< प्रस्थान 40 >
1 तब परमप्रभुले मोशालाई यसो भन्नुभयो,
locutusque est Dominus ad Mosen dicens
2 “नयाँ वर्षको पहिलो महिनाको पहिलो दिनमा तैँले पवित्र वासस्थान अर्थात् भेट हुने पाल खडा गर्नू ।
mense primo die prima mensis eriges tabernaculum testimonii
3 तैँले यसभित्र गवाहीको सन्दुक राख्नू, र यसलाई पर्दाले छेक्नू ।
et pones in eo arcam dimittesque ante illam velum
4 तैँले टेबुललाई भित्र ल्याएर यसमाथि राखिने थोकहरू मिलाएर राख्नू । त्यसपछि तैँले सामदान भित्र ल्याएर दियाहरू मिलाउनू ।
et inlata mensa pones super eam quae rite praecepta sunt candelabrum stabit cum lucernis suis
5 तैँले गवाहीको सन्दुकको सामुन्ने सुनको धूपको वेदी राख्नू, र पवित्र वासस्थानको प्रवेशद्वारमा पर्दा राख्नू ।
et altare aureum in quo adoletur incensum coram arca testimonii tentorium in introitu tabernaculi pones
6 तैँले पवित्र वासस्थान अर्थात् भेट हुने पालको प्रवेशद्वारको सामुन्ने होमबलिको लागि वेदी राख्नू ।
et ante illud altare holocausti
7 तैँले भेट हुने पाल र वेदीका बिचमा ठुलो बाटा राख्नू र त्यसभित्र पानी हाल्नू ।
labrum inter altare et tabernaculum quod implebis aqua
8 चोकको वरिपरि घेरा हाली यसको प्रवेशद्वारमा पर्दा झुण्ड्याउनू । तैँले अभिषेक गर्ने तेल लिई पवित्र वासस्थान र यसभित्र भएको हरेक थोकलाई अभिषेक गर्नू ।
circumdabisque atrium tentoriis et ingressum eius
9 तैँले यसलाई र यसका सबै सरसामान मेरो लागि अलग गर्नू । तब यो पवित्र हुनेछ ।
et adsumpto unctionis oleo ungues tabernaculum cum vasis suis ut sanctificentur
10 तैँले होमबलिको निम्ति वेदी र यसका सबै भाँडाकुँडालाई अभिषेक गर्नू । तैँले वेदी मेरो निम्ति अलग गर्नू र त्यो मेरो लागि अति पवित्र हुनेछ ।
altare holocausti et omnia vasa eius
11 तैँले काँसाको बाटा र यसको खुट्टा अभिषेक गरेर यसलाई मेरो लागि अलग गर्नू ।
labrum cum basi sua omnia unctionis oleo consecrabis ut sint sancta sanctorum
12 तैँले हारून र त्यसका छोराहरूलाई भेट हुने पालको प्रवेशद्वारमा ल्याई तिनीहरूलाई पानीले नुहाइदिनुपर्छ ।
adplicabisque Aaron et filios eius ad fores tabernaculi testimonii et lotos aqua
13 मेरो लागि अलग गरिएका पोशाकहरू तैँले हारूनलाई लगाइदिनू र त्यसले पुजारी बनेर मेरो सेवा गरोस् भनेर त्यसलाई अभिषेक गरी मेरो निम्ति अलग गर्नू ।
14 त्यसका छोराहरूलाई ल्याई तिनीहरूलाई लबेदा पहिराइदिनू ।
15 पुजारी बनेर तिनीहरूले मेरो सेवा गरून् भनेर तैँले तिनीहरूका पितालाई जस्तै तिनीहरूलाई अभिषेक गर्नू । तिनीहरूको अभिषेकले पुस्ता-पुस्तासम्म तिनीहरूलाई स्थायी पुजारीको पद प्रदान गर्छ ।”
indues sanctis vestibus ut ministrent mihi et unctio eorum in sacerdotium proficiat sempiternum
16 मोशाले त्यसै गरे । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले गरे । तिनले यी सबै गरे ।
fecitque Moses omnia quae praeceperat Dominus
17 यसरी दोस्रो वर्षको पहिलो महिनाको पहिलो दिनमा पवित्र वासस्थान खडा भयो ।
igitur mense primo anni secundi in prima die mensis conlocatum est tabernaculum
18 मोशाले पवित्र वासस्थान खडा गरे, यसका आधारहरू ठाउँमा राखे, यसका फल्याकहरू खडा गरे, यसका बारहरू जोडे र यसका डन्डाहरू र खम्बाहरू खडा गरे ।
erexitque illud Moses et posuit tabulas ac bases et vectes statuitque columnas
19 परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले पवित्र वासस्थानमाथि पाल फिँजाएर त्यसमाथि छत राखे ।
et expandit tectum super tabernaculum inposito desuper operimento sicut Dominus imperarat
20 तिनले करारका आज्ञाहरूलाई लिई तिनले सन्दुकभित्र हाले । तिनले
posuit et testimonium in arca subditis infra vectibus et oraculum desuper
21 सन्दुकमा डन्डाहरू हालेर त्यसमाथि प्रायश्चित्तको ढकनी राखे । तिनले सन्दुकलाई पवित्र वासस्थानमा ल्याए । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले गवाहीको सन्दुकलाई छेक्ने पर्दा टाँगे ।
cumque intulisset arcam in tabernaculum adpendit ante eam velum ut expleret Domini iussionem
22 तिनले पर्दाको बाहिरपट्टि भेट हुने पाल अर्थात् पवित्र वासस्थानको उत्तरपट्टि टेबुल राखे ।
posuit et mensam in tabernaculo testimonii ad plagam septentrionalem extra velum
23 परमप्रभुले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले परमप्रभुको सामु टेबुलमा रोटी मिलाएर राखे ।
ordinatis coram propositionis panibus sicut praeceperat Dominus Mosi
24 तिनले भेट हुने पाल अर्थात् पवित्र वासस्थानको दक्षिणपट्टि टेबुलको सामु सामदान राखे ।
posuit et candelabrum in tabernaculum testimonii e regione mensae in parte australi
25 परमप्रभुले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले परमप्रभुको सामु दियाहरू बाले ।
locatis per ordinem lucernis iuxta praeceptum Domini
26 तिनले भेट हुने पालभित्र पर्दाको सामुन्ने सुनको धूपको वेदी राखे ।
posuit et altare aureum sub tecto testimonii contra velum
27 परमप्रभुले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले यसमाथि सुगन्धित धूप बाले ।
et adolevit super eo incensum aromatum sicut iusserat Dominus
28 तिनले पवित्र वासस्थानको प्रवेशद्वारमा पर्दा झुण्ड्याए ।
posuit et tentorium in introitu tabernaculi
29 तिनले भेट हुने पाल अर्थात् पवित्र वासस्थानको प्रवेशद्वारमा होमबलिको वेदी राखे । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले यहीँ नै होमबलि र अन्नबलि चढाए ।
et altare holocausti in vestibulo testimonii offerens in eo holocaustum et sacrificia ut Dominus imperarat
30 तिनले भेट हुने पाल र यस वेदीको बिचमा बाटा राखी त्यसमा धुनलाई पानी राखे ।
labrum quoque statuit inter tabernaculum testimonii et altare implens illud aqua
31 मोशा, हारून र तिनका छोराहरूले बाटाको पानीबाट तिनीहरूका हात-खुट्टा धुने गर्थे ।
laveruntque Moses et Aaron ac filii eius manus suas et pedes
32 तिनीहरू भेट हुने पालभित्र प्रवेश गर्दा र वेदीमा जाँदा तिनीहरूले धुने गर्थे । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले आ-आफूलाई धुने गर्थे ।
cum ingrederentur tectum foederis et accederent ad altare sicut praeceperat Dominus
33 मोशाले पवित्र वासस्थान र वेदीको वरिपरि चोक खडा गरे । तिनले चोकको प्रवेशद्वारमा पर्दा राखे । यसरी मोशाले काम पुरा गरे ।
erexit et atrium per gyrum tabernaculi et altaris ducto in introitu eius tentorio postquam cuncta perfecta sunt
34 तब बादलले भेट हुने पाललाई ढाक्यो, अनि परमप्रभुको महिमाले पवित्र वासस्थान भरियो ।
operuit nubes tabernaculum testimonii et gloria Domini implevit illud
35 भेट हुने पालमाथि बादल आएर बसेकोले र परमप्रभुको महिमाले पवित्र वासस्थान भरिएकोले मोशा यसभित्र प्रवेश गर्न सकेनन् ।
nec poterat Moses ingredi tectum foederis nube operiente omnia et maiestate Domini coruscante quia cuncta nubes operuerat
36 पवित्र वासस्थानबाट बादल उठाइँदा इस्राएलका मानिसहरू आफ्नो बाटो लाग्थे ।
si quando nubes tabernaculum deserebat proficiscebantur filii Israhel per turmas suas
37 तर पवित्र वासस्थानबाट बादल नउठ्दा मानिसहरूले यात्रा गर्दैनथे । बादल नउठेसम्म तिनीहरू बसिरहन्थे ।
si pendebat desuper manebant in eodem loco
38 किनकि इस्राएलका मानिसहरूका सबै यात्राभरि तिनीहरूले देख्ने गरी दिनमा परमप्रभुको बादल र रातमा उहाँको आगो पवित्र वासस्थानमाथि हुन्थ्यो ।
nubes quippe Domini incubabat per diem tabernaculo et ignis in nocte videntibus populis Israhel per cunctas mansiones suas