< प्रस्थान 14 >
1 तब परमप्रभुले मोशालाई यसो भन्नुभयो,
Sidan tala Herren til Moses, og sagde:
2 “इस्राएलीहरू फर्केर मिग्दोल र समुद्रको बिचमा बाल-सेफोनको अगाडि पी-हहीरोतका सामु पाल टाँगेर बसून् । तिमीहरूले पी-हहीरोतको सामुन्ने समुद्रनेर पाल टाँग्नुपर्छ ।
«Seg med Israels-folket at dei skal snu um og lægra seg framanfor Pi-Hakhirot, millom Migdol og havet; beint for Ba’al-Sefon, midt imot, skal de lægra dykk utmed havet.
3 फारोले इस्राएलीहरूको बारेमा भन्नेछन्, “तिनीहरू देशमा भौतारिहरहेका छन् । उजाड-स्थानले तिनीहरूलाई थुनिदिएको छ ।'
Då kjem Farao til å segja um Israels-folket: «Dei hev kome på villstig, og finn ikkje ut or heidi att.»
4 म फारोको ह्रदय कठोर बनाउनेछु र त्यसले तिमीहरूको पिछा गर्नेछ । फारो र त्यसका सबै सेनाको कारणले गर्दा मैले आदर पाउनेछु । म नै परमप्रभु हुँ भनी मिश्रीहरूले जान्नेछन् ।” इस्राएलीहरूलाई आज्ञा गरिएझैँ तिनीहरूले पाल टाँगे ।
Og eg vil herda hugen åt Farao, so han set etter deim; då skal eg syna magti mi på Farao og heile heren hans, og egyptarane skal få kjenna at eg er Herren.» So gjorde dei som Herren sagde.
5 इस्राएलीहरू भागे भनी जब मिश्रका राजालाई बताइयो फारो र तिनका अधिकारीहरूको मन इस्राएलीहरूको विरुद्धमा फर्कियो । तिनीहरूले भने, “हामीले के गर्यौँ? हामीले इस्राएललाई हाम्रो सेवा गर्नबाट छाडिदिएछौँ ।”
Då kongen i Egyptarland fekk vita at Israels-folket hadde rømt landet, då skifte han hug, både han og mennerne hans, og dei sagde: «Kva hev me gjort, som slepte Israel utor tenesta?»
6 तब फारोले आफ्ना रथहरू तयार पारे र आफ्नो सेना लिएर अगाडि बढे ।
So beitte han fyre vogni si, og herfolket sitt tok han med seg.
7 तिनले छ सयवटा रोजाइका रथसाथै मिश्रका अन्य सबै रथहरू र तीमाथि अधिकृतहरूलाई लिएर गए ।
Seks hundrad utvalde vogner tok han, og sidan kvar vogn som fanst i Egyptarland, og kjempor var det på alle.
8 परमप्रभुले मिश्रका राजा फारोको ह्रदय कठोर पारिदिनुभएको थियो । त्यसैले राजाले इस्राएलीहरूको पिछा गरे । इस्राएलीहरू विजयका साथ गइसकेका थिए ।
For Herren herde hugen åt Farao, egyptarkongen, so han sette etter Israels-folket. Israels-mennerne tok ut med verja i hand,
9 तर मिश्रीहरूले आफ्ना सबै घोडा, रथ, घोडचढी र सेना लिएर तिनीहरूको पिछा गरे । तिनीहरूले इस्राएलीहरूलाई बाल-सेफोनको अगाडि पी-हहीरोतनेर पाल टाँगेर बसिरहेको भेट्टाए ।
men egyptarane sette etter, alle vognhestarne åt Farao og riddarane og hermagti hans, og nådde deim att utmed havet, der dei hadde lægra seg, tett innmed Pi-Hakhirot, midt for Ba’al-Sefon.
10 जब फारो नजिक आइपुगे इस्राएलीहरूले माथि हेरे र तिनीहरू छक्क परे । मिश्रीहरू तिनीहरूको पिछा गर्दै अगाडि बढ्दै थिए । इस्राएलीहरू अत्यन्तै डराए । तिनीहरूले परमप्रभुलाई पुकारे ।
Farao kom næmare og næmare, og då Israels-folket skulde sjå til, då såg dei egyptarane kom setjande etter deim. Då vart Israels-folket fælande rædde, og ropa til Herren.
11 तिनीहरूले मोशालाई भने, “के मिश्रमा चिहान नभएकोले तपाईंले हामीलाई यस उजाड-स्थानमा मर्न ल्याएउनुभएको हो? मिश्रबाट बाहिर निकाली किन तपाईंले हामीसित यसरी व्यवहार गर्नुभएको?
Og dei sagde med Moses: «Fanst det då ikkje graver i Egyptarland, med di du laut hava oss hit og lata oss døy i villmarki? Kvi gjorde du oss dette og lokka oss burt frå Egyptarland?
12 के मिश्रमा छँदा नै हामीले यसको भनेका थिएनौँ र? हामीले तपाईंलाई भन्यौँ, 'मिश्रीहरूका निम्ति काम गर्न हामीलाई एक्लै छाडिदिनुहोस् ।' उजाड-स्थानमा मर्नुभन्दा त तिनीहरूकै निम्ति काम गर्नु असल हुनेथियो ।”
Var det ikkje det me sagde med deg i Egyptarland! «Lat oss vera i fred!» sagde me, «me vil tena egyptarane; det er betre for oss, det, enn å døy i ville heidi.»»
13 मोशाले मानिसहरूलाई भने, “नडराओ । स्थिर रहो, र आज परमप्रभुले तिमीहरूलाई दिनुहुने छुटकारालाई हेर । किनकि आज तिमीहरूले देखेका यी मिश्रीहरूलाई तिमीहरूले फेरि कहिल्यै देख्नेछैनौ ।
Då sagde Moses til folket: «Ver ikkje rædde! Statt no her og sjå den hjelpi som Herren vil senda dykk i dag; for likso visst som de ser egyptarane i dag, likso visst skal de aldri sjå deim meir i all æva.
14 परमप्रभु तिमीहरूका पक्षमा लड्नुहुनेछ । तिमीहरू केवल स्थिर भएर बस ।”
Herren vil strida for dykk, og de skal halda dykk stille.»
15 तब परमप्रभुले मोशालाई भन्नुभयो, “ए मोशा, किन तँ मेरो पुकार गर्दै छस्? इस्राएलीहरूलाई अगाडि बढ्न आज्ञा दे ।
Og Herren sagde til Moses: «Kvi kallar du på meg? Seg med Israels-folket at dei skal taka i vegen!
16 तेरो लट्ठी उठाएर तेरो हात समुद्रतिर पसार् र यसलाई दुई भागमा विभाजन गर् ताकि इस्राएलका मानिसहरू सुक्खा भूमिबाट हिँडेर जान सकून् ।
Og du skal lyfte staven din, og retta handi ut yver havet og kløyva det, so Israels-folket kann ganga midt igjenom havet på turre botnen.
17 मिश्रीहरू तिमीहरूका पिछा गरून् भनेर म तिनीहरूका ह्रदय कठोर पारिदिनेछु भन्ने कुरामा सचेत हो । फारो र त्यसका सबै सेना, त्यसका रथहरू र त्यसका घोडचढीहरूको कारणले मैले आदर पाउनेछु ।
Men eg vil herda hugen åt egyptarane, so dei set etter deim. Då skal eg syna magti mi på Farao og heile hans her, på vognerne og riddarane hans.
18 तब फारो र त्यसका सबै सेना, त्यसका रथहरू र त्यसका घोडचढीहरूको कारणले मैले आदर पाउँदा म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।”
Og egyptarane skal få kjenna at eg er Herren, når eg brukar veldet mitt på Farao og vognerne og riddarane hans.»
19 इस्राएलीहरूको अगिअगि गएका परमेश्वरका दूत त्यहाँबाट तिनीहरूका पछिल्तिर सरे । मिश्रको छाउनी र इस्राएलको छाउनीको बिचमा बादल आएर बस्यो ।
Og Guds engel, som gjekk fyre Israels-heren, tukka seg og steig attum deim: skystopulen, som var framanfor deim, flutte seg og vart standande attanfor,
20 यो मिश्रीहरूको लागि अन्धकार बादल थियो जब कि यसले इस्राएलीहरूलाई रातमा प्रकाश दिन्थ्यो । तिनीहरू रातभरि एक-अर्काको नजिक आएनन् ।
so han kom imillom egyptarane og Israels-heren; på den eine sida var han skum og myrk, og på hi sida lyste han upp natti, og herarne kom ikkje innåt kvarandre heile natti.
21 मोशाले समुद्रतिर आफ्नो हात पसारे । परमप्रभुले रातभरि सबैभन्दा शक्तिशाली पूर्वीय बतास चलाइदिनुभयो र समुद्रलाई सुक्खा भूमिमा परिणत गराइदिनुभयो ।
Då rette Moses handi si ut yver havet, og Herren sende ei strid austanvind, som bles heile natti, so vatnet dreiv undan: han gjorde havet til turt land, og vatnet kløyvde seg.
22 इस्राएलीहरू समुद्रको बिचबाट ओबानो भूमिबाट गए । पानीले तिनीहरूको दायाँ र बायाँ खम्बाको रूपमा काम गर्यो ।
Og Israels-folket gjekk tvert gjenom havet på turre grunnen, og vatnet stod som ein mur både på høgre og vinstre sida.
23 मिश्रीहरूले तिनीहरूको पिछा गरिरहे । फारोका सबै घोडा, रथ र घोडचढीहरू समुद्रको बिचमा तिनीहरूको पछिपछि लागे ।
Men egyptarane sette etter, og fylgde til midt ut i havet, alle hestarne åt Farao og vognerne og riddarane hans.
24 तर बिहानी पखतिर परमप्रभुले आगो र बादलको खाँबोबाट मिश्री सेनालाई हेर्नुभयो । उहाँले मिश्रीहरूका बिचमा अलमल गराइदिनुभयो ।
So hende det fyrstundes i otta at Herren såg ned på egyptarheren frå eld- og skystopulen og forvilla egyptarheren.
25 तिनीहरूका रथका पाङ्ग्राहरू फुस्काइदिनुभयो र घोडचढीहरूलाई अगाडि बढ्न मुश्किल भयो । त्यसैले मिश्रीहरूले भने, “हामी इस्राएलबाट भागौँ किनकि परमप्रभु नै तिनीहरूको पक्षमा रही हाम्रो विरुद्धमा लड्दै हुनुहुन्छ ।”
Han slo hjuli undan vognerne deira, so det gjekk tungt for deim å koma fram. Då sagde egyptarane: «Lat oss røma for Israel! For Herren er med deim og strider mot egyptarane!»
26 परमप्रभुले मोशालाई भन्नुभयो, “पानी मिश्रीहरू, तिनीहरूका रथहरू र तिनीहरूका घोडचढीहरूमाथि आओस् भनेर तेरो हात समुद्रमाथि पसार् ।”
Og Herren sagde til Moses: «Rett handi di ut yver havet, so skal vatnet fløyma attende yver egyptarane, yver vognerne og riddarane deira!»
27 त्यसैले मोशाले आफ्नो हात समुद्रमाथि पसारे र बिहान हुँदा यो आफ्नो सामान्य मार्गमा आयो । मिश्रीहरू समुद्रमा भागे, र परमप्रभुले मिश्रीहरूलाई समुद्रको बिचमा फ्याँकिदिनुभयो ।
So rette Moses handi ut yver havet, og då det leid imot morgonen, kom havet veltande attende i det gamle romet sitt, men egyptarane rømde beint imot bårorne, og Herren støytte deim midt ut i havet.
28 पानी फर्केर आयो र इस्राएलीहरूको पिछा गर्ने फारोका रथ, घोडचढी र तिनका पुरै सेनालाई पानीले ढाकिदियो । कोही पनि बाँचेन ।
Vatnet flødde i hop att, og gøymde vognerne og riddarane i heile Farao-heren, som hadde fylgt etter deim ut i havet; det vart ikkje att ein einast ein.
29 तर इस्राएलीहरू समुद्रको बिचमा ओबानो भूमिबाट हिँडेर गए । पानी तिनीहरूको दायाँ र बायाँ पर्खालको रूपमा खडा रह्यो ।
Men Israels-folket gjekk tvert igjenom havet på turre sanden, og vatnet stod som ein mur på både sidorne, både den høgre og den vinstre.
30 यसरी त्यस दिन परमप्रभुले इस्राएललाई मिश्रीहरूको हातबाट बचाउनुभयो, र इस्राएलले समुद्री तटमा मिश्रीहरूका लाशहरू देखे ।
Soleis berga Herren den dagen Israel for egyptarane, og Israel skoda egyptarane korleis dei låg daude på havstrandi.
31 परमप्रभुले मिश्रीहरूको विरुद्धमा प्रयोग गर्नुभएको महान् शक्तिलाई जब इस्राएलले देख्यो मानिसहरूले परमप्रभुको आदर गरे, र तिनीहरूले परमप्रभु र उहाँका दास मोशामाथि भरोसा गरे ।
Og då folket såg Guds allmagt på det han gjorde med egyptarane, då fekk dei age for Herren, og dei trudde på Herren og på Moses, tenaren hans.