< प्रस्थान 23 >
1 कसैको बारेमा झुटा गवाही नदेओ । बेइमानी गवाही दिने दुष्ट मानिससित नमिल ।
Haupaswi kutoa taarifa ya uongo kuhusu yeyote. usijiunge na mwanaume muovu kuwa shahidi wa uongo.
2 खराबी गर्न भिडको पछि नलाग, न त न्यायलाई बङ्ग्याउन भिडको पक्ष लेओ ।
Haupaswi kufuata umati kufanya uovu, wala kutoa ushahidi ukiwa na umati ili kupotosha haki.
3 गरिब मानिसको मुद्दामा उसको पक्षपात नगर ।
Haupaswi kumpendelea mwanaume maskini kwenye kesi yake.
4 आफ्नो शत्रुको गोरु वा गधा बिच्केर जाँदै गरेको देख्यौ भने त्यसलाई फर्काएर त्यसकहाँ ल्याइदेओ ।
Ukikutana na ng'ombe wa adui wako au punda wake amepotea, lazima umrudishie.
5 तिमीहरूलाई घृणा गर्ने कुनै व्यक्तिको गधा भारीले थिचिएर भुइँमा लडेको देख्यौ भने त्यसलाई त्यत्तिकै नछोड । गधासँगै मदत गर ।
Ukiona punda wa yule anaye kuchukia ameanguka chini na mzigo wake, hauta muacha huyo mtu. Lazima umsaidie na punda wake
6 मुद्दा मामिलामा गरिबहरूको न्याय हरण नगर ।
Haupaswi kupotosha haki kama yapaswa kwenda kwa watu maskini katika kesi ya mwanaume maskini.
7 झुटा गवाही दिन अरूहरूसित नमिल, र निर्दोष वा धर्मीहरूलाई नमार किनकि म दुष्टहरूलाई कहिल्यै निर्दोष ठहराउनेछैनँ ।
Usijiunge na wengine kufanya shutuma za uongo, na usiue asiye na hatia wala mwenye haki, kwa kuwa sitamuacha muovu.
8 कहिल्यै घुस नलेओ किनकि घुसले देख्नेहरूलाई अन्धो तुल्याइदिन्छ र इमानदार मानिसहरूका वचनलाई बङ्ग्याइदिन्छ ।
Husiwai chukuwa rushwa, kwa kuwa rushwa inawapofusha wanaoona, na kupotosha maneno ya wakweli.
9 परदेशीलाई थिचोमिचो नगर किनकि तिमीहरू मिश्र देशमा परदेशी भएर बाँचेकाले परदेशीको जीवन कस्तो हुन्छ भनी तिमीहरू जान्दछौ ।
Haupaswi kumnyanyasa mgeni, kwa kuwa wewe ulikuwa mgeni katika nchi ya Misri.
10 छ वर्षसम्म तिमीहरूले आ-आफ्ना जमिनमा बिउ रोपी फसल जम्मा गर ।
Kwa miaka sita utapanda mbegu kwenye nchi yako na kukusanya mazao yake.
11 तर सातौँ वर्षमा चाहिँ हलो नजोती त्यसलाई बाँझै छाडिदेओ ताकि तिमीहरूका बिचमा भएका गरिब मानिसहरूले खान सकून् । तिनीहरूले छाडेका जङ्गली जनावरहरूले खानेछन् । तिमीहरूका दाखबारी र भद्राक्षबारीलाई पनि त्यसै गर ।
Lakini katika mwezi wa saba utaacha hakujalimwa, ili kwamba maskini miongoni mwenu wale. Wanacho acha, wanyama wa porini watakula. Utafanya hivyo na mashamba yenu ya mizabibu na ya mizaituni.
12 छ दिनसम्म आफ्नो काम गर, तर सातौँ दिनमा चाहिँ विश्राम गर । तिमीहरूका गोरु र गधाले पनि विश्राम पाउन सकून् भनेर यसो गर अनि तिमीहरूका कमारीको छोरो र परदेशीले पनि ताजा महसुस गर्न सकून् भनेर यस गर ।
Wakati wa siku sita utafanya kazi, lakini siku ta saba utapumzika. Fanya hivi ili ng'ombe na punda wako wapumzike, na ili wana wa watumwa wako wa kike na wageni wapumzike na kupata hauweni.
13 मैले तिमीहरूलाई भनेका हरेक कुरामा ध्यान देओ । अरू देवी-देवताहरूको चर्चा नगर, न त तिमीहरूका मुखबाट तिनीहरूको नाउँ नै सुनियोस् ।
Kuwa makini kwa kila kitu nilicho kwambia. Husitaje majina ya miungu mingine, wala kuruhusu majina yao kusikika kutoka mdomoni mwako.
14 मेरो निम्ति चाड मान्न हरेक वर्ष तिन पटक यात्रा गर ।
Lazima usafiri kusherehekea mara tatu kwa ajili yangu kila mwaka.
15 तिमीहरूले अखमिरी रोटीको चाड मान्नू । मैले आज्ञा गरेझैँ तिमीहरूले सात दिनसम्म अखमिरी रोटी खानू । त्यस बेला तिमीहरू आबीब महिनामा मेरो सामु देखा पर्नू जुन यही उद्देश्यको लागि तयार पारिएको हो । तिमीहरू यही महिनामा मिश्रबाट बाहिर निस्केर आयौ । तर तिमीहरू खाली हात मेरो सामु देखा नपर्नू ।
Lazima uadhimishe sherehe ya Mkate usiotiwa Chachu. Kama nilivyo kuamuru, utakula mkate usiotiwa chachu kwa siku saba. Wakati huo, utajitokeza kwangu mwezi wa Abibu, uliowekwa kwa ajili ya kusudi hili. Ni kwa mwezi huu uliyo toka Misri. Lakini usijitokeze kwangu mikono mitupu.
16 तिमीहरूले आफ्ना खेतहरूमा बिउ छर्दा तिमीहरूको परिश्रमको अगौटे फलको सम्झनामा कटनीको चाड मान्नू । खेतहरूबाट तिमीहरूले अन्न बटुल्दा वर्षको अन्त्यमा तिमीहरूले अन्न भित्र्याउने चाड मनाओ ।
Lazima uadhimishe Sherehe ya Mavuno, matunda ya kwanza ya kazi yako ulipo panda mbegu shambani. Pia lazima uadhimishe Sherehe ya Ukusanyaji wa mwisho wa mwaka, unapo kusanya mazao yako kutoka shambani.
17 तिमीहरूका सबै पुरुष हरेक वर्ष तिन पटक परमप्रभुको सामु देखा पर्नू ।
Wanaume wote wako lazima wajitokeze kwa Bwana Yahweh mara tatu kila mwaka.
18 मलाई चढाउने बलिको रगत खमिर हालेको रोटीसितै नचढाओ । मेरा चाडहरूमा चढाइने बलिदानहरूको बोसो रातभरि रहेर बिहानसम्म रहनुहुँदैन ।
Haupaswi kutoa damu iliyo tolewa dhabihu kwangu na mkate uliyotiwa hamira. Mafuta kutoka kwa dhabihu za sherehe zangu hayapaswi kubaki usiku wote mpaka asubui.
19 तिमीहरूले मेरो घर अर्थात् परमप्रभु तिमीहरूका परमेश्वरको घरमा अगौटे फलहरूमध्ये सबैभन्दा असलचाहिँ ल्याउनू । बाख्राको पाठो त्यसको माउको दूधमा नपकाओ ।
Lazima ulete matunda ya kwanza bora kutoka shambani mwako ndani ya nyumba yangu, nyumba ya Yahweh Mungu wako. Haupaswi kumchemsha mbuzi mtoto akiwa bado ananyonya.
20 बाटोमा तिमीहरूको सुरक्षा दिन र मैले तिमीहरूका निम्ति तयार पारिराखेको ठाउँमा तिमीहरूलाई ल्याउन म तिमीहरूका अगिअगि एउटा दूत पठाउनेछु ।
Ninaenda kumleta malaika mbele yako kukuongoza njiani, na kukuleta sehemu niliyo iandaa.
21 तिनको कुरा सुनी तिनको आज्ञा पालन गर । तिनलाई नचिढ्याओ किनकि तिनले तिमीहरूका अपराधहरू क्षमा दिनेछैनन् । तिनैमा मेरो नाउँ छ ।
Kuwa makini naye na kumtii.
22 तिमीहरूले वास्तवमै तिनका आज्ञा मान्यौ र मैले भनेका हरेक कुरा गर्यौ भने म तिमीहरूका शत्रुहरूका शत्रु हुनेछु र तिमीहरूका वैरीहरूका वैरी हुनेछु ।
Husimkasirishe, kwa kuwa hatasamehe makosa yako. Jina langu liko kwake. Kama hakika ukimtii sauti yake na kufanya kila ninacho kwambia, kisha nitakuwa adui kwa adui zako na mpinzani kwa wapinzani wako.
23 मेरा दूत तिमीहरूका अगिअगि जानेछन् र तिनले तिमीहरूलाई एमोरी, हित्ती, परिज्जी, कनानी, हिव्वी र यबूसीहरूकहाँ ल्याउनेछन् । म तिनीहरूलाई नष्ट गर्नेछु ।
Malaika mwangu ataenda mbele zako na kukuleta kwa Waamori, Wahiti, Waperizi, Wakanani, Wahivi, na Wayebusi. Nitawaharibu.
24 तिमीहरू तिनीहरूका देवी-देवताहरूको सामु ननिहरनू, तिनीहरूको पूजा नगर्नू न त तिनीहरूले गरेजस्तै गर्नू । बरु तिमीहरूले तिनीहरूलाई बिलकुलै नाश गरिदिनू र तिनीहरूका ढुङ्गाका मूर्तिहरूलाई टुक्राटुक्रा पारिदिनू ।
Haupaswi kuinamia miungu yao, kuabudu, au kufanya wanavyo fanya. Badala yake, lazima uwapindue kabisa na kuvunja nguzo zao za mawe vipande vipande.
25 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आराधना गर्नू, अनि उहाँले तिमीहरूका अन्न र पानीमा आशिष् दिनुहुनेछ । म तिमीहरूका बिचबाट रोग हटाइदिनेछु ।
Lazima umuabudu Yahweh Mungu wako, na atabariki mkate wako na maji. Nitaondoa magonjwa miongoni mwenu.
26 तिमीहरूको देशमा कुनै पनि स्त्री बाँझी हुनेछैन न त कसैको गर्भ तुहिनेछ ।
Hakuna mwanamke atakaye kuwa tasa au mimba kuharibika katika nchi yako. Nitawapa maisha marefu.
27 म तिमीहरूलाई दीर्घायु दिनेछु । तिमीहरू अगाडि बढ्ने देशमा म मेरो डर अगिअगि पठाउनेछु । म तिमीहरूले भेट्ने सबै मानिसलाई मार्नेछु । म तिमीहरूका सबै शत्रुलाई तिमीहरूको डरको कारणले भगाउनेछु ।
Nitatuma hofu yangu kwao ambao mnaenda. Nitaua wote mnao kutana nao. Nitafanya maadui zenu wawaogope kwa kugeuza migongo yao kwenu.
28 म तिमीहरूका अगिअगि अरिङ्गालहरू पठाउनेछु जसले हिव्वी, कनानी र हित्तीहरूलाई तिमीहरूभन्दा अगाडि नै धपाउनेछन् ।
Nitatuma mavu kwenu watakao fukuza Wahivi, Wakanani, na Wahiti mbele zenu.
29 म तिनीहरूलाई एकै वर्षमा तिमीहरूको सामुन्नेबाट धपाउनेछैनँ, नत्रता देश उजाड हुनेछ र जङ्गली जनावरहरू तिमीहरूका निम्ति अत्यधिक हुनेछन् ।
Sitawaondoa kwenu kwa mwaka mmoja, au nchi itakuwa imetelekezwa, na wanyama wa porini watakuwa wengi kwenu.
30 बरु, तिमीहरूको वृद्धि भई तिमीहरू देशमा नभरिएसम्म म तिनीहरूलाई तिमीहरूकै सामु अलिअलि गरेर धपाउनेछु ।
Badala yake, nitawafukuza kidogo kidogo kutoka kwenu mpaka utakapo kuwa umestawi na kurithi nchi.
31 नर्कटहरूको समुद्रदेखि पलिश्तिहरूको समुद्रसम्म र उजाड-स्थानदेखि यूफ्रेटिस नदीसम्म म तिमीहरूका सिमाना तोकिदिनेछु । त्यस देशका बासिन्दाहरूमाथि म तिमीहरूलाई विजय दिनेछु । तिमीहरूले तिमीहरूकै सामु तिनीहरूलाई धपाउनेछौ ।
Nitatengeneza mipaka yako kutoka Bahari ya Shamu hadi Bahari ya Wafilisti, na kutoka nyikani hadi Mto Frati. Nitakupa ushindi juu ya wakazi wote wa nchi. Utawaondoa kutoka kwako mwenyewe.
32 तिनीहरूसित वा तिनीहरूका देवी-देवताहरूसित करार नबाँध्नू ।
Haupaswi kufanya agano na wao au na miungu yao.
33 तिनीहरू तिमीहरूको देशमा बस्नुहुँदैन नत्रता तिनीहरूले तिमीहरूलाई मेरो विरुद्धमा पाप गर्न लगाउनेछन् । तिमीहरूले तिनीहरूका देवी-देवताहरूलाई पुजा गर्यौ भने निश्चय नै यो तिमीहरूका लागि पासो हुनेछ ।”
Hawapaswi kuishi nchini mwako, au watakufanya ufanya dhambi dhidi yangu. Ukiabudu miungu yao, hakika watakuwa mtego kwako.'”