< प्रस्थान 20 >

1 परमेश्‍वरले यी सबै वचन बोल्नुभयोः
God spoke all these words:
2 “म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ जसले तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको घरबाट निकालेर ल्याएँ ।
“I am Yahweh your God, who brought you out of the land of Egypt, out of the house of slavery.
3 मेरो अगि अरू कुनै देवी-देवता नमान्‍नू ।
You must have no other gods before me.
4 आफ्नो निम्ति खोपेर माथि स्वर्गमा वा तल पृथ्वीमा वा पानीमुनि भएको कुनै पनि थोकको प्रतिमूर्ति नबनाउनू ।
You must not make for yourself a carved figure nor the likeness of anything that is in heaven above, or that is in the earth beneath, or that is in the water below.
5 तिनीहरूको अगि ननिहरनू वा तिनीहरूको पूजा नगर्नू किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाही परमेश्‍वर हुँ । म मलाई घृणा गर्ने पिता-पुर्खाहरूको दुष्‍टताको दण्ड तिनीहरूका सन्तानहरूको तेस्रो र चौथो पुस्तासम्म दिनेछु ।
You must not bow down to them or worship them, for I, Yahweh your God, am a jealous God. I punish the ancestors' wickedness by bringing punishment on the descendants, to the third and the fourth generation of those who hate me.
6 तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्ने हजारौँ पुस्तासम्म म मेरो करारको विश्‍वसनीयता देखाउनेछु ।
But I show covenant faithfulness to thousands of those who love me and keep my commandments.
7 परमप्रभु तिमीहरूका परमेश्‍वरको नाउँ व्यर्थमा नलिनू किनकि मेरो नाउँ व्यर्थमा लिने जोसुकैलाई पनि म निरपराध छोड्नेछैनँ ।
You must not take the name of Yahweh your God, in vain, for I will not hold guiltless anyone who takes my name in vain.
8 मेरो लागि शबाथ अलग गर्नुपर्छ भनी याद राख्‍नू ।
Remember the Sabbath day, to set it apart to me.
9 तिमीहरूले छ दिनसम्म परिश्रम गर्नुपर्छ र काम गर्नुपर्छ ।
You must labor and do all your work for six days.
10 तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको शबाथ हो । यस दिनमा तिमीहरूले, तिमीहरूका छोराछोरी वा तिमीहरूका कमारा-कमारी वा तिमीहरूका गाईवस्तु वा तिमीहरूको द्वारभित्र भएका परदेशीले कुनै काम नगरोस् ।
But the seventh day is a Sabbath for Yahweh your God. On it you must not do any work, you, or your son, or your daughter, or your male servant, or your female servant, or your cattle, or the foreigner who is within your gates.
11 किनकि छ दिनमा परमप्रभुले स्वर्ग र पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो अनि सातौँ दिनमा चाहिँ उहाँले विश्राम लिनुभयो । त्यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष् दिनुभयो र यसलाई पवित्र तुल्याउनुभयो ।
For in six days Yahweh made the heavens and earth, the sea, and everything that is in them, and rested on the seventh day. Therefore Yahweh blessed the Sabbath day and set it apart.
12 आफ्ना बुबा र आमालाई आदर गर्नू ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा तिमीहरूको आयु लामो होस् ।
Honor your father and your mother, so that you may live a long time in the land that Yahweh your God is giving you.
13 कसैको हत्या नगर्नू ।
You must not murder anyone.
14 कसैसित व्यभिचार नगर्नू ।
You must not commit adultery.
15 कसैबाट केही नचोर्नू ।
You must not steal from anyone.
16 आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनू ।
You must not give false testimony against your neighbor.
17 आफ्नो छिमेकीको घरको लालच नगर्नू; आफ्नो छिमेकीकी पत्‍नीको लालच नगर्नू; आफ्नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा कुनै पनि थोकको लालच नगर्नू ।”
You must not covet your neighbor's house; you must not covet your neighbor's wife, his male servant, his female servant, his ox, his donkey, or anything that belongs to your neighbor.”
18 सबै मानिसले गर्जनको आवाज सुने र बिजुली चम्केको देखे अनि तुरहीको आवाज सुने र पर्वतबाट धुवा उठिरहेको देखे । मानिसहरूले यो देख्दा तिनीहरू थरथर काँपे र टाढै बसे ।
All the people saw the thundering and the lightning, and heard the voice of the trumpet, and saw the mountain smoking. When the people saw it, they trembled and stood far off.
19 तिनीहरूले मोशालाई भने, “हामीसित कुरा गर्नुहोस् र हामी तपाईंको कुरा सुन्‍नेछौँ । तर परमेश्‍वर हामीसित नबोल्नुभएको होस् नत्रता हामी मर्नेछौँ ।”
They said to Moses, “Speak to us, and we will listen; but do not let God speak to us, or we will die.”
20 मोशाले मानिसहरूलाई भने, “नडराओ किनकि तिमीहरूमा उहाँको डर होस् र तिमीहरूले पाप नगरून् भनी तिमीहरूलाई जाँच गर्न परमेश्‍वर ओर्लनुभएको छ ।”
Moses said to the people, “Do not be afraid, for God has come to test you so that the honor of him may be in you, and so that you do not sin.”
21 त्यसैले मानिसहरू टाढै खडा रहे, अनि मोशा परमेश्‍वर हुनुभएको बाक्लो बादलको नजिक गए ।
So the people stood far off, and Moses approached the thick darkness where God was.
22 परमप्रभुले मोशालाई भन्‍नुभयो, “तैँले इस्राएलीहरूलाई यसो भन्‍नूः मैले स्वर्गबाट तिमीहरूसित कुराकानी गरेको तिमीहरू आफैले देखेका छौ ।
Yahweh said to Moses, “This is what you must tell the Israelites: 'You yourselves have seen that I have talked with you from heaven.
23 तिमीहरूले मबाहेक सुन वा चाँदीको कुनै पनि देवी-देवता नबनाउनू ।
You will not make for yourselves other gods alongside me, gods of silver or gods of gold.
24 मेरो निम्ति माटोको वेदी बनाउनू, र त्यहाँ तिमीहरूले होमबलि, मेलबलि, भेडा र गोरुहरू बलिदान गर्नू । मेरो नाउँको आदर गरिने हरेक ठाउँमा म तिमीहरूकहाँ आएर तिमीहरूलाई आशिष् दिनेछु ।
You must make an earthen altar for me, and you must sacrifice on it your burnt offerings, fellowship offerings, sheep, and oxen. In every place where I cause my name to be honored, I will come to you and bless you.
25 तिमीहरूले मेरो निम्ति ढुङ्गाको वेदी बनायौ भने तिमीहरूले कुँदेको ढुङ्गाबाट नबनाउनू किनकि तिमीहरूले त्यसमा सामग्रीहरूको प्रयोग गर्दा तिमीहरूले यसलाई अशुद्ध तुल्याउनेछौ ।
If you make me an altar of stone, you must not build it of cut stones, for if you use your tools on it, you will have defiled it.
26 तिमीहरूको नग्‍नता नदेखियोस् भनेर खुट्‌किलाहरू बनाएर मेरो वेदीमा नउक्लनू ।
You must not go up to my altar on steps, so that your nakedness is not exposed.'”

< प्रस्थान 20 >