< प्रस्थान 2 >
1 अब लेवीको कुलका एक जना पुरुषले लेवीकै कुलकी एक जना स्त्रीसित विवाह गरे ।
Um homem da casa de Levi foi e levou uma filha de Levi como sua esposa.
2 ती स्त्री गर्भवती भइन् र एउटा छोरो जन्माइन् । तिनी स्वस्थ बालक भएको देखेर उनले तिनलाई तिन महिनासम्म लुकाइन् ।
A mulher concebeu e deu à luz um filho. Quando ela viu que ele era uma boa criança, ela o escondeu três meses.
3 तर उनले लुकाउन नसकेपछि उनले कुशको एउटा टोकरी बनाएर त्यसलाई तारपीन र अलकत्राले लिपिन् । त्यसपछि उनले बच्चालाई त्यसभित्र राखिन् र नदीको किनारनेर नर्कटको झाडीमा भएको पानीमा राखिदिइन् ।
Quando não podia mais escondê-lo, ela pegou uma cesta de papiro para ele, e a revestiu com alcatrão e com breu. Ela colocou a criança dentro dela, e a colocou nos canaviais junto à margem do rio.
4 बालकलाई के हुनेथियो भनी हेर्न तिनकी दिदीचाहिँ अलि टाढामा उभिन् । फारोकी छोरी नदीमा नुहाउन ओर्लिन् ।
Sua irmã ficou muito longe, para ver o que seria feito com ele.
5 उनका सहेलीहरूचाहिँ नदीतटमा टहल्न लागे । उनले नर्कटहरूका बिचमा एउटा टोकरी देखिन् र आफ्नी एक जना सहेलीलाई त्यो लिन पठाइन् ।
A filha do faraó desceu para banhar-se no rio. Suas donzelas caminharam ao longo da margem do rio. Ela viu a cesta entre os canaviais e mandou seu criado buscá-la.
6 उनले त्यसलाई खोलेर हेर्दा बच्चा देखिन् । बच्चा रुँदै थियो । उनमा बच्चाप्रति दया जाग्यो र उनले भनिन्, “यो पक्कै पनि हिब्रूहरूको बच्चा हुनुपर्छ ।”
She abriu-a e viu a criança, e eis que o bebê chorou. Ela teve compaixão dele, e disse: “Este é um dos filhos dos hebreus”.
7 तब बालककी दिदीले फारोकी छोरीलाई भनिन्, “बच्चालाई दूध खुवाउन तपाईंको लागि म गएर एक हिब्रू स्त्रीलाई फेला पारेर ल्याऊँ?”
Então sua irmã disse à filha do faraó: “Devo ir chamar uma enfermeira para você das mulheres hebraicas, para que ela possa cuidar da criança para você?”.
8 फारोकी छोरीले उनलाई भनिन्, “जाऊ ।” त्यसैले ती युवती गएर आमालाई बोलाएर ल्याइन् ।
A filha do faraó lhe disse: “Vá”. A jovem mulher foi e chamou a mãe da criança.
9 फारोकी छोरीले बच्चाकी आमालाई भनिन्, “यो बच्चालाई लिएर जाऊ र मेरो खातिर दूध खुवाऊ र म तिम्रो ज्याला दिनेछु ।” त्यसैले आमाले बच्चालाई लिएर दूध खुवाउने गरिन् ।
A filha do faraó lhe disse: “Leve esta criança embora e cuide dele por mim, e eu lhe darei seu salário”. A mulher pegou a criança e cuidou dela.
10 बालक हुर्कंदै गएपछि उनले तिनलाई फारोकी छोरीकहाँ ल्याइन् र तिनी उनको छोरा भए । उनले तिनलाई मोशा नाउँ राखे र भने, “किनकि मैले यिनलाई पानीबाट निकालेँ ।”
A criança cresceu, e ela o trouxe para a filha do Faraó, e ele se tornou seu filho. Ela o chamou de Moisés, e disse: “Porque eu o tirei da água”.
11 जब मोशा हुर्के तिनी आफ्नो जातिकहाँ गए र तिनीहरूको कठिन कामलाई अवलोकन गरे । मोशाको आफ्नै जातिको कुनै एउटा मानिसलाई एउटा मिश्रीले हिर्काइरहेको तिनले देखे ।
Naqueles dias, quando Moisés tinha crescido, ele foi até seus irmãos e viu os fardos deles. Ele viu um egípcio atacando um hebreu, um de seus irmãos.
12 तिनले दायाँबायाँ हेरे र कोही नदेखेपछि त्यस मिश्रीलाई मारेर त्यसको लाशलाई बालुवामुनि पुरिदिए ।
Ele olhou para este e para aquele lado, e quando viu que não havia ninguém, matou o egípcio, e o escondeu na areia.
13 अर्को दिन पनि तिनी बाहिर निस्के र दुई जना हिब्रू एक-अर्कामा झगडा गरिरहेका देखे । तिनले गल्ती गर्नेचाहिँलाई भने, “तिमी आफ्नै साथीलाई किन हिर्काउँदै छौ?”
Ele saiu no segundo dia, e eis que dois homens dos hebreus estavam brigando um com o outro. Ele disse a ele que fez o mal: “Por que você bate no seu companheiro”?
14 तर त्यस मानिसले भन्यो, “कसले तिमीलाई हाम्रो अगुवा र न्यायकर्ता बनायो? त्यस मिश्रीलाई मारेजस्तै के तिमी मलाई पनि मार्न खोज्दै छौ?” तब मोशा डराएर भने, “निश्चय नै, मैले गरेको कुरा अरूहरूले थाहा पाउन लागेछन् ।”
Ele disse: “Quem fez de você um príncipe e um juiz sobre nós? Você planeja me matar, como você matou o egípcio?” Moisés estava com medo e disse: “Certamente esta coisa é conhecida”.
15 फारोले यस विषयमा सुनेपछि तिनले मोशालाई मार्न खोजे । तर मोशा फारोदेखि भागेर मिद्यान देशमा गए र त्यहाँ तिनी कुवानेर बसे ।
Agora, quando o Faraó ouviu esta coisa, ele procurou matar Moisés. Mas Moisés fugiu da face do faraó, e viveu na terra de Midian, e sentou-se junto a um poço.
16 अब मिद्यानका पूजाहारीका सात छोरी थिए । तिनीहरू आएर पानी भरे र तिनीहरूका पिताका भेडा-बाख्रालाई पानी खुवाउन डुँड भरे ।
Agora o padre de Midian tinha sete filhas. Elas vinham e bebiam água, e enchiam os bebedouros para regar o rebanho de seu pai.
17 गोठालाहरू आएर तिनीहरूलाई धपाउन खोज्दा मोशाले ती युवतीहरूको मदत गरे । त्यसपछि तिनले तिनीहरूका भेडा-बाख्राहरूलाई पनि पानी खुवाइदिए ।
Os pastores vieram e as expulsaram; mas Moisés se levantou e as ajudou, e regou seu rebanho.
18 जब ती केटीहरू आफ्ना पिता रूएलकहाँ गए तब तिनले सोधे, “आज तिमीहरू किन यति चाँडै घर आएका छौ?”
Quando chegaram a Reuel, seu pai, ele disse: “Como é que vocês voltaram tão cedo hoje”?
19 तिनीहरूले भने, “एक जना मिश्रीले हामीलाई गोठालाहरूबाट छुटकारा दिए । तिनले हाम्रो निम्ति पानी तान्नुका साथै भेडा-बाख्राहरूलाई पनि पानी खुवाइदिए ।”
Eles disseram: “Um egípcio nos entregou da mão dos pastores e, além disso, tirou água para nós, e regou o rebanho”.
20 तिनले आफ्ना छोरीहरूलाई भने, “त्यसो भए, तिनी कहाँ छन् त? किन तिमीहरूले ती मानिसलाई छाड्यौ?” तिनलाई डाक ताकि तिनले हामीसितै खाना खान सकून् ।”
Ele disse a suas filhas: “Onde ele está? Por que o senhor deixou o homem? Chame-o, para que ele possa comer pão”.
21 मोशा ती मानिससित बस्न राजी भए जसले तिनलाई आफ्नी छोरी सिप्पोरा विवाहको लागि दिए ।
Moisés contentou-se em morar com o homem. Ele deu a Moisés Zipporah, sua filha.
22 उनले एउटा छोरो जन्माइन् र मोशाले त्यसको नाउँ गेर्शोम राखे । तिनले भने, “म विदेशी भूमिमा प्रवासी भएको छु ।”
Ela teve um filho, e ele o chamou de Gershom, pois ele disse: “Eu vivi como estrangeiro em uma terra estrangeira”.
23 धेरै समय बितेपछि मिश्रका राजा मरे । इस्राएलीहरूले दासत्वको कठिनाइको कारणले चित्कार गरे । तिनीहरूले मदतको लागि पुकारा गरे र तिनीहरूको दासत्वको कारण तिनीहरूको पुकारा परमेश्वरकहाँ पुग्यो ।
Durante esses muitos dias, o rei do Egito morreu, e os filhos de Israel suspiravam por causa da escravidão, e eles choravam, e seu grito chegou a Deus por causa da escravidão.
24 परमेश्वरले तिनीहरूको क्रन्दन सुन्नुभएपछि उहाँले अब्राहाम, इसहाक र याकूबसित बाँध्नुभएको करार सम्झनुभयो ।
Deus ouviu seus gemidos, e Deus lembrou-se de sua aliança com Abraão, com Isaac e com Jacó.
25 परमेश्वरले इस्राएलीहरूलाई देख्नुभयो, र तिनीहरूको अवस्था बुझ्नुभयो ।
Deus viu os filhos de Israel, e Deus compreendeu.