< प्रस्थान 7 >
1 परमप्रभुले मोशालाई भन्नुभयो, “हेर्, मैले तँलाई फारोको निम्ति ईश्वरजस्तै बनाएको छु । तेरो दाजु हारून तेरो अगमवक्ता हुनेछ ।
Rəbbee Mısayk'le eyhen: – Ğu Yizın cuvab Harunule, yiğne çocule, ğana fironulqa hixhar ha'as. Mana yiğna peyğambar xhinne ixhes.
2 मैले तँलाई आज्ञा गरेको हरेक कुरो तैँले भन्नू । फारोको देशबाट इस्राएलका मानिसहरूलाई जान दिइयोस् भन्नाका लागि तेरो दाजु हारूनले फारोसित बोल्नेछ ।
Zı vak'le uvhuyn gırgın kar yiğne çocus Harunus yuşan he'e. Hasre mang'veeyid fironuk'le eyhecen İzrailybı Misirğançe g'avkeva.
3 तर म फारोको ह्रदय कठोर पार्नेछु, र मिश्र देशमा मेरो शक्तिमा धेरै चिन्हहरू, अचम्मका कामहरू देखाउनेछु ।
Zı fironuke hı't'iy ha'as, mang'vee, Zı Misir geed əlaamatbıyiy həşdilqamee g'ıdecuyn karbı he'eyid şol k'ırı alixhxhes deş. Manke Zı Misirılqa xıl alivka'as, yı'q'ı'n əq'übabı g'axıles, Yizın millet, İzrailybı, g'oşunbı xhinne Misirğançe qığaa'as.
4 तर फारोले तेरो कुरा सुन्नेछैन । त्यसैले म मेरो हात मिश्रमाथि पसारी ठुला-ठुला दण्डका क्रियाकलापहरूद्वारा मेरा योद्धाहरू, मेरो जाति र इस्राएलका सन्तानहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनेछु ।
5 मैले मिश्रमाथि मेरो हात पसारेर इस्राएलीहरूलाई तिनीहरूका बिचबाट ल्याएपछि म नै परमप्रभु हुँ भनी मिश्रीहरूले जान्नेछन् ।”
Zı xıl alivkav'u İzrailybı manbışde yıq'nençe qığav'umee, Misirbışik'le Zı Rəbb ıxhay ats'axhxhes!
6 परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशा र हारूनले गरे ।
Mıseeyiy Harunee Rəbbee nəxüdiy uvhu həməxüdud ha'an.
7 फारोसित कुरा गर्दा मोशा असी वर्षका थिए भने हारून त्रियासी वर्षका थिए ।
Manbı fironuka yuşan ha'ang'a Mısayka molyts'al, Harunukad molyts'ale xhebılle sen ıxha.
8 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,
Rəbbee Mısayk'leyiy Harunuk'le eyhen:
9 “फारोले तिमीहरूलाई 'आश्चर्यकर्म गर्' भन्दा तैँले हारूनलाई भन्नू, 'तपाईंको लट्ठी लिएर त्यसलाई फारोको सामुन्ने फ्याँक्नुहोस् अनि त्यो सर्प बन्नेछ' ।”
– Fironee şok'le uvhuyng'a: «Əlaamat hagveva», Mısee Harunuk'le eyhecen: «Yiğın əsaa alyaat'u fironne ögiylqa dağetç'e». Əsaa manke xoçelqa sak'alas.
10 तब मोशा र हारून फारोकहाँ गए, र परमप्रभुले आज्ञा गर्नुभएझैँ तिनीहरूले गरे । हारूनले फारो र तिनका अधिकारीहरूका सामु आफ्नो लट्ठी फ्याँके र त्यो सर्प भयो ।
Mısayiy Harun fironusqa abı, Rəbbee uvhuyn xhinne ha'a. Harunee cun əsaa fironneyiy cune insanaaşine ögiylqa dağetçumee, man xoçelqa siyk'al.
11 तब फारोले आफ्ना बुद्धिमानी मानिस र टुनामुना गर्नेहरूलाई डाके । तिनीहरूका जादुद्वारा तिनीहरूले पनि उही कुरो गरे ।
Manke fironee k'oran ək'elynanbıyiy cadu ha'anbı cusqa qoot'al. Misirne cadu ha'anbışisse cadubışika man kar ha'as əxən.
12 हरेक मानिसले आ-आफ्नो लट्ठी फ्याँके र ती लट्ठीहरू सर्प बने । तर हारूनको लट्ठीले तिनीहरूका सर्पहरूलाई निलिदियो ।
Gırgıng'vee con əsaabı ç'iyelqa dağa'a. Dağı'iyn əsaabı xoçebışilqa siyk'al. Harunnemee əsaan gırgın əsaabı k'öğənbı.
13 फारोको ह्रदय कठोर पारियो, र परमप्रभुले पहिले भन्नुभएझैँ तिनले उनीहरूका कुरा सुनेनन् ।
Rəbbe uvhuyn eyxhe, firon hı't'iyra ıxha, mang'vee manbışil k'ırı iliyxhe deş.
14 परमप्रभुले मोशालाई भन्नुभयो, “फारोको ह्रदय कठोर छ, त्यसले मानिसहरूलाई जान दिन इन्कार गर्छ ।
Rəbbe Mısayk'le eyhen: – Firon hı't'iyra vor, mang'us millet g'aykkas ıkkan deşod.
15 फारो नदीतिर जाने बेलामा बिहानै त्यसकहाँ जा । त्यसलाई भेट्न नदीको तटमा उभेर बस् र सर्प बनेको लट्ठी तेरो हातमा लिएर जा ।
G'iyqa miç'eer firon damaysqa ı'qqəmee xoçelqa siyk'alan əsaayid alyaat'u ğu mang'usqa hak'ne. Mana Niline mıglek gozete'e.
16 त्यसलाई भन्, 'हिब्रूहरूका परमेश्वर परमप्रभुले मलाई तपाईंकहाँ यसो भनेर पठाउनुभएको छ, 'मेरो जातिलाई जान दे ताकि तिनीहरू उजाड-स्थानमा गएर मेरो आराधना गर्न सकून् । तैँले अहिलेसम्म मानेको छैनस् ।'
G'acumee fironuk'le eyhe: «Rəbbee, cühüt'yaaşine Allahee in eyhesva zı vasqa g'axuvu: Cun millet g'aykke sahree Cus ı'bəədat he'ecen! Ğu həşdilqamee k'ırı alixhxhı deş.
17 परमप्रभु यसो भन्नुहुन्छ, 'यसद्वारा म परमप्रभु हुँ भनी तैँले थाहा पाउनेछस् । मेरो हातमा भएको यस लट्ठीले म नील नदीको पानीलाई प्रहार गर्नेछु र नदी रगतमा परिणत हुनेछ ।
Rəbbevud eyhe: Həşde vak'le ats'axhxhesın Mana Rəbb ıxhay. Yizde xılene əsaaka zı Niline xhyanıs ı'xı'mee xhyan ebalqa sak'alas.
18 नदीमा भएका माछाहरू मर्नेछन्, र नदी गन्हाउनेछ । मिश्रीहरूले नदीबाट पानी पिउन सक्नेछैनन् ।'
Nileedın balığar hatt'asınbı, əq'ı'yn eva qales, Misirğançenbışisse mançe xhyan ulyoğas əxəs deş».
19 तब परमप्रभुले मोशालाई भन्नुभयो, “हारूनलाई भन्, 'तेरो लट्ठी लिई मिश्रका पानी, नदीहरू, खोलाहरू, तालहरू र पोखरीहरूमा तेरो हात पसार् र ती पानी रगत बन्नेछन् । यसो गर् ताकि मिश्र देशभरि जताततै रगत होस्, यहाँसम्म कि काठ र ढुङ्गाहरूका भाँडाकुँडाहरूमा पनि रगत होस्' ।”
Rəbbee meed Mısayk'le eyhen: – Harunuk'le inəxüd eyhe: əsaa alyaat'u, xıl Misirne damabışilqa, arxbışilqa, g'oleeşilqa, gırgıne xhyan havacene cigabışilqa hotkecen. Maadın gırgın xhyan ebalqa sak'alas. Q'uvayned, g'ayeyned g'abbışee gırgınəəng'ə Misir eb vuxhes.
20 परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशा र हारूनले गरे । हारूनले लट्ठी उठाएर फारो र तिनका अधिकारीहरूका सामुन्ने त्यसलाई नदीमा पसारे । सबै पानी रगतमा परिणत भए ।
Mıseeyiy Harunee gırgın Rəbbee cok'le uvhuyn xhinne ha'a. Harunee fironneyiy cune insanaaşine ögiyl əsaa ooqa qı'ı Nileene xhines ı'xı'mee, gırgın xhyan ebalqa siyk'al.
21 नदीका माछाहरू मरे र पानी गन्हाउन थाल्यो । मिश्रीहरूले नदीको पानी पिउन सकेनन्, र मिश्र देशैभरि जताततै रगतै-रगत थियो ।
Nileedın baluğar haat'anbı, mançe məxdun əq'ı'yn eva g'əə giyğal, Misirbışisse mançe xhyan ulyoğas əxə deş. Misir gırgınəəng'ə eb vuxha.
22 तर मिश्रका जादुगरहरूले पनि आफ्नो जादुद्वारा त्यसै गरे । त्यसकारण परमप्रभुले भन्नुभएझैँ फारोको ह्रदय कठोर भयो र तिनले मोशा र हारूनको कुरा सुनेनन् ।
Misirne cadu ha'anbışissed caduyka man kar ha'as əxən. Firon hı't'iyra ıxha, Rəbbee uvhuyn xhinne, mang'vee Mısaylil Harunul k'ırı iliyxhe deş.
23 तब फारो फर्केर आफ्नो घर गए । तिनले यसमा ध्यान पनि दिएनन् ।
Fironee man yik'eeqa ıkkeka deş, sark'ıl cune sareeqa ayk'an.
24 सबै मिश्रीले पिउने पानीको लागि नदीको वरिपरि खने, तर तिनीहरूले नदीकै पानी भने पिउन सकेनन् ।
Misirbışe Niline hiqiy-alla kahrızbı iliykar ulyoğasın xhyan t'abal ha'a. Manbışisse dameençe ulyoğas əxə deş.
25 परमप्रभुले नदीमा आक्रण गर्नुभएको सात दिन भएको थियो ।
Rəbbee damalqa ver ablyav'uyn yighılle yiğ eyxhe.