< प्रस्थान 31 >
1 तब परमप्रभुले मोशालाई भन्नुभयो,
Ndipo Yehova anati kwa Mose,
2 “हेर्, मैले यहूदाको कुलबाट हूरको नाति, ऊरीको छोरो बजलेललाई डाकेको छु ।
“Taona, ndasankha Bezaleli mwana wa Uri, mwana wa Huri, wa fuko la Yuda.
3 सबै किसिमका कारीगरीको काम गर्नका लागि त्यसलाई बुद्धि, समझशक्ति, ज्ञान दिन मेरा आत्माले भरिपूर्ण पारेको छु ।
Ndipo ndamudzaza ndi Mzimu wa Mulungu kotero kuti ali ndi luso ndi nzeru zomvetsa zinthu ndipo akudziwa bwino ntchito zonse zamanja monga izi:
4 त्यसले सुन, चाँदी, काँसाका कलापूर्ण रचनाहरू बनाउनेछ ।
Kulemba ndondomeko ya ntchito zaluso ndi kupanga zinthu zagolide, zasiliva ndi zamkuwa,
5 सबै किसिमका कारीगरीका काम गर्न त्यसले पत्थर काट्ने, जड्ने र काठ खोप्ने गर्छ ।
kusema ndi kuyika miyala yokongola, kukonza zinthu zamatabwa ndiponso kugwira ntchito ina iliyonse yamanja.
6 त्योबाहेक मैले दानको कुलबाट अहीसामाकको छोरो ओहोलीआबलाई नियुक्त गरेको छु । मैले तिनीहरूलाई आज्ञा गरेमुताबिक तिनीहरूले बनाउन सकून् भनेर सबै बुद्धिमानीहरूका ह्रदयमा मैले सिप हालिदिएको छु । तिनीहरूले बनाउने सामग्रीहरू यिनै हुन्:
Ndasankhanso Oholiabu mwana wa Ahisamaki wa fuko la Dani. Ndiponso ndapereka nzeru kwa anthu aluso motero adzagwira ntchito zonse zimene ndakulamulira kuti zichitike monga izi:
7 भेट हुने पाल, गवाहीको सन्दुक, सन्दुकमाथि राखिने प्रायश्चित्तको ढकनी, पालका सबै सरसामान अर्थात्
Kupanga tenti ya msonkhano, bokosi laumboni pamodzi ndi chophimbira chake, ndiponso zonse za mu tenti,
8 टेबुल र यसका भाँडाकुँडाहरू, शुद्ध सामदानसहित यसका सबै सामान, धूपको वेदी,
tebulo ndi zida zake, choyikapo nyale cha golide wabwino kwambiri ndi ziwiya zake zonse, guwa lofukizirapo lubani,
9 होमबलिको लागि वेदीसहित यसका सबै सामान र आधार भएको ठुलो बाटा ।
guwa lansembe yopsereza ndi ziwiya zake zonse, beseni ndi nsichi yake,
10 यसमा राम्ररी बुनेको पोशाकहरू अर्थात् हारून पुजारी र त्यसका छोराहरूका निम्ति पवित्र पोशाकहरू पनि पर्छन् । पुजारी भएर मेरो सेवा गरून् भनेर तिनीहरू मेरो लागि अलग गरिएका हुन् ।
ndiponso zovala zonse zolukidwa, zovala zopatulika za Aaroni wansembe pamodzi ndi za ana ake, zovala pamene akutumikira monga ansembe,
11 पवित्रस्थानको लागि अभिषेक गर्ने तेल र सुगन्धित धूप पनि यसमा पर्छन् । मैले तँलाई आज्ञा गरेबमोजिम यी कारीगारहरूले यी सबै थोक बनाऊन् ।”
ndiponso mafuta odzozera ndi lubani wonunkhira wa ku malo opatulika. Iwo azipanga monga momwe Ine ndinakulamulira.”
12 तब परमप्रभुले मोशालाई भन्नुभयो,
Ndipo Yehova anati kwa Mose,
13 “इस्राएलीहरूलाई भन्, 'तिमीहरूले निश्चय नै परमप्रभुको शबाथ-दिन मान्नू किनकि तिमीहरूका मानिसहरूका पुस्ता-पुस्तासम्म यो तिमीहरू र मेरो बिचमा एउटा चिन्ह हुनेछ ताकि तिमीहरूलाई मेरो निम्ति अलग गर्ने परमप्रभु म नै हुँ भनी तिमीहरूले जान्नेछौ ।
“Uza ana a Israeli kuti azisunga Masabata anga. Ichi chidzakhala chizindikiro pakati pa inu ndi Ine pamodzi ndi zidzukulu zanu mʼtsogolomo, chosonyeza kuti Ine ndine amene ndimakuyeretsani.
14 त्यसैले तिमीहरूले शबाथ मान्नू किनभने यो मेरो लागि अलग गरिएको तिमीहरूद्वारा मान्नुपर्ने पवित्र दिन हो । यसलाई अशुद्ध गर्ने कुनै पनि व्यक्ति निश्चय नै मारिनेछ । जसले शबाथमा काम गर्छ, त्यो व्यक्ति निश्चय नै आफ्नो जातिबाट बहिष्कृत हुनेछ ।
“Motero muzisunga tsiku la Sabata chifukwa ndi loyera kwa inu. Aliyense amene adetsa tsiku la Sabata ayenera kuphedwa. Aliyense amene agwira ntchito iliyonse pa tsikuli ayenera kuchotsedwa pakati pa anthu anzake.
15 छ दिनसम्म काम गर्नू, तर सातौँचाहिँ दिन परमप्रभुको सामु पूर्ण विश्रामको पवित्र शबाथ हुनेछ । शबाथ-दिनमा काम गर्ने जोसुकै पनि निश्चय मारिनेछ ।
Mugwire ntchito kwa masiku asanu ndi limodzi koma tsiku lachisanu ndi chiwiri ndi Sabata, lopuma, tsiku lopatulika la Yehova. Aliyense amene agwira ntchito iliyonse pa tsiku la Sabata ayenera kuphedwa.
16 त्यसकारण, इस्राएलीहरूले शबाथलाई मान्नैपर्छ । एउटा स्थायी विधिको रूपमा तिनीहरूका पुस्तौँ-पुस्तासम्म तिनीहरूले यसको पालना गर्नुपर्छ ।
Aisraeli onse komanso zidzukulu zawo mʼtsogolo azidzasunga tsiku la Sabata ngati pangano lamuyaya.
17 शबाथ सधैँ म परमप्रभु र इस्राएलीहरूका बिचमा एउटा चिन्ह हुनेछ किनकि छ दिनमा परमप्रभुले स्वर्ग र पृथ्वी बनाउनुभयो अनि सातौँ दिनमा चाहिँ उहाँले कामबाट विश्राम लिनुभयो ।”
Tsiku la Sabata lidzakhala chizindikiro chamuyaya pakati pa Ine ndi Aisraeli chosonyeza kuti Yehova analenga za kumwamba ndi dziko lapansi kwa masiku asanu ndi limodzi ndi kuti pa tsiku lachisanu ndi chiwiri analeka kugwira ntchito napumula.”
18 सिनै पर्वतमा परमप्रभु मोशासित बोलिसक्नुभएपछि उहाँले तिनलाई आफ्नै हातले लेखेका करारका दुईवटा शिला-पाटी दिनुभयो ।
Yehova atamaliza kuyankhula ndi Mose pa phiri la Sinai, anamupatsa Mose miyala iwiri yaumboni, imene Mulungu analembapo ndi chala chake.