< प्रस्थान 30 >
1 तैँले धूप बाल्नलाई बबुल काठबाट एउटा वेदी बनाउनू ।
“Üzerinde buhur yakmak için akasya ağacından bir sunak yap.
2 यसको लमाइ एक हात र चौडाइ एक हातको होस् । यो वर्गाकार हुनुपर्छ र यसको उचाइ दुई हातको हुनुपर्छ । यसका सिङहरू त्यही एउटै टुक्रा काठबाट बनाइएका होऊन् ।
Kare biçiminde, boyu ve eni birer arşın, yüksekliği iki arşın, boynuzları kendinden olacak.
3 धूप वेदीको माथिल्लो भाग, यसका किनाराहरू र सिङहरू सबै नै निखुर सुनले मोहोरिऊन् । यसको चारैतिर सुनको बिट लगाउनू ।
Üstünü, yanlarını, boynuzlarını saf altınla kapla. Çevresine altın pervaz yap.
4 यसको बिटमुनि वेदीका दुवै पाटामा सुनका दुईवटा मुन्द्रा बनाएर त्यसका दुवैतिर लगाउनू, र बोक्ने डन्डाहरूका लागि ती मुन्द्राचाहिँ घर होऊन् ।
İki yandaki pervazın altına iki altın halka yap. Bunlar sunağın taşınması için sırıkların geçmesine yarayacak.
5 डन्डाहरू बबुल काठबाट बनाएर तिनलाई सुनले मोहोर्नू ।
Sırıkları akasya ağacından yap ve altınla kapla.
6 तैँले धुपको वेदीलाई गवाहीको सन्दुकनेर भएको पर्दाको सामुन्ने राख्नू । यो मैले तँलाई भेट्ने गवाहीको सन्दुकमाथि राखिएको प्रायश्चित्तको ढकनीको सामु हुनेछ ।
Sunağı Levha Sandığı'nın karşısındaki perdenin, sandığın üzerindeki Bağışlanma Kapağı'nın önüne, seninle buluşacağım yere koy.
7 हारूनले हरेक बिहान सुगन्धित धूप बाल्नू । त्यसले दियाहरूको रेखदेख गर्दा यसलाई बाल्नू,
“Harun her sabah kandillerin bakımını yaparken sunağın üzerinde güzel kokulu buhur yakacak.
8 र पुस्ता-पुस्तासम्म परमप्रभुको सामु नियमित रूपमा धूप बलिरहोस् भनेर हारूनले हरेक साँझमा दियाहरू बाल्नू ।
Akşamüstü kandilleri yakarken yine buhur yakacak. Böylece huzurumda kuşaklar boyunca sürekli buhur yanacak.
9 तर त्यस धूपको वेदीमा तैँले अरू किसिमका धूप नबाल्नू, न त कुनै होमबलि वा अन्नबलि चढाउनू । यसमाथि कुनै अर्घबलि नचढाउनू ।
Sunağın üzerinde başka buhur, yakmalık sunu ya da tahıl sunusu sunmayacaksınız; üzerine dökmelik sunu dökmeyeceksiniz.
10 वर्षको एक चोटि हारूनले यसका सिङहरूमा प्रायश्चित्त गरोस् । पापबलिको रगतले पुस्ता-पुस्तासम्म त्यसले वर्षको एक चोटि प्रायश्चित्त गर्नेछ । यो परमप्रभुको निम्ति अति पवित्र छ ।”
Harun yılda bir kez sunağın boynuzlarını arındıracak. Kuşaklarınız boyunca yılda bir kez günahları bağışlatmak için sunulan sununun kanıyla sunağı arındıracak. Sunak ben RAB için çok kutsaldır.”
11 तब परमप्रभुले मोशालाई यसो भन्नुभयो,
RAB Musa'ya şöyle dedi:
12 “तैँले इस्राएलीहरूको जनगणना लिँदा हरेक व्यक्तिले परमप्रभुको निम्ति आफ्नो जीवनको मोल तिरोस् । तैँले तिनीहरूको गणना गरिसकेपछि यसो गर्नू ताकि जनगणना गर्दा तिनीहरूका बिचमा कुनै विपत्ति नआओस् ।
“İsrailliler'in sayımını yaptığın zaman, herkes canına karşılık bana bedel ödeyecektir. Öyle ki, sayım yapılırken başlarına bela gelmesin.
13 जनगणनामा गन्ती भएको हरेकले पवित्रस्थानको शेकेलको नापअनुसार चाँदीको आधा शेकेल तिरोस् (एक शेकेल बराबर बिस गेरा हुन्छ) । यो आधा शेकेल परमप्रभुको निम्ति भेटी हुनेछ ।
Sayılan herkes armağan olarak bana yarım kutsal yerin şekeli verecektir. –Bir şekel yirmi geradır.–
14 बिस वर्षभन्दा माथिको गन्ती हुने हरेकले मलाई यो भेटी दिनुपर्छ ।
Sayılan yirmi yaşındaki ve daha yukarı yaştaki herkes bana armağan verecektir.
15 मानिसहरूले आ-आफ्ना जीवनको प्रायश्चित्तको लागि मलाई यो भेटी दिँदा धनीहरूले आधा शेकेलभन्दा बढी नदेऊन् न त गरिबहरूले कम देऊन् ।
Canlarınızın bedeli olarak bu armağanı verdiğinizde, zengin yarım şekelden fazla, yoksul yarım şekelden eksik vermeyecek.
16 तैँले इस्राएलीहरूबाट यो प्रायश्चित्तको पैसा लिएर यसलाई भेट हुने पालको कामको लागि छुट्ट्याउनुपर्छ । यो इस्राएलीहरूका जीवनको निम्ति प्रायश्चित्त गर्न मेरो सामु तिनीहरूको सम्झना होस् ।”
İsrailliler'den bedel olarak verilen paraları toplayacak, Buluşma Çadırı'nın hizmetinde kullanacaksın. Bu paralar canlarınızın bedeli olarak ben, RAB'be İsrailliler'i hep anımsatacak.”
17 तब परमप्रभुले मोशालाई यसो भन्नुभयो,
RAB Musa'ya şöyle dedi:
18 “तैँले धुनलाई काँसाको एउटा ठुलो बाटा बना । यो भेट हुने पाल र वेदीको बिचमा होस् र यसमा पानी राख्नू ।
“Yıkanmak için tunç bir kazan yap. Ayaklığı da tunçtan olacak. Buluşma Çadırı ile sunağın arasına koyup içine su doldur.
19 हारून र त्यसका छोराहरूले यो पानीले तिनीहरूका हात र खुट्टा धोऊन् ।
Harun'la oğulları ellerini, ayaklarını orada yıkayacaklar.
20 तिनीहरू आगोद्वारा चढाइने बलि लिएर मेरो सेवा गर्न भेट हुने पालमा जाँदा वा वेदीको नजिक जाँदा तिनीहरू नमरून् भनेर तिनीहरूले पानीले धुनुपर्छ ।
Buluşma Çadırı'na girmeden ya da RAB için yakılan sunuyu sunarak hizmet etmek üzere sunağa yaklaşmadan önce, ölmemek için ellerini, ayaklarını yıkamalılar. Harun'la soyunun bütün kuşakları boyunca sürekli bir kural olacak bu.”
21 तिनीहरू नमरून् भनेर तिनीहरूले आ-आफ्ना हातगोडा धोऊन् । हारून र त्यसका मानिसहरूका पुस्ता-पुस्ताका लागि यो एउटा स्थायी विधि हो ।”
22 तब परमप्रभुले मोशालाई यसो भन्नुभयो,
RAB Musa'ya şöyle dedi:
23 “तैँले यी असल-असल मसलाहरू अर्थात् ५०० शेकेल तरल मूर्र, २५० शेकेल बास्ना आउने दालचिनी, २५० शेकेल बास्ना आउने बोझो,
“Şu nadide baharatı al: 500 şekel sıvı mür, yarısı kadar, yani 250'şer şekel güzel kokulu tarçın ve kamış,
24 ५०० शेकेल तेजपात– सबैको नाप पवित्रस्थानको हिसाबले– र एक हीन भद्राक्षको तेल लिनू ।
500 kutsal yerin şekeli hıyarşembe, bir hin de zeytinyağı.
25 तैँले यी सामग्रीहरूबाट अभिषेक गर्ने पवित्र तेल अर्थात् सुगन्धित मसला बनाउनू । यो मेरो लागि सुरक्षित अभिषेक गर्ने पवित्र तेल हुनेछ ।
Bunlardan ıtriyatçı ustalığıyla güzel kokulu kutsal bir mesh yağı yap. Ona kutsal mesh yağı denecek.
26 तैँले यस तेलले भेट हुने पालसाथै गवाहीको सन्दुक,
Buluşma Çadırı'nı, Levha Sandığı'nı, masayla takımlarını, kandillikle takımlarını, buhur sunağını, yakmalık sunu sunağıyla bütün takımlarını, kazanı ve kazan ayaklığını hep bu yağla meshet.
27 टेबुल र यसका सबै भाँडाकुँडा, सामदान र यसका सामान, धूपको वेदी,
28 होमबलि चढाउने वेदीलगायत यसका सबै सामान र धुनलाई प्रयोग गरिने बाटालाई अभिषेक गर्नू ।
29 ती मेरो लागि पवित्र होऊन् भनेर तिनलाई मेरो लागि अलग गर्नू । तिनलाई छुने कुनै पनि कुरो पनि पवित्र हुनेछ ।
Onları kutsal kıl ki, çok kutsal olsunlar. Onlara değen her şey kutsal sayılacaktır.
30 हारून र त्यसका छोराहरूले पुजारी भएर मेरो सेवा गरून् भनेर तैँले तिनीहरूलाई मेरो निम्त अलग गर् ।
“Bana kâhin olmaları için Harun'la oğullarını meshedip kutsal kıl.
31 तैँले इस्राएलीहरूलाई भन्नू, “तिमीहरूका मानिसहरूका पुस्ता-पुस्तासम्म यो परमप्रभुको निम्ति अलग गरिएको अभिषेक गर्ने तेल होस् ।
İsrailliler'e de ki, ‘Kuşaklarınız boyunca bu kutsal mesh yağı yalnız benim için kullanılacak.
32 यसलाई मानिसको छालामा दल्नुहुँदैन, न त उही सुत्र प्रयोग गरेर यस्तो तेल बनाउनुहुन्छ किनकि यो परमप्रभुको निम्ति अलग गरिएको हो । तैँले यसलाई यसरी नै हेर्नुपर्छ ।
İnsan bedenine dökülmeyecek. Aynı reçeteyle benzeri yapılmayacak. O kutsaldır ve sizin için kutsal olacaktır.
33 जसले यस्तो अत्तर बनाउँछ वा जसले अरू कसैको शरीरमा यसलाई लगाइदिन्छ त्यो व्यक्ति तिमीहरूको जातिबाट बहिष्कृत हुनेछ ।”
Onun benzerini yapan ya da kâhin olmayan birinin üzerine döken herkes halkının arasından atılacaktır.’”
34 परमप्रभुले मोशालाई भन्नुभयो, “बराबरी परिमाणमा शुद्ध सेतो-धूपसहित खोटो, सेखलेट र हिङजस्तै चोपजस्ता सुगन्धित मसलाहरू लिनू ।
Sonra RAB Musa'ya şöyle dedi: “Güzel kokulu baharat –kara günnük, onika, kasnı ve saf günnük– al. Hepsi aynı ölçüde olsun.
35 नुन मिसिएको शुद्ध र पवित्र हुने गरी धूपको रूपमा अत्तर बनाउनेले जस्तै गरी त्यसलाई बनाउनू ।
Bir ıtriyatçı ustalığıyla bunlardan güzel kokulu bir buhur yap. Tuzlanmış, saf ve kutsal olacak.
36 तैँले यसलाई मसिनो गरी पिस्नू । यसको थोरै भागलाई मैले तँसित भेट गर्ने भेट हुने पालमा राखिने गवाहीको सन्दुकको सामुन्ने राख्नू । तैँले यसलाई मेरो लागि अति पवित्र ठान्नू ।
Birazını çok ince döv, Buluşma Çadırı'nda seninle buluşacağım yere, Levha Sandığı'nın önüne koy. Sizin için çok kutsal olacaktır.
37 तैँले बनाउने यो धूपजस्तै उही सुत्र प्रयोग गरेर आफ्नो लागि अर्को कुनै धूप नबनाउनू । यो मेरो लागि अति पवित्र होस् ।
Aynı reçeteyle kendinize buhur yapmayacaksınız. Onu RAB için kutsal sayacaksınız.
38 अत्तरको रूपमा प्रयोग गर्न जसले योजस्तै कुनै धूप बनाउँछ, त्यो आफ्नो जातिबाट बहिष्कृत हुनेछ ।”
Kim koklamak için aynısını yaparsa halkının arasından atılacaktır.”