< प्रस्थान 10 >
1 परमप्रभुले मोशालाई भन्नुभयो, “फारोकहाँ जा किनकि मैले त्यसको र त्यसका अधिकारीहरूका ह्रदय कठोर बनाइदिएको छु । तिनीहरूका बिचमा मेरो शक्तिका यी चिन्हहरू देखाउनलाई मैले यसो गरेको हुँ ।
耶和华对摩西说:“你进去见法老。我使他和他臣仆的心刚硬,为要在他们中间显我这些神迹,
2 मैले गरेका कुराहरू, मैले मिश्रलाई कसरी कठोरतापूर्वक व्यवहार गरेँ र तिनीहरूका बिचमा मेरो शक्तिका विभिन्न चिन्हहरू कसरी देखाएँ भनी तैँले तेरा छोराछोरीहरू र नातिनातिनाहरूलाई बताउनेछस् भनेर पनि मैले यसो गरेको हुँ । यसरी म परमप्रभु हुँ भनी तैँले जान्नेछस् ।”
并要叫你将我向埃及人所做的事,和在他们中间所行的神迹,传于你儿子和你孙子的耳中,好叫你们知道我是耶和华。”
3 त्यसैले मोशा र हारून फारोकहाँ गए र भने, “हिब्रूहरूका परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः मेरो सामु आफैलाई विनम्र पार्न कहिलेसम्म अस्वीकार गर्छस्? मेरो आराधना गर्न मेरा मानिसहरूलाई जान दे ।
摩西、亚伦就进去见法老,对他说:“耶和华—希伯来人的 神这样说:‘你在我面前不肯自卑要到几时呢?容我的百姓去,好事奉我。
4 तैँले मेरा मानिसहरूलाई जान दिन इन्कार गरिस् भने सुन्, भोलि म तेरो देशमा सलहहरू ल्याउनेछु ।
你若不肯容我的百姓去,明天我要使蝗虫进入你的境内,
5 कसैले जमिनलाई देख्न नसक्ने गरी तिनीहरूले भुइँलाई ढाक्नेछन् । असिनाबाट बचेर रहेका कुनै पनि चिज तिनीहरूले खाइदिनेछन् । खेतमा उम्रने हरेक रुखलाई पनि तिनीहरूले खाइदिनेछन् ।
遮满地面,甚至看不见地,并且吃那冰雹所剩的和田间所长的一切树木。
6 तिनीहरू तेरा, तेरा सबै अधिकारीसाथै सबै मिश्रीका घरहरूमा भरिनेछन् । यस्तो तिमीहरूका बुबा र हजुर बुबाहरूले पृथ्वीको स्थापना भएदेखि आजको दिनसम्म कहिल्यै देखेका छैनन्' ।” त्यसपछि मोशा फारोकहाँबाट निस्केर गए ।
你的宫殿和你众臣仆的房屋,并一切埃及人的房屋,都要被蝗虫占满了;自从你祖宗和你祖宗的祖宗在世以来,直到今日,没有见过这样的灾。’”摩西就转身离开法老出去。
7 फारोका अधिकारीहरूले तिनलाई भने, “कहिलेसम्म यो मानिसले हामीलाई धम्की दिने? तिनीहरूका परमप्रभु परमेश्वरलाई आराधना गर्न इस्राएलीहरूलाई जान दिनुहोस् । मिश्र नष्ट भएको के हजुरले देख्नुभएको छैन र?”
法老的臣仆对法老说:“这人为我们的网罗要到几时呢?容这些人去事奉耶和华—他们的 神吧!埃及已经败坏了,你还不知道吗?”
8 मोशा र हारून फेरि पनि फारोकहाँ ल्याइए । फारोले तिनीहरूलाई भने, “तिमीहरूका परमप्रभु परमेश्वरको आराधना गर्न जाओ । तर जानेहरूचाहिँ को-को हुनेछन्?”
于是摩西、亚伦被召回来见法老;法老对他们说:“你们去事奉耶和华—你们的 神;但那要去的是谁呢?”
9 मोशाले भने, “हामी हाम्रा छोराछोरीहरू, बुढाबुढीहरू लिएर जानेछौँ । हामीले हाम्रा गाईवस्तु र भेडा-बाख्राहरू लिएर जानेछौँ किनकि हामीले परमप्रभुको निम्ति चाड मनाउनुपर्छ ।”
摩西说:“我们要和我们老的少的、儿子女儿同去,且把羊群牛群一同带去,因为我们务要向耶和华守节。”
10 फारोले तिनीहरूलाई भने, “मैले तिमीहरू र तिमीहरूका सन्तानहरूलाई जान दिएँ भने वास्तवमा परमप्रभु तिमीहरूसँगै होऊन् । हेर, तिमीहरूको मनमा कुनै दुष्टता छ ।
法老对他们说:“我容你们和你们妇人孩子去的时候,耶和华与你们同在吧!你们要谨慎;因为有祸在你们眼前,
11 तिमीहरूमा बिचमा भएका पुरुषहरू मात्र गएर परमप्रभुको आराधना गरून् किनकि तिमीहरूले चाहेको यही नै हो ।” त्यसपछि मोशा र हारूनलाई फारोको उपस्थितिबाट हटाइयो ।
不可都去!你们这壮年人去事奉耶和华吧,因为这是你们所求的。”于是把他们从法老面前撵出去。
12 तब परमप्रभुले मोशालाई भन्नुभयो, “सलहहरू मिश्र देशमा आऊन् भनी तेरो हात पसार् । असिनाको आक्रमणबाट बाँकी रहेका मिश्र देशका हरेक थोकमाथि तिनीहरूले आक्रमण गरून् ।”
耶和华对摩西说:“你向埃及地伸杖,使蝗虫到埃及地上来,吃地上一切的菜蔬,就是冰雹所剩的。”
13 मोशाले आफ्नो लट्ठी मिश्र देशमाथि पसारे अनि परमप्रभुले दिनरात समस्त देशमा पूर्वीय बतास चलाइदिनुभयो । बिहान हुँदा पूर्वीय बतासले सलहहरू ल्याएको थियो ।
摩西就向埃及地伸杖,那一昼一夜,耶和华使东风刮在埃及地上;到了早晨,东风把蝗虫刮了来。
14 सलहहरू मिश्र देशभरि गए र यसका सबै भू-भागमा हुल-हुल भएर बसे । त्यस देशमा सलहहरूको यस्तो हुल कहिल्यै देखा परेको थिएन र यसपछि पनि यस्तो कहिल्यै हुनेछैन ।
蝗虫上来,落在埃及的四境,甚是厉害;以前没有这样的,以后也必没有。
15 पुरै अन्धकार हुने गरी तिनीहरूले पुरै देशको सतहलाई ढाके । असिनाले नष्ट गरेर छाडेका रुखहरूका सबै फल र खेतका सबै बोट-बिरुवा तिनीहरूले खाइदिए । मिश्र देशभरि कुनै जीवित हरियो बिरुवा बाँकी रहेन न त खेतमा नै कुनै रुख-बिरुवा बाँकी रह्यो ।
因为这蝗虫遮满地面,甚至地都黑暗了,又吃地上一切的菜蔬和冰雹所剩树上的果子。埃及遍地,无论是树木,是田间的菜蔬,连一点青的也没有留下。
16 त्यसपछि फारोले झट्टै मोशा र हारूनलाई डाक्न पठाए र भने, “मैले तिमीहरूका परमेश्वर र तिमीहरूको विरुद्धमा पाप गरेको छु ।
于是法老急忙召了摩西、亚伦来,说:“我得罪耶和华—你们的 神,又得罪了你们。
17 अब यस पल्ट मेरो पाप क्षमा गरिदेऊ र मबाट यस मृत्युलाई लगियोस् भनी तिमीहरूका परमप्रभु परमेश्वरसित बिन्ती चढाइदेओ ।”
现在求你,只这一次,饶恕我的罪,求耶和华—你们的 神使我脱离这一次的死亡。”
18 त्यसैले मोशा फारोकहाँबाट गए र परमप्रभुलाई बिन्ती चढाए ।
摩西就离开法老去求耶和华。
19 परमप्रभुले निकै शक्तिशाली पश्चिमी बतास चलाइदिनुभयो जसले सलहहरूलाई उडाई लाल समुद्रमा लग्यो । मिश्रका इलाकाभित्र एउटै पनि सलह रहेन ।
耶和华转了极大的西风,把蝗虫刮起,吹入红海;在埃及的四境连一个也没有留下。
20 तर परमप्रभुले फारोको ह्रदय कठोर बनाइदिनुभयो र तिनले इस्राएलीहरूलाई जान दिएनन् ।
但耶和华使法老的心刚硬,不容以色列人去。
21 त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “आकाशतिर तेरो हात पसार् अनि मिश्र देशभरि महसुस गर्न सकिने अन्धकार होस् ।”
耶和华对摩西说:“你向天伸杖,使埃及地黑暗;这黑暗似乎摸得着。”
22 मोशाले आफ्नो हात आकाशतिर पसारे र मिश्र देशभरि तिन दिनसम्म निस्पट्ट अन्धकार छायो ।
摩西向天伸杖,埃及遍地就乌黑了三天。
23 कसैले कसैलाई देख्न सक्दैनथ्यो । तिन दिनसम्म कोही पनि आफ्नो घरबाहिर निस्केन । तर सबै इस्राएली बसेको ठाउँमा भने उज्यालै थियो ।
三天之久,人不能相见,谁也不敢起来离开本处;惟有以色列人家中都有亮光。
24 फारोले मोशालाई बोलाउन पठाए र भने, “गएर परमप्रभुको आराधना गर । तिमीहरूका परिवारहरू पनि तिमीहरूसँगै जान सक्नेछन्, तर तिमीहरूका गाईवस्तु र भेडा-बाख्राहरूलाई भने यहीँ छाड ।”
法老就召摩西来,说:“你们去事奉耶和华;只是你们的羊群牛群要留下;你们的妇人孩子可以和你们同去。”
25 तर मोशाले भने, “हाम्रा परमप्रभु परमेश्वरलाई बलिदान चढाउन तपाईंले हामीलाई बलिदान र होमबलिको निम्ति पशुहरू पनि दिनुपर्छ ।
摩西说:“你总要把祭物和燔祭牲交给我们,使我们可以祭祀耶和华—我们的 神。
26 हाम्रा गाईवस्तु पनि हामीसितै जानुपर्छ । तिनीहरूका खुर पनि छोडिनुहुँदैन किनकि हाम्रा परमप्रभु परमेश्वरको आराधना गर्न हामीले तिनलाई लैजानैपर्छ । किनकि हामी त्यहाँ नपुगेसम्म हामीले परमप्रभुलाई के-के चढाएर आराधना गर्ने भनी हामीलाई थाहा हुँदैन ।”
我们的牲畜也要带去,连一蹄也不留下;因为我们要从其中取出来,事奉耶和华—我们的 神。我们未到那里,还不知道用什么事奉耶和华。”
27 तर परमप्रभुले फारोको ह्रदय कठोर पारिदिनुभयो र तिनले तिनीहरूलाई जान दिएनन् ।
但耶和华使法老的心刚硬,不肯容他们去。
28 फारोले मोशालाई भने, “मबाट जाऊ! एउटा कुराको बारेमा होसियार होऊ । अबदेखि मेरो सामु देख नपर किनकि मेरो अनुहार देखेको दिनमा तिमी मर्नेछौ ।”
法老对摩西说:“你离开我去吧,你要小心,不要再见我的面!因为你见我面的那日你就必死!”
29 मोशाले भने, “तपाईंले भन्नुभएझैँ होस् । म फेरि तपाईंको अनुहार हेर्नेछैनँ ।”
摩西说:“你说得好!我必不再见你的面了。”