< प्रस्थान 6 >

1 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “अब म फारोलाई जे गर्नेछु, त्यो तैँले देख्‍नेछस् । मेरो शक्तिशाली हातको कारणले गर्दा त्यसले तिनीहरूलाई जान दिएको तैँले देख्‍नेछस् । मेरो शक्तिशाली हातको कारणले गर्दा त्यसले तिनीहरूलाई आफ्नो देशबाट बाहिर निकाल्नेछ ।”
Kisha Bwana akamwambia Mose, “Sasa utaona kitu nitakachomfanyia Farao: Kwa sababu ya mkono wangu wenye nguvu atawaachia watu waende; kwa sababu ya mkono wangu wenye nguvu atawafukuza waondoke nchini mwake.”
2 परमेश्‍वर मोशासित बोल्नुभयो र भन्‍नुभयो, “म परमप्रभु हुँ ।
Pia Mungu akamwambia Mose, “Mimi ndimi Bwana.
3 म सर्वशक्तिमान् परमेश्‍वरको रूपमा अब्राहाम, इसहाक र याकूबकहाँ देखा परेँ । तर मेरो नाउँ परमप्रभुको रूपमा म तिनीहरूकहाँ चिनाएको थिइनँ ।
Nilimtokea Abrahamu, Isaki na Yakobo kama Mungu Mwenyezi, ingawa sikuwajulisha Jina langu, Yehova, Mimi mwenyewe sikujitambulisha kwao.
4 तिनीहरूलाई कनान देश दिनलाई मैले तिनीहरूसित मेरो करार पनि बाँधेँ । यो त्यही देश हो जहाँ तिनीहरू प्रवासी भएर यताउता चाहारे ।
Pia niliweka Agano langu nao kuwapa nchi ya Kanaani, ambako waliishi kama wageni.
5 अनि मिश्रीहरूले दासत्वमा राखेका इस्राएलीहरूको क्रन्दनलाई मैले सुनेको छु, र मैले मेरो करारको सम्झना गरेको छु ।
Zaidi ya hayo, nimesikia kilio cha huzuni cha Waisraeli ambao Wamisri wamewatia utumwani, nami nimelikumbuka Agano langu.
6 त्यसकारण, इस्राएलीहरूलाई यसो भन्, 'म परमप्रभु हुँ । म तिमीहरूलाई मिश्रीहरूको दासत्वबाट निकाली तिनीहरूको शक्तिबाट मुक्त गराउनेछु । मेरो शक्ति देखाएर र इन्साफका शक्तिशाली कामहरू गरेर म तिमीहरूलाई छुटकारा दिनेछु ।
“Kwa hiyo, waambie Waisraeli: ‘Mimi ndimi Bwana, nami nitawatoa mtoke katika kongwa la Wamisri. Nitawaweka huru mtoke kuwa watumwa wao, nami nitawakomboa kwa mkono ulionyooshwa pamoja na matendo makuu ya hukumu.
7 म तिमीहरूलाई मेरै जाति हुनलाई ग्रहण गर्नेछु, र म तिमीहरूका परमेश्‍वर हुनेछु । तिमीहरूलाई मिश्रीहरूको दासत्वबाट निकालेर ल्याउने म तिमीहरूका परमप्रभु परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍नेछौ ।
Nitawatwaa mwe watu wangu mwenyewe, nami nitakuwa Mungu wenu. Ndipo mtajua kuwa mimi ndimi Bwana Mungu wenu, niliyewatoa chini ya kongwa la Wamisri.
8 मैले अब्राहाम, इसहाक र याकूबलाई दिने प्रतिज्ञा गरेको देशमा म तिमीहरूलाई ल्याउनेछु । म यो तिमीहरूलाई सम्पत्तिको रूपमा दिनेछु । म परमप्रभु हुँ' ।”
Nami nitawaleta mpaka nchi niliyoapa kwa mkono ulioinuliwa kumpa Abrahamu, Isaki na Yakobo. Nitawapa iwe milki yenu. Mimi ndimi Bwana.’”
9 मोशाले इस्राएलीहरूलाई यो कुरा बताउँदा तिनीहरूको कठोर दासत्वको कारणले उब्जेको तिनीहरूको निरुत्साहले गर्दा तिनीहरूले तिनको कुरा सुनेनन् ।
Mose akawaarifu Waisraeli jambo hili, lakini hawakumsikiliza kwa sababu ya maumivu makuu ya moyoni na utumwa wa kikatili.
10 तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,
Ndipo Bwana akamwambia Mose,
11 “इस्राएलका मानिसहरूलाई त्यसको देशबाट जान दे भनी मिश्रका राजा फारोलाई बताइदे ।”
“Nenda, mwambie Farao mfalme wa Misri awaachie Waisraeli waondoke nchini mwake.”
12 मोशाले परमप्रभुलाई भने, “इस्राएलीहरूले त मेरो कुरा सुनेका छैनन् भने फारोले किन सुन्‍ने किनकि म बोल्नमा सिपालु छैनँ?”
Lakini Mose akamwambia Bwana, “Ikiwa Waisraeli hawatanisikiliza, kwa nini yeye Farao anisikilize mimi, ambaye huzungumza kwa kigugumizi?”
13 परमप्रभु मोशा र हारूनसित बोल्नुभयो । इस्राएलीहरूलाई मिश्र देशबाट बाहिर ल्याउन उहाँले मिश्रका राजा फारोलाई बताउनू भनी तिनीहरूलाई आज्ञा दिनुभयो ।
Ndipo Bwana akanena na Mose na Aroni kuhusu Waisraeli na Farao mfalme wa Misri, naye akawaamuru wawatoe Waisraeli kutoka Misri.
14 तिनीहरूका पिताका परिवारहरूका मुख्य-मुख्य मानिसहरू यिनै थिएः इस्राएलका जेठो छोरो रूबेनका छोराहरू हानोक, पल्लु, हेस्रोन र कर्मी थिए । रूबेनका वंशहरू यिनै थिए ।
Hawa walikuwa wakuu wa jamaa zao: Wana wa Reubeni mzaliwa wa kwanza wa kiume wa Israeli walikuwa Hanoki, Palu, Hesroni na Karmi. Hawa walikuwa ndio koo za Reubeni.
15 शिमियोनका छोराहरू यमूएल, यामीन, ओहद, याकीन, सोहोर र कनानी स्‍त्रीका छोरा शौल थिए ।
Wana wa Simeoni walikuwa Yemueli, Yamini, Ohadi, Yakini, Sohari na Shauli mwana wa mwanamke Mkanaani. Hawa walikuwa ndio koo za Simeoni.
16 लेवीका छोराहरूका नाउँ तिनका पुस्ताअनुसार निम्‍न लिखित छः तिनीहरू गेर्शोन, कहात र मरारी थिए । लेवी १३७ वर्षसम्म बाँचे ।
Haya ndiyo majina ya wana wa Lawi kufuatana na orodha zao: Gershoni, Kohathi na Merari. Lawi aliishi miaka 137.
17 गेर्शोनका छोराहरू लिब्‍नी र शिमी थिए ।
Wana wa Gershoni kwa koo, walikuwa Libni na Shimei.
18 कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल थिए । कहात १३३ वर्षसम्म बाँचे ।
Wana wa Kohathi walikuwa Amramu, Ishari, Hebroni na Uzieli. Kohathi aliishi miaka 133.
19 मरारीका छोराहरू महली र मूशी थिए । लेवीका वंशहरू तिनीहरूका पुस्ताअनुसार यिनै थिए ।
Wana wa Merari walikuwa Mahli na Mushi. Hizi ndizo zilizokuwa koo za Lawi kufuatana na orodha zao.
20 अम्रामले आफ्नी फुपू योकेबेदलाई विवाह गरे । उनले मोशा र हारूनलाई जन्माइन् । अम्राम १३७ वर्षसम्म बाँचे र त्यसपछि तिनी मरे ।
Amramu akamwoa Yokebedi, shangazi yake, ambaye alimzalia Aroni na Mose. Amramu aliishi miaka 137.
21 यिसहारका छोराहरू कोरह, नेपेग र जिक्री थिए ।
Wana wa Ishari walikuwa Kora, Nefegi na Zikri.
22 उज्‍जीएलका छोराहरू मीशाएल, एलसाफान र सिथ्री थिए ।
Wana wa Uzieli walikuwa Mishaeli, Elisafani na Sithri.
23 हारूनले अम्मीनादाबकी छोरी नहशोनकी बहिनी एलीशेबालाई विवाह गरे । तिनीबाट उनले नादाब, अबीहू, एलाजार र ईतामारलाई जन्माइन् ।
Aroni akamwoa Elisheba binti wa Aminadabu ndugu yake Nashoni, naye akamzalia Nadabu, Abihu, Eleazari na Ithamari.
24 कोरहका छोराहरू अस्सीर, एल्काना र अबिआसाप थिए । कोरहका वंशहरू यी नै थिए ।
Wana wa Kora walikuwa Asiri, Elikana na Abiasafu. Hawa walikuwa ndio koo za Kora.
25 हारूनका छोरा एलाजारले पतुएलकी छोरीहरूमध्ये एक जनासित विवाह गरे । तिनीबाट उनले पीनहासलाई जन्माइन् । लेवीहरूका परिवारका मुख्य-मुख्य मानिसहरू तिनीहरूका वंशहरूअनुसार यी नै थिए ।
Eleazari mwana wa Aroni akamwoa mmoja wa binti za Putieli, naye akamzalia Finehasi. Hawa walikuwa ndio wakuu wa jamaa za Walawi, ukoo kwa ukoo.
26 यी दुई तिनै हारून र मोशा थिए जसलाई परमप्रभुले भन्‍नुभयो, “इस्राएलीहरूका योद्धाहरूको दल-दलद्वारा तिनीहरूलाई मिश्र देशबाट बाहिर ल्याउनू ।”
Hawa walikuwa Aroni na Mose wale wale ambao Bwana aliwaambia, “Watoeni Waisraeli katika nchi ya Misri kwa vikosi vyao.”
27 इस्राएलीहरूलाई मिश्रबाट बाहिर ल्याउन अनुमति दिइयोस् भनी हारून र मोशाले मिश्रका राजा फारोलाई भने । यी तिनै मोशा र हारून थिए ।
Ndio hao hao waliozungumza na Farao mfalme wa Misri kuhusu kuwatoa Waisraeli Misri. Ilikuwa ni huyo Mose na huyo Aroni.
28 परमप्रभु मिश्र देशमा मोशासित बोल्नुहुँदा
Bwana aliponena na Mose huko Misri,
29 उहाँले भन्‍नुभयो, “म परमप्रभु हुँ । मैले तँलाई भन्‍ने हरेक कुरो मिश्रका राजा फारोलाई भन्‍नू ।”
akamwambia, “Mimi ndimi Bwana. Mwambie Farao mfalme wa Misri kila kitu nikuambiacho.”
30 तर मोशाले भने, “म बोल्नमा सिपालु नभएकोले फारोले किन मेरो कुरा सुन्लान् र?”
Lakini Mose akamwambia Bwana, “Kwa kuwa mimi huzungumza kwa kigugumizi, Farao atanisikiliza mimi?”

< प्रस्थान 6 >