< प्रस्थान 38 >

1 बजलेलले होमबलिको लागि बबुल काठबाट वेदी बनाए । यसको लमाइ पाँच हात र चौडाइ पाँच हातको थियो । यो वर्गाकार थियो र यसको उचाइ तिन हातको थियो ।
又合歓木をもて燔祭の壇を築けりその長は五キユビト其寛は五キユビトにして四角その高は三キユビト
2 तिनले यसका चारवटा कुनाबाट गोरुका जस्तै सिङहरू बाहिर निकाले । ती सिङहरू र वेदी एउटै टुक्राबाट बनाइएका थिए र तिनले यसलाई काँसाले मोहोरे ।
而してその四隅の上に其の角を作りてその角を其より出しめその壇には銅を着せたり
3 तिनले वेदीका लागि चाहिने सबै सामग्री अर्थात् खरानी उठाउने भाँडाकुँडाहरू, बेल्चाहरू, बाटाहरू, मासु तान्‍ने काँटाहरू आगो राख्‍ने पात्रहरू बनाए । तिनले यी सबै सामग्री काँसाबाट बनाए ।
又その壇の諸の器具すなはち壷と火鏟と鉢と肉叉と火鼎を作れり壇の器はみな銅にて造る
4 तिनले वेदीको निम्ति त्यसको मुन्तिर चारैपट्टि बिटमुनि त्यसको बिचसम्मै पुग्‍ने काँसाका जालीको एउटा झिँजा बनाए ।
又壇のために銅の網をつくりこれを壇の中程の邊の下に置ゑて壇の半に達せしめ
5 तिनले काँसाको झिँजाको चारवटा कुनामा डन्डाहरूको घर हुनलाई चारवटा मुन्द्रा ढाले ।
その銅の網の四隅に四箇の環を鋳て杠を貫く處となし
6 बजलेलले बबुल काठका डन्डाहरू बनाए र तिनलाई काँसाले मोहोरे ।
合歓木をもてその杠をつくりて之に銅を着せ
7 यसलाई बोक्‍नलाई तिनले ती डन्डाहरू वेदीका किनाराका मुन्द्राहरूमा हाले । तिनले ती फल्याकहरूबाट खोक्रो बनाए ।
壇の兩旁の環にその杠をつらぬきて之を舁べからしむその壇は板をもてこれを空につくれり
8 बजलेलले काँसाको ठुलो बाटा र काँसाकै खुट्टा बनाए । भेट हुने पालको प्रवेशद्वारमा सेवा गर्ने स्‍त्रीहरूका ऐनाबाट तिनले बाटा बनाएका थिए ।
また銅をもで洗盤をつくりその臺をも銅にす即ち集會の幕屋の門にて役事をなすところの婦人等鏡をもて之を作れり
9 तिनले चोक पनि बनाए । चोकको दक्षिणपट्टिका पर्दाहरू मसिनो सुती कपडाका थिए जुन एक सय हातका थिए ।
又庭を作れり南に於ては庭の南の方に百キユビトの細布の幕を設く
10 तिनका खम्बाहरू बिसवटा र आधारहरू पनि काँसाका बिसवटै थिए । खम्बाका अङ्कुसेहरू र तिनका फित्ताहरूचाहिँ चाँदीका थिए ।
その柱は二十その座は二十にして共に銅なりその柱の鈎および桁は銀なり
11 त्यसै गरी, उत्तरपट्टि सय हात लामा पर्दाहरू थिए । तिनका खम्बाहरू बिसवटा र तिनका आधारहरू पनि बिसवटै थिए र ती काँसाका थिए । तर खम्बाहरूका अङ्कुसे र फित्ताहरूचाहिँ चाँदीका थिए ।
北の方には百キユビトの幕を設くその柱は二十その座は二十にして共に銅なりその柱の鈎と桁は銀なり
12 पश्‍चिमपट्टिका पर्दाहरू पचास हात लामा थिए । तिनका दसवटा खम्बा र आधार थिए ।
西の方には五十キユビトの幕を設くその柱は十その座は十その柱の鈎と桁は銀なり
13 तिनका अङ्कुसे र फित्ताहरूचाहिँ चाँदीका थिए । चोकको पूर्वपट्टिको लमाइ पचास हात थियो ।
東においては東の方に五十キユビトの幕を設く
14 प्रवेशद्वारको एकापट्टिका लागि पन्ध्र हात लामा पर्दाहरू थिए । तिनका तिनवटा खम्बा र तिनवटा आधार थिए ।
而してこの一旁に十五キユビトの幕を設くその柱は三その座も三
15 चोकको प्रवेशद्वारको अर्कोपट्टि पनि पन्ध्र हात लामा पर्दाहरू थिए र तिनका तिनवटा खम्बा र तिनवटा आधार थिए ।
又かの一旁にも十五キユビトの幕を設くその柱は三その座も三即ち庭の門の此旁彼旁ともに然り
16 चोकको वरिपरिका सबै पर्दा मसिनो सुती कपडाका थिए ।
庭の周圍の幕はみな細布なり
17 खम्बाहरूका आधारहरू काँसाका थिए । अङ्कुसे र फित्ताहरूचाहिँ चाँदीका थिए अनि तिनका टुप्पाहरूचाहिँ चाँदीका थिए । चोकका सबै फित्ता चाँदीले मोहोरिएका थिए ।
柱の座は銅柱の鈎と桁は銀柱の頭の包は銀なり庭の柱はみな銀の桁にて連る
18 चोकको मुल ढोकाको पर्दा बिस हात लामो थियो । पर्दा निलो, बैजनी र रातो सुती कपडा, मसिनो गरी बाटेको सुती कपडाबाट बनाइएको थियो र यसको लमाइ बिस हात थियो । चोकका पर्दाहरूजस्तै यसको लमाइ बिस हात र चौडाइ पाँच हातको थियो ।
庭の門の幔は靑紫紅の絲および麻の撚絲をもて織なしたる者なりその長は二十キユビトその寛における高は五キユビトにして庭の幕と等し
19 यसका चारवटा काँसाका आधार र चाँदीका अङ्कुसेहरू थिए । तिनका टुप्पाका ढकनी र फित्ताहरू चाँदीका थिए ।
その柱は四その座は四にして共に銅その鈎は銀その頭の包と桁は銀なり
20 पवित्र वासस्थान र चोकका लागि पालका सबै किला काँसाका थिए ।
幕屋およびその周圍の庭の釘はみな銅なり
21 यो पवित्र वासस्थानको मण्डप अर्थात् करारका आदेशहरूको पवित्र वासस्थान थियो जसलाई मोशाको आज्ञामुताबिक बनाइएको थियो । यो हारून पुजारीका छोरा ईतामारको निर्देशनअनुसार लेवीहरूको काम थियो ।
幕屋につける物すなはち律法の幕屋につける物を量るに左のごとし祭司アロンの子イタマル、モーセの命にしたがひてレビ人を率ゐ用ひてこれを量れるなり
22 यहूदाको कुलबाट हुरका नाति, ऊरीका छोरा बजलेलले परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार हरेक थोक बनाए ।
ユダの支派のホルの子なるウリの子ベザレル凡てヱホバのモーセに命じたまひし事等をなせり
23 दानको कुलबाट अहीसामाकका छोरा ओहोलीआबले खोप्‍ने र सिपालु शिल्पकारले जस्तै अनि बुट्टा भर्नेले जस्तै निलो, बैजनी, रातो ऊनसाथै मसिनो सुती कपडामा बजलेलसँगै काम गरे ।
ダンの支派のアヒサマクの子アホリアブ彼とともにありて雕刻織文をなし靑紫紅の絲および麻絲をもて文繍をなせり
24 पवित्रस्थानसित सम्बन्धित सबै काममा यस परियोजनाको लागि प्रयोग भएका सबै सुन डोलाइने बलिबाट जम्मा भएका पवित्र वासस्थानको शेकेलको नापबमोजिम २९ तोडा र ७३० शेकेल थियो ।
聖所の諸の工作をなすに用たる金は聖所のシケルにしたがひて言ば都合二十九タラント七百三十シケルなり是すなはち献納たるところの金なり
25 समुदायले दिएको चाँदी पवित्र वासस्थानको शेकेलअनुसार १०० तोडा र १,७७४ शेकेल थियो ।
會衆の中の核數られし者の献げし銀は聖所のシケルにしたがひて言ば百タラント千七百七十五シケルなり
26 यो भनेको पवित्र वासस्थानको शेकेलअनुसार एक जना मान्छे बराबर एक बेका अर्थात् आधा शेकेल थियो । जनगणनामा गनिएका बिस वर्षभन्दा माथिका मानिसहरूको जम्मा सङ्ख्या ६,०३, ५५० थियो र यसैको आधारमा हरेक व्यक्तिको तथ्याङ्क निकालिएको थियो ।
凡て數らるる者の中に入し者即ち二十歳以上の者六十萬三千五百五十人ありたれば聖所のシケルにしたがひて言ば一人に一ベカとなる是すなはち半シケルなり
27 हरेक आधारको निम्ति एक तोडा ढालेर पवित्र वासस्थानका आधारहरू र पर्दाका आधारहरूका लागि एक सय चाँदी तोडा ढालिएको थियो ।
百タラントの銀をもて聖所の座と幕の座を鋳たり百タラントをもて百座をつくれば一座すなはち一タラントなり
28 बाँकी रहेको १,७७५ शेकेल चाँदीले बजलेले भाँडाकुँडाहरूका लागि अङ्कुसे बनाई तिनका टुप्पाहरूलाई मोहोरेर तिनका निम्ति फित्ताहरू बनाए ।
又千七百七十五シケルをもて柱の鈎をつくり柱の頭を包み又柱を連ねあはせたり
29 डोलाइने बलिबाट आएको काँसा सत्तरी तोडा र २,४०० शेकेल थियो ।
又獻納たるところの銅は七十タラント二千四百シケルなり
30 तिनले यसबाट भेट हुने पालको प्रवेशद्वारका आधारहरू, काँसाको वेदी, यसको लागि काँसाको झिँजा र वेदीका लागि आवश्यक सबै सामग्री,
是をもちひて集會の幕屋の門の座をつくり銅の壇とその銅の網および壇の諸の器具をつくり
31 चोकका लागि आधारहरू, चोक प्रवेशको निम्ति आधारहरू, पवित्र वासस्थान र चोकका लागि सबै पालका किलाहरू बनाए ।
庭の周圍の座と庭の門の座および幕屋の諸の釘と庭の周圍の諸の釘を作れり

< प्रस्थान 38 >