< प्रस्थान 15 >
1 तब मोशा र इस्राएलका मानिसहरूले परमप्रभुको निम्ति यो गीत गाए । तिनीहरूले भने, “म परमप्रभुको निम्ति गाउनेछु किनकि उहाँले महिमामा विजय हासिल गर्नुभएको छ । घोडा र यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ ।
Alors Moïse et les enfants d'Israël chantèrent ce cantique à Yahvé, et dirent, « Je chanterai à Yahvé, car il a triomphé glorieusement. Il a jeté le cheval et son cavalier dans la mer.
2 परमप्रभु मेरो शक्ति र गीत हुनुहुन्छ, र उहाँ मेरा उद्धार हुनुभएको छ । उहाँ मेरा परमेश्वर हुनुहुन्छ, र म उहाँको प्रशंसा गर्नेछु । उहाँ मेरा पिता-पुर्खाका परमेश्वर हुनुहुन्छ र म उहाँलाई उचाल्छु ।
Yah est ma force et mon chant. Il est devenu mon salut. C'est mon Dieu, et je le louerai; le Dieu de mon père, et je l'exalterai.
3 परमप्रभु मेरा योद्धा हुनुहुन्छ, उहाँको नाउँ परमप्रभु हो ।
Yahvé est un homme de guerre. Yahvé est son nom.
4 उहाँले फारोका रथहरू र सेनालाई समुद्रमा फालिदिनुभएको छ । फारोका छानिएका अधिकृतहरू लाल समुद्रमा डुबे ।
Il a jeté dans la mer les chars de Pharaon et son armée. Ses capitaines choisis sont coulés dans la Mer Rouge.
5 गहिराइले तिनीहरूलाई छोप्यो । तिनीहरू पत्थरजस्तै गहिराइमा डुबे ।
Les profondeurs les recouvrent. Ils sont descendus dans les profondeurs comme une pierre.
6 हे परमप्रभु, तपाईंको दाहिने बाहुली शक्तिमा महिमित छ । हे परमप्रभु, तपाईंको दाहिने बाहुलीले शत्रुलाई चकनाचुर पारिदिएको छ ।
Ta droite, Yahvé, est glorieuse en puissance. Ta main droite, Yahvé, met l'ennemi en pièces.
7 महान् गौरवमा तपाईंले तपाईंको विरुद्धमा उठ्नेहरूलाई तल झारिदिनुभयो । तपाईंले आफ्नो क्रोध पठाउनुभयो । यसले तिनीहरूलाई ठोसालाई झैँ भस्म पार्यो ।
Dans la grandeur de ton excellence, tu renverses ceux qui s'élèvent contre toi. Tu envoies ta colère. Elle les consume comme du chaume.
8 तपाईंको नाकको सासले पानीको थुप्रो लाग्यो । बगिरहेको पानी स्थिर भई उभियो । गहिरो पानी समुद्रको मुटुमा जम्यो ।
Par le souffle de tes narines, les eaux se sont amoncelées. Les inondations se sont redressées comme un tas. Les profondeurs étaient figées au cœur de la mer.
9 शत्रुले भन्यो, 'म पिछा गर्नेछु; म जित्नेछु; म लुटका मालहरू बाँड्नेछु । मेरो इच्छा तिनमा तृप्त हुनेछ । म मेरो तरवार थुत्नेछु । मेरा हातले तिनीहरूलाई नष्ट पार्नेछन् ।'
L'ennemi dit: « Je poursuivrai. Je les rattraperai. Je partagerai le butin. Mon désir sera satisfait sur eux. Je tirerai mon épée. Ma main les détruira.
10 तर तपाईंले आफ्नो बतास चलाइदिनुभयो, र समुद्रले तिनलाई ढाक्यो । तिनीहरू उर्लंदो भेलमा सिसाजस्तै डुबे ।
Tu as soufflé avec ton vent. La mer les a recouverts. Ils ont coulé comme du plomb dans les eaux puissantes.
11 हे परमप्रभु, देवहरूका बिचमा तपाईंजस्तो को छ र? पवित्रतामा तपाईं वैभवशाली, प्रशंसामा आदरणीय, आश्चर्यकर्म गर्नुहुने तपाईंजस्तै को छ र?
Qui est comme toi, Yahvé, parmi les dieux? qui est comme toi, glorieux dans la sainteté, redoutant les louanges, faisant des merveilles?
12 तपाईंले आफ्नो दाहिले बाहुली पसार्नुभयो, र पृथ्वीले तिनीहरूलाई निल्यो ।
Tu as étendu ta main droite. La terre les a avalés.
13 तपाईंको करारको बफादारीमा तपाईंले आफूले छुटकारा दिनुभएका मानिसहरूलाई डोर्याउनुभएको छ । तपाईंको शक्तिमा तपाईंले तिनीहरूलाई तपाईंको पवित्र वासस्थानमा डोर्याउनुभएको छ ।
« Toi, dans ta bonté, tu as conduit le peuple que tu as racheté. Tu les as guidés dans ta force jusqu'à ta demeure sainte.
14 जाति-जातिहरूले सुन्नेछन्, र तिनीहरू थरथर काँप्नेछन् । त्रासले पलिश्तीहरूका बासिन्दाहरूलाई पक्रनेछ ।
Les peuples ont entendu. Ils tremblent. Les habitants de Philadelphie ont été frappés par les douleurs.
15 तब एदोमका मुखियाहरू डराउनेछन् । मोआबका सिपाहीहरू हल्लिनेछन् । कनानका सबै बासिन्दा पग्लनेछन् ।
Alors les chefs d'Edom furent consternés. Le tremblement s'empare des hommes puissants de Moab. Tous les habitants de Canaan ont fondu.
16 आतङ्क र त्रास उनीहरूमाथि पर्नेछन् । हे परमप्रभु, तपाईंका मानिसहरू पार नहोउञ्जेल र तपाईंले छुटकारा दिनुभएका मानिसहरू पार नहोउञ्जेल तपाईंको पाखुराको शक्तिको कारणले तिनीहरू पत्थरझैँ अचल रहनेछन् ।
La terreur et l'effroi s'abattent sur eux. Par la grandeur de ton bras, ils sont immobiles comme une pierre, jusqu'à ce que ton peuple passe, Yahvé, jusqu'au passage des personnes que vous avez achetées.
17 तपाईंले तिनीहरूलाई ल्याउनुहुनेछ, र तिनीहरूलाई तपाईंको उत्तराधिकारको पर्वतमा रोप्नुहुनेछ । हे परमप्रभु, यो त्यो ठाउँ हो जहाँ तपाईंले आफ्नो बासस्थान बनाउनुभयो, हे हाम्रा प्रभु जुन पवित्रस्थानलाई तपाईंका हातले बनाएका छन् ।
Tu les feras entrer et tu les planteras dans la montagne de ton héritage, le lieu, Yahvé, que tu t'es fait pour y habiter: le sanctuaire, Seigneur, que tes mains ont établi.
18 परमप्रभुले सदासर्वदा शासन गर्नुहुनेछ ।”
Yahvé régnera pour toujours et à jamais. »
19 किनकि फारोका घोडाहरू तिनीहरूका रथहरू र घोडचढीहरूसँगै समुद्रमा पुगे । परमप्रभुले तिनीहरूमाथि फेरि समुद्रको पानी फर्काएर ल्याउनुभयो । तर इस्राएलीहरू समुद्रको बिचमा ओबानो भूमिबाट हिँडेर गए ।
Car les chevaux de Pharaon, avec ses chars et ses cavaliers, entrèrent dans la mer, et Yahvé ramena sur eux les eaux de la mer; mais les enfants d'Israël marchèrent à sec au milieu de la mer.
20 हारूनकी दिदी अगमवादिनी मिरियमले खैँजडी लिइन्, र सबै स्त्रीले पनि खैँजडी लिँदै उनीसँगै नाचे ।
Miriam, la prophétesse, sœur d'Aaron, prit un tambourin dans sa main; et toutes les femmes sortirent après elle avec des tambourins et en dansant.
21 मिरियमले तिनीहरूका निम्ति गाइन्, “परमप्रभुको निम्ति गाओ किनकि उहाँले महिमामा विजय हासिल गर्नुभएको छ । घोडा र यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ ।”
Miriam leur répondit, « Chantez à Yahvé, car il a triomphé avec gloire. Il a jeté le cheval et son cavalier dans la mer. »
22 तब मोशाले इस्राएललाई लाल समुद्रबाट अगाडि लगे । तिनीहरू शूरको उजाड-स्थानमा लागे । तिन दिनसम्म तिनीहरूले उजाड-स्थानमा यात्रा गरे र पानी पाएनन्
Moïse fit partir Israël de la mer Rouge, et ils entrèrent dans le désert de Schur. Ils marchèrent trois jours dans le désert, et ne trouvèrent point d'eau.
23 । त्यसपछि तिनीहरू मारा भन्ने ठाउँमा आइपुगे, तर त्यहाँको पानी तितो भएकोले तिनीहरूले पिउन सकेनन् । त्यसैले तिनीहरूले त्यस ठाउँको नाउँ मारा राखे ।
Lorsqu'ils arrivèrent à Mara, ils ne purent boire des eaux de Mara, car elles étaient amères. C'est pourquoi on l'appela Mara.
24 त्यसकारण मानिसहरूले “हामीले के पिउने?” भनी मोशालाई गनगन गरे ।
Le peuple murmura contre Moïse, en disant: « Que boirons-nous? »
25 मोशाले परमप्रभुलाई पुकारा गरे, र उहाँले तिनलाई एउटा बिरुवा देखाइदिनुभयो । मोशाले त्यसलाई पानीमा हाल्दा पानी पिउनलाई मिठो भयो । त्यहीँ नै परमप्रभुले तिनीहरूलाई कडा विधि दिनुभयो, त्यहाँ नै उहाँले तिनीहरूको जाँच गर्नुभयो ।
Moïse cria à Yahvé. Yahvé lui montra un arbre, qu'il jeta dans les eaux, et les eaux devinrent douces. Là, il établit pour eux une loi et une ordonnance, et là, il les mit à l'épreuve.
26 उहाँले भन्नुभयो, “तिमीहरूले तिमीहरूका परमप्रभु परमेश्वरको आवाजलाई होसियारीपूर्वक सुन्यौ, र उहाँको दृष्टिमा जे ठिक छ त्यही गर्यौ, र तिमीहरूले उहाँका आज्ञाहरूमा ध्यान दियौ र उहाँका विधिहरू पालन गर्यौ भने मैले मिश्रीहरूमाथि ल्याएको कुनै पनि विपत्ति तिमीहरूमाथि ल्याउनेछैनँ किनकि म चङ्गाइ गर्ने परमेश्वर हुँ ।”
Il dit: « Si vous écoutez attentivement la voix de l'Éternel, votre Dieu, si vous faites ce qui est juste à ses yeux, si vous êtes attentifs à ses commandements et si vous observez toutes ses lois, je ne vous infligerai aucune des maladies que j'ai infligées aux Égyptiens, car je suis l'Éternel qui vous guérit. »
27 तब मानिसहरू एलीममा आइपुगे जहाँ पानीका बार्हवटा मुल र सत्तरीवटा खजुरका रुख थिए । तिनीहरूले पानी नजिकै पाल टाँगे ।
Ils arrivèrent à Elim, où il y avait douze sources d'eau et soixante-dix palmiers. Ils campèrent là, près des eaux.