< एस्तर 8 >
1 त्यस दिन राजा अहासूरसले रानी एस्तरलाई यहूदीहरूका शत्रु हामानको सम्पत्ति दिए, र मोर्दकैले राजाको सामु सेवा गर्न थाले किनकि कसरी मोर्दकै उनीसित सम्बन्धित थिए भनी एस्तरले राजालाई बताएकी थिइन् ।
El mismo día dio el rey Asuero a la reina Ester la casa de Amán enemigo de los Judíos: y Mardoqueo vino delante del rey; porque Ester le declaró el parentesco que él tenía con ella.
2 राजाले हामानबाट लिएको आफ्नो छाप-औँठी निकालेर मोर्दकैलाई दिए । एस्तरले मोर्दकैलाई हामानको जमिनको जिम्मा दिइन् ।
Y quitó el rey su anillo que había vuelto a tomar de Amán, y diólo a Mardoqueo: y Ester puso a Mardoqueo sobre la casa de Amán.
3 तब एस्तरले फेरि राजासित कुरा गरिन् । उनले भुइँतिर शिर झुकाइन्, र अगागी हामानले यहूदीहरूको विरुद्धमा रचेको षडयन्त्र, खराब योजनालाई रद्द गरिदिन उनले रुँदै राजालाई बिन्ती गरिन् ।
Y volvió Ester, y habló delante del rey, y echóse a sus pies llorando, y rogándole que anulase la maldad de Amán Agageo, y su pensamiento que había pensado contra los Judíos.
4 राजाले एस्तरतिर सुनको राजदण्ड पसारे, तब उनी उठिन् र राजाको सामु खडा भइन् ।
Y extendió el rey a Ester la vara de oro, y Ester se levantó, y se puso en pie delante del rey,
5 उनले भनिन्, “राजालाई खुसी लागेमा, र मैले हजुरको नजरमा निगाह पाएकी छु भने, राजाको सामु यो कुरो ठिक लाग्छ भने, र हजुरको नजरमा मैले हजुरलाई खुशी पार्न सकेकी छु भने, अगागी हम्मदाताको छोरा हामानद्वारा राजाका सबै प्रान्तमा भएका यहूदीहरूलाई नष्ट पार्न भनी लेखिएका चिट्ठीहरू रद्द गर्न एउटा आदेश लेखियोस् ।
Y dijo: Si place al rey, y si he hallado gracia delante de él, y si la cosa es recta delante del rey, y si yo soy buena en sus ojos, sea escrito para revocar las cartas del pensamiento de Amán, hijo de Amadata Agageo, que escribió para destruir a los Judíos, que están en todas las provincias del rey.
6 किनकि मेरो जातिमाथि आइपर्ने विपत्ती देख्दा म कसरी सहन सक्छु? मेरा नातेदारहरूको विनाश हेर्ने कुरा मैले कसरी सहन सक्छु?”
Porque ¿cómo podré yo ver el mal que hallará a mi pueblo? ¿cómo podré yo ver la destrucción de mi nación?
7 राजा अहासूरसले रानी एस्तर र यहूदी मोर्दकैलाई भने, “हेर, मैले एस्तरलाई हामानको घर दिएको छु, र तिनीहरूले त्यसलाई फाँसीको काठमा झुण्ड्याएका छन् किनकि त्यसले यहूदीहरूलाई आक्रमण गर्न खोज्दै थियो ।
Y respondió el rey Asuero a la reina Ester, y a Mardoqueo Judío: He aquí, yo di a Ester la casa de Amán, y a él colgaron en la horca, por cuanto extendió su mano contra los Judíos.
8 राजाको नाउँमा यहूदीहरूको पक्षमा अर्को आदेश लेखे र त्यसमा राजाको औँठीले छाप लगाओ । किनकि पहिले नै राजाको नाउँमा लेखिएको आदेश जसमा राजाको औँठीको छाप लागेको छ, त्यो रद्द हुन सक्दैन ।”
Escribíd pues vosotros a los Judíos como bien os pareciere, en nombre del rey, y selládlo con el anillo del rey: porque la escritura que se escribe en nombre del rey, y se sella con el anillo del rey, no es para revocarla.
9 तब तेस्रो महिना अर्थात् सीवान महिनाको तेइसौँ दिनमा राजाका सचिवहरूलाई बोलाइयो । यहूदीहरूको सम्बन्धमा मोर्दकैले दिएका सबै आदेशलाई समावेश गर्दै एउटा आदेश लेखियो । भारतदेखि कूश देशसम्मका एक सय सत्ताइस प्रान्तका गभर्नरहरू, स्थानीय गभर्नरहरू र अधिकारीहरूलाई हरेक प्रान्तलाई आ-आफ्नो लिपिअनुसार र हरेक जातिलाई आफ्नै भाषामा र यहूदीहरूलाई पनि आफ्नै लिपि र भाषामा एउटा लिखित आदेश लेखियो ।
Entonces fueron llamados los escribanos del rey en el mes tercero que es Siván, a los veinte y tres del mismo, y fue escrito, conforme a todo lo que mandó Mardoqueo, a los Judíos, y a los sátrapas, y a los capitanes, y a los príncipes de las provincias, que son desde la India hasta la Etiopía, ciento y veinte y siete provincias, a cada provincia según su escritura, y a cada pueblo conforme a su lengua, y a los Judíos conforme a su escritura y lengua.
10 मोर्दकैले राजा अहासूरसको नाउँमा त्यो लेखे र त्यसमा राजाको छाप-औँठीले छाप लगाए । राजको सेवामा प्रयोग गरिने छिटो कुद्ने घोडाहरूमा सवार गराएर पत्रवाहकहरूद्वारा तिनले ती चिठ्ठीहरू पठाए ।
Y escribió en nombre del rey Asuero, y selló con el anillo del rey, y envió las cartas por mano de correos de caballo, caballeros en mulos, en mulos hijos de yeguas:
11 हरेक सहरमा भएका यहूदीहरूलाई एकसाथ भेला हुन र आ-आफ्नो जीवनको रक्षाको निम्ति संगठित हुन, अनि तिनीहरू, बालबालिका, र स्त्रीहरूलाई आक्रमण गर्ने कुनै पनि जाति वा प्रान्तका सशस्त्र मानिसहरूलाई नाश गर्न, मार्न र नामेट पार्न अनि तिनीहरूका धनदौलत लुट्न राजाले तिनीहरूलाई अनुमति दिए ।
Que el rey daba a los Judíos que estaban en todas las ciudades, y en cada una de ellas, que se juntasen, y se pusiesen en defensa de su vida; que destruyesen, y matasen, y deshiciesen todo ejército de pueblo o provincia que viniese contra ellos, niños y mujeres, y que los saqueasen,
12 बाह्रौँ महिना वा अदार महिनाको तेह्रौँ दिनमा राजा अहासूरसका सबै प्रान्तमा यसलाई कार्यान्वयन गरिनुपर्थ्यो ।
En un mismo día en todas las provincias del rey Asuero: a los trece del mes doceno, que es el mes de Adar.
13 यो आदेशको एकप्रति नक्कल कानुनको रूपमा जारी भयो र सबै मानिसकहाँ सार्वजनिक रूपमा सूचना टाँसियो । त्यस दिन आफ्ना शत्रुहरूमाथि बदला लिन यहूदीहरू तयार रहनुपर्थ्यो ।
La copia de la escritura era que se diese ley en cada provincia: Que fuese manifiesto a todos los pueblos, que los Judíos estuviesen apercebidos para aquel día, para vengarse de sus enemigos.
14 त्यसैले पत्रवाहकहरू राजाको सेवामा प्रयोग गरिने राजकीय घोडाहरूमा सवार भए । तिनीहरू ढिलो नगरी गए । राजाको आदेशलाई शूशनस्थित राजदरबारबाट पनि जारी गरियो ।
Los correos cabalgando en mulos, en mulos salieron apresurados, y constreñidos por el mandamiento del rey: y la ley fue dada en Susán la cabecera del reino.
15 तब मोर्दकैले निलो र सेतो राजकीय पोशाकहरू पहिरिए अनि सुनको ठुलो मुकुट पहिरिए र, मलमलको बैजनी वस्त्र लगाए र राजाको उपस्थितिबाट गए, अनि शूशन सहरले जयजयकार गर्यो र आनन्द मनायो ।
Y salió Mardoqueo de delante del rey con vestido real de cárdeno y blanco, y una gran corona de oro, y un manto de lino y púrpura: y la ciudad de Susán se alegró y regocijó.
16 यहूदीहरू खुसी र प्रसन्न भए अनि तिनीहरूका निम्ति आनन्द र सम्मानको दिन भयो ।
Los Judíos tuvieron luz, y alegría, y gozo, y honra.
17 राजाको आदेश पुगेको हरेक प्रान्त र सहरमा यहूदीहरूका माझमा खुसी र आनन्द अनि भोज र बिदाको दिन भयो । देशमा अरू विविध जातिका धेरै मानिसहरू यहूदी भए किनकि तिनीहरूमाथि यहूदीहरूको डर परेको थियो ।
Y en cada provincia, y en cada ciudad, donde llegó el mandamiento del rey, los Judíos tuvieron alegría y gozo, banquete y día de placer: y muchos de los pueblos de la tierra se hacían Judíos, porque el temor de los Judíos había caído sobre ellos.