< प्रस्थान 18 >

1 मिद्यानका पुजारी मोशाका ससुरा यित्रोले मोशा र तिनको जाति इस्राएललाई परमेश्‍वरले गर्नुभएका सबै कुरा सुने । परमप्रभुले इस्राएललाई मिश्रबाट ल्याउनुभएको थियो भनी तिनले सुने ।
Yetero wansembe wa ku Midiyani amenenso anali mpongozi wa Mose, anamva zonse zimene Mulungu anachitira Mose ndi anthu ake a Aisraeli ndi mmene Yehova anawatulutsira mʼdziko la Igupto.
2 मोशाले आफ्नी पत्‍नीलाई माइत पठाएपछि तिनका ससुरा यित्रोले सिप्पोरा
Mose atamubweza Zipora, mkazi wake, Yetero, mpongozi wake anamulandira
3 र उनका दुई जना छोरालाई लिए । पहिलो छोरोको नाउँ गेर्शोम थियो किनकि मोशाले भने, “म परदेशी भूमिमा परदेशी भएर बसेको थिएँ ।”
mwana wake wamkaziyo pamodzi ndi ana ake aamuna awiri. Mose anamupatsa mwana wachisamba dzina loti Geresomu popeza anati, “Ndakhala mlendo mʼdziko lachilendo.”
4 अर्को छोरोको नाउँ एलीएजर थियो किनकि मोशाले भनेका थिए, “मेरा पिता-पुर्खाहरूका परमेश्‍वर मेरो सहयोग हुनुहुन्थ्यो । उहाँले मलाई फारोको तरवारबाट छुटकारा दिनुभयो ।”
Ndipo mwana wake wachiwiri anamupatsa dzina loti Eliezara, pakuti anati, “Mulungu wa makolo anga anali thandizo langa. Iye anandipulumutsa ku lupanga la Farao.”
5 मोशाका ससुरा यित्रो मोशाका छोराहरू र मोशाकी पत्‍नी लिएर उजाड-स्थानमा मोशाकहाँ आए जहाँ तिनले परमेश्‍वरको पर्वतमा छाउनी हालेका थिए ।
Yetero, mpongozi wa Mose pamodzi ndi ana a Mose aamuna awiri ndi mkazi wake anabwera kwa Mose ku chipululu pa phiri la Mulungu kumene Mose anamanga misasa.
6 तिनले मोशालाई भने, “तिम्री पत्‍नी र तिम्रा दुई छोरा लिएर म तिम्रो ससुरा यित्रो आउँदै छु ।”
Yetero anali atatumiza uthenga kwa Mose kuti, “Ine Yetero, mpongozi wako, ndikubwera ndi mkazi wako ndi ana ake awiri.”
7 मोशा आफ्ना ससुरालाई भेट्न गए अनि ढोगेर तिनलाई चुम्बन गरे । तिनीहरूले एक-अर्काका हालखबर सोधपुछ गरे अनि पालभित्र प्रवेश गरे ।
Kotero Mose anatuluka kukakumana ndi mpongozi wake ndipo anawerama ndi kupsompsona. Atalonjerana anakalowa mu tenti
8 परमप्रभुले इस्राएलको खातिर फारो र मिश्रीहरूलाई गर्नुभएको सबै कुरा अनि बाटोमा तिनीहरूले झेलेका सबै कठिनाइको बाबजुत पनि परमप्रभुले कसरी तिनीहरूलाई छुटकारा दिनुभयो भन्‍ने विषयमा आफ्ना ससुरा यित्रोलाई बताए ।
Mose anafotokozera mpongozi wake zonse zimene Yehova anamuchita Farao ndi Aigupto chifukwa cha Israeli komanso zowawa zonse anakumana nazo mʼnjira. Mose anafotokozanso momwe Yehova anawapulumutsira.
9 परमप्रभुले इस्राएलको निम्ति गर्नुभएका सबै असल कुरा सुनेर यित्रो रमाए किनकि उहाँले तिनीहरूलाई मिश्रीहरूको हातबाट छुटकारा दिनुभएको थियो ।
Yetero anakondwa kwambiri atamva zabwino zonse zimene Yehova anachitira Aisraeli powapulumutsa mʼdzanja la Aigupto.
10 यित्रोले भने, “परमप्रभुको स्तुति होस् किनकि उहाँले तिमीहरूलाई फारो र मिश्रीहरूको हातबाट छुटकारा दिनुभएको छ, र मिश्रीहरूको हातबाट उद्धार गर्नुभएको छ ।
Iye anati, “Alemekezeke Yehova amene wakupulumutsani mʼdzanja la Aigupto ndi Farao. Wapulumutsanso anthuwa mʼdzanja la Aigupto.
11 अब मलाई थाहा भयो कि परमप्रभु अरू सबै देवभन्दा महान् हुनुहुँदोरहेछ किनकि मिश्रीहरूले इस्राएलीहरूलाई अभिमानपूर्वक व्यवहार गर्दा परमेश्‍वरले आफ्नो जातिलाई छुटकारा दिनुभयो ।”
Tsopano ndikudziwa kuti Yehova ndi wopambana milungu ina yonse, pakuti anachita izi kwa amene ananyoza Israeli.”
12 मोशाका ससुरा यित्रोले परमेश्‍वरको लागि होमबलि र बलिदानहरू ल्याए । हारून र इस्राएलका सबै धर्म-गुरु मोशाका ससुरासितै भोजन खान परमेश्‍वरको अगि उपस्थित भए ।
Ndipo Yetero, mpongozi wa Mose anapereka nsembe yopsereza ndi nsembe zina kwa Mulungu. Aaroni ndi akuluakulu onse a Israeli anabwera kudzadya chakudya pamodzi ndi mpongozi wa Mose pamaso pa Mulungu.
13 अर्को दिन मोशा मानिसहरूको इन्साफ गर्न बसे । मानिसहरू बिहानदेखि बेलुकासम्म तिनको वरिपरि खडा भए ।
Mmawa mwake, Mose anakhala pa mpando kuti aweruze milandu ya anthu. Anthu anayima momuzungulira kuyambira mmawa mpaka madzulo.
14 मोशाले आफ्ना मानिसहरूका निम्ति गरेका सबै कुरा तिनका ससुराले देखेपछि तिनले भने, “तिमीले मानिसहरूसित गरिरहेको यो के हो? किन तिमी एक्लै बस्छौ? किन मानिसहरू बिहानदेखि बेलुकासम्म तिम्रो वरिपरि झुम्मिन्छन्?”
Mpongozi wa Mose ataona zonse zimene iye amawachitira anthu anati, “Nʼchiyani chimene mukuwachitira anthuwa? Nʼchifukwa chiyani mulipo nokha woweruza, pamene anthu onsewa ayimirira kuyambira mmawa mpaka madzulo?”
15 मोशाले आफ्ना ससुरालाई भने, “परमेश्‍वरको निर्देशन खोज्न मानिसहरू मकहाँ आउँछन् ।
Mose anamuyankha kuti, “Chifukwa anthuwa anabwera kwa ine kudzafunsa zimene Mulungu akufuna.
16 तिनीहरूका बिचमा विवाद हुँदा तिनीहरू मकहाँ आउँछन् । म एक-अर्काको बिचमा न्याय गरिदिन्छु अनि तिनीहरूलाई परमेश्‍वरका नियम र विधिहरू सिकाइदिन्छु ।”
Ngati munthu akangana ndi mʼbale wake, onse awiri amabwera kwa ine, ndipo ine ndimawaweruza. Ndimawawuzanso malamulo a Mulungu ndi malangizo ake.”
17 मोशाका ससुराले तिनलाई भने, “तिमीले गरिरहेको काम त्यति राम्रो होइन ।
Mpongozi wa Mose anayankha kuti, “Zimene mukuchitazi si zabwino.
18 निश्‍चय नै तिमी र तिमीसित भएका तिम्रा मानिसहरू थाक्‍नेछन् । यो तिमीले बोक्‍नै नसक्‍ने बोझ हो । तिमी आफैले मात्र यो गर्न सक्दैनौ ।
Ntchitoyi ndi yayikulu kuposa mphamvu zanu. Inu simungathe kuyigwira nokha. Inu pamodzi ndi anthuwa amene amabwera kwa inu mudzatopa.
19 मेरो कुरा सुन । म तिमीलाई सल्लाह दिनेछु, र परमेश्‍वर तिमीसित हुनुभएको होस् किनकि तिमी परमेश्‍वरको निम्ति मानिसहरूका प्रतिनिधि हौ र तिमीले नै तिनीहरूका झगडाहरूलाई उहाँकहाँ लैजान्छौ ।
Tsono tamverani ndikulangizeni, ndipo Mulungu akhale nanu. Inu muziwayimirira anthuwa pamaso pa Mulungu, ndipo mikangano yawo muzibwera nayo kwa Iye.
20 तिमीले तिनीहरूलाई उहाँका विधि-विधानहरू सिकाउनू । कसरी हिँड्ने र के गर्ने भनी तिमीले तिनीहरूलाई देखाउनू ।
Aphunzitseni mawu ndi malangizo a Mulungu. Aphunzitseni mmene ayenera kukhalira ndi zimene ayenera kuchita.
21 त्यस बाहेक, मानिसहरूका बिचबाट तिमीले योग्य मानिसहरूलाई छान जो परमेश्‍वरलाई आदर गर्ने, अन्यायलाई घृणा गर्ने सत्य मानिसहरू होऊन् । तिमीले तिनीहरूलाई हजार, सय, पचास र दसको समूहको रेखदेख गर्ने मानिसहरूको रूपमा जिम्मा दिनू ।
Koma sankhani amuna odziwa ntchito yawo, anthu owopa Mulungu, anthu odalirika amene amadana ndi kupeza phindu mwachinyengo. Tsono muwayike kuti akhale oyangʼanira anthu motere: atsogoleri a anthu 1,000, ena a anthu 100, ena a anthu 50 ndi ena a anthu khumi.
22 तिनीहरूले हर समय मानिसहरूका मुद्दाहरूका न्याय गर्नेछन्, तर कठिन मुद्दाहरूचाहिँ तिनीहरूले तिमीकहाँ ल्याउनेछन् । स-साना मुद्दाहरू तिनीहरू आफैले न्याय गर्न सक्छन् । यसरी तिमीलाई सजिलो हुनेछ र तिनीहरूले तिम्रो बोझ बोक्‍नेछन् ।
Tsono amenewa aziweruza anthu nthawi zonse. Mlandu uliwonse waukulu azibwera nawo kwa inu, koma mlandu waungʼono aziweruza okha. Izi zidzachititsa kuti ntchito yanu ipepuke, popeza mudzagwira ntchito mothandizana.
23 तिमीले यसो गर्‍यौ र परमेश्‍वरले तिमीलाई यसै गर्न आज्ञा दिनुभयो भने तिमीले सहन सक्‍नेछौ र पुरै समुदाय सन्तुष्‍ट भएर आ-आफ्ना घर जान सक्‍नेछन् ।”
Ngati mutsatira malangizowa monga mmene Mulungu wakulamulirani ndiye kuti simudzafowoka ndipo anthu onsewa adzapita kwawo mu mtendere.”
24 त्यसैले मोशाले आफ्ना ससुराका कुरा माने र तिनले भनेअनुसार गरे ।
Mose anamvera mpongozi wake ndi kuchita zonse zimene iye ananena.
25 मोशाले सबै इस्राएलबाट योग्य मानिसहरू छाने र तिनीहरूलाई हजार, सय, पचास र दसको समूहमा नाइकेहरू बनाए ।
Iye anasankha amuna odziwa bwino ntchito zawo ndipo anawayika kuti akhale atsogoleri, oyangʼanira anthu motere: atsogoleri a anthu 1,000, ena a anthu 500, ena a anthu makumi asanu ndi ena a anthu khumi.
26 सामान्य परिस्थितिहरूलाई तिनीहरूले न्याय गर्थे । कठिन मुद्दाहरूचाहिँ तिनीहरूले मोशाकहाँ ल्याउँथे, तर स-साना मुद्दाहरूलाई भने तिनीहरू आफैले न्याय गर्थे ।
Iwowa ankaweruza anthu nthawi zonse. Milandu yovuta ankabwera nayo kwa Mose, koma yosavuta ankayiweruza okha.
27 तब मोशाले आफ्ना ससुरालाई बिदाइ गरे र यित्रो आफ्नै देशमा फर्के ।
Kenaka Mose analola kuti mpongozi wake, Yetero anyamuke kubwerera ku dziko la kwawo.

< प्रस्थान 18 >