< प्रस्थान 22 >
1 कुनै मानिसले गोरु वा भेडा चोरेर त्यसलाई मार्यो वा बेच्यो भने त्यसले एउटा गोरुको सट्टा पाँचवटा गोरु र एउटा भेडाको सट्टा चारवटा भेडा देओस् ।
"Jos joku varastaa härän tai lampaan ja teurastaa tahi myy sen, antakoon viisi raavasta yhdestä härästä ja neljä lammasta yhdestä lampaasta.
2 घर फोर्दै गर्दा चोरलाई भेट्टाइयो र त्यसलाई प्रहार गर्दा त्यो मर्यो भने त्यसलाई हिर्काउने हत्याको दोषी हुनेछैन ।
Jos varas tavataan murtautumasta sisälle ja lyödään kuoliaaksi, ei tappaja ole vereen vikapää.
3 तर त्यसले घर फोर्नुअगि घाम झुल्किसकेको रहेछ भने त्यसलाई मार्ने व्यक्तिलाई हत्याको दोष लाग्नेछ । चोरले नोक्सानी भरिदिनुपर्छ । त्योसँग केही छैन भने त्यसको चोरीको लागि त्यसलाई बेचिनुपर्छ ।
Mutta jos aurinko jo oli noussut, niin tappaja on vereen vikapää. Varas maksakoon korvauksen; mutta jos hänellä ei ole mitään, niin myytäköön hänet varastamansa tavaran korvaukseksi.
4 चोरिएको पशु अर्थात् चाहे त्यो गोरु होस् वा गधा होस् वा भेडा होस्, त्योसँगै जिउँदै पाइयो भने त्यसले दुई गुणा फिर्ता दिनुपर्छ ।
Jos varastettu eläin, olipa se härkä, aasi tai lammas, tavataan hänen hallustaan elävänä, niin korvatkoon sen kaksinkertaisesti.
5 कुनै मानिसले खेत वा दाखबारीमा आफ्ना गाईवस्तु चराउँदा त्यसले बाँधेन र पशु अर्को मानिसको खेतमा चर्न पुग्यो भने त्यसले आफ्नो सबैभन्दा असल खेत वा दाखबारीबाट नोक्सानी तिर्नुपर्छ ।
Jos joku turmelee toiselta pellon tai viinitarhan päästämällä siihen karjansa ja syöttämällä sitä toisen pellossa, antakoon korvaukseksi peltonsa tai viinitarhansa parhaimman kasvun.
6 आगलागी भई काँडामा फैलन पुगी त्यसले अन्नको बिटा वा मकैको बिटा वा खेतलाई भस्म पार्यो भने आगो लगाउनेले क्षतिपूर्ति तिरिदिनुपर्छ ।
Jos tuli pääsee irti ja tarttuu orjantappuroihin ja jos kuhilaat tai vilja tai pelto palaa, niin korvatkoon vahingon se, joka on kulovalkean sytyttänyt.
7 कुनै मानिसले आफ्नो छिमेकीलाई सुरक्षाको खातिर रुपियाँ-पैसा वा सामान राख्न दिँदा त्यस मानिसको घरबाट त्यो चोरी भयो र चोर फेला पारियो भने चोरले दुई गुणा तिर्नुपर्छ ।
Jos joku antaa toiselle rahaa tai tavaraa säilytettäväksi ja se varastetaan tämän talosta, niin varas, jos hänet tavataan, korvatkoon sen kaksinkertaisesti.
8 तर चोरलाई फेला पारिएन भने घरको मालिकको छिमेकीको सम्पत्तिमाथि उसकै हात छ या छैन भनी जाँच गर्न त्यो न्यायकर्ताहरूको सामु आउनुपर्छ ।
Mutta jos varasta ei tavata, astukoon talon omistaja Jumalan eteen ja vannokoon, ettei hän ole kädellänsä kajonnut toisen omaan.
9 कुनै पनि विवादको बारेमा अथवा गोरु, गधा, भेडा, लुगाफाटा वा कुनै पनि हराएको वस्तुको विषयमा कसैले “यो मेरो हो” भन्यो भने दुवै पक्षका दाबीलाई न्यायकर्ताहरूको सामु ल्याइनुपर्छ । न्याकर्ताहरूले जसलाई दोषी पाउँछन् त्यसले आफ्नो छिमेकीलाई दुई गुणा तिरोस् ।
Jokaisessa anastusasiassa, koskipa se härkää tai aasia tai lammasta tai vaatetta tai mitä tahansa kadonnutta, josta joku sanoo: 'Tämä se on', tulkoon kummankin asia Jumalan eteen; ja se, jonka Jumala tuomitsee syylliseksi, korvatkoon toiselle kaksinkertaisesti.
10 कुनै मानिसले आफ्नो छिमेकीलाई गधा, गोरु, भेडा वा कुनै पशु राख्नलाई दिँदा त्यो मर्यो वा त्यसलाई चोट लाग्यो वा कसैले नदेखीकन त्यसलाई भगाइयो भने
Jos joku antaa toiselle aasin tai härän tai lampaan tai minkä eläimen tahansa säilytettäväksi ja se kuolee tai vahingoittuu tai ryöstetään pois kenenkään näkemättä,
11 आफ्नो छिमेकीको सम्पत्तिमा आफ्नो हात छैन भनी दुवै जनाले परमप्रभुको सामु शपथ खानुपर्छ । सम्पत्तिको मालिकले यसलाई स्वीकार गर्नैपर्छ र अर्कोले क्षतिपूर्ति तिर्नुपर्दैन ।
niin vala Herran edessä ratkaiskoon heidän välillään, onko toinen kädellänsä kajonnut toisen omaan; omistaja hyväksyköön valan, ja toinen olkoon korvauksesta vapaa.
12 तर त्यसबाट यो चोरी भएको हो भने त्यसले यसको लागि मालिकलाई क्षतिपूर्ति तिर्नुपर्छ ।
Mutta jos se on häneltä varastettu, korvatkoon sen omistajalle.
13 पशुलाई टुक्राटुक्रा पारिएको छ भने अर्को मानिसले साक्षीको रूपमा त्यो पशु ल्याओस् । टुक्राटुक्रा पारिएको कारण त्यसले क्षतिपूर्ति दिनुपर्दैन ।
Jos se on raadeltu, tuokoon sen esiin todistukseksi, eikä hänen tarvitse raadeltua korvata.
14 कुनै मानिसले आफ्नो छिमेकीबाट पशु पैँचो लिँदा मालिकको उपस्थितिविना त्यसलाई चोट लाग्यो वा त्यो मर्यो भने अर्को मानिसले क्षतिपूर्ति दिनैपर्छ ।
Jos joku lainaa toiselta elukan ja se vahingoittuu tai kuolee eikä sen omistaja ole saapuvilla, korvatkoon sen.
15 तर मालिक पनि उपस्थित थियो भने अर्को मानिसले तिर्नुपर्दैन । पशुलाई भाडामा लिइएको थियो भने ज्यालाको लागि लाग्ने रकमले क्षतिपूर्ति तिरिनेछ ।
Jos sen omistaja on saapuvilla, ei tarvitse korvausta maksaa; jos se oli vuokralla, olkoon vuokra korvauksena.
16 कुनै पुरुषले मगनी नभएकी कन्या केटीलाई फकाएर त्यससित सुत्यो भने त्यसले दुलहीको रकम दिएर त्यसलाई आफ्नी पत्नी बनाउनुपर्छ ।
Jos joku viettelee neitsyen, joka ei ole kihlattu, ja makaa hänet, maksakoon hänestä morsiamenhinnan ja ottakoon hänet vaimokseen.
17 केटीको बुबाले केटी त्यसलाई दिन पूर्ण रूपमा अस्वीकार गर्यो भने त्यसले कन्या केटीहरूको दुलहीको सम्पत्ति बराबरको रकम तिर्नुपर्छ ।
Jos isä kieltäytyy antamasta häntä hänelle, maksakoon mies rahassa morsiamenhinnan niinkuin neitsyestä.
18 तिमीहरूले टुनामुना गर्नेलाई जीवित नराख्नू ।
Velhonaisen älä salli elää.
19 पशुसित सुत्ने जोसुकै पनि मारिनैपर्छ ।
Jokainen, joka sekaantuu eläimeen, rangaistakoon kuolemalla.
20 परमप्रभुबाहेक अन्य कुनै देवी-देवतालाई बलिदान चढाउनेलाई पूर्ण रूपमा नष्ट गरिनुपर्छ ।
Joka uhraa muille jumalille kuin Herralle, ainoalle, olkoon vihitty tuhon omaksi.
21 तिमीहरूले परदेशीको बिगार गर्नुहुँदैन वा त्यसलाई थिचोमिचो गर्नुहुँदैन किनकि तिमीहरू पनि मिश्र देशमा परदेशीहरू थियौ ।
Älä sorra äläkä ahdista muukalaista, sillä te olette itse olleet muukalaisina Egyptin maassa.
22 विधवा वा अनाथलाई दुर्व्यवहार नगर्नू ।
Älkää sortako leskeä tai orpoa.
23 तिनीहरूलाई सतायौ र तिनीहरूले मेरो पुकारा गरे भने म निश्चय नै तिनीहरूको पुकारा सुन्नेछु ।
Sillä jos sinä sorrat heitä ja he huutavat minua avuksensa, niin minä totisesti kuulen heidän huutonsa,
24 मेरो क्रोध दन्कनेछ र म तिमीहरूलाई तरवारले मार्नेछु । तिमीहरूका पत्नीहरू विधवा बन्नेछन्, र तिमीहरूका छोराछोरीहरू अनाथ बन्नेछन् ।
ja minun vihani syttyy, ja minä surmaan teidät miekalla, niin että teidän vaimonne joutuvat leskiksi ja lapsenne orvoiksi.
25 मेरा मानिसहरूका बिचमा भएका गरिबहरूलाई तिमीहरूले ऋण दियौ भने तिमीहरू उसको लागि साहुकारजस्ता नहोओ वा त्यसबाट ब्याज असुल नगर ।
Jos lainaat rahaa jollekin minun kansastani, jollekin köyhälle, joka on sinun luonasi, niin älä menettele koronkiskurin tavoin häntä kohtaan. Älkää panko korkoa hänen maksettavakseen.
26 तिमीहरूले छिमेकीको खास्टो बन्धकी राख्यौ भने सूर्यास्तअगि नै तिमीहरूले त्यो फिर्ता गरिदिनुपर्छ ।
Jos sinä olet lähimmäiseltäsi ottanut pantiksi vaipan, anna se hänelle takaisin, ennenkuin aurinko laskee;
27 किनकि त्यसको ओढ्ने त्यही मात्र हो । यो त्यसको शरीरको लागि त्यसको खास्टो हो । योबाहेक त्यो केमा सुत्न सक्छ र? त्यसले मेरो पुकारा गर्दा म सुन्नेछु किनकि म दयालु छु ।
sillä se on hänen ainoa peitteensä, johon hän käärii ruumiinsa. Missä hän muutoin makaisi? Ja jos hän huutaa minua avukseen, kuulen minä häntä, sillä minä olen laupias.
28 परमेश्वरको विरुद्धमा ईश्वर-निन्दा नगर न त तिमीहरूका मानिसहरूको शासकलाई सराप ।
Jumalaa älä herjaa, ja kansasi ruhtinasta älä kiroa.
29 तिमीहरूको कटनी वा दाखबारीबाट भेटी चढाउन विलम्ब नगर । तिमीहरूका छोराहरूका जेठोचाहिँ मलाई दिनुपर्छ ।
Älä viivyttele antamasta antia vilja-ja mehusatosi runsaudesta. Esikoinen pojistasi anna minulle.
30 त्यस्तै गरी तिमीहरूका गोरु र भेडाहरूलाई पनि यसै गर । सात दिनसिम्म तिनीहरू आ-आफ्ना माउसित बस्न सक्छन् तर आठौँ दिनमा चाहिँ तिमीहरूले ती मलाई देओ ।
Samoin tee raavaittesi ja lampaittesi ensiksisyntyneelle. Seitsemän päivää se olkoon emänsä kanssa; kahdeksantena päivänä anna se minulle.
31 तिमीहरू मेरा लागि अलग गरिएका जाति हौ । त्यसैले खेतमा पशुद्वारा फहराएको मासु तिमीहरूले नखानू । बरु, त्यो कुकुरहरूलाई फालिदिनू ।
Ja te olkaa minulle pyhä kansa. Älkää syökö kedolla raadellun eläimen lihaa, vaan heittäkää se koirille."