< प्रस्थान 23 >

1 कसैको बारेमा झुटा गवाही नदेओ । बेइमानी गवाही दिने दुष्‍ट मानिससित नमिल ।
“Yalan haber taşımayacaksınız. Haksız yere tanıklık ederek kötü kişiye yan çıkmayacaksınız.
2 खराबी गर्न भिडको पछि नलाग, न त न्यायलाई बङ्ग्याउन भिडको पक्ष लेओ ।
“Kötülük yapan kalabalığı izlemeyeceksiniz. Bir davada çoğunluktan yana konuşarak adaleti saptırmayacaksınız.
3 गरिब मानिसको मुद्दामा उसको पक्षपात नगर ।
Duruşmada yoksulu kayırmayacaksınız.
4 आफ्नो शत्रुको गोरु वा गधा बिच्केर जाँदै गरेको देख्यौ भने त्यसलाई फर्काएर त्यसकहाँ ल्याइदेओ ।
“Düşmanınızın yolunu şaşırmış öküzüne ya da eşeğine rastlarsanız, onu kendisine geri götüreceksiniz.
5 तिमीहरूलाई घृणा गर्ने कुनै व्यक्तिको गधा भारीले थिचिएर भुइँमा लडेको देख्यौ भने त्यसलाई त्यत्तिकै नछोड । गधासँगै मदत गर ।
Sizden nefret eden kişinin eşeğini yük altında çökmüş görürseniz, kendi haline bırakıp gitmeyecek, ona yardımcı olacaksınız.
6 मुद्दा मामिलामा गरिबहरूको न्याय हरण नगर ।
“Duruşmada yoksula karşı adaleti saptırmayacaksınız.
7 झुटा गवाही दिन अरूहरूसित नमिल, र निर्दोष वा धर्मीहरूलाई नमार किनकि म दुष्‍टहरूलाई कहिल्यै निर्दोष ठहराउनेछैनँ ।
Yalandan uzak duracak, suçsuz ve doğru kişiyi öldürmeyeceksiniz. Çünkü ben kötü kişiyi aklamam.
8 कहिल्यै घुस नलेओ किनकि घुसले देख्‍नेहरूलाई अन्धो तुल्याइदिन्छ र इमानदार मानिसहरूका वचनलाई बङ्ग्याइदिन्छ ।
“Rüşvet almayacaksınız. Çünkü rüşvet göreni kör eder, haklıyı haksız çıkarır.
9 परदेशीलाई थिचोमिचो नगर किनकि तिमीहरू मिश्र देशमा परदेशी भएर बाँचेकाले परदेशीको जीवन कस्तो हुन्छ भनी तिमीहरू जान्दछौ ।
“Yabancıya baskı yapmayacaksınız. Yabancılığın ne olduğunu bilirsiniz. Çünkü siz de Mısır'da yabancıydınız.
10 छ वर्षसम्म तिमीहरूले आ-आफ्ना जमिनमा बिउ रोपी फसल जम्मा गर ।
“Toprağınızı altı yıl ekecek, ürününü toplayacaksınız.
11 तर सातौँ वर्षमा चाहिँ हलो नजोती त्यसलाई बाँझै छाडिदेओ ताकि तिमीहरूका बिचमा भएका गरिब मानिसहरूले खान सकून् । तिनीहरूले छाडेका जङ्गली जनावरहरूले खानेछन् । तिमीहरूका दाखबारी र भद्राक्षबारीलाई पनि त्यसै गर ।
Ama yedinci yıl nadasa bırakacaksınız; öyle ki, halkınızın arasındaki yoksullar yiyecek bulabilsin, onlardan artakalanı da yabanıl hayvanlar yesin. Bağınıza ve zeytinliğinize de aynı şeyi yapın.
12 छ दिनसम्म आफ्नो काम गर, तर सातौँ दिनमा चाहिँ विश्राम गर । तिमीहरूका गोरु र गधाले पनि विश्राम पाउन सकून् भनेर यसो गर अनि तिमीहरूका कमारीको छोरो र परदेशीले पनि ताजा महसुस गर्न सकून् भनेर यस गर ।
“Altı gün çalışacak, yedinci gün dinleneceksiniz. Böylece hem öküzünüz, eşeğiniz dinlenir, hem de kadın kölenizin oğulları ve yabancılar rahat eder.
13 मैले तिमीहरूलाई भनेका हरेक कुरामा ध्यान देओ । अरू देवी-देवताहरूको चर्चा नगर, न त तिमीहरूका मुखबाट तिनीहरूको नाउँ नै सुनियोस् ।
“Söylediğim her şeyi yerine getirin. Başka ilahların adını anmayın, ağzınıza almayın.”
14 मेरो निम्ति चाड मान्‍न हरेक वर्ष तिन पटक यात्रा गर ।
“Yılda üç kez bana bayram yapacaksınız.
15 तिमीहरूले अखमिरी रोटीको चाड मान्‍नू । मैले आज्ञा गरेझैँ तिमीहरूले सात दिनसम्म अखमिरी रोटी खानू । त्यस बेला तिमीहरू आबीब महिनामा मेरो सामु देखा पर्नू जुन यही उद्देश्यको लागि तयार पारिएको हो । तिमीहरू यही महिनामा मिश्रबाट बाहिर निस्केर आयौ । तर तिमीहरू खाली हात मेरो सामु देखा नपर्नू ।
Size buyurduğum gibi, Aviv ayının belirli günlerinde yedi gün mayasız ekmek yiyerek Mayasız Ekmek Bayramı'nı kutlayacaksınız. Çünkü Mısır'dan o ay çıktınız. “Kimse huzuruma eli boş çıkmasın.
16 तिमीहरूले आफ्ना खेतहरूमा बिउ छर्दा तिमीहरूको परिश्रमको अगौटे फलको सम्झनामा कटनीको चाड मान्‍नू । खेतहरूबाट तिमीहरूले अन्‍न बटुल्दा वर्षको अन्त्यमा तिमीहरूले अन्‍न भित्र्याउने चाड मनाओ ।
“Tarlaya ektiğiniz ürünleri biçtiğinizde ilk ürünlerle Hasat Bayramı'nı kutlayacaksınız. “Yıl sonunda tarladan ürünlerinizi topladığınızda Ürün Devşirme Bayramı'nı kutlayacaksınız.
17 तिमीहरूका सबै पुरुष हरेक वर्ष तिन पटक परमप्रभुको सामु देखा पर्नू ।
“Bütün erkekleriniz yılda üç kez ben Egemen RAB'bin huzuruna çıkacaklar.
18 मलाई चढाउने बलिको रगत खमिर हालेको रोटीसितै नचढाओ । मेरा चाडहरूमा चढाइने बलिदानहरूको बोसो रातभरि रहेर बिहानसम्म रहनुहुँदैन ।
“Evinizde maya bulunduğu sürece bana kurban kesmeyeceksiniz. “Bayramda bana kurban edilen hayvanın yağı sabaha bırakılmamalı.
19 तिमीहरूले मेरो घर अर्थात् परमप्रभु तिमीहरूका परमेश्‍वरको घरमा अगौटे फलहरूमध्ये सबैभन्दा असलचाहिँ ल्याउनू । बाख्राको पाठो त्यसको माउको दूधमा नपकाओ ।
“Toprağınızın seçme ilk ürünlerini Tanrınız RAB'bin Tapınağı'na getireceksiniz. “Oğlağı anasının sütünde haşlamayacaksınız.”
20 बाटोमा तिमीहरूको सुरक्षा दिन र मैले तिमीहरूका निम्ति तयार पारिराखेको ठाउँमा तिमीहरूलाई ल्याउन म तिमीहरूका अगिअगि एउटा दूत पठाउनेछु ।
“Yolda sizi koruması, hazırladığım yere götürmesi için önünüzden bir melek gönderiyorum.
21 तिनको कुरा सुनी तिनको आज्ञा पालन गर । तिनलाई नचिढ्याओ किनकि तिनले तिमीहरूका अपराधहरू क्षमा दिनेछैनन् । तिनैमा मेरो नाउँ छ ।
Ona dikkat edin, sözünü dinleyin, başkaldırmayın. Çünkü beni temsil ettiği için başkaldırınızı bağışlamaz.
22 तिमीहरूले वास्तवमै तिनका आज्ञा मान्यौ र मैले भनेका हरेक कुरा गर्‍यौ भने म तिमीहरूका शत्रुहरूका शत्रु हुनेछु र तिमीहरूका वैरीहरूका वैरी हुनेछु ।
Ama onun sözünü dikkatle dinler, bütün söylediklerimi yerine getirirseniz, düşmanlarınıza düşman, hasımlarınıza hasım olacağım.
23 मेरा दूत तिमीहरूका अगिअगि जानेछन् र तिनले तिमीहरूलाई एमोरी, हित्ती, परिज्‍जी, कनानी, हिव्वी र यबूसीहरूकहाँ ल्याउनेछन् । म तिनीहरूलाई नष्‍ट गर्नेछु ।
Meleğim önünüzden gidecek, sizi Amor, Hitit, Periz, Kenan, Hiv ve Yevus topraklarına götürecek. Onları yok edeceğim.
24 तिमीहरू तिनीहरूका देवी-देवताहरूको सामु ननिहरनू, तिनीहरूको पूजा नगर्नू न त तिनीहरूले गरेजस्तै गर्नू । बरु तिमीहरूले तिनीहरूलाई बिलकुलै नाश गरिदिनू र तिनीहरूका ढुङ्गाका मूर्तिहरूलाई टुक्राटुक्रा पारिदिनू ।
Onların ilahları önünde eğilmeyecek, tapınmayacaksınız; törelerini izlemeyeceksiniz. Tersine, ilahlarını yok edecek, dikili taşlarını büsbütün parçalayacaksınız.
25 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आराधना गर्नू, अनि उहाँले तिमीहरूका अन्‍न र पानीमा आशिष् दिनुहुनेछ । म तिमीहरूका बिचबाट रोग हटाइदिनेछु ।
Tanrınız RAB'be tapacaksınız. Ekmeğinizi, suyunuzu bereketli kılacak, aranızdaki hastalıkları yok edeceğim.
26 तिमीहरूको देशमा कुनै पनि स्‍त्री बाँझी हुनेछैन न त कसैको गर्भ तुहिनेछ ।
Ülkenizde kısır ve çocuk düşüren kadın olmayacak. Size uzun ömür vereceğim.
27 म तिमीहरूलाई दीर्घायु दिनेछु । तिमीहरू अगाडि बढ्ने देशमा म मेरो डर अगिअगि पठाउनेछु । म तिमीहरूले भेट्ने सबै मानिसलाई मार्नेछु । म तिमीहरूका सबै शत्रुलाई तिमीहरूको डरको कारणले भगाउनेछु ।
“Dehşetimi önünüzden gönderecek, karşılaşacağınız bütün halkları şaşkına çevireceğim. Düşmanlarınız önünüzden kaçacak.
28 म तिमीहरूका अगिअगि अरिङ्गालहरू पठाउनेछु जसले हिव्वी, कनानी र हित्तीहरूलाई तिमीहरूभन्दा अगाडि नै धपाउनेछन् ।
Hivliler'i, Kenanlılar'ı, Hititler'i önünüzden kovmaları için önünüzsıra eşekarısı göndereceğim.
29 म तिनीहरूलाई एकै वर्षमा तिमीहरूको सामुन्‍नेबाट धपाउनेछैनँ, नत्रता देश उजाड हुनेछ र जङ्गली जनावरहरू तिमीहरूका निम्ति अत्यधिक हुनेछन् ।
Ama onları bir yıl içinde kovmayacağım. Yoksa ülke viran olur, yabanıl hayvanlar çoğaldıkça çoğalır, sayıları sizi aşar.
30 बरु, तिमीहरूको वृद्धि भई तिमीहरू देशमा नभरिएसम्म म तिनीहरूलाई तिमीहरूकै सामु अलिअलि गरेर धपाउनेछु ।
Siz çoğalıncaya, toprağı yurt edininceye dek onları azar azar kovacağım.
31 नर्कटहरूको समुद्रदेखि पलिश्तिहरूको समुद्रसम्म र उजाड-स्थानदेखि यूफ्रेटिस नदीसम्म म तिमीहरूका सिमाना तोकिदिनेछु । त्यस देशका बासिन्दाहरूमाथि म तिमीहरूलाई विजय दिनेछु । तिमीहरूले तिमीहरूकै सामु तिनीहरूलाई धपाउनेछौ ।
“Sınırlarınızı Kamış Denizi'nden Filist Denizi'ne, çölden Fırat Irmağı'na kadar genişleteceğim. Ülke halkını elinize teslim edeceğim. Onları önünüzden kovacaksınız.
32 तिनीहरूसित वा तिनीहरूका देवी-देवताहरूसित करार नबाँध्‍नू ।
Onlarla ya da ilahlarıyla antlaşma yapmayacaksınız.
33 तिनीहरू तिमीहरूको देशमा बस्‍नुहुँदैन नत्रता तिनीहरूले तिमीहरूलाई मेरो विरुद्धमा पाप गर्न लगाउनेछन् । तिमीहरूले तिनीहरूका देवी-देवताहरूलाई पुजा गर्‍यौ भने निश्‍चय नै यो तिमीहरूका लागि पासो हुनेछ ।”
Onları ülkenizde barındırmayacaksınız. Yoksa bana karşı günah işlemenize neden olurlar. İlahlarına taparsanız, size tuzak olur.”

< प्रस्थान 23 >