< प्रस्थान 32 >

1 जब मानिसहरूले मोशा पर्वतबाट आउन ढिलाइ गरेको देखे तिनीहरू हारूनको वरिपरि भेला भई तिनलाई भने, “हाम्रो अगिअगि जाने एउटा मूर्ति बनाऔँ । हामीलाई मिश्र देशबाट बाहिर ल्याउने मोशालाई के भयो हामी जान्दैनौँ ।”
Men da Folket så, at Moses tøvede med at komme ned fra Bjerget, samlede det sig om Aron, og de sagde til ham: "Kom og lav os en Gud, som kan drage foran os, thi vi ved ikke, hvad der er blevet af denne Moses, der førte os ud af Ægypten!"
2 त्यसैले हारूनले तिनीहरूलाई भने, “तिमीहरूका पत्‍नीहरू र छोराछोरीहरूका कानमा भएका सुनका कुण्डलहरू फुकाली मकहाँ लेओ ।”
Da sagde Aron til dem: "Riv de Guldringe af, som eders Hustruer, Sønner og Døtre har i Ørene, og bring mig dem!"
3 सबै मानिसले तिनीहरूका कानमा लगाएका कुण्डलहरू फुकाली हारूनकहाँ ल्याए ।
Så rev hele Folket deres Guldørenringe af og bragte dem til Aron.
4 तिनले तिनीहरूबाट पाएको सुनलाई हतियारले खोपेर बाछाको एउटा मूर्ति बनाए । तब मानिसहरूले भने, “हे इस्राएल हो, मिश्रबाट तिमीहरूलाई बाहिर निकालेर ल्याउने देव यिनै हुन् ।”
Og han modtog dem af deres Hånd, formede Guldet med en Mejsel og lavede en støbt Tyrekalv deraf. Da sagde de: "Her, Israel, er din Gud, som førte dig ud af Ægypten!"
5 हारूनले यो देखेपछि तिनले बाछाको सामु एउटा वेदी बनाए र यस्तो घोषणा गरे, “भोलि परमप्रभुको आदरको लागि एउटा चाड हुनेछ ।”
Og da Aron så det, byggede han et Alter for den, og Aron lod kundgøre: "I Morgen er det Højtid for HERREN!"
6 भोलिपल्ट मानिसहरू सबेरै उठे र तिनीहरूले होमबलि र मेलबलि चढाए । तब तिनीहरू खान र पिउनलाई बसे अनि मोजमा डुब्‍न लागे ।
Tidligt næste Morgen ofrede de så Brændofre og bragte Takofre og Folket satte sig til at spise og drikke, og derpå stod de op for at lege.
7 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “चाँडै तल ओर्ली, किनकि तैँले मिश्र देशबाट बाहिर ल्याएका मानिसहरूले आफैलाई भ्रष्‍ट पारिसकेका छन् ।
Da sagde HERREN til Moses: "Skynd dig og stig ned, thi dit Folk, som du førte ud af Ægypten, har handlet ilde;
8 मैले आज्ञा गरेको मार्गबाट तिनीहरू चाँडै नै विचलित भएका छन् । तिनीहरूले आफ्ना लागि गाईको मूर्ति बनाएर यसको पूजा गरेका छन् र बलिदान चढाएका छन् । तिनीहरूले भनेका छन् 'हे इस्राएल हो, मिश्र देशबाट तिमीहरूलाई बाहिर ल्याउने देव यिनै हुन्' ।”
hastigt veg de bort fra den Vej jeg bød dem at vandre; de har lavet sig en støbt Tyrekalv og tilbedt den og ofret til den med de Ord: Her, Israel, er din Gud, som førte dig ud af Ægypten!"
9 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “मैले यो जातिलाई देखेको छु । हेर्, तिनीहरू हठी मानिसहरू हुन् ।
Og HERREN sagde til Moses: "Jeg har iagttaget dette Folk og set, at det er et halsstarrigt Folk.
10 अब मलाई रोक्‍ने कोसिस नगर् । मेरो क्रोध तिनीहरूको विरुद्धमा दन्कनेछ । त्यसैले म तिनीहरूलाई नष्‍ट गर्नेछु । तब म तँबाट नै एउटा ठुलो जाति बनाउनेछु ।”
Lad mig nu råde, at min Vrede kan blusse op imod dem så vil jeg tilintetgøre dem; men dig vil jeg gøre til et stort Folk!"
11 तर मोशाले परमप्रभु तिनका परमेश्‍वरलाई शान्त पार्न खोजे । तिनले भने, “हे परमप्रभु, आफ्नो ठुलो सामर्थ्य र शक्तिशाली हातले मिश्र देशबाट तपाईंले बाहिर ल्याउनुभएका यी मानिसहरूको विरुद्ध तपाईंको क्रोध किन दन्किने?
Men Moses bønfaldt HERREN sin Gud og sagde: "Hvorfor HERRE skal din Vrede blusse op mod dit Folk, som du førte ud af Ægypten med vældig Kraft og stærk Hånd?
12 मिश्रीहरूले किन यसो भन्‍ने, 'तिनीहरूलाई पर्वतमा लगेर मार्न र पृथ्वीको सतहबाट नष्‍ट गर्न उहाँले तिनीहरूलाई दुष्‍ट मनसाय लिएर बाहिर निकाल्नुभयो?' आफ्नो क्रोधलाई शान्त पार्नुहोस् र यो जातिलाई दण्ड दिनबाट मन बद्लनुहोस् ।
Hvorfor skal Ægypterne kunne sige: I ond Hensigt førte han dem ud, for at slå dem ihjel ude mellem Bjergene og udrydde dem af Jorden? Lad din Vredes Glød høre op, og anger den Ulykke, du vilde gøre dit Folk!
13 तपाईंका दासहरू अब्राहाम, इसहाक र इस्राएललाई सम्झनुहोस् जसलाई तपाईंले आफ्नै खातिर यसो भनेर शपथ खानुभएको थियो, 'म तिमीहरूका सन्तानहरूलाई आकाशको ताराजत्तिकै बढाउनेछु र मैले तिमीहरूका सन्तानहरूलाई दिने भनेका यी सबै देश दिनेछु । तिनीहरूले सदाको लागि यसको अधिकार गर्नेछन्' ।”
Kom Abraham, Isak og Israel i Hu, dine Tjenere, hvem du tilsvor ved dig selv: Jeg vil gøre eders Afkom talrigt som Himmelens Stjerner, og jeg vil give eders Afkom hele det Land, hvorom jeg har talet, og de skal eje det evindelig!"
14 तब आफ्नो जातिलाई हानि गर्नदेखि परमप्रभुले आफ्नो मन बद्लनुभयो ।
Da angrede HERREN den Ulykke han havde truet med at gøre sit Folk.
15 तब मोशा फर्केर आफ्ना हातमा करारका दुईवटा शिला-पाटी लिएर पर्वतबाट तल ओर्ले । शिला-पाटीहरूका अगाडि र पछाडि दुवैपट्टि लेखिएका थिए ।
Derpå vendte Moses tilbage og steg ned fra Bjerget med Vidnesbyrdets to Tavler i Hånden, Tavler, der var beskrevet på begge Sider, både på Forsiden og Bagsiden var de beskrevet.
16 ती शिला-पाटीहरू परमेश्‍वरका आफ्नै काम थिए, र त्यो उहाँले नै खोपेर लेख्‍नुभएको थियो ।
Og Tavlerne var Guds Værk, og Skriften var Guds Skrift, ridset ind i Tavlerne.
17 यहोशूले मानिसहरू चिच्‍च्याइरहेको आवाज सुनेपछि तिनले मोशालाई भने, “छाउनीमा त लडाइँको आवाज पो सुनिँदै छ त ।”
Da hørte Josua Støjen af det larmende Folk, og han sagde til Moses: "Der høres Krigslarm i Lejren!"
18 तर मोशाले भने, “यो विजेताको आवाज होइन, न त पराजितहरूको आवाज हो, तर म त गीत गाइरहेको आवाज सुन्दै छु ।”
Men han svarede: "Det er ikke sejrendes eller slagnes Skrig, det er Sang, jeg hører!"
19 जब मोशा छाउनी नजिक आइपुगे तिनले बाछो र मानिसहरू नाचिरहेका देखे । तिनी बेसरी रिसाए । तिनले आफ्ना हातबाट ती शिला-पाटीहरू फालिदिए, पर्वतको फेदीमा नै फुटाइदिए ।
Og da Moses nærmede sig Lejren og så Tyrekalven og Dansen, blussede hans Vrede op, og han kastede Tavlerne fra sig og sønderslog dem ved Bjergets Fod.
20 तिनले मानिसहरूले बनाएका त्यस बाछोलाई लिएर जलाइदिए अनि धुलोपिठो बनाएर पानीमा छरिदिए, अनि तिनले इस्राएलका मानिसहरूलाई त्यो पिउन लगाए ।
Derpå tog han Tyrekalven, som de havde lavet, brændte den i Ilden og knuste den til Støv, strøde det på Vandet og lod Israeliterne drikke det.
21 तब मोशाले हारूनलाई भने, “यी मानिसहरूले तपाईंलाई के गरे जसले गर्दा तपाईंले तिनीहरूमाथि यति ठुलो पाप ल्याउनुभयो?”
Og Moses sagde til Aron: "Hvad har dette Folk gjort dig, siden du har bragt så stor en Synd over det?"
22 हारूनले भने, “मेरा मालिक, ममाथि हजुरको क्रोध नदन्कियोस् । तपाईं त यी मानिसहरूलाई जान्‍नुहुन्छ कि तिनीहरू खराबी गर्न उद्यत छन् ।
Aron svarede: "Vredes ikke, Herre! Du ved selv, at Folket ligger i det onde,
23 तिनीहरूले मलाई भने, 'हाम्रो अगिअगि जाने एउटा देव बनाऊ । हामीलाई मिश्र देशबाट बाहिर निकालेर ल्याउने मोशालाई के भयो हामी जान्दैनौँ ।'
og de sagde til mig: Lav os en Gud, som kan drage foran os, thi vi ved ikke, hvad der er blevet af denne Moses, der førte os ud af Ægypten!
24 तब मैले तिनीहरूलाई भनेँ, 'जो-जोसँग सुन छ, तिनीहरूले फुकालून् ।' तिनीहरूले मलाई सुन दिए र मैले त्यसलाई आगोमा फाल्दा यही बाछो बनेर आयो ।”
Da sagde jeg til dem: De, der har Guldsmykker, skal rive dem af! De bragte mig da Guldet, og jeg kastede det i Ilden, og så kom denne Tyrekalv ud deraf!"
25 मानिसहरू छाडा भइसकेका थिए भनी मोशाले देखे (किनकि हारूनले तिनीहरूका शत्रुहरूका सामु हाँसोको पात्र हुन दिएर तिनीहरूलाई अनियन्त्रित हुन छाडिदिएका थिए) ।
Da Moses nu så, at Folket var tøjlesløst til Skadefryd for deres Fjender, fordi Aron havde givet det fri Tøjler,
26 तब मोशा छाउनीको प्रवेशद्वारमा खडा भएर भने, “जो-जो परमप्रभुपट्टि छन्, तिनीहरू मकहाँ आओ ।” सबै लेवी तिनको वरिपरि भेला भए ।
stillede han sig ved Indgangen til Lejren og sagde: "Hvem der er for HERREN, han komme hid til mig!" Da samlede alle Leviterne sig om ham,
27 तिनले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हरेकले आ-आफ्नो तरवार भिरेर छाउनीको एक छेउदेखि अर्को छेउसम्म ढोका-ढोकासम्म गएर हरेकले आफ्ना भाइ, आफ्ना मित्र र छिमेकीलाई मार' ।”
og han sagde til dem: "Så siger HERREN, Israels Gud: Bind alle Sværd om Lænd og gå frem og tilbage fra den ene Indgang i Lejren til den anden og slå ned både Broder, Ven og Frænde!"
28 मोशाले आज्ञा गरेमुताबिक लेवीहरूले गरे । त्यस दिन करिब तिन हजार मानिस मरे ।
Og Leviterne gjorde, som Moses havde sagt, og på den Dag faldt der af Folket henved 3000 Mand.
29 मोशाले लेवीहरूलाई भने, “आज तिमीहरू परमप्रभुको सेवामा राखिएका छौ किनकि आज परमप्रभुले तिमीहरूलाई आशिष् देऊन् भनेर तिमीहरू हरेकले आ-आफ्ना छोरा र भाइको विरुद्धमा कारबाही गरेका छौ ।”
Og Moses sagde: "Fra i Dag af skal I være Præster for HERREN, thi ingen skånede Søn eller Broder, derfor skal Velsignelse komme over eder i Dag."
30 भोलिपल्ट मोशाले मानिसहरूलाई भने, “तिमीहरूले भयङ्कर ठुलो पाप गरेका छौ । अब म परमप्रभुकहाँ उक्लेर जानेछु । सायद मैले तिमीहरूको पापको लागि प्रायश्‍चित्त गर्न सक्छु कि ।”
Næste Dag sagde Moses til Folket: "I har begået en stor Synd; men nu vil jeg stige op til HERREN, måske kan jeg skaffe Soning for eders Synd!"
31 मोशा परमप्रभुकहाँ फर्केर आए र भने, “हाय! यी मानिसहरूले ठुलो पाप गरेका छन् र तिनीहरूले सुनको मूर्ति बनाएका छन् ।
Derpå gik Moses atter til HERREN og sagde: "Ak, dette Folk har begået en stor Synd, de har lavet sig en Gud af Guld.
32 तर अब तिनीहरूका पाप क्षमा गरिदिनुहोस् । क्षमा गर्नुहुन्‍न भनेता तपाईंले लेख्‍नुभएको पुस्तकबाट मेरो नाउँ मेटिदिनुहोस् ।”
Om du dog vilde tilgive dem deres Synd! Hvis ikke, så udslet mig af den Bog, du fører!"
33 परमप्रभुले मोशालाई भन्‍नुभयो, “जसले मेरो विरुद्धमा पाप गरेको छ, म मेरो पुस्तकबाट त्यसकै नाउँ मेटिदिनेछु ।
HERREN svarede Moses: "Den, som har syndet imod mig, ham vil jeg udslette af min Bog!
34 अब, गएर मैले तँलाई भनेको स्थानमा यी मानिसहरूलाई अगुवाइ गरेर लैजा । हेर्, मेरा दूत तेरो अगिअगि जानेछन् । तर त्यस दिन तिनीहरूका पापका लागि म तिनीहरूलाई दण्ड दिनेछु ।”
Men gå nu og før Folket hen, hvor jeg har befalet dig at føre det hen; se, min Engel skal drage foran dig! Men til sin Tid vil jeg straffe dem for deres Synd!"
35 हारूनले बनाएको बाछोको कारण परमप्रभुले मानिसहरूमाथि विपत्ति ल्याउनुभयो ।
Og HERREN slog Folket, fordi de havde lavet Tyrekalven, den, Aron lavede.

< प्रस्थान 32 >