< प्रस्थान 4 >

1 मोशाले जवाफ दिए, “तर तिनीहरूले विश्‍वास गरेनन् वा मेरो कुरा नसुनी 'परमप्रभु तिमीकहाँ देखा पर्नुभएको होइन' भनेमा के गर्ने नि?”
Entonces Moisés preguntó: ¿Y qué [haré] si no me creen ni escuchan lo que digo? Porque ellos pueden decir: Yavé no se te apareció.
2 परमप्रभुले तिनलाई भन्‍नुभयो, “तेरो हातमा के छ?” मोशाले भने, “लट्ठी ।”
Entonces Yavé le dijo: ¿Qué es eso que tienes en tu mano? Y él respondió: Una vara.
3 परमप्रभुले भन्‍नुभयो, “त्यसलाई भुइँमा फाल् ।” मोशाले त्यसलाई भुइँमा फाले र त्यो सर्प भयो । मोशा दौडेर भागे ।
Yavé le dijo: Tírala al suelo. Y él la tiró al suelo, y se convirtió en una serpiente. Moisés huyó de ella.
4 परमप्रभुले मोशालाई भन्‍नुभयो, “तेरो हात पसारेर त्यसको पुच्छर समात् ।” त्यसैले तिनले आफ्नो हात पसारेर त्यस सर्पलाई समाते । त्यो फेरि तिनको हातमा लट्ठी भयो ।
Pero Yavé dijo a Moisés: Extiende tu mano y atrápala por la cola. Él extendió su mano y la atrapó, y se volvió una vara en su mano.
5 “तिनीहरूका पिता-पुर्खाका परमप्रभु परमेश्‍वर अर्थात् अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर तँकहाँ देखा पर्नुभएको थियो भनी तिनीहरूले विश्‍वास गरून् भन्‍नाका लागि यो चिन्ह हुनेछ ।”
Esto es para que crean que Yavé, el ʼElohim de tus antepasados, de Abraham, Isaac y Jacob se te apareció.
6 परमप्रभुले तिनलाई यसो पनि भन्‍नुभयो, “अब तेरो हात आफ्नो खास्टोभित्र राख् ।” त्यसैले मोशाले आफ्नो हात खास्टोभित्र राखे । तिनले बाहिर निकाल्दा तिनको हातमा हिउँजस्तै सेतो कुष्‍ठरोग लागेको थियो ।
Además Yavé le dijo: Mete ahora tu mano en tu seno. Y él metió su mano en su seno, y cuando la sacó, vio que su mano estaba leprosa como la nieve.
7 परमप्रभुले भन्‍नुभयो, “फेरि तेरो हात खास्टोभित्र राख् ।” त्यसैले मोशाले आफ्नो हात खास्टोभित्र राखे र तिनले हात बाहिर निकाल्दा त्यो तिनको शरीरको अरू मासुजस्तै स्वस्थ भएको थियो ।
Entonces le dijo: Mete tu mano en tu seno otra vez. Y él volvió a meter su mano en su seno, y cuando la sacó, vio que estaba restaurada.
8 परमप्रभुले भन्‍नुभयो, “तिनीहरूले मेरो शक्तिको पहिलो चिन्हलाई ध्यान दिएनन् वा विश्‍वास गरेनन् भने तिनीहरूले दोस्रो चिन्हलाई विश्‍वास गर्नेछन् ।
Sucederá que si no te creen, ni obedecen la advertencia de la primera señal, creerán la advertencia de la última.
9 तिनीहरूले मेरो शक्तिका यी दुईवटै चिन्हलाई पनि विश्‍वास गरेनन् वा तेरो कुरा सुनेनन् भने नदीबाट थोरै पानी लिएर जा र त्यसलाई सुक्खा भूमिमा खन्या । तैँले लिएर जाने पानी सुक्खा भूमिमा रगत बन्‍नेछ ।”
Pero si no creen aún a estas dos señales, ni obedecen lo que dices, entonces tomarás agua del Nilo y la derramarás sobre tierra seca. El agua que saques del Nilo se convertirá en sangre sobre la tierra seca.
10 तब मोशाले परमप्रभुलाई भने, “हे प्रभु, म बोल्नमा सिपालु छैनँ, न पहिले थिएँ न त तपाईं आफ्ना दाससित बोल्नुभएपछि नै । म बोल्न र जिब्रो चलाउनमा सुस्त छु ।”
Entonces Moisés dijo a Yavé: Te ruego, ʼAdonay: No soy elocuente, ni desde ayer, ni desde antes, ni desde cuando Tú hablas a tu esclavo, pues soy torpe de lenguaje y lento de lengua.
11 परमप्रभुले तिनलाई भन्‍नुभयो, “मानिसको मुख बनाउने को हो? मानिसलाई गुँगो वा बैरो वा दृष्‍टिविहीन बनाउने को हो? के म परमप्रभुले नै होइनँ र?
Pero Yavé le respondió: ¿Quién hizo la boca del hombre? ¿O quién hizo al mudo y al sordo, al que ve y al ciego? ¿No soy Yo Yavé?
12 त्यसैले अब जा र म तेरो मुखमा भएर के भन्‍ने भनी तँलाई सिकाउनेछु ।”
Ahora pues, vé. Yo estaré con tu boca y te enseñaré lo que vas a decir.
13 तर मोशाले भने, “हे प्रभु, तपाईंले इच्छा गर्नुभएको अरू कसैलाई पठाउनुहोस् ।”
Pero él respondió: Te ruego, ʼAdonay. Envía por medio del que quieras enviar.
14 तब परमप्रभु मोशासित रिसाउनुभयो र भन्‍नुभयो, “तेरो दाजु लेवी हारून छैन र? त्यसले राम्ररी बोल्न सक्छ भनी मलाई थाहा छ । यसको अतिरिक्त, त्यो तँलाई भेट्न आउँदै छ र त्यसले तँलाई देख्दा त्यो ह्रदयमा खुसी हुनेछ ।
Entonces la ira de Yavé se encendió contra Moisés y dijo: ¿No es Aarón el levita tu hermano? Yo sé que él hablará con soltura, y mira, él sale a tu encuentro. Cuando él te vea, se alegrará su corazón.
15 तँ त्योसित कुरा गर् र त्यसले भन्‍नुपर्ने कुरा त्यसलाई बताइदे । म तिमीहरू दुवैसित हुनेछु र के गर्ने भनी म तिमीहरू दुवैलाई देखाउनेछु ।
Hablarás con él y pondrás las Palabras en su boca. Y Yo estaré con tu boca y con la de él, y les enseñaré lo que deben hacer.
16 त्यसले तेरो लागि मानिसहरूसित बोल्नेछ । त्यो तेरो प्रवक्ता हुनेछ र तँ त्यसको लागि मजस्तै परमेश्‍वर हुनेछस् ।
Él hablará por ti al pueblo. Él funcionará como boca para ti, y tú funcionarás como ʼElohim para él.
17 तैँले तेरो हातमा यो लट्ठी लैजा । यसले तैँले चिन्हहरू गर्नेछस् ।”
Tomarás en tu mano esta vara con la cual harás las señales.
18 त्यसैले मोशा आफ्ना ससुरा यित्रोकहाँ गई तिनलाई भने, “मलाई मिश्रमा भएका मेरा आफन्तहरू जीवितै छन् कि छैनन् भनी हेर्न फर्केर जान दिनुहोस् ।” यित्रोले मोशालाई भने, “शान्तिसित जाऊ ।”
Entonces Moisés salió y regresó a su suegro Jetro y le dijo: Te ruego que me dejes salir y regresar a mis hermanos que están en Egipto, y ver si aún viven. Jetro contestó a Moisés: Vé en paz.
19 परमप्रभुले मिद्यानमा मोशालाई भन्‍नुभयो, “फर्केर मिश्रमा जा किनकि तेरो जीवन लिन खोज्नेहरू सबै मरिसकेका छन् ।”
Yavé dijo a Moisés en Madián: Regresa a Egipto, porque murieron todos los que buscaban tu vida.
20 आफ्नी पत्‍नी र आफ्ना छोराहरू गधामा चढाएर मोशा बाटो लागे । तिनी मिश्र देशमा फर्के र तिनले परमेश्‍वरको लट्ठी आफूसँगै लगेका थिए ।
Moisés tomó a su esposa y a sus hijos, los montó sobre asnos y regresó a la tierra de Egipto. Moisés tomó también la vara de ʼElohim en su mano,
21 परमप्रभुले मोशालाई भन्‍नुभयो, “तँ मिश्रमा फर्केर जाँदा मैले तेरो शक्तिमा राखिदिएका सबै अचम्मका कामहरू तैँले फारोको सामु गरेर देखा । तर म त्यसको ह्रदय कठोर पार्नेछु र त्यसले मानिसहरूलाई जान दिनेछैन ।
pues Yavé dijo a Moisés: Cuando regreses a Egipto ten cuidado de hacer todos los prodigios que puse en tu mano. Pero Yo endureceré su corazón para que no deje ir al pueblo.
22 तैँले फारोलाई यसो भन्‍नू, “परमप्रभु यसो भन्‍नुहुन्छ, 'इस्राएल मेरो जेठो छोरो हो,
Y dirás a Faraón: Yavé dijo así: Israel es mi hijo, mi primogénito.
23 र म तँलाई भन्दछु, 'मेरो छोरोलाई जान दे ताकि त्यसले मेरो आराधना गरोस् ।' तर तैँले त्यसलाई जान दिन इन्कार गरेकोले निश्‍चय नै म तेरो जेठो छोरोलाई मार्नेछु' ।”
Así que te digo: Deja ir a mi hijo para que me sirva. Pero tú has rehusado dejarlo ir. Mira, mataré a tu hijo, tu primogénito.
24 अब बाटोमा बास बस्‍ने ठाउँमा तिनीहरू रोकिँदा परमप्रभुले मोशालाई भेटी तिनलाई मार्न खोज्नुभयो ।
Y ocurrió por el camino, en una posada, que Yavé le salió al encuentro y trató de matarlo.
25 त्यसपछि सिप्पोराले चकमके कर्द लिई आफ्नो छोरोको खलडी काटेर त्यसलाई मोशाको खुट्टामा छुवाइन् ।
Pero Séfora, al tomar un pedernal afilado, cortó el prepucio de su hijo, y al tirarlo a los pies de Moisés, le dijo: En verdad me eres un esposo de sangre, por causa de la circuncisión.
26 तब उनले भनिन्, “निश्‍चय नै तपाईं रगतद्वारा मेरो दुलहा हुनुहुन्छ ।” त्यसैले परमप्रभुले तिनलाई एक्लै छाडिदिनुभयो । यो खतनाको कारणले “तपाईं मेरो दुलहा हुनुहुन्छ” भनी उनले भनिन् ।
Entonces Yavé lo dejó.
27 परमप्रभुले हारूनलाई भन्‍नुभयो, “उजाड-स्थानमा मोशालाई भेट्न जा ।” हारून गए र तिनले मोशालाई परमेश्‍वरको पर्वतमा भेटी चुम्बन गरे ।
Yavé le dijo a Aarón: Vé a encontrar a Moisés en el desierto. Y él fue y lo encontró en la Montaña de ʼElohim, y lo besó.
28 परमप्रभुले मोशालाई भनेर पठाउनुभएका सबै कुरा र देखाउनू भनी आज्ञा गर्नुभएका सबै चिन्हको बारेमा मोशाले हारूनलाई बताए ।
Moisés explicó a Aarón todas las Palabras con las cuales Yavé lo envió, y todas las señales que le ordenó.
29 तब मोशा र हारून गएर इस्राएलीहरूका सबै धर्म-गुरुलाई भेला गराए ।
Entonces Moisés y Aarón fueron y reunieron a todos los ancianos de los hijos de Israel.
30 परमप्रभुले मोशालाई भन्‍नुभएका सबै कुरा हारूनले बताए । तिनले परमप्रभुको शक्तिका चिन्हहरू पनि मानिसहरूका सामु गरेर देखाइदिए ।
Luego Aarón habló todas las Palabras que Yavé habló a Moisés. Después éste hizo las señales a la vista del pueblo.
31 मानिसहरूले विश्‍वास गरे । परमप्रभुले इस्राएलीहरूको वास्ता गर्नुहुन्छ र उहाँले तिनीहरूमाथि गरिएको थिचोमिचो देख्‍नुभएको छ भनी जब तिनीहरूले सुने, तिनीहरूले आ-आफ्ना शिर झुकाई उहाँको आराधना गरे ।
El pueblo creyó, y al oír que Yavé visitó a los hijos de Israel y vio su aflicción, se postraron y adoraron.

< प्रस्थान 4 >