< प्रस्थान 26 >

1 तैँले मसिनो सुती कपडा, निलो, बैजनी र रातो ऊन करूबहरूको रचनासहित दसवटा पर्दा भएको पवित्र वासस्थान बनाउनू । यो ज्यादै सिपालु शिल्पकारको काम हुनेछ ।
너는 성막을 만들되 앙장 열 폭을 가늘게 꼰 베실과 청색 자색 홍색실로 그룹을 공교히 수 놓아 만들지니
2 हरेक पर्दाको लमाइ अट्ठाइस हात र चौडाइ चार हातको होस् । सबै पर्दा उही आकारको हुनुपर्छ ।
매 폭의 장은 이십팔 규빗, 광은 사 규빗으로 각 폭의 장단을 같게하고
3 पाँचवटा पर्दालाई एक-अर्कासित गाँस्‍नू, र अन्य पाँचवटा पर्दालाई एक-अर्कासित गाँस्‍नू ।
그 앙장 다섯 폭을 서로 연하며 다른 다섯 폭도 서로 연하고
4 पहिलो गाँसिएको भागको बाहिरी छेउमा निलो सुर्काउनी बनाउनू । त्यसै गरी, दोस्रो गाँसिएको भागको बाहिरी छेउमा पनि निलो सुर्काउनी बनाउनू ।
그 앙장의 연락할 말폭 가에 청색 고를 만들며 다른 연락할 말폭 가에도 그와 같이 하고
5 पहिलो पर्दामा पचासवटा सुर्काउनी बनाउनू, र दोस्रो गाँसिएको भागको पर्दामा पनि पचासवटा सुर्काउनी बनाउनू । ती सुर्काउनीहरू आमनेसामने हुने गरी बनाउनू ।
앙장 말폭 가에 고 오십을 달며 다른 앙장 말폭 가에도 고 오십을 달고 그 고들을 서로 대하게 하고
6 सुनका पचासवटा अङ्कुसे बनाई पवित्र वासस्थान एउटै हुने गरी ती पर्दाहरूलाई अङ्कुसेहरूसित जोड्नू ।
금 갈고리 오십을 만들고 그 갈고리로 앙장을 연합하여 한 성막을 이룰지며
7 पवित्र वासस्थानमाथि राखिने पालको निम्ति बाख्राका भुत्लाका पर्दाहरू बनाउनू । एघारवटा यस्ता पर्दा बनाउनू ।
그 성막을 덮는 막 곧 앙장을 염소털로 만들되 열한 폭을 만들지며
8 हरेक पर्दाको लमाइ तिस हात र चौडाइ चार हातको होस् । एघारवटै पर्दाको नाप उही होस् ।
각 폭의 장은 삼십 규빗, 광은 사 규빗으로 열한 폭의 장단을 같게 하고
9 पाँचवटा पर्दालाई एक-अर्कामा जोड्नू र बाँकी छवटालाई एक-अर्कामा जोड्नू । छैटौँ पर्दालाई चाहिँ पालको अगाडिपट्टि दोब्बर गर्नू ।
그 앙장 다섯 폭을 서로 연하며 또 여섯 폭을 서로 연하고 그 여섯째 폭 절반은 성막 전면에 접어 드리우고
10 पहिलो गाँसिएको भागको एकापट्टिको छेउमा पचासवटा सुर्काउनी बनाउनू, र दोस्रो गाँसिएको भागको एकापट्टिको छेउमा पचासवटा सुर्काउनी बनाउनू ।
앙장을 연락할 말폭 가에 고 오십을 달며 다른 연락할 말폭 가에도 고 오십을 달고
11 पचासवटा काँसाका अङ्कुसे बनाई तिनलाई सुर्काउनीहरूमा लगाउनू । त्यसपछि एउटै बनाउन पाललाई सँगसँगै जोड्नू ।
놋 갈고리 오십을 만들고 그 갈고리로 그 고를 꿰어 연합하여 한막이 되게 하고
12 पालको बाँकी रहेको आधा भाग अर्थात् पालका पर्दाहरूबाट झुण्डिरहको आधा भागलाई पवित्र वासस्थानको पछिल्तिर झुण्ड्याउनू ।
그 막 곧 앙장의 나머지 그 반폭은 성막 뒤에 드리우고
13 एकापट्टि एक हात लामो र अर्कोपट्टि एक हात लामो पर्दा हुनुपर्छ । पवित्र वासस्थानलाई ढाक्‍न त्यसको दुवैपट्टि पालका पर्दाहरूको बाँकी भाग झुण्डिरहून् ।
막 곧 앙장의 길이의 남은 것은 이편에 한 규빗, 저편에 한 규빗씩 성막 좌우 양편에 덮어 드리우고
14 रातो रङले रङ्ग्याएका भेडाका छालाबाट पवित्र वासस्थानलाई ढाक्‍ने बनाउनू, र त्यसको माथि मसिनो छालाको ढकनी होस् ।
붉은 물 들인 수양의 가죽으로 막의 덮개를 만들고 해달의 가죽으로 그 웃덮개를 만들지니라
15 पवित्र वासस्थानको लागि बबुल काठबाट ठाडा फल्याकहरू बनाउनू ।
너는 조각목으로 성막을 위하여 널판을 만들어 세우되
16 हरेक फल्याकको लमाइ दस हात र चौडाइ साँढे एक हातको होस् ।
각 판의 장은 십 규빗, 광은 일 규빗 반으로 하고
17 फल्याकहरूलाई एक-अर्कासित जोड्न हरेक फल्याकमा दुईवटा काठका चोसा होऊन् । पवित्र वासस्थानका सबै फल्याक यसरी नै बनाउनू ।
각 판에 두 촉씩 내어 서로 연하게 하되 너는 성막 널판을 다 그와 같이 하라
18 पवित्र वासस्थानको लागि फल्याकहरू बनाउँदा दक्षिणपट्टिको लागि बिसवटा फल्याक बनाउनू ।
너는 성막을 위하여 널판을 만들되 남편을 위하여 널판 스물을 만들고
19 ती बिसवटा फल्याकको मुन्तिर राख्‍न चाँदीका चालिसवटा आधार बनाउनू । पहिलो फल्याकको मुन्तिर दुईवटा आधार र अन्य फल्याकहरूको मुन्तिर पनि दुई-दुईवटा आधार बनाउनू ।
스무 널판 아래 은받침 마흔을 만들지니 이 널판 아래에도 그 두 촉을 위하여 두 받침을 만들고 저 널판 아래에도 그 두 촉을 위하여 두 받침을 만들찌라
20 पवित्र वासस्थानको दोस्रो भाग अर्थात् उत्तरपट्टिको लागि बिसवटा फल्याक
성막 다른 편 곧 그 북편을 위하여도 널판 스물로 하고
21 र तिनका चालिसवटा आधार बनाउनू । पहिलो फल्याकको मुन्तिर दुईवटा आधार अनि दोस्रोको मुन्तिर दुईवटा आधार र बाँकीको निम्ति पनि यसरी नै बनाउनू ।
은받침 마흔을 이 널판 아래에도 두 받침, 저 널판 아래에도 두 받침으로 하며
22 पवित्र वासस्थानको पछाडिपट्टि अर्थात् पश्‍चिमपट्टि छवटा फल्याक बनाउनू ।
성막 뒤 곧 그 서편을 위하여는 널판 여섯을 만들고
23 पवित्र वासस्थानको पछाडिका कुनाहरूमा दुईवटा फल्याक बनाउनू ।
성막 뒤 두 모퉁이 편을 위하여는 널판 둘을 만들되
24 यी फल्याकहरू तल छुट्टिएका होऊन् तर माथि भने जोडिएका होऊन् । दुवै कुनाका लागि यही किसिमले बनाउनू ।
아래에서부터 위까지 각기 두겹 두께로 하여 윗고리에 이르게 하고 두 모퉁이 편을 다 그리하며
25 चाँदीका आधारहरू भएका आठवटा फल्याक बनाउनू । पहिलो फल्याकमुनि दुईवटा आधार, अर्को फल्याकमुनि दुईवटा आधार एवम् रितले जम्माजम्मी सोह्रवटा आधार होऊन् ।
그 여덞 널판에는 은받침이 열여섯이니 이 판 아래에도 두 받침이요 저 판 아래에도 두 받침이니라
26 तैँले बबुल काठका बारहरू बनाउनू । पवित्र वासस्थानका एकापट्टिका फल्याकहरूका निम्ति पाँचवटा बार,
너는 조각목으로 띠를 만들지니 성막 이편 널판을 위하여 다섯이요
27 पवित्र वासस्थानका अर्कोपट्टिका फल्याकहरूका निम्ति पाँचवटा बार र पवित्र वासस्थानको पश्‍चिमपट्टिका फल्याकहरूका निम्ति पाँचवटा बार बनाउनू ।
성막 저편 널판을 위하여 다섯이요 성막 뒤 곧 서편 널판을 위하여 다섯이요
28 फल्याकहरूका बिचमा भएको बारचाहिँ एक छेउदेखि अर्को छेउसम्म पुगोस् ।
널판 가운데 있는 중간 띠는 이 끝에서 저 끝에 미치게 하고
29 तैँले फल्याकहरूलाई सुनले मोहोर्नू । बारहरूलाई अल्झाउन सुनका मुन्द्राहरू बनाउनू, र बारहरूलाई पनि सुनले मोहोर्नू ।
그 널판들을 금으로 싸고 그 널판들의 띠를 꿸 금고리를 만들고 그 띠를 금으로 싸라
30 तँलाई पर्वतमा देखाइएको नमुनाबमोजिम पवित्र वासस्थान खडा गर्नू ।
너는 산에서 보인 식양대로 성막을 세울지니라
31 निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडाबाट करूबहरूको रचनासमेत भएको एउटा पर्दा बनाउनू । यो सिपालु शिल्कारको काम होस् ।
너는 청색 자색 홍색실과 가늘게 꼰 베실로 짜서 장을 만들고 그 위에 그룹들을 공교히 수 놓아서
32 सुनले मोहोरिएको बबुल काठको चारवटा खम्बामा यस पर्दालाई झुण्ड्याउनू । यी खम्बाहरूमा सुनका अङ्कुसेहरू हुनुपर्छ जसमा चारवटा चाँदीका आधार राखिएका होऊन् ।
금 갈고리로 네 기둥 위에 드리우되 그 네 기둥을 조각목으로 만들고 금으로 싸서 네 은받침 위에 둘지며
33 पर्दालाई अङ्कुसेमुनि झुण्ड्याउनू, र गवाहीको सन्दुकलाई यसभित्र ल्याउनू । यो पर्दाले पवित्रस्थानलाई महा-पवित्रस्थानबाट अलग गर्नुपर्छ ।
그 장을 갈고리 아래 드리운 후에 증거궤를 그 장안에 들여 놓으라 그장이 너희를 위하여 성소와 지성소를 구별하리라
34 प्रायश्‍चित्तको ढकनीलाई गवाहीको सन्दुकमाथि राख्‍नू जसलाई महा-पवित्रस्थानमा राखिन्छ ।
너는 지성소에 있는 증거궤 위에 속죄소를 두고
35 पर्दाबाहिर टेबुललाई उत्तरपट्टि राख्‍नू । पवित्र वासस्थानको दक्षिणपट्टि टेबुलको सामुन्‍ने सामदान राख्‍नू ।
그 장 바깥 북편에 상을 놓고 남편에 등대를 놓아 상과 대하게 할지며
36 पालको प्रवेशद्वारमा एउटा पर्दा बनाउनू । यो निलो, बैजनी, रातो सामग्री, मसिनो गरी बाटेको सुती कपडा र बुट्टा भर्नेको काम भएको होस् ।
청색 자색 홍색실과 가늘게 꼰 베실로 수 놓아 짜서 성막 문을 위하여 장을 만들고
37 यस पर्दाको लागि बबुल काठको पाँचवटा खम्बा बनाई तिनलाई सुनले मोहोर्नू । तिनका अङ्कुसे सुनका होऊन् र तिनका लागि काँसाका पाँचवटा आधार होऊन् ।
그 문장을 위하여 기둥 다섯을 조각목으로 만들어 금으로 싸고 그 갈고리도 금으로 만들찌며 또 그 기둥을 위하여 받침 다섯을 놋으로 부어 만들지니라

< प्रस्थान 26 >