< प्रस्थान 16 >
1 मानिसहरूले एलीमबाट यात्रा थाले र मिश्र देशबाट प्रस्थान गरेको दोस्रो महिनाको पन्ध्रौँ दिनमा इस्राएलीहरूका सारा समुदाय एलीम र सीनै पर्वतको बिचमा पर्ने सीनको उजाड-स्थानमा आइपुगे ।
以色列子民全會眾從厄林起程,來到厄林和西乃之間的欣曠野時,在離埃及後第二月第十五日。
2 उजाड-स्थानमा इस्राएलीहरूका सारा समुदायले मोशा र हारूनको विरुद्धमा गनगन गरे ।
以色列子民全會眾在曠野裏都抱怨梅瑟和亞郎。
3 इस्राएलीहरूले तिनीहरूलाई भने, “हामी मासुको भाँडानेर बसेर अघाउञ्जेल रोटी खाइरहँदा मिश्र देशमा नै परमप्रभुको हातद्वारा मरेको भए हुनेथियो । किनकि तपाईंहरूले हाम्रो पुरै समुदायलाई भोकले मार्न हामीलाई उजाड-स्थानमा ल्याउनुभएको छ ।”
以色列子民向他們說:「巴不得我們在埃及國坐在肉鍋旁,有食物吃飽的時候,死在上主的手中! 你們領我們到這曠野裏來,是想叫這全會眾餓死啊! 」
4 तब परमप्रभुले मोशालाई भन्नुभयो, “म तिमीहरूका निम्ति स्वर्गबाट रोटी बर्साउनेछु । तिनीहरू मेरो विधि मान्छन् वा मान्दैनन् भनी जाँच गर्न हरेक दिन एक दिनको भाग जम्मा गर्न मानिसहरू बाहिर जानेछन् ।
上主向梅瑟說:「看,我要從天上給你們降下食物,百姓要每天出去收斂當日所需要的,為試探他們是否遵行我的法律。
5 छैटौँ दिनमा तिनीहरूले पहिले हरेक दिनमा बटुल्ने भन्दा दुई गुणा बटुल्नेछन्, र तिनीहरूले त्यसलाई भित्र ल्याएर पकाउनेछन् ।”
但到第六天,他們準備帶回來的食物要比每天多一倍。」
6 तब मोशा र हारूनले इस्राएलका सबै मानिसलाई भने, “मिश्र देशबाट तिमीहरूलाई निकालेर ल्याउनुहुने परमप्रभु नै हुनुहुन्छ भनी साँझमा तिमीहरूले थाहा पाउनेछौ ।
梅瑟和亞郎對全以色列子民說:「今晚你們要知道,是上主領你們出了埃及國;
7 बिहान तिमीहरूले परमप्रभुको महिमा देख्नेछौ किनकि तिमीहरूले उहाँको विरुद्धमा गरेको गनगन उहाँले सुन्नुभएको छ । हाम्रो विरुद्धमा गनगन गर्ने तिमीहरूका लागि हामी को हौँ र?
明早你們要看見上主的榮耀,因為你們抱怨上主的話,他已聽見了。我們算什麼﹖你們竟抱怨我們! 」
8 मोशाले यसो पनि भने, “तिमीहरूले उहाँको विरुद्धमा गरेको गनगन उहाँले सुन्नुभएकोले उहाँले तिमीहरूलाई साँझमा मासु र बिहान रोटी अघाउञ्जेल दिनुहुँदा तिमीहरूले यो जान्नेछौ । हारून र म को हौँ र? तिमीहरूको गनगन हाम्रा विरुद्धमा नभई परमप्रभुको विरुद्धमा हो ।”
梅瑟又說:「晚上上主要給你們肉吃,早晨你們可以吃飽,因為上主聽見了你們抱怨他所說的怨言。我們算什麼﹖你們不是抱怨我們,而是抱怨上主。」瑪納
9 मोशाले हारूनलाई भने, “इस्राएलका सारा समुदायलाई भन्नुहोस्, 'परमप्रभुको नजिक आओ किनकि उहाँले तिमीहरूको गनगन सुन्नुभएको छ' ।”
梅瑟向亞郎說:「你向以色列子民全會眾說:你們應走到上主前,因為他聽見了你們的怨言。」
10 हारून इस्राएलको सारा समुदायसित बोल्दा तिनीहरूले उजाड-स्थानतिर हेरे र परमप्रभुको महिमा बादलमा देखियो ।
亞郎正向以色列子民全會眾說話的時候,他們轉面朝向曠野,看見上主的榮耀顯現在雲彩中。
11 तब परमप्रभुले मोशालाई यसो भन्नुभयो,
那時上主向梅瑟說:「
12 “मैले इस्राएलका मानिसहरूको गनगन सुनेको छु । तिनीहरूलाई भन्, 'साँझमा तिमीहरूले मासु खानेछौ, र बिहानचाहिँ तिमीहरूले अघाउञ्जेल रोटी खानेछौ । तब म नै तिमीहरूका परमप्रभु परमेश्वर हुँ भनी तिमीहरूले जान्नेछौ' ।”
我聽見了以色列子民的怨言。你給他們說:黃昏的時候你們要有肉吃,早晨要有食物吃飽,這樣你們就知道,我是上主,你們的天主。」
13 साँझमा बट्टाई चराहरू आएर तिनीहरूको छाउनी नै ढाकिदिए । बिहान छाउनीको वरिपरि शीत परेको थियो ।
到了晚上,有鵪鶉飛來,遮蓋了營幕;到了早晨,營幕四周落了一層露水。
14 शीत सुकेपछि जमिनमा देखा परेको तुसारोझैँ स-साना डल्लाहरू उजाड-स्थानको सतहमा थिए ।
露水昇化之後,在曠野的地面上,留下稀薄的碎屑,稀薄得好像地上的霜。
15 इस्राएलका मानिसहरूले यसलाई देखेपछि तिनीहरूले एक-अर्कालाई भने, “यो के हो?” यो के थियो भनी तिनीहरूलाई थाहा थिएन । मोशाले तिनीहरूलाई भने, “यो परमप्रभुले तिमीहरूलाई खानलाई दिनुभएको रोटी हो ।
以色列子民一見,就彼此問說:「這是什麼﹖」原來他們不知道這是什麼。梅瑟告訴他們說:「這是上主賜給你們的食物。
16 परमप्रभुले दिनुभएको आज्ञा यस्तो छः तिमीहरू हरेकले आफूलाई चाहिने बटुल अर्थात् तिमीहरूका मानिसहरूको सङ्ख्याअनुसार हरेकलाई एक-एक ओमेर बटुल । तिमीहरूको पालमा बस्ने हरेक व्यक्तिलाई पर्याप्त हुने गरी बटुल' ।”
上主曾這樣吩咐說:你們應按每人的食量去收斂,按照你們帳幕的人數去拾取,每人一「曷默耳。」
17 इस्राएलका मानिसहरूले त्यसै गरे । कसैले धेरै बटुले भने कसैले थोरै ।
以色列子民就照樣作了;收斂的時候,有的多,有的少,
18 तिनीहरूले ओमेरले नाप्दा धेरै बटुल्नेहरूको बढ्ता भएन र कम बटुल्नेहरूलाई पनि अपुग भएन । हरेक व्यक्तिले आफ्नो आवश्यकताअनुसार बटुल्यो ।
但他們用「曷默耳」衝量時,那多收的,也沒有剩餘;那少收的,也沒有缺少;各人正按他們的食量收斂了。
19 तब मोशाले तिनीहरूलाई भने, “बिहानसम्म तिमीहरू कसैले पनि यसबाट नउबार ।”
梅瑟向他們說:「誰也不准將一些留到早晨。」
20 तर तिनीहरूले मोशाको कुरा मानेनन् । कसैले बिहानसम्म अलिकति उबारे, तर त्यसमा किरा लागेर त्यो गन्हायो । त्यसपछि मोशा तिनीहरूसित रिसाए ।
但他們沒有聽梅瑟的話;有一人把一些留到早晨,但都被虫子咬爛,發生臭味;梅瑟遂向他們發怒。
21 तिनीहरूले बिहानैपिच्छे बटुल्थे । हरेकले त्यस दिनलाई पुग्ने बटुल्थ्यो । घाम चर्केपछि त्यो पग्लन्थ्यो ।
於是他們每天早晨按各人的食量去收斂;太陽一發熱,就融化了。
22 छैटौँ दिनमा तिनीहरूले दुई गुणा रोटी बटुले अर्थात् हरेकको लागि दुई ओमेर बटुले । समुदायका सारा धर्म-गुरुहरू आएर मोशालाई यो कुरा बताए ।
於是第六天他們收斂了兩倍的食物,每人二「曷默耳;」會眾的首領來向梅瑟報告此事。
23 तिनले तिनीहरूलाई भने, “परमप्रभुले यसो भन्नुभएको छः भोलि विश्रामको दिन हो अर्थात् परमप्रभुको दृष्टिमा पवित्र शबाथ हो । तिमीहरू जे पकाउन चाहन्छौ, सो पकाओ र जे उमाल्न चाहन्छौ, सो उमाल । उब्रेको जति सबै बिहानसम्म आफ्नो लागि राख्नू' ।”
梅瑟向他們說:「上主曾這樣吩咐說:明天是安息日;是祝聖於上主的安息聖日;你們要烤的就烤罷! 要煮的,就煮罷! 凡吃了剩下的,應保留到次日。」
24 त्यसैले तिनीहरूले मोशाले निर्देशन दिएजस्तै यसलाई बिहानसम्म राखे ।
他們就照梅瑟所吩咐的,把吃下剩下的,留到次日也沒有發臭,,也沒有虫咬。
25 मोशाले भने, “त्यो खाना आज खाओ किनकि आजको दिन परमप्रभुको निम्ति अलग गरिएको शबाथ हो । आज तिमीहरूले यो खाना जमिनमा पाउनेछैनौ ।
梅瑟說道:「今天吃這些罷! 因為今天是敬上主的安息日,今天在野外什麼也找不到。
26 छ दिनसम्म तिमीहरूले यो बटुल्नेछौ, तर सातौँ दिनचाहिँ शबाथ हो ।
六天你們可去收斂,但第七天是安息日,什麼也沒有。」
27 सातौँ दिनमा त्यहाँ मन्न हुनेछैन ।” सातौँ दिनमा पनि केही मानिसहरू मन्न बटुल्न गए, तर तिनीहरूले केही पाएनन् ।
到了第七天,百姓中有人去收斂,但什麼也沒有找到。
28 तब परमप्रभुले मोशालाई भन्नुभयो, “कहिलेसम्म तिमीहरू मेरा आज्ञा र विधिहरू मान्नलाई इन्कार गर्छौ?
上主向梅瑟說:「你們不守我的命令和我的法律要到何時呢﹖
29 परमप्रभुले तिमीहरूलाई शबाथ दिनुभएको छ । त्यसैले छैटौँ दिनमा उहाँले तिमीहरूलाई दुई दिनको लागि रोटी दिँदै हुनुहुन्छ । हरेक आ-आफ्नै ठाउँमा बस्नू । सातौँ दिनमा कोही पनि आफ्नो ठाउँबाट बाहिर नजानू ।”
看上主給你們立了安息日,為此到第六天他給你們兩天的食物;到第七天各人都應留在家內,不准任何人離開自己的地方。」
30 त्यसैले मानिसहरूले सातौँ दिनमा विश्राम गरे ।
這樣百姓在第七天守了安息日。
31 इस्राएलका मानिसहरूले त्यस खानालाई “मन्न” भने । यो धनियाँको गेडाजस्तो सेतो थियो र यसको स्वाद महमा बनाइएको बाबरजस्तो थियो ।
以色列家給這食物取名叫「瑪納。」它像胡荽的種子那樣白,滋味好似蜜餅。
32 मोशाले भने, “परमप्रभुले दिनुभएको आज्ञा यही होः एक ओमेर मन्न तिमीहरूको पुस्तौँसम्मको लागि राख ताकि तिमीहरूका सन्तानहरूले मैले तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्याएपछि उजाड-स्थानमा खुवाएको यो रोटी देख्न सकून्' ।”
梅瑟說:「上主這樣吩咐說:裝滿一「曷默耳」瑪納,留給你們的後代子孫,為使他們能看到我領你們出離埃及國時,在曠野裏養活你們的食物。」
33 मोशाले हारूनलाई भने, “एउटा भाँडोभित्र एक ओमेर मन्न हाल्नुहोस् । पुस्तौँसम्म यसलाई परमप्रभुको सामु सुरक्षित राख्नुहोस् ।”
梅瑟向亞郎說:「拿一個罐子,裝滿一「曷默耳」瑪納,放在上主面前,留給你們的後代子孫。」
34 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ हारूनले यसलाई करारको सन्दुकको छेउमा राखे ।
亞郎就照上主吩咐梅瑟的話,將瑪納放在約版前面,保留起來。
35 इस्राएलीहरू मानिसहरू बसोबास गरेको भूमिमा नआउञ्जेलसम्म तिनीहरूले चालिस वर्षसम्म मन्न खाइरहे । तिनीहरू कनान देशका सिमानाहरूमा नआउञ्जेलम्म यो खाइरहे ।
以色列子民吃瑪納四十年之久,直到進入有人居住的地方為止;他們吃瑪納,直到進入客納罕地的邊界。
36 एक ओमेर आधा पाथी हुन्छ ।
一「曷默耳」是一「厄法」的十分之一。