< प्रस्थान 16 >

1 मानिसहरूले एलीमबाट यात्रा थाले र मिश्र देशबाट प्रस्थान गरेको दोस्रो महिनाको पन्ध्रौँ दिनमा इस्राएलीहरूका सारा समुदाय एलीम र सीनै पर्वतको बिचमा पर्ने सीनको उजाड-स्थानमा आइपुगे ।
Dukan taron Isra’ila suka tashi daga Elim suka zo hamadar Sin, wadda take tsakanin Elim da Sinai, a rana ta goma sha biyar ga wata biyu, bayan sun fito daga Masar.
2 उजाड-स्थानमा इस्राएलीहरूका सारा समुदायले मोशा र हारूनको विरुद्धमा गनगन गरे ।
A hamadan, dukan taro suka yi gunaguni a kan Musa da Haruna.
3 इस्राएलीहरूले तिनीहरूलाई भने, “हामी मासुको भाँडानेर बसेर अघाउञ्‍जेल रोटी खाइरहँदा मिश्र देशमा नै परमप्रभुको हातद्वारा मरेको भए हुनेथियो । किनकि तपाईंहरूले हाम्रो पुरै समुदायलाई भोकले मार्न हामीलाई उजाड-स्थानमा ल्याउनुभएको छ ।”
Isra’ilawa suka ce musu, “Da ma a hannun Ubangiji ne muka mutu a Masar, inda muka zauna kewaye da tukwanen nama, muna cin duk abincin da muke so, amma kun kawo mu cikin wannan hamada don ku kashe dukan wannan taro da yunwa.”
4 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “म तिमीहरूका निम्ति स्वर्गबाट रोटी बर्साउनेछु । तिनीहरू मेरो विधि मान्छन् वा मान्दैनन् भनी जाँच गर्न हरेक दिन एक दिनको भाग जम्मा गर्न मानिसहरू बाहिर जानेछन् ।
Sai Ubangiji ya ce wa Musa, “Zan zubo muku burodi kamar ruwa daga sama. Mutanen za su fita kowace rana su tattara abin da zai ishe su na ranan. Ta haka zan gwada su in ga ko za su bi umarnaina.
5 छैटौँ दिनमा तिनीहरूले पहिले हरेक दिनमा बटुल्ने भन्दा दुई गुणा बटुल्नेछन्, र तिनीहरूले त्यसलाई भित्र ल्याएर पकाउनेछन् ।”
A rana ta shida za su shirya abin da suka kwaso, wannan kuwa zai zama ninki biyu na abin da sukan tattara na sauran ranaku.”
6 तब मोशा र हारूनले इस्राएलका सबै मानिसलाई भने, “मिश्र देशबाट तिमीहरूलाई निकालेर ल्याउनुहुने परमप्रभु नै हुनुहुन्छ भनी साँझमा तिमीहरूले थाहा पाउनेछौ ।
Saboda haka Musa da Haruna suka ce wa dukan Isra’ila, “Da yamma za ku sani Ubangiji ne ya fitar da ku daga Masar.
7 बिहान तिमीहरूले परमप्रभुको महिमा देख्‍नेछौ किनकि तिमीहरूले उहाँको विरुद्धमा गरेको गनगन उहाँले सुन्‍नुभएको छ । हाम्रो विरुद्धमा गनगन गर्ने तिमीहरूका लागि हामी को हौँ र?
Da safe za ku ga ɗaukakar Ubangiji, saboda ya ji gunaguninku a kansa. Wane mu, da za ku yi gunaguni a kanmu?”
8 मोशाले यसो पनि भने, “तिमीहरूले उहाँको विरुद्धमा गरेको गनगन उहाँले सुन्‍नुभएकोले उहाँले तिमीहरूलाई साँझमा मासु र बिहान रोटी अघाउञ्‍जेल दिनुहुँदा तिमीहरूले यो जान्‍नेछौ । हारून र म को हौँ र? तिमीहरूको गनगन हाम्रा विरुद्धमा नभई परमप्रभुको विरुद्धमा हो ।”
Musa ya kuma ce, “Za ku san cewa shi ne Ubangiji, sa’ad da ya ba ku nama ku ci da yamma, da kuma duk burodin da kuke so da safe, saboda ya ji gunagunin da kuka yi a kansa. Namu a wane? Ai, gunaguninku ba a kanmu ba, amma a kan Ubangiji ne.”
9 मोशाले हारूनलाई भने, “इस्राएलका सारा समुदायलाई भन्‍नुहोस्, 'परमप्रभुको नजिक आओ किनकि उहाँले तिमीहरूको गनगन सुन्‍नुभएको छ' ।”
Sai Musa ya ce wa Haruna, “Ka faɗa wa dukan taron Isra’ila, ‘Ku zo gaban Ubangiji, gama ya ji gunaguninku.’”
10 हारून इस्राएलको सारा समुदायसित बोल्दा तिनीहरूले उजाड-स्थानतिर हेरे र परमप्रभुको महिमा बादलमा देखियो ।
Yayinda Haruna yake magana da dukan taron Isra’ila, sai suka duba wajen hamada, sai ga ɗaukakar Ubangiji tana bayyana a girgije.
11 तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,
Ubangiji ya ce wa Musa,
12 “मैले इस्राएलका मानिसहरूको गनगन सुनेको छु । तिनीहरूलाई भन्, 'साँझमा तिमीहरूले मासु खानेछौ, र बिहानचाहिँ तिमीहरूले अघाउञ्‍जेल रोटी खानेछौ । तब म नै तिमीहरूका परमप्रभु परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍नेछौ' ।”
“Na ji gunagunin Isra’ilawa. Ka faɗa musu, ‘A tsakanin fāɗuwar rana da almuru, za ku ci nama, da safe kuma za ku ƙoshi da burodi. Sa’an nan za ku sani ni ne Ubangiji Allahnku.’”
13 साँझमा बट्टाई चराहरू आएर तिनीहरूको छाउनी नै ढाकिदिए । बिहान छाउनीको वरिपरि शीत परेको थियो ।
Da yamman wannan rana, sai makware suka rufe dukan sansani, da safe kuma sai ga raɓa ta kewaye sansani.
14 शीत सुकेपछि जमिनमा देखा परेको तुसारोझैँ स-साना डल्लाहरू उजाड-स्थानको सतहमा थिए ।
Lokacin da raɓar ta watse, sai ga wani abu kamar tsaki, falle-falle kuma da laushi, fari, kamar hazo, a ƙasa.
15 इस्राएलका मानिसहरूले यसलाई देखेपछि तिनीहरूले एक-अर्कालाई भने, “यो के हो?” यो के थियो भनी तिनीहरूलाई थाहा थिएन । मोशाले तिनीहरूलाई भने, “यो परमप्रभुले तिमीहरूलाई खानलाई दिनुभएको रोटी हो ।
Sa’ad da Isra’ilawa suka ga wannan, sai suka ce wa junansu, “Mene ne wannan?” Gama ba su san ko mene ne ba. Musa ya ce musu, “Wannan shi ne burodin da Ubangiji ya ba ku ku ci.
16 परमप्रभुले दिनुभएको आज्ञा यस्तो छः तिमीहरू हरेकले आफूलाई चाहिने बटुल अर्थात् तिमीहरूका मानिसहरूको सङ्ख्याअनुसार हरेकलाई एक-एक ओमेर बटुल । तिमीहरूको पालमा बस्‍ने हरेक व्यक्तिलाई पर्याप्‍त हुने गरी बटुल' ।”
Wannan shi ne abin da Ubangiji ya umarta, ‘Kowane mutum zai tattara bisa ga bukatarsa. Ku tara rabin gallon don mutum guda da yake cikin tentinku.’”
17 इस्राएलका मानिसहरूले त्यसै गरे । कसैले धेरै बटुले भने कसैले थोरै ।
Isra’ilawa suka yi kamar yadda aka faɗa musu, waɗansu suka tattara da yawa, waɗansu kuma kaɗan.
18 तिनीहरूले ओमेरले नाप्दा धेरै बटुल्नेहरूको बढ्ता भएन र कम बटुल्नेहरूलाई पनि अपुग भएन । हरेक व्यक्तिले आफ्नो आवश्यकताअनुसार बटुल्यो ।
Da suka gwada a mudu, wanda ya tattara da yawa bai sami mafi yawa ba, wanda kuma ya tattara kaɗan bai sami ƙanƙani ba. Kowane mutum ya tattara daidai bukatarsa.
19 तब मोशाले तिनीहरूलाई भने, “बिहानसम्म तिमीहरू कसैले पनि यसबाट नउबार ।”
Sa’an nan Musa ya ce musu, “Kada wani yă bar saura har safe.”
20 तर तिनीहरूले मोशाको कुरा मानेनन् । कसैले बिहानसम्म अलिकति उबारे, तर त्यसमा किरा लागेर त्यो गन्हायो । त्यसपछि मोशा तिनीहरूसित रिसाए ।
Duk da haka waɗansu ba su kula da umarnin Musa ba, suka bar saura har safe, kashegari kuwa ta yi tsutsotsi, ta ruɓe, sai Musa ya yi fushi da su.
21 तिनीहरूले बिहानैपिच्छे बटुल्थे । हरेकले त्यस दिनलाई पुग्‍ने बटुल्थ्यो । घाम चर्केपछि त्यो पग्लन्थ्यो ।
Kowace safiya, kowanne mutum yakan tattara daidai bukatarsa, lokacin da rana ta yi zafi, sai ta narke.
22 छैटौँ दिनमा तिनीहरूले दुई गुणा रोटी बटुले अर्थात् हरेकको लागि दुई ओमेर बटुले । समुदायका सारा धर्म-गुरुहरू आएर मोशालाई यो कुरा बताए ।
A rana ta shida, suka tattara ninki biyu, mudu biyu ga mutum guda, sai shugabannin taron suka zo suka kawo ƙara wurin Musa.
23 तिनले तिनीहरूलाई भने, “परमप्रभुले यसो भन्‍नुभएको छः भोलि विश्रामको दिन हो अर्थात् परमप्रभुको दृष्‍टिमा पवित्र शबाथ हो । तिमीहरू जे पकाउन चाहन्छौ, सो पकाओ र जे उमाल्न चाहन्छौ, सो उमाल । उब्रेको जति सबै बिहानसम्म आफ्नो लागि राख्‍नू' ।”
Shi kuma ya ce musu, “Wannan shi ne umarnin Ubangiji, ‘Gobe za tă zama ranar hutu, Asabbaci mai tsarki ga Ubangiji. Domin haka sai ku toya abin da kuke so ku toya, ku kuma dafa abin da kuke so ku dafa. Abin da ya rage ku ajiye har safe.’”
24 त्यसैले तिनीहरूले मोशाले निर्देशन दिएजस्तै यसलाई बिहानसम्म राखे ।
Sai suka bar saura har safe, kamar yadda Musa ya umarta, bai kuwa yi wari ko yă yi tsutsa ba.
25 मोशाले भने, “त्यो खाना आज खाओ किनकि आजको दिन परमप्रभुको निम्ति अलग गरिएको शबाथ हो । आज तिमीहरूले यो खाना जमिनमा पाउनेछैनौ ।
Musa ya ce, “Ku ci shi yau, saboda yau Asabbaci ne na Ubangiji. Ba za ku same shi a ƙasa a yau ba.
26 छ दिनसम्म तिमीहरूले यो बटुल्नेछौ, तर सातौँ दिनचाहिँ शबाथ हो ।
Kwana shida za ku tattara shi, amma a rana ta bakwai, Asabbaci, ba za a same shi ba.”
27 सातौँ दिनमा त्यहाँ मन्‍न हुनेछैन ।” सातौँ दिनमा पनि केही मानिसहरू मन्‍न बटुल्न गए, तर तिनीहरूले केही पाएनन् ।
Duk da haka waɗansu mutane suka fita a ranar Asabbaci don su tattara, amma ba su sami kome ba.
28 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “कहिलेसम्म तिमीहरू मेरा आज्ञा र विधिहरू मान्‍नलाई इन्कार गर्छौ?
Sai Ubangiji ya ce wa Musa, “Har yaushe za ku ƙi bin dokokina da umarnaina?
29 परमप्रभुले तिमीहरूलाई शबाथ दिनुभएको छ । त्यसैले छैटौँ दिनमा उहाँले तिमीहरूलाई दुई दिनको लागि रोटी दिँदै हुनुहुन्छ । हरेक आ-आफ्नै ठाउँमा बस्‍नू । सातौँ दिनमा कोही पनि आफ्नो ठाउँबाट बाहिर नजानू ।”
Ku lura fa, ai, Ubangiji ne ya ba ku Asabbaci; shi ya sa a kan ba ku burodi na kwana biyu, a rana ta shida. Kowa ya kamata yă kasance inda yake a rana ta bakwai; kada kowa yă fita.”
30 त्यसैले मानिसहरूले सातौँ दिनमा विश्राम गरे ।
Sai mutanen suka huta a rana ta bakwai.
31 इस्राएलका मानिसहरूले त्यस खानालाई “मन्‍न” भने । यो धनियाँको गेडाजस्तो सेतो थियो र यसको स्वाद महमा बनाइएको बाबरजस्तो थियो ।
Mutanen Isra’ila suka kira burodin Manna. Manna yana nan fari kamar farin riɗi, ɗanɗanonsa kuma yana kama da masa da aka yi da zuma.
32 मोशाले भने, “परमप्रभुले दिनुभएको आज्ञा यही होः एक ओमेर मन्‍न तिमीहरूको पुस्तौँसम्मको लागि राख ताकि तिमीहरूका सन्तानहरूले मैले तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्याएपछि उजाड-स्थानमा खुवाएको यो रोटी देख्‍न सकून्' ।”
Musa ya ce, “Wannan shi ne abin da Ubangiji ya umarta, ‘Ku auna mudu guda na Manna, a adana ta dukan zamananku, domin kowane zamani yă ga irin abincin da na ba ku ku ci a hamada, yayinda na fitar da ku daga Masar.’”
33 मोशाले हारूनलाई भने, “एउटा भाँडोभित्र एक ओमेर मन्‍न हाल्नुहोस् । पुस्तौँसम्म यसलाई परमप्रभुको सामु सुरक्षित राख्‍नुहोस् ।”
Saboda haka Musa ya ce wa Haruna, “Ka ɗauki tulu, ka sa mudu guda na Manna a ciki. Sa’an nan ka sa shi a gaban Ubangiji, don a adana don tsararraki masu zuwa.”
34 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ हारूनले यसलाई करारको सन्दुकको छेउमा राखे ।
Sai Haruna ya ajiye Mannar a gaban Akwatin Alkawari, don a adana ta kamar yadda Ubangiji ya umarci Musa.
35 इस्राएलीहरू मानिसहरू बसोबास गरेको भूमिमा नआउञ्‍जेलसम्म तिनीहरूले चालिस वर्षसम्म मन्‍न खाइरहे । तिनीहरू कनान देशका सिमानाहरूमा नआउञ्‍जेलम्म यो खाइरहे ।
Isra’ilawa suka yi shekaru arba’in suna cin Manna, har sai da suka shiga cikin ƙasar da take da mutane, suka ci Manna har zuwa kan iyakar ƙasar Kan’ana.
36 एक ओमेर आधा पाथी हुन्छ ।
(Omer guda, daidai ne da kashi ɗaya bisa goma na Efa.)

< प्रस्थान 16 >