलिएका थिए । हरेकका दुईवटा पखेटाले चाहिं एउटाले अर्काको पखेटालाई छोएका थिए, र दुईवटा पखेटाले आ-आफ्ना शरीर ढाकेका थिए ।
各展开上边的两个翅膀相接,各以下边的两个翅膀遮体。
12 तिनीहरू हरेक सोझै हिंड्थे, ताकि आत्माले जता-जता लग्यो तिनीहरू त्यतै जान्थे, तिनीहरू यताउता नफर्की हिंड्थे ।
他们俱各直往前行。灵往哪里去,他们就往那里去,行走并不转身。
13 ती जीवित प्राणीहरूको आकृति जलिरहेको आगोको भुङ्ग्रोजस्तो, राँकोहरूजस्ता थिए । ती प्राणीहरूको बिचमा चम्किलो आगो यताउता जान्थ्यो, र त्यहाँ बिजुलीका चमकहरू थिए ।
至于四活物的形象,就如烧着火炭的形状,又如火把的形状。火在四活物中间上去下来,这火有光辉,从火中发出闪电。
14 ती जीवित प्राणीहरू तिव्र गतिले अघि पछि जान्थे, र तिनीहरू बिजुलीको चमकजस्ता देखिन्थे ।
这活物往来奔走,好像电光一闪。
15 तब मैले ती जीवित प्राणीहरूलाई हेरें र ती चारै मुहार भएका हरेक प्राणीको छेउमा मैले जमिनमा एउटा पाङ्ग्रा देखें ।
我正观看活物的时候,见活物的脸旁各有一轮在地上。
16 ती पाङ्ग्राहरूका आकार र बनावट यस्ता थिएः हरेक पाङ्ग्रा पीतमणिजस्तै थिए, र ती चारैवटा उस्तै किसिमका थिए । एउटा पाङ्ग्रो अर्को पाङ्ग्रोमा खप्टिएको भएझैं थियो ।
轮的形状和颜色好像水苍玉。四轮都是一个样式,形状和作法好像轮中套轮。
17 जसै ती हलचल गर्थे, तब कतै नफर्की ती चारैतिर हिंड्थे ।
轮行走的时候,向四方都能直行,并不掉转。
18 तिनीहरूका घेरा अल्गा र डरलाग्दा थिए, किनकि ती चारै घेरा आँखाहरूले भरिएका थिए ।
至于轮辋,高而可畏;四个轮辋周围满有眼睛。
19 जब ती जीवित प्राणीहरू चलहल गर्थे, तब ती पाङ्ग्राहरू पनि साथसाथै हिंड्थे । जब ती जीवित प्राणीहरू जमिनबाट माथि उठ्थे, तब ती पाङ्ग्राहरू पनि उठ्थे ।
活物行走,轮也在旁边行走;活物从地上升,轮也都上升。
20 आत्मा जता जानुहुन्थ्यो तिनीहरू त्यतै जान्थे, र ती पाङ्ग्राहरू पनि तिनीहरूसँगै उठ्थे, किनकि ती जीवित प्राणीहरूका आत्मा तिनै पाङ्ग्रामा थिए ।
灵往哪里去,活物就往那里去;活物上升,轮也在活物旁边上升,因为活物的灵在轮中。
21 जब ती प्राणीहरू चलहल गर्थे, तब पाङ्ग्राहरू पनि चलहल गर्थे । अनि जब ती प्राणीहरू ठिङ्ग उभिन्थे, तब ती पाङ्ग्राहरू पनि ठिङ्ग उभिन्थे । ती प्राणीहरू जमिनबाट उठ्दा यी पाङ्ग्रा पनि तिनीहरूसँगै उठेर जान्थे, किनभने ती जीवित प्राणीहरूका आत्मा ती पाङ्ग्रामा नै थिए ।
那些行走,这些也行走;那些站住,这些也站住;那些从地上升,轮也在旁边上升,因为活物的灵在轮中。
22 ती जीवित प्राणीहरूका शिरको मास्तिर विशाल अर्धगोलाकार क्षेत्रजस्तै थियो । त्यो तिनीहरूको शिरमाथिबाट फैलिएको भयावह स्फटिकझैं देखिन्थ्यो ।
活物的头以上有穹苍的形象,看着像可畏的水晶,铺张在活物的头以上。
23 त्यो विशाल अर्धगोलाकार क्षेत्र मुन्तिर ती हरेक प्राणीका पखेटाहरू सोझै फैलिएका थिए र एउटाको पखेटाले अर्काको पखेटालाई छुन्थ्यो । हरेक जीवित प्राणीका आफूलाई ढाक्ने एकजोडी पखेटा थिए । हरेकसित आफूलाई ढाक्ने जोडी थियो ।
穹苍以下,活物的翅膀直张,彼此相对;每活物有两个翅膀遮体。
24 तब मैले तिनीहरूका पखेटाको आवाज सुनें । त्यो आवाज धेरै पानीको हल्लाजस्तै थियो । जब तिनीहरू हलचल गर्थे, तब सर्वशक्तिमान्को आवाजजस्तो हुन्थ्यो । आँधीको वर्षाजस्तो थियो । सेनाको आवाजजस्तो थियो । जब तिनीहरू ठिङ्ग उभिन्थे, तब तिनीहरूले आफ्ना पखेटा तल झार्थे ।
活物行走的时候,我听见翅膀的响声,像大水的声音,像全能者的声音,也像军队哄嚷的声音。活物站住的时候,便将翅膀垂下。
25 जब तिनीहरू ठिङ्ग उभिए र आफ्ना पखेटा तल झारे, तब तिनीहरूका शिरहरू मास्तिरको विशाल अर्धगोलाकार क्षेत्रबाट एउटा आवाज आयो ।
在他们头以上的穹苍之上有声音。他们站住的时候,便将翅膀垂下。
26 तिनीहरू शिरमाथिका विशाल अर्धगोलाकार क्षेत्रमाथि एउटा सिंहासनजस्तो थियो जुन हेर्दा त्यो नीलमणीजस्तै देखिन्थ्यो, र त्यो सिंहासनजस्तोमा बस्नेको स्वरूप मानिसको जस्तो थियो ।
在他们头以上的穹苍之上有宝座的形象,仿佛蓝宝石;在宝座形象以上有仿佛人的形状。
27 मैले उहाँको कम्मरदेखि मास्तिर जल्दो धातुजस्तै भएको एउटा आकृति देखें । उहाँको कम्मरदेखि मुन्तिरको आकृति पनि आगोजस्तै देखियो, र उहाँको वरिपरी चहकिलो उज्यालोले घेरिराखेको थियो ।
我见从他腰以上有仿佛光耀的精金,周围都有火的形状,又见从他腰以下有仿佛火的形状,周围也有光辉。
28 उहाँको वरिपरीको चम्किलो उज्यालो पानी परेको दिन बादलमा देखिने इन्द्रेनीको आकारझैं उज्ज्वल थियो । त्यो परमप्रभुका महिमासँग मिल्दो दोखिन्थ्यो । जब मैले त्यो देखें तब म घोप्टो परें, र एउटा बोलिरहेको आवाज मैले सुनें ।
下雨的日子,云中虹的形状怎样,周围光辉的形状也是怎样。 这就是耶和华荣耀的形象。我一看见就俯伏在地,又听见一位说话的声音。