< प्रस्थान 23 >
1 कसैको बारेमा झुटा गवाही नदेओ । बेइमानी गवाही दिने दुष्ट मानिससित नमिल ।
Не износи лажних гласова; не пристај с безбожником да сведочиш криво.
2 खराबी गर्न भिडको पछि नलाग, न त न्यायलाई बङ्ग्याउन भिडको पक्ष लेओ ।
Не иди за множином на зло, и не говори на суду поводећи се за већим бројем да се изврне правда.
3 गरिब मानिसको मुद्दामा उसको पक्षपात नगर ।
Сиромаху у парници његовој не гледај што је сиромах.
4 आफ्नो शत्रुको गोरु वा गधा बिच्केर जाँदै गरेको देख्यौ भने त्यसलाई फर्काएर त्यसकहाँ ल्याइदेओ ।
Ако наиђеш на вола непријатеља свог или на магарца његовог, где је залутао, одведи га к њему.
5 तिमीहरूलाई घृणा गर्ने कुनै व्यक्तिको गधा भारीले थिचिएर भुइँमा लडेको देख्यौ भने त्यसलाई त्यत्तिकै नछोड । गधासँगै मदत गर ।
Ако видиш где је ненавиднику твом пао магарац под теретом својим, немој да га оставиш, него му помози.
6 मुद्दा मामिलामा गरिबहरूको न्याय हरण नगर ।
Немој изврнути правде сиромаху свом у парници његовој.
7 झुटा गवाही दिन अरूहरूसित नमिल, र निर्दोष वा धर्मीहरूलाई नमार किनकि म दुष्टहरूलाई कहिल्यै निर्दोष ठहराउनेछैनँ ।
Речи лажне клони се, и безазленог и правог немој убити, јер нећу оправдати безбожника.
8 कहिल्यै घुस नलेओ किनकि घुसले देख्नेहरूलाई अन्धो तुल्याइदिन्छ र इमानदार मानिसहरूका वचनलाई बङ्ग्याइदिन्छ ।
Не узимај поклона, јер поклон заслепљује окате и изврће речи правима.
9 परदेशीलाई थिचोमिचो नगर किनकि तिमीहरू मिश्र देशमा परदेशी भएर बाँचेकाले परदेशीको जीवन कस्तो हुन्छ भनी तिमीहरू जान्दछौ ।
Дошљаке не цвели, јер ви знате каква је душа дошљаку, јер сте били дошљаци у земљи мисирској.
10 छ वर्षसम्म तिमीहरूले आ-आफ्ना जमिनमा बिउ रोपी फसल जम्मा गर ।
Шест година засејавај земљу своју и сабирај род њен;
11 तर सातौँ वर्षमा चाहिँ हलो नजोती त्यसलाई बाँझै छाडिदेओ ताकि तिमीहरूका बिचमा भएका गरिब मानिसहरूले खान सकून् । तिनीहरूले छाडेका जङ्गली जनावरहरूले खानेछन् । तिमीहरूका दाखबारी र भद्राक्षबारीलाई पनि त्यसै गर ।
А седме године остави је нека почине, да једу сиромаси народа твог, а шта иза њих остане нека једу звери пољске; тако ради и с виноградом својим и с маслиником својим.
12 छ दिनसम्म आफ्नो काम गर, तर सातौँ दिनमा चाहिँ विश्राम गर । तिमीहरूका गोरु र गधाले पनि विश्राम पाउन सकून् भनेर यसो गर अनि तिमीहरूका कमारीको छोरो र परदेशीले पनि ताजा महसुस गर्न सकून् भनेर यस गर ।
Шест дана ради послове своје, а у седми дан почини, да се одмори во твој и магарац твој, и да одахне син робиње твоје и дошљак.
13 मैले तिमीहरूलाई भनेका हरेक कुरामा ध्यान देओ । अरू देवी-देवताहरूको चर्चा नगर, न त तिमीहरूका मुखबाट तिनीहरूको नाउँ नै सुनियोस् ।
Држите се свега што сам вам казао. Не помињите имена богова туђих, и да се не чује из уста ваших.
14 मेरो निम्ति चाड मान्न हरेक वर्ष तिन पटक यात्रा गर ।
Три пута преко године светкуј ми:
15 तिमीहरूले अखमिरी रोटीको चाड मान्नू । मैले आज्ञा गरेझैँ तिमीहरूले सात दिनसम्म अखमिरी रोटी खानू । त्यस बेला तिमीहरू आबीब महिनामा मेरो सामु देखा पर्नू जुन यही उद्देश्यको लागि तयार पारिएको हो । तिमीहरू यही महिनामा मिश्रबाट बाहिर निस्केर आयौ । तर तिमीहरू खाली हात मेरो सामु देखा नपर्नू ।
Празник пресних хлебова држи; седам дана једи хлебове пресне, као што сам ти заповедио, на време, месеца Авива, јер си тада изашао из Мисира; и нико да не изађе преда ме празан;
16 तिमीहरूले आफ्ना खेतहरूमा बिउ छर्दा तिमीहरूको परिश्रमको अगौटे फलको सम्झनामा कटनीको चाड मान्नू । खेतहरूबाट तिमीहरूले अन्न बटुल्दा वर्षको अन्त्यमा तिमीहरूले अन्न भित्र्याउने चाड मनाओ ।
И празник жетве првина од труда твог што посејеш у пољу свом; и празник бербе на свршетку сваке године, кад сабереш труд свој с њиве.
17 तिमीहरूका सबै पुरुष हरेक वर्ष तिन पटक परमप्रभुको सामु देखा पर्नू ।
Три пута преко године све мушкиње твоје да излази пред Господа Бога.
18 मलाई चढाउने बलिको रगत खमिर हालेको रोटीसितै नचढाओ । मेरा चाडहरूमा चढाइने बलिदानहरूको बोसो रातभरि रहेर बिहानसम्म रहनुहुँदैन ।
Крв од жртве моје не приноси уз хлебове киселе, и претилина празника мог да не преноћи до јутра.
19 तिमीहरूले मेरो घर अर्थात् परमप्रभु तिमीहरूका परमेश्वरको घरमा अगौटे फलहरूमध्ये सबैभन्दा असलचाहिँ ल्याउनू । बाख्राको पाठो त्यसको माउको दूधमा नपकाओ ।
Првине од првог рода земље своје донеси у кућу Господа Бога свог; немој кувати јагњета у млеку мајке његове.
20 बाटोमा तिमीहरूको सुरक्षा दिन र मैले तिमीहरूका निम्ति तयार पारिराखेको ठाउँमा तिमीहरूलाई ल्याउन म तिमीहरूका अगिअगि एउटा दूत पठाउनेछु ।
Ево, ја шаљем анђела свог пред тобом да те чува на путу, и да те одведе на место које сам ти приправио.
21 तिनको कुरा सुनी तिनको आज्ञा पालन गर । तिनलाई नचिढ्याओ किनकि तिनले तिमीहरूका अपराधहरू क्षमा दिनेछैनन् । तिनैमा मेरो नाउँ छ ।
Чувај га се, и слушај га, немој да га расрдиш, јер вам неће опростити грех, јер је моје име у њему.
22 तिमीहरूले वास्तवमै तिनका आज्ञा मान्यौ र मैले भनेका हरेक कुरा गर्यौ भने म तिमीहरूका शत्रुहरूका शत्रु हुनेछु र तिमीहरूका वैरीहरूका वैरी हुनेछु ।
Него ако га добро узаслушаш и уствориш све што кажем, ја ћу бити непријатељ твојим непријатељима и противник твојим противницима.
23 मेरा दूत तिमीहरूका अगिअगि जानेछन् र तिनले तिमीहरूलाई एमोरी, हित्ती, परिज्जी, कनानी, हिव्वी र यबूसीहरूकहाँ ल्याउनेछन् । म तिनीहरूलाई नष्ट गर्नेछु ।
Јер ће анђео мој ићи пред тобом и одвешће те у земљу аморејску и хетејску и ферезејску и хананејску и јевејску и јевусејску, и ја ћу их истребити.
24 तिमीहरू तिनीहरूका देवी-देवताहरूको सामु ननिहरनू, तिनीहरूको पूजा नगर्नू न त तिनीहरूले गरेजस्तै गर्नू । बरु तिमीहरूले तिनीहरूलाई बिलकुलै नाश गरिदिनू र तिनीहरूका ढुङ्गाका मूर्तिहरूलाई टुक्राटुक्रा पारिदिनू ।
Немој се клањати боговима њиховим нити им служити, ни чинити шта они чине, него их сасвим обори и ликове њихове сасвим изломи.
25 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आराधना गर्नू, अनि उहाँले तिमीहरूका अन्न र पानीमा आशिष् दिनुहुनेछ । म तिमीहरूका बिचबाट रोग हटाइदिनेछु ।
И служите Господу Богу свом, и Он ће благословити хлеб твој и воду твоју; и уклонићу болест између вас.
26 तिमीहरूको देशमा कुनै पनि स्त्री बाँझी हुनेछैन न त कसैको गर्भ तुहिनेछ ।
Неће бити пометкиње ни нероткиње у земљи твојој; и број дана твојих напунићу.
27 म तिमीहरूलाई दीर्घायु दिनेछु । तिमीहरू अगाडि बढ्ने देशमा म मेरो डर अगिअगि पठाउनेछु । म तिमीहरूले भेट्ने सबै मानिसलाई मार्नेछु । म तिमीहरूका सबै शत्रुलाई तिमीहरूको डरको कारणले भगाउनेछु ।
Пустићу страх свој пред тобом, и уплашићу сваки народ на који дођеш, и обратићу к теби плећи свих непријатеља твојих.
28 म तिमीहरूका अगिअगि अरिङ्गालहरू पठाउनेछु जसले हिव्वी, कनानी र हित्तीहरूलाई तिमीहरूभन्दा अगाडि नै धपाउनेछन् ।
Послаћу и стршљене пред тобом, да терају Јевеје, Хананеје и Хетеје испред тебе.
29 म तिनीहरूलाई एकै वर्षमा तिमीहरूको सामुन्नेबाट धपाउनेछैनँ, नत्रता देश उजाड हुनेछ र जङ्गली जनावरहरू तिमीहरूका निम्ति अत्यधिक हुनेछन् ।
Нећу их отерати испред тебе за једну годину, да не опусти земља и да се зверје пољско не намножи на тебе.
30 बरु, तिमीहरूको वृद्धि भई तिमीहरू देशमा नभरिएसम्म म तिनीहरूलाई तिमीहरूकै सामु अलिअलि गरेर धपाउनेछु ।
Помало ћу их одгонити испред тебе докле се не намножиш и заузмеш земљу.
31 नर्कटहरूको समुद्रदेखि पलिश्तिहरूको समुद्रसम्म र उजाड-स्थानदेखि यूफ्रेटिस नदीसम्म म तिमीहरूका सिमाना तोकिदिनेछु । त्यस देशका बासिन्दाहरूमाथि म तिमीहरूलाई विजय दिनेछु । तिमीहरूले तिमीहरूकै सामु तिनीहरूलाई धपाउनेछौ ।
И поставићу међе твоје од мора црвеног до мора филистејског и од пустиње до реке; јер ћу вама у руке дати оне који живе у оној земљи да их отераш испред себе.
32 तिनीहरूसित वा तिनीहरूका देवी-देवताहरूसित करार नबाँध्नू ।
Немој хватати вере с њима ни с боговима њиховим.
33 तिनीहरू तिमीहरूको देशमा बस्नुहुँदैन नत्रता तिनीहरूले तिमीहरूलाई मेरो विरुद्धमा पाप गर्न लगाउनेछन् । तिमीहरूले तिनीहरूका देवी-देवताहरूलाई पुजा गर्यौ भने निश्चय नै यो तिमीहरूका लागि पासो हुनेछ ।”
Нека не седе у земљи твојој, да те не наврате да се огрешиш о мене, јер би служио боговима њиховим, и то би ти била замка.