< प्रस्थान 19 >
1 इस्राएलका मानिसहरू मिश्र देशबाट निस्केको तिन महिना बितेपछि ठिक त्यही दिनमा तिनीहरू सीनैको उजाड-स्थानमा आइपुगे ।
Ngosuku olufanayo, emva kwezinyanga ezintathu abantu bako-Israyeli besuke eGibhithe bafika enkangala yeSinayi.
2 तिनीहरू रपीदीमबाट सीनैको उजाड-स्थानमा आइपुगेपछि तिनीहरूले पर्वतको सामुन्ने उजाड-स्थानमा छाउनी हाले ।
Sebesukile eRefidimu bangena enkangala yeSinayi bamisa amathente abo phansi kwentaba.
3 मोशा परमेश्वरकहाँ माथि उक्लेर गए । परमप्रभुले पर्वतबाट तिनलाई भन्नुभयो, “तैँले याकूबको घराना अर्थात् इस्राएलका मानिसहरूलाई यसो भन्नूः
Lapho-ke uMosi wakhuphukela kuNkulunkulu entabeni, uThixo esentabeni wabiza uMosi wathi kuye, “Tshela abantu bendlu kaJakhobe labantu bako-Israyeli, uthi
4 मैले मिश्रीहरूलाई के गरेँ, र मैले कसरी तिमीहरूलाई गरुडको पखेटामा बोकेर मकहाँ ल्याएँ भनी तिमीहरूले देखेका छौ ।
‘Lina ngokwenu lizibonele engikwenze eGibhithe lokuthi ngilithwele ngamaphiko okhozi ngaliletha lapha kimi.
5 अब तिमीहरूले आज्ञाकारितापूर्वक मेरो कुरा सुन्यौ र मेरो करार पालन गर्यौ भने सबै जातिमध्ये तिमीहरूचाहिँ मेरो विशेष सम्पत्ति हुनेछौ किनकि सबै पृथ्वी मेरै हुन् ।
Ngakho-ke lingangilalela ligcine isivumelwano sami lani lizakuba ligugu kimi phakathi kwezizwe zonke. Lanxa umhlaba wonke ungowami,
6 तिमीहरू मेरा लागि पुजारीहरूका राज्य र पवित्र जाति हुनेछौ । तैँले यी वचनहरू इस्राएलका मानिसहरूलाई बताउनू ।”
lina kimi lizakuba ngumbuso wabaphristi lesizwe esingcwele.’ Yiwo amazwi okumele uwakhulume kwabako-Israyeli.”
7 मोशा ओर्लेर आई मानिसहरूका धर्म-गुरुहरूलाई बोलाउन पठाए । परमप्रभुले तिनलाई भन्नुभएका सबै वचन तिनले तिनीहरूका सामु राखे ।
UMosi wabuyela ebantwini, wafika wabuthanisa abakhokheli babantu wabatshela okwakutshiwo nguThixo.
8 सबै मानिसले सँगसँगै जवाफ दिए, “परमप्रभुले भन्नुभएका सबै कुरा हामी गर्नेछौँ ।” तब मानिसहरूका वचन परमप्रभुलाई भन्न मोशा आए ।
Bonke bavuma ngalizwi linye bathi, “Sizakwenza konke uThixo athe sikwenze.” UMosi wambikela uThixo okwakukhulunywe ngabantu.
9 परमप्रभुले मोशालाई भन्नुभयो, “म तँसित बोल्दा तँलाई मानिसहरूले सदाको लागि विश्वास गरून् भन्ने हेतुले म बाक्लो बादलमा तँकहाँ आउनेछु” । तब मोशाले मानिसहरूका वचन परमप्रभुलाई बताए ।
UThixo wasesithi kuMosi, “Ngizakuza kini nginjengeyezi elimnyama ukuze abantu bangizwe ngikhuluma lawe. Ngakho ngezikhathi zonke bazakholwa kuwe.” UMosi watshela uThixo okwakutshiwo ngabantu.
10 परमप्रभुले मोशालाई भन्नुभयो, “मानिसहरूकहाँ जा । आज र भोलि तैँले तिनीहरूलाई मेरो लागि अलग गर् र तिनीहरूका आ-आफ्ना लुगाहरू धुन लगा ।
Ngakho uThixo wathi kuMosi, “Buyela ebantwini ubangcwelise lamhla lakusasa. Batshele bagezise izigqoko zabo
11 तेस्रो दिनमा तयार भएर बस् किनकि तेस्रो दिनमा परमप्रभु सीनै पर्वतमा ओर्लिआउनुहुनेछ ।
kuthi ngelanga lesithathu libe selilungiselele ngoba ngalelolanga uThixo uzakwehlela entabeni yeSinayi abantu bonke bekhangele.
12 तैँले मानिसहरूका लागि पर्वतको वरिपरि सिमाना लगाउनू । तिनीहरूलाई भन्नू, 'तिमीहरू पर्वतमा उक्लेर नजाओ वा यसको सिमानालाई नछोओ । जसले पर्वतलाई छुन्छ त्यो निश्चय नै मारिनेछ ।'
Yenzela abantu imingcele malungana lentaba, ubatshele uthi, ‘Limukani! Lingakhweli entabeni, kumbe ukufika phansi kwayo. Lowo ozasondela entabeni uzabulawa.’
13 यस्तो व्यक्तिलाई कसैको हातले छुनुहुँदैन । बरु, उसलाई निश्चय नै ढुङ्गाले वा काँडले हानेर मारिनुपर्छ । चाहे त्यो मानिस होस् वा पशु त्यसलाई मारिनैपर्छ । जब तुरही लामो समयसम्म बज्छ तिनीहरू पर्वतको फेदीमा आउनुपर्छ ।”
Ngempela uzatshaywa ngamatshe kumbe acitshwe ngemitshoko kodwa angathintwa ngesandla. Akukhathalekile ukuthi ngumuntu loba yinyamazana akusoze kuvunyelwe ukuphila. Bazakhwela entabeni kuphela nxa uphondo lwenqama selukhale isikhathi eside.”
14 तब मोशा पर्वतबाट झरेर मानिसहरूकहाँ गए । तिनले मानिसहरूलाई परमप्रभुको निम्ति अलग गरे र तिनीहरूले आ-आफ्ना लुगाहरू धोए ।
Ngemva kokuba uMosi esehlile entabeni waya ebantwini wabangcwelisa basebegezisa lezigqoko zabo.
15 तिनले मानिसहरूलाई भने, “तेस्रो दिनमा तयार होओ । सहवास नगर ।”
Wathi ebantwini, “Lungiselelani ilanga lesithathu. Zilani omkenu.”
16 तेस्रो दिनमा जब बिहान भयो गर्जन सुनियो र बिजुली चम्क्यो अनि पर्वतमा एउटा बाक्लो बादल देखा पर्यो र तुरहीको ठुलो आवाज आयो । छाउनीमा भएका सबै मानिस थरथर काँपे ।
Ekuseni ngelanga lesithathu kwaba lomdumo lombane othuthumelisayo, leyezi elikhulukazi lehlela phezu kwentaba, kwezwakala lomsindo omkhulu wecilongo. Abantu bonke ezihonqweni besaba, baqhaqhazela.
17 परमेश्वरलाई भेट्न मोशाले मानिसहरूलाई छाउनी बाहिर ल्याए, र तिनीहरू पर्वतको फेदीमा खडा भए ।
UMosi wasebakhokhela ebasusa emathenteni ebasa kuNkulunkulu. Bafika bema ngaphansi kwentaba.
18 सीनै पर्वत पुरै धुवाँले भरिएको थियो किनकि परमप्रभु आगो र धुवाँमा यसमा ओर्लनुभएको थियो । भट्टीको धुवाँजस्तै गरी धुवाँ माथि गयो, र पुरै पर्वत बेस्सरी हल्लियो ।
Intaba yonke iSinayi yembeswa yintuthu ngoba uThixo wehlela phezu kwayo ngesimo somlilo. Intuthu yathunqa ngamandla isiya phezulu kungathi iphuma emphongolweni.
19 जब तुरहीको आवाज झनझन चर्को हुँदै गयो मोशा बोल्न लागे र परमप्रभुले तिनलाई सुन्ने गरी जवाफ दिनुभयो ।
Njalo umsindo wecilongo waya ulokhu ukhula. UMosi wakhuluma, kwathi ilizwi likaNkulunkulu lamphendula.
20 परमप्रभु सीनै पर्वतको टुप्पोमा ओर्लनुभयो, र उहाँले मोशालाई टुप्पोमा बोलाउनुभयो । त्यसैले मोशा माथि उक्ले ।
UThixo wehlela phezu kwentaba iSinayi, wabizela uMosi khona. Ngakho uMosi wakhwela,
21 परमप्रभुले मोशालाई भन्नुभयो, “तल ओर्लेर गएर मानिसहरूलाई होसियार गरा नत्रता तिनीहरूले सिमाना नाघेमा धेरै जना नष्ट हुनेछन् ।
UThixo wasesithi kuye, “Buyela phansi uyexwayisa abantu ukuba bangaqali ukweqa imingcele ukuba babone uThixo ngoba bangafa ngobunengi.
22 मेरो नजिक आउने पुजारीहरूले पनि आ-आफूलाई शुद्ध तुल्याऊन्, मेरो आगमनको लागि तिनीहरू तयार रहून् ताकि मैले तिनीहरूलाई प्रहार गर्न नपरोस् ।”
Labaphristi abaya kuThixo kumele bazenze babengcwele, funa uThixo ababhubhise.”
23 मोशाले परमप्रभुलाई भने, “मानिसहरू सीनै पर्वतमा आउन सक्दैनन् किनकि तपाईंले हामीलाई यसरी आज्ञा दिनुभएको छः पर्वतको वरिपरि सिमाना लगाउनू र त्यो परमप्रभुको लागि अलग गर्नू' ।”
UMosi wathi kuThixo, “Akulamuntu ongakhwela entabeni yeSinayi ngoba wena ngokwakho wathi bangakwenzi lokho. Uthe ngenze imingcele egombolozela intaba ngitshele abantu bangasondeli kuyo ngoba ingcwele.”
24 परमप्रभुले तिनलाई भन्नुभयो, “जा, तँ आफै पर्वतबाट तल ओर्लेर जा, तँसँगै हारूलाई मकहाँ लिएर आइज । तर मकहाँ आउन पुजारीहरू र मानिसहरूले सिमाना ननाघून् नत्रता मैले तिनीहरूलाई प्रहार गर्नेछु ।”
Kodwa uThixo wathi, “Yehla uyebuya lo-Aroni. Kodwa abaphristi labantu akumelanga ukuba beqe imingcele besiza lapho ngoba ngingabaphendukela.”
25 त्यसैले मोशा मानिसहरूकहाँ तल ओर्लेर गई तिनीहरूलाई यी कुरा बताइदिए ।
Ngakho uMosi wehla waya ebantwini wabatshela.