< एस्तर 7 >

1 त्यसैले राजा र हामान रानी एस्तरसित भोजन गर्न गए ।
Så kom da kongen og Haman til gjestebudet hos dronning Ester.
2 यो दोस्रो दिनमा, तिनीहरूले दाखमद्य बाँड्‍दै गर्दा राजाले एस्तरलाई सोधे, “रानी एस्तर, तिम्री बिन्ती के हो? तिमीलाई त्‍यो दिइनेछ । तिम्रो अनुरोध के हो? आधा राज्यसम्म पनि तिमीलाई दिइनेछ ।”
Mens de satt og drakk vin, sa kongen også denne annen dag til Ester: Hvad er din bønn, dronning Ester? Den skal tilståes dig. Og hvad er ditt ønske? Var det enn halvdelen av riket, skal det opfylles.
3 तर रानी एस्तरले जवाफ दिइन्, “हे महाराज, मैले हजुरको नजरमा निगाह पाएकी छु र हजुरलाई खुसी लाग्छ भने, मेरो जीवन मलाई नै दिइयोस् । मेरो बिन्ती यही नै हो, र मेरो जातिको लागि पनि यसै गरियोस् भनी म बिन्ती गर्छु ।
Da svarte dronning Ester: Har jeg funnet nåde for dine øine, konge, og tykkes det kongen godt, så la mitt liv bli mig gitt på min bønn, og mitt folks liv efter mitt ønske!
4 किनकि म र मेरो मानिसहरू नाश पारिन, मारिन र नामेट पारिन बेचिएका छौँ । हामी दास-दासीको रूपमा मात्र दासत्वमा बेचिएका भए म चुप रहन्थेँ किनकि त्यस्तो दुःखले मात्र त महाराजालाई बाधा दिनु न्यासङ्गत हुँदैन ।”
For vi er solgt, både jeg og mitt folk, til å ødelegges, drepes og utryddes; var det enda bare til å være træler og trælkvinner vi var solgt, da hadde jeg tidd, men nu er vår fiende ikke i stand til å oprette kongens tap.
5 तब राजा अहासूरसले रानी एस्तरलाई सोधे, “त्यो को हो? यस्तो कुरा गर्न आफ्नो हृदय भरेर बस्‍ने त्यो व्यक्ति कहाँ छ?
Da sa kong Ahasverus til dronning Ester: Hvem er han, og hvor er han som har dristet sig til å gjøre så?
6 एस्तरले जवाई दिइन्, “त्यो विरोधी, शत्रु यही दुष्‍ट हामान हो ।” तब हामान राजा र रानीको सामु डरले थरथर काँपे ।
Ester svarte: En motstander og fiende, denne onde Haman der! Da blev Haman forferdet for kongens og dronningens åsyn.
7 राजा भोजमा दाखमद्य पिइरहेको अवस्थाबाट रिसले चुर भएर उठे, र राजमहलको बगैँचामा गए, तर हामानचाहिं रानी एस्तरबाट आफ्नो जीवनको भिग माग्‍न त्यहीँ बसे । राजाले तिनको विरुद्धमा विपत्ती ल्याउँदै थिए भनी तिनले देखे ।
Kongen reiste sig i harme, forlot gjestebudet og gikk ut i slottshaven; men Haman blev tilbake for å be dronning Ester om sitt liv; for han skjønte at kongen hadde fast besluttet hans ulykke.
8 तब राजमहलको बगैँचाबाट दाखमद्य बाँडिएको कोठामा राजा फर्केर आए । हामानचाहिं भर्खरै एस्तर बसिरहेको सोफाको छेउमा पसारो परेका थिए । राजाले भने, “के मेरै उपस्थिति मेरै घरमा त्यसले रानीलाई बलात्‍कार गर्न खोज्‍छ?” राजाको मुखबाट यो वाक्य बाहिर निस्कनेबित्तिकै अधिकारीहरूले हामानको अनुहार छोपे ।
Da så kongen kom tilbake fra slottshaven til huset hvor gjestebudet var blitt holdt, lå Haman bøid over den benk som Ester satt på; da sa kongen: Tør han endog øve vold mot dronningen her i mitt eget hus? Ikke før var dette ord gått ut av kongens munn, før de tildekket Hamans ansikt.
9 तब राजाको सेवा गर्ने एक जना अधिकारी हर्बोनाले भने, “हामानको घरको छेउमा पच्‍चिस मिटर लामो एउटा फाँसीको काठ खडा छ । महाराजाको ज्यान जोगाइदन बोल्ने मोर्दकैको निम्ति त्यसले त्‍यो तयार पारेको हो ।” राजाले भने, “त्यसलाई त्‍यसैमा झुण्ड्याओ ।”
Harbona, en av hoffmennene hos kongen, sa: Se, ved Hamans hus står det allerede en galge, femti alen høi, som han selv har latt gjøre i stand for Mordekai, han hvis ord engang var til så stort gagn for kongen. Da sa kongen: Heng ham i den!
10 त्यसैले तिनीहरूले हामानले मोर्दकै को निम्ति तयार पारेको फाँसीको काठमा उसैलाई झुण्ड्याए । तब राजाको रिस मर्‍यो ।
Så hengte de Haman i den galge han hadde gjort i stand for Mordekai, og kongens vrede la sig.

< एस्तर 7 >