< प्रस्थान 25 >
1 परमप्रभुले मोशालाई भन्नुभयो,
Then the LORD said to Moses,
2 “राजीखुसीबाट प्रेरित भई हरेक व्यक्तिले मेरो लागि भेटी ल्याओस् भनी इस्राएलीहरूलाई भन् । तैँले यी भेटीहरू मेरो लागि ग्रहण गर्नुपर्छ ।
“Tell the Israelites to bring Me an offering. You are to receive My offering from every man whose heart compels him.
3 तैँले तिनीहरूबाट प्राप्त गर्नुपर्ने भेटीहरू यिनै हुन्: सुन, चाँदी, र काँसा
This is the offering you are to accept from them: gold, silver, and bronze;
4 निलो, बैजनी र रातो ऊन, मलमलको कपडा, बाख्राको भुत्ला
blue, purple, and scarlet yarn; fine linen and goat hair;
5 रातो रङले रङ्गाएका भेडाका छाला र सीलका छालाहरू, बबुल काठ,
ram skins dyed red and fine leather; acacia wood;
6 पवित्रस्थानका बत्तीहरूका निम्ति तेल, अभिषेक गर्नका लागि मसला र सुगन्धित धूप, एपोद र छाती-पातामा जड्नका लागि
olive oil for the light; spices for the anointing oil and for the fragrant incense;
7 आनिक्स र अन्य बहुमूल्य रत्नहरू ।
and onyx stones and gemstones to be mounted on the ephod and breastpiece.
8 म तिनीहरूका बिचमा बस्न सकूँ भनेर तिनीहरूले मेरो निम्ति एउटा पवित्रस्थान बनाऊन् ।
And they are to make a sanctuary for Me, so that I may dwell among them.
9 मैले तँलाई देखाउने नमुनामुताबिक तैँले पवित्र वासस्थान र यसका सबै सामानहरू बनाउनू ।
You must make the tabernacle and design all its furnishings according to the pattern I show you.
10 तिनीहरूले बबुल काठको सन्दुक बनाऊन् । यसको लमाइ साँढे दुई हात, चौडाइ साँढे एक हात र उचाइ साँढे एक हातको होस् ।
And they are to construct an ark of acacia wood, two and a half cubits long, a cubit and a half wide, and a cubit and a half high.
11 यसको निम्ति सुनका चारवटा मुन्द्रा झुण्ड्याउनू ।
Overlay it with pure gold both inside and out, and make a gold molding around it.
12 एकापट्टि दुईवटा र अर्कोपट्टि दुईवटा गरी तिनलाई सन्दुकको चारवटा खुट्टामा लगाउनू ।
Cast four gold rings for it and fasten them to its four feet, two rings on one side and two on the other.
13 तैँले बबुल काठका डन्डाहरू बनाएर तिनलाई सुनले मोहोर्नू ।
And make poles of acacia wood and overlay them with gold.
14 सन्दुकलाई बोक्नलाई त्यसको दुवैपट्टिका किनारामा भएका मुन्द्राहरूमा ती डन्डाहरू घुसाउनू ।
Insert the poles into the rings on the sides of the ark, in order to carry it.
15 डन्डाहरू सन्दुकका मुन्द्राहरूमा रहनुपर्छ । तिनलाई त्यसबाट झिकिनुहुँदैन ।
The poles are to remain in the rings of the ark; they must not be removed.
16 तैँले सन्दुकभित्र मैले तँलाई दिने करारका विधिविधानहरू राख्नू ।
And place inside the ark the Testimony, which I will give you.
17 तैँले निखुर सुनको एउटा प्रायश्चित्तको ढकनी बनाउनू । यसको लमाइ साँढे दुई हात र चौडाइ साँढे एक हातको होस् ।
And you are to construct a mercy seat of pure gold, two and a half cubits long and a cubit and a half wide.
18 तैँले प्रायश्चित्तको ढकनीको दुई किनारामा राख्न पिटिएको सुनका दुईवटा करूब बनाउनू ।
Make two cherubim of hammered gold at the ends of the mercy seat,
19 प्रायश्चित्तको ढकनीको एउटा किनारामा एउटा करूब र अर्को किनारामा अर्को करूब राख्नू । ती दुईवटा करूब र प्रायश्चित्तको ढकनी एउटै सुनको टुक्राबाट बनाइयोस् ।
one cherub on one end and one on the other, all made from one piece of gold.
20 करूबहरूले आ-आफ्ना पखेटा मास्तिर फैलाऊन् र प्रायश्चित्तको ढकनीलाई छाया पारून् । करूबहरू एक-अर्काको आमनेसामने होऊन् र तिनीहरूले प्रायश्चित्तको ढकनीतर्फ हेरून् ।
And the cherubim are to have wings that spread upward, overshadowing the mercy seat. The cherubim are to face each other, looking toward the mercy seat.
21 तैँले प्रायश्चित्तको ढकनीलाई सन्दुकको माथिपट्टि राख्नू, र मैले तँलाई दिने करारका विधिविधानहरू सन्दुकभित्र राख्नू ।
Set the mercy seat atop the ark, and put the Testimony that I will give you into the ark.
22 यही सन्दुकमा म तँसित भेट्नेछु । प्रायश्चित्तको ढकनीमाथिबाट म तँसित बोल्नेछु । गवाहीको सन्दुकको माथि भएका दुईवटा करूबको बिचबाट मैले इस्राएलीहरूलाई दिने सबै आज्ञा तँलाई दिनेछु ।
And I will meet with you there above the mercy seat, between the two cherubim that are over the ark of the Testimony; I will speak with you about all that I command you regarding the Israelites.
23 तैँले बबुल काठको एउटा टेबुल बनाउनू । यसको लमाइ दुई हात, चौडाइ एक हात र उचाइ साँढे एक हातको होस् ।
You are also to make a table of acacia wood two cubits long, a cubit wide, and a cubit and a half high.
24 तैँले यसलाई निखुर सुनले मोहर्नू र यसको चारैतिर सुनको बिट लगाउनू ।
Overlay it with pure gold and make a gold molding around it.
25 त्यसको चारैतिर चार अङ्गुल चौडा भएको घेरो बनाउनू र घेरोको वरिपरि सुनको बिट लगाउनू ।
And make a rim around it a handbreadth wide and put a gold molding on the rim.
26 टेबुलको लागि सुनका चारवटा मुन्द्रा बनाउनू र ती मुन्द्राहरूलाई चार खुट्टा भएका चारवटै कुनामा लगाउनू ।
Make four gold rings for the table and fasten them to the four corners at its four legs.
27 टेबुललाई बोक्नलाई डन्डाहरूका लागि ठाउँ हुन ती मुन्द्राहरू घेरोको छेउमा होऊन् ।
The rings are to be close to the rim, to serve as holders for the poles used to carry the table.
28 टेबुललाई तीसँगै बोक्न सकियोस् भनी बबुल काठबाट डन्डाहरू बनाउनू र
Make the poles of acacia wood and overlay them with gold, so that the table may be carried with them.
29 तिनलाई सुनले मोहर्नू अर्घबलिहरू चढाउन प्रयोग हुने थाल, चम्चा, करुवा र कचौराहरू बनाउनू । तैँले ती सबै निखुर सुनको बनाउनू ।
You are also to make the plates and dishes, as well as the pitchers and bowls for pouring drink offerings. Make them out of pure gold.
30 तैँले टेबुलमा मेरो सामु नियमित रूपमा उपस्थितिको रोटी राख्नू ।
And place the Bread of the Presence on the table before Me at all times.
31 पिटेको निखुर सुनबाट एउटा सामदान बनाउनू । आधार र बिँडसहित यसलाई बनाउनू । यसका कचौराहरू, कोपिला र फुलहरू सबै नै एउटै टुक्राबाट बनाइनुपर्छ ।
Then you are to make a lampstand of pure, hammered gold. It shall be made of one piece, including its base and shaft, its cups, and its buds and petals.
32 यसको एकापट्टिबाट तिनवटा हाँगा र अर्कोपट्टिबाट तिनवटा हाँगा गरी जम्मा छवटा हाँगा बाहिरतिर निस्केका होऊन् ।
Six branches are to extend from the sides of the lampstand—three on one side and three on the other.
33 पहिलो हाँगामा हाडेबदामका फुलजस्ता तिनवटा कचौरासाथै कोपिला र फुल होऊन् । त्यस्तै अर्को हाँगामा पनि हाडेबदामका फुलजस्ता तिनवटा कचौरासाथै कोपिला र फुल होऊन् । सामदानबाट बाहिर निस्कने सबै छवटा हाँगामा उस्तै होऊन् ।
There are to be three cups shaped like almond blossoms on the first branch, each with buds and petals, three on the next branch, and the same for all six branches that extend from the lampstand.
34 सामदान र बिचको बिँडमा हाडेबदामका फुलजस्ता चारवटा कचौरा आ-आफ्नै कोपिला र फूलसमेत होऊन् ।
And on the lampstand there shall be four cups shaped like almond blossoms with buds and petals.
35 एउटै टुक्राको रूपमा पहिलो जोडी हाँगामुनि एउटा कोपिला र एउटै टुक्राको रूपमा दोस्रो जोडी हाँगामुनि एउटा कोपिला होस् । त्यसै गरी, एउटै टुक्राको रूपमा तेस्रो जोडी हाँगामुनि एउटा कोपिला होस् । सामदानबाट बाहिर निस्केका सबै छवटै हाँगा उस्तै होस् ।
For the six branches that extend from the lampstand, a bud must be under the first pair of branches, a bud under the second pair, and a bud under the third pair.
36 तिनीहरूका कोपिला र हाँगाहरू सबै पिटेको निखुर सुनको एउटा टुक्राबाट बनेका होऊन् ।
The buds and branches are to be all of one piece with the lampstand, hammered out of pure gold.
37 तैँले सामदान र यसका सातवटा बत्ती बनाउनू, र यसबाट उज्यालो दिन ती बत्तीहरू बालिराख्नू ।
Make seven lamps and set them up on the lampstand so that they illuminate the area in front of it.
38 चिम्टा र तिनीहरूका मोसोदानीहरू निखुर सुनबाट बनाइनुपर्छ ।
The wick trimmers and their trays must be of pure gold.
39 सामदान र यसका सबै पात्र बनाउन करिब चौँतिस किलोग्राम निखुर सुनको प्रयोग गर्नू ।
The lampstand and all these utensils shall be made from a talent of pure gold.
40 तँलाई पर्वतमा देखाएको नमुनाबमोजिम ती बनाउन नभुल्नू ।
See to it that you make everything according to the pattern shown you on the mountain.