< प्रस्थान 21 >
1 “अब तैँले तिनीहरूका सामु राख्ने आदेशहरू यी नै हुन्:
haec sunt iudicia quae propones eis
2 तिमीहरूले हिब्रू कमारा किन्यौ भने त्यसले छ वर्षसम्म सेवा गर्नुपर्छ, र सातौँ वर्षमा केही नतिरी त्यो मुक्त हुनेछ ।
si emeris servum hebraeum sex annis serviet tibi in septimo egredietur liber gratis
3 त्यो एक्लै आएको हो भने त्यो एक्लै जाओस् । त्यो विवाहित हो भने त्यो आफ्नी पत्नीसँगै जाओस् ।
cum quali veste intraverit cum tali exeat si habens uxorem et uxor egredietur simul
4 त्यसका मालिकले त्यसलाई पत्नी दिएका भए र त्यसले पतिको निम्ति छोराछोरीहरू जन्माएकी भए पत्नी र त्यसका छोराछोरीहरू मालिकको हुनेछन्, तर पतिचाहिँ मुक्त हुनेछ ।
sin autem dominus dederit illi uxorem et peperit filios et filias mulier et liberi eius erunt domini sui ipse vero exibit cum vestitu suo
5 तर कमाराले सफासँग “म मेरा मालिक, मेरी पत्नी र मेरा छोराछोरीलाई प्रेम गर्छु; म मुक्त भएर जान्नँ”
quod si dixerit servus diligo dominum meum et uxorem ac liberos non egrediar liber
6 भन्यो भने त्यसका मालिकले त्यसलाई परमेश्वरको सामु ल्याउनुपर्छ । मालिकले त्यसलाई ढोका वा ढोकाको सङ्घारमा ल्याई त्यसको कान सुतारोले छेडिदिनुपर्छ । तब त्यस कमाराले जीवनभर मालिकको सेवा गर्नेछ ।
offeret eum dominus diis et adplicabitur ad ostium et postes perforabitque aurem eius subula et erit ei servus in saeculum
7 कुनै मानिसले आफ्नी छोरीलाई कमारीको रूपमा बेच्यो भने कमाराहरूजस्तै त्यो मुक्त भएर जानुहुँदैन ।
si quis vendiderit filiam suam in famulam non egredietur sicut ancillae exire consuerunt
8 त्यसले आफ्ना मालिकलाई खुसी पारिन भने त्यसलाई मोल तिरेर छुटाइयोस् । त्यसलाई परदेशीकहाँ बेच्ने अधिकार मालिकलाई हुँदैन । मालिकले त्यसलाई छलपूर्वक व्यवहार गरेकोले त्योसित त्यस्तो अधिकार हुँदैन ।
si displicuerit oculis domini sui cui tradita fuerit dimittet eam populo autem alieno vendendi non habet potestatem si spreverit eam
9 मालिकले त्यसलाई आफ्नो छोरोकी पत्नी हुन दियो भने त्यसलाई आफ्नी छोरीलाई जस्तै व्यवहार गरोस् ।
sin autem filio suo desponderit eam iuxta morem filiarum faciet illi
10 त्यसले आफ्नो लागि अर्की पत्नी ल्यायो भने त्यसले खानेकुरा, लुगाफाटा वा त्यसका वैवाहिक अधिकारहरू पुरा गर्नबाट नचुकोस् ।
quod si alteram ei acceperit providebit puellae nuptias et vestimenta et pretium pudicitiae non negabit
11 तर त्यसले पत्नीलाई यी तिनवटा कुरा उपलब्ध गराएन भने दाम नतिरीकनै त्यो मुक्त भएर जान सक्छे ।
si tria ista non fecerit egredietur gratis absque pecunia
12 कसैले कुनै मानिसलाई मर्ने गरी हिर्कायो भने त्यसलाई निश्चय नै मारिनैपर्छ ।
qui percusserit hominem volens occidere morte moriatur
13 त्यसले जानाजानी यसो नगरी भवितव्य पर्न गएको रहेछ भने म त्यो भागेर जान सक्ने ठाउँ तोकिदिनेछु ।
qui autem non est insidiatus sed Deus illum tradidit in manu eius constituam tibi locum quo fugere debeat
14 कुनै मानिसले जानाजानी आफ्नो छिमेकीलाई आक्रमण गरी धूर्त योजनामुताबिक मार्यो भने त्यो परमेश्वरको वेदीमा भए तापनि त्यसलाई मार्नलाई लगियोस् ।
si quis de industria occiderit proximum suum et per insidias ab altari meo evelles eum ut moriatur
15 आफ्नो बुबा वा आमालाई हिर्काउने जोसुकै पनि निश्चय नै मारिनैपर्छ ।
qui percusserit patrem suum et matrem morte moriatur
16 जसले कुनै व्यक्तिलाई अपहरण गरी त्यसले उसलाई बेच्यो वा पक्रिँदा त्यसकै हातमा फेला पर्यो भने अपहरणकारीलाई मारिनैपर्छ ।
qui furatus fuerit hominem et vendiderit eum convictus noxae morte moriatur
17 आफ्नो बुबा वा आमालाई सराप्ने जोसुकै पनि निश्चय नै मारिनैपर्छ ।
qui maledixerit patri suo et matri morte moriatur
18 मानिसहरू एक-अर्कासित झगडा गर्दा एउटाले अर्कोलाई ढुङ्गाले वा मुक्काले हिर्कायो र त्यो व्यक्ति नमरी ओछ्यान पर्यो
si rixati fuerint viri et percusserit alter proximum suum lapide vel pugno et ille mortuus non fuerit sed iacuerit in lectulo
19 र त्यो फेरि उठेर आफ्नो लट्ठीको सहायताले यताउता हिँड्न सक्यो भने हिर्काउनेले त्यसको समयको हर्जाना तिर्नुपर्छ । त्यसले ऊ पूर्ण निको नभएसम्म सबै खर्च पनि दिनुपर्छ । तर त्यो मानिस हत्याको दोषी भने हुँदैन ।
si surrexerit et ambulaverit foris super baculum suum innocens erit qui percussit ita tamen ut operas eius et inpensas in medicos restituat
20 कुनै मानिसले आफ्नो कमारा वा कमारीलाई लट्ठीले हिर्काउँदा मुक्का लागेर मर्यो भने त्यस मानिसलाई निश्चय नै दण्ड दिइनुपर्छ ।
qui percusserit servum suum vel ancillam virga et mortui fuerint in manibus eius criminis reus erit
21 तर त्यो एक-दुई दिनसम्म बाँच्यो भने मालिकलाई दण्ड दिइनुहुँदैन किनकि उसले नोकरको क्षति भोग्नेछ ।
sin autem uno die supervixerit vel duobus non subiacebit poenae quia pecunia illius est
22 मानिसहरू सँगसँगै झगडा गर्दा गर्भवती महिलालाई हानि पुगी त्यसको बच्चा तुहियो तर त्यो आफैलाई कुनै चोट लागेन भने त्यस स्त्रीको पतिले मागेबमोजिम दोषी मानिसलाई हर्जाना तिराइनुपर्छ, र न्यायकर्ताहरूले तोकेबमोजिम त्यसले तिर्नुपर्छ ।
si rixati fuerint viri et percusserit quis mulierem praegnantem et abortivum quidem fecerit sed ipsa vixerit subiacebit damno quantum expetierit maritus mulieris et arbitri iudicarint
23 तर गम्भीर चोट लागेको रहेछ भने त्यस मानिसलाई प्राणको सट्टा प्राण
sin autem mors eius fuerit subsecuta reddet animam pro anima
24 आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात, खुट्टाको सट्टा खुट्टा
oculum pro oculo dentem pro dente manum pro manu pedem pro pede
25 डामको सट्टा डाम, चोटको सट्टा चोट र कुटाइको सट्टा कुटाइ मिलोस् ।
adustionem pro adustione vulnus pro vulnere livorem pro livore
26 कुनै मानिसले आफ्नो कमारा वा कमारीको आँखामा हिर्काएर त्यसलाई नष्ट गरिदियो भने उसले आँखाको साटो त्यसलाई स्वतन्त्र भएर जान दिओस् ।
si percusserit quispiam oculum servi sui aut ancillae et luscos eos fecerit dimittet liberos pro oculo quem eruit
27 उसले आफ्नो कमारा वा कमारीको दाँत निकालिदियो भने उसले दाँतको साटो त्यसलाई स्वतन्त्र भएर जान दिओस् ।
dentem quoque si excusserit servo vel ancillae suae similiter dimittet eos liberos
28 कुनै गोरुले पुरुष वा स्त्रीलाई सिङले हानेर मार्यो भने त्यसलाई ढुङ्गाले हानेर मारिनुपर्छ, र त्यसको मासु खाइनुहुँदैन ।
si bos cornu petierit virum aut mulierem et mortui fuerint lapidibus obruetur et non comedentur carnes eius dominusque bovis innocens erit
29 तर गोरुको मालिकचाहिँ निर्दोष होस् । तर गोरुको विगतमा हान्ने बानी थियो र त्यसको मालिकलाई यसबारे चेताउनी दिँदा पनि उसले बाँधेर राखेको रहेनछ र गोरुले पुरुष वा महिलालाई मार्यो भने त्यसलाई ढुङ्गाले हानेर मारिनैपर्छ र त्यसको मालिकलाई पनि मारिनैपर्छ ।
quod si bos cornipeta fuerit ab heri et nudius tertius et contestati sunt dominum eius nec reclusit eum occideritque virum aut mulierem et bos lapidibus obruetur et dominum illius occident
30 त्यसको जीवनको लागि कुनै मूल्य माग गरिएको छ भने मागेजति मालिकले दिनुपर्छ ।
quod si pretium ei fuerit inpositum dabit pro anima sua quicquid fuerit postulatus
31 गोरुले कुनै मानिसको छोरो वा छोरीलाई हानेको छ भने त्यसको मालिकले नियमअनुसार तिर्नुपर्ने हुन्छ ।
filium quoque et filiam si cornu percusserit simili sententiae subiacebit
32 गोरुले कमारा वा कमारीलाई हान्यो भने त्यसको मालिकले चाँदीको तिस सिक्का देओस् र गोरुलाई चाहिँ ढुङ्गाले हानेर मारियोस् ।
si servum ancillamque invaserit triginta siclos argenti dabit domino bos vero lapidibus opprimetur
33 कुनै मानिसले खाडललाई उदाङ्गै राख्यो वा त्यसले खाडल खनेर त्यसलाई ढाकेन र त्यसभित्र गोरु वा गधा खस्यो भने
si quis aperuerit cisternam et foderit et non operuerit eam cecideritque bos vel asinus in eam
34 खाडल खन्नेले हर्जाना तिर्नुपर्छ । त्यसले मृत पशुको मालिकलाई रुपियाँ तिर्नपर्छ र त्यो मरेको पशु त्यसको हुनेछ ।
dominus cisternae reddet pretium iumentorum quod autem mortuum est ipsius erit
35 एउटा मान्छेको गोरुले अर्को मान्छेको गोरुलाई चोट पुर्याएर त्यो मर्यो भने त्यसले जिउँदो गोरुलाई बेची तिनीहरूले त्यसको मूल्य बाँडफाँड गर्नुपर्छ र तिनीहरूले मरेको गोरुलाई पनि बाँडफाँड गर्नुपर्छ ।
si bos alienus bovem alterius vulnerarit et ille mortuus fuerit vendent bovem vivum et divident pretium cadaver autem mortui inter se dispertient
36 तर त्यस गोरुको विगतमा पनि हान्ने बानी रहेछ र त्यसको मालिकले त्यसलाई बाँधेर राखेको रहेनछ भनी थाहा हुन आयो उसले गोरुको सट्टा गोरु तिर्नुपर्छ अनि मरेको पशु त्यसको मालिकको हुनेछ ।
sin autem sciebat quod bos cornipeta esset ab heri et nudius tertius et non custodivit eum dominus suus reddet bovem pro bove et cadaver integrum accipiet