< प्रस्थान 36 >
1 यसैले बजलेल, ओहोलीआब र परमप्रभुले पवित्रस्थान बनाउने काम गर्न ज्ञान र दक्षता दिनुभएको हरेक सिपालु व्यक्तिले उहाँको आज्ञामुताबिक काम गरून् ।”
“Bezalel and Oholiab, and all the other men to whom Yahweh has given ability and enabled them to understand how to do all the work to make the Sacred Tent, must make everything just as Yahweh has commanded.”
2 मोशाले बजलेल, ओहोलीआब र हरेक सिपालु व्यक्ति जसको मनमा उहाँको काम गर्न परमप्रभुले सिप दिनुभएको थियो र जसको ह्रदयमा उहाँले प्रेरणा दिनुभएको थियो, ती सबैलाई बोलाए ।
So Moses/I summoned Bezalel and Oholiab and all the other skilled men to whom Yahweh had given special ability and who wanted to do some of the work.
3 पवित्रस्थान निर्माणको लागि इस्राएलीहरूले ल्याएका सबै भेटी तिनीहरूले मोशाबाट प्राप्त गरे । मानिसहरूले अझै पनि राजीखुसीले हरेक बिहान भेटीहरू ल्याउँदै थिए ।
Moses/I gave them all the things that the people had brought as offerings to Yahweh for making the Sacred Tent. But the people continued bringing more things every morning.
4 त्यसैले पवित्रस्थानमा काम गरिरहेका सबै निपुण मानिस काम छाडेर आए ।
As a result, the skilled men who were doing various things to make the Sacred Tent came to Moses/me
5 शिल्पकारहरूले मोशालाई भने, “परमप्रभुले हामीलाई गर्न भनी आज्ञा गर्नुभएको कामको लागि मानिसहरूले चाहिएभन्दा पनि बढ्ता ल्याउँदै छन् ।”
and said, “The people are bringing more than we need to do the work that Yahweh has commanded us!”
6 त्यसैले पवित्रस्थानको निर्माणको लागि कसैले पनि अरू भेटीहरू नल्याउनू भनी मोशाले छाउनीमा आज्ञा दिए । तब मानिहरूले यी भेटीहरू ल्याउन छाडे ।
So Moses/I gave the skilled men this message that was proclaimed throughout the camp: “No one should bring anything more as an offering to make the Sacred Tent!” When the people [heard that], they did not bring anything more.
7 सबै कामको लागि तिनीहरूसित चाहिनेभन्दा बढी सामग्रीहरू थिए ।
What they had already brought was enough to do all the work. [In fact], it was more than was needed!
8 त्यसैले तिनीहरूका बिचमा भएका सबै शिल्पकारले मसिनो सुती कपडा अनि निलो, बैजनी, रातो ऊनबाट दसवटा पर्दा भएको करूबहरूको रचनासहित पवित्र वासस्थानको निर्माण गरे । यो ज्यादै निपुण शिल्पकार बजलेलको काम थियो ।
All the most skilled men among the workmen made the Sacred Tent. They made it from ten strips of fine linen, and carefully embroidered it using blue, purple, and red yarn/thread to make figures that resembled the winged creatures.
9 हरेक पर्दाको लमाइ अट्ठाइस हात र चौडाइ चार हातको थियो । सबै पर्दा उही आकारका थिए ।
Each strip was (14 yards/twelve meters) long and (2 yards/1.8 meters) wide.
10 बजलेलले पाँचवटा पर्दा एक-अर्कामा गाँसे र बाँकी पाँचवटालाई पनि एक-अर्कामा गाँसे ।
They sewed five strips together to make one set, and they sewed the other five strips together to make the other set.
11 पहिले गाँसिएको पर्दाको पल्लो पर्दाको छेउमा तिनले निलो सुर्काउनी बनाए, र दोस्रो गाँसिएको पर्दाको छेउमा पनि तिनले त्यसै गरे ।
For each set, they made loops of blue [cloth] and fastened them on the outer edge of the strip, at the end of each set.
12 तिनले पहिलो पर्दामा पचासवटा सुर्काउनी बनाए, र अर्को गाँसिएको भागको पल्लो पर्दामा पनि पचासवटा सुर्काउनी बनाए । ती सुर्काउनीहरू एक-अर्काका आमनेसामने थिए ।
They put 50 loops on the edge of the first set, and 50 loops on the edge of the second set.
13 तिनले पवित्र वासस्थान एउटै होस् भनेर सुनका पचासवटा अङ्कुसे बनाए, र तिनलाई पर्दाका दुई भाग एक-अर्कासित जोडे ।
They made 50 gold clasps/fasteners, to fasten both of the sets together. In that way, the inside of the Sacred Tent was [as though it was] one piece.
14 पवित्र वासस्थान ढाक्ने पालको निम्ति बजलेलले बाख्राका भुत्लाका पर्दाहरू बनाए । तिनले यस्ता खालका पर्दाहरू एघारवटा बनाए ।
They made a cover for the Sacred Tent from eleven pieces of cloth made from goats’ hair.
15 हरेक पर्दाको लमाइ तिस हात र चौडाइ चार हातको थियो । सबै एघारवटै पर्दाको आकार उही थियो ।
Each piece of cloth was (15 yards/13.5 meters) long and (2 yards/1.8 meters) wide.
16 तिनले पाँचवटा पर्दा एक-अर्कासित जोडे र बाँकी छवटा पर्दा एक-अर्कासित जोडे ।
They sewed five of these pieces of cloth together to make one set, and they sewed the other six pieces of cloth together to make another set.
17 तिनले पहिलो गाँसिएको भागको पल्लो पर्दाको छेउमा पचासवटा सुर्काउनी बनाए, र दोस्रो गाँसिएको भागको पल्लो पर्दाको छेउमा पनि पचासवटा सुर्काउनी बनाए ।
They made 100 loops [of blue cloth]. They fastened 50 of them to the outer edge of the one set and they fastened 50 to the outer edge of the other set.
18 पाललाई जोडेर एउटै बनाउन बजलेलले काँसाका पचासवटा अङ्कुसे बनाए ।
They made 50 bronze clasps/fasteners and joined the two sets together with them. In that way it formed one cover.
19 तिनले पवित्र वासस्थानलाई ढाक्न रातो रङले रङ्ग्याएका भेडाका छालाहरूको एउटा छत बनाए, र त्यसमाथि राख्न मसिनो छालाको अर्को छत बनाए ।
They made two more covers for the Sacred Tent. They made one from rams’ skins that had been (tanned/dyed red), and they made the top cover from goatskin leather.
20 बजलेलले पवित्र वासस्थानको निम्ति बबुल काठबाट ठाडा-ठाडा फल्याकहरू बनाए ।
They made frames from acacia wood and set them up [to support the covers for the Sacred Tent].
21 हरेक फल्याकको लमाइ दस हात र चौडाइ साँढे एक हातको थियो ।
Each frame was (15 feet/4.5 meters) long and (27 in./66 cm.) wide.
22 फल्याकहरूलाई एक-अर्कासित जोड्न हरेकमा दुई-दुईवटा काठका चोसा थिए । तिनले पवित्र वासस्थानका सबै फल्याकमा यसै गरे ।
They made two projections at the bottom of each frame. These were for fastening the frames to the bases underneath them. Each frame had these projections.
23 तिनले पवित्र वासस्थानको लागि यसरी नै सबै फल्याक बनाए । तिनले दक्षिणपट्टिको लागि बिसवटा फल्याक बनाए ।
The skilled workmen made twenty frames for the south side of the Sacred Tent.
24 बजलेलले ती बिसवटा फल्याकको मुनिपट्टि राख्न चाँदीका चालिसवटा आधार बनाए । फल्याकहरूलाई सँगै जोड्न हरेक फल्याकको मुन्तिर दुईवटा आधार थिए, अरू सबै फल्याकको मुन्तिर पनि दुई-दुईवटा आधार थिए ।
They made 40 silver bases to go underneath them. Two bases went under each frame. The projections on each frame fit into these bases.
25 पवित्र वासस्थानको दोस्रोपट्टि अर्थात् उत्तरपट्टि तिनले बिसवटा फल्याक र तिनको लागि
[Similarly], they made 20 frames for the north side of the Sacred Tent.
26 चाँदीका चालिसवटा आधार बनाए । पहिलो फल्याकको मुनिपट्टि दुईवटा आधार थिए, अनि अर्को फल्याकको मुनिपट्टि दुईवटा आधार थिए एवम् रितले सबै फल्याकमुनि दुई-दुईवटा आधार थिए ।
They made 40 silver bases for them also, with two bases for under each frame.
27 पवित्र वासस्थानको पछाडि अर्थात् पश्चिमपट्टि बजलेलले छवटा फल्याक बनाए ।
For the rear of the Sacred Tent, on the west side, they made six frames.
28 पवित्र वासस्थानको पछाडिका कुनाहरूमा तिनले दुईवटा फल्याक बनाए ।
They also made two extra frames, one for each corner of the rear of the Sacred Tent, [to provide extra support].
29 ती दुई कुनाका फल्याकहरू तल छुट्टिएका थिए भने माथि दोब्बर खप्टिएका थिए । तिनले दुईवटा कुनाका लागि दुईवटा फल्याक यसरी नै बनाए ।
The two corner frames were joined from the bottom to the top (OR, joined at both the bottom and the top). At the top of each of the two corner frames they fastened a gold ring for holding the crossbar.
30 चाँदीका आधारसहित जम्माजम्मी आठवटा फल्याक थिए । जम्माजम्मी सोह्रवटा आधार थिए । एउटा फल्याकको मुनिपट्टि दुईवटा आधार, अर्को फल्याकको मुनिपट्टि दुईवटा आधार, एवम् रितले हरेक फल्याक मुनिपट्टि दुई-दुईवटा आधार थिए ।
In that way, [for the rear of the Sacred Tent] there were eight frames, and there were 16 bases, two bases under each frame.
31 बजलेलले बबुल काठका बारहरू बनाए । तिनले पवित्र वासस्थानको एकापट्टिका फल्याकहरूका लागि पाँचवटा,
The workmen made 15 crossbars from acacia wood.
32 र अर्कोपट्टिका फल्याकहरूका लागि पाँचवटा अनि पवित्र वासस्थानको पछाडिपट्टि अर्थात् पश्चिमपट्टिको लागि पाँचवटा बार बनाए ।
Five of them were for the frames on the north side of the Sacred Tent, five for the south side, and five for the frames at the rear of the Sacred Tent, the west side.
33 तिनले फल्याकहरूका बिचमा हुने बारचाहिँ एक छेउबाट अर्को छेउसम्म पुग्ने गरी बनाए ।
The crossbars on the north, south, and west sides of the Sacred Tent were fastened to the middle of the frames. The two long crossbars extended from one end of the Sacred Tent to the other, and the crossbar on the west side extended from one side of the Sacred Tent to the other side.
34 तिनले फल्याकहरूलाई सुनले मोहोरे । तिनले बारहरू पक्रनका निम्ति सुनका मुन्द्राहरू बनाए, र बारहरूलाई सुनले मोहोरे ।
The workmen covered the frames with gold and fastened gold rings to the poles. The crossbars [were put] into the rings. The crossbars were [also] covered with gold.
35 बजलेलले निलो, बैजनी र रातो ऊन अनि मसिनो सुती कपडाबाट करूबहरूको रचनामा पर्दाहरू बनाए । यो निपुण शिल्पकारको काम थियो ।
They made a curtain from fine white linen. Skilled craftsmen embroidered it with blue, purple, and red yarn/thread, making designs [that resembled] the winged creatures.
36 तिनले पर्दाहरूका लागि बबुल काठका चारवटा खम्बा बनाए, र तिनलाई सुनले मोहोरे । तिनले खम्बाहरूका लागि अङ्कुसेहरू पनि बनाए, र तिनका निम्ति चाँदीका चारवटा आधार बनाए ।
They suspended/hung the curtain from four posts that were made from acacia [wood] and covered with gold. They set [each] post in a silver base.
37 तिनले पालको प्रवेशद्वारको लागि एउटा पर्दा बनाए । यो निलो, बैजनी, रातो ऊन, मसिनो सुती कपडाबाट बनाइएको थियो । यो बुट्टा भर्नेको काम थियो ।
They made a curtain to [cover] the entrance of the Sacred Tent. They made it from fine linen, and a skilled weaver embroidered it with blue, purple, and red yarn/thread.
38 तिनले पर्दाका पाँचवटा खम्बा तिनका अङ्कुसेहरूसमेत बनाए । तिनले तिनीहरूका टुप्पा र फित्ता सुनले मोहोर । तिनीहरूका पाँचवटा आधारचाहिँ काँसाका थिए ।
[To support this curtain], they also made five posts from acacia wood and fastened gold clasps/fasteners to them. They completely covered the posts with gold. They also made a bronze base for each of those posts.