< एफिसि 6 >

1 छोराछोरीहरू हो, प्रभुमा तिमीहरूका आमाबुबाको आज्ञा पालन गर, किनकि यो उचित छ ।
Децо! Слушајте своје родитеље у Господу: јер је ово право.
2 “आफ्ना आमाबुबालाई आदर गर” (जुन प्रतिज्ञा सहितको पहिलो आज्ञा हो), ।
Поштуј оца свог и матер: ово је прва заповест с обећањем:
3 “ताकि यसो गर्नाले तिमीहरूलाई राम्रो होस् र तिमीहरू यस पृथ्वीमा धेरै समय बाच्‍न सक ।”
Да ти благо буде, и да живиш дуго на земљи.
4 र बुबाहरू हो, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ । बरु, अनुशासनमा र प्रभुको शिक्षा अनुसार अगि बढाओ ।
И ви очеви! Не раздражујте децу своју, него их гајите у науци и у страху Господњем.
5 दासहरू हो, संसारका मालिकहरूसँग गहिरो आदर र डरका साथ तिमीहरूका हृदयको इमान्दारितामा आज्ञाकारी बन । ख्रीष्‍टसँग आज्ञाकारी भए झैँ तिनीहरूसँग आज्ञाकारी बन ।
Слуге! Слушајте господаре своје по телу, са страхом и дрхтањем, у простоти срца свог, као и Христа;
6 आफ्ना मालिकले देख्‍ने समयमा मात्रै तिनीहरूलाई खुशी तुल्याउन आज्ञाकारी नबन । बरु, ख्रीष्‍टका दासहरू झैँ आज्ञाकारी बन । तिमीहरूका हृदयबाट परमेश्‍वरको इच्छालाई पूरा गर ।
Не само пред очима радећи као људима да угађате, него као слуге Христове, творећи вољу Божију од срца.
7 मानिसहरूलाई सेवा पुर्याए झैँ होइन तर आफ्ना सारा हृदयले परमप्रभुको सेवा गरे झैँ सेवा गर ।
Драговољно служите, као Господу а не као људима,
8 तिमीहरूले यो जान, कि मानिसले गर्ने सबै असल कामको निम्ति उसले परमप्रभुबाट इनाम पाउनेछ, चाहे त्यो मानिस दास होस् वा मुक्त होस् ।
Знајући да сваки што учини добро оно ће и примити од Господа, био роб или слободњак.
9 र मालिकहरू हो, आफ्ना दासहरूका निम्ति त्यस्तै व्यवहार गर । तिनीहरूलाई धम्की नदेओ । यो जान कि तिमीहरू दुवैको मालिक स्वर्गमा हुनुहुन्छ । उहाँमा कुनै भेदभाव छैन भन्‍ने कुरा जान ।
И ви господари, тако чините њима остављајући претње, знајући да је и вама самим и њима Господар на небесима, и Он не гледа ко је ко.
10 अन्त्यमा, प्रभुमा र उहाँको सामर्थ्‍यको शक्तिमा बलियो होओ ।
А даље, браћо моја, јачајте у Господу и у сили јачине Његове.
11 परमेश्‍वरका सम्पूर्ण हात-हतियारहरू धारण गर, ताकि तिमीहरू शैतानको धूर्त युक्तिहरूको विरूद्धमा खडा हुन सक ।
Обуците се у све оружје Божије, да бисте се могли одржати против лукавства ђаволског:
12 किनकि हाम्रो लडाइ शरीर र रगतको विरूद्धमा होइन । तर, यो त शासकहरू र आत्मिक अधिकारीहरू र अन्धकारको राज्यको शासकहरू र स्वर्गीय स्थानहरूमा भएका दुष्‍टात्माहरूको विरूद्धमा हो । (aiōn g165)
Јер наш рат није с крвљу и с телом, него с поглаварима и властима, и с управитељима таме овог света, с духовима пакости испод неба. (aiōn g165)
13 यसकारण परमेश्‍वरको सबै हातहतियार धारण गर, ताकि यस दुष्‍ट समयमा दुष्‍टको सामना गर्न तिमीहरू स्थिर भइ खडा हुन सक । यी सबै कुराहरू गरेपछि तिमीहरू स्थिर हुनेछौ ।
Тога ради узмите све оружје Божије, да бисте се могли бранити у зли дан, и свршивши све одржати се.
14 यसकारण स्थिर भइ खडा होओ । सत्यताको कम्‍मरपेटी कसेर धार्मिकताको छातिपाता लगाए पछि यस्तो गर ।
Станите дакле опасавши бедра своја истином и обукавши се у оклоп правде,
15 आफ्ना खुट्टाहरूमा शान्तिको सुसमाचार प्रचारको लागि तत्परता धारण गरेपछि यस्तो गर ।
И обувши ноге у приправу јеванђеља мира;
16 सबै परिस्थितिहरूमा विश्‍वासको ढाल बोक, जसद्वारा तिमीहरूले दुष्‍टका सबै अग्‍निवाणहरू निभाउन सक्‍नेछौ ।
А сврх свега узмите штит вере о који ћете моћи погасити све распаљене стреле нечастивог;
17 र मुक्तिको टोप लगाऊ र आत्माको तरवार बोक, जुन परमेश्‍वरको वचन हो ।
И кацигу спасења узмите, и мач духовни који је реч Божија.
18 सबै प्रार्थना र बिन्तीद्वारा, हरसमय पवित्र आत्मामा प्रार्थना गर । विश्‍वासीहरू सबैका लागि प्रार्थना र निरन्तर प्रयत्‍नसाथ यही मन सँगै सतर्क भइराख ।
И сваком молитвом и мољењем молите се Богу духом без престанка, и уз то стражите са сваким трпљењем и молитвом за све свете,
19 र मेरो निम्ति प्रार्थना गर, ताकि मैले आफ्नो मुख खोल्दा, मलाई सन्देश दिइयोस् । सुसमाचारको गुप्‍त सत्यतालाई मैले दृढतापूर्वक अरूलाई बताउन सकूँ भनेर प्रार्थना गरिदेऊ ।
И за мене, да ми се да реч кад отворим уста своја, да обзнаним са слободом тајну јеванђеља,
20 सुसमाचारको निम्ति साङ्ग्लाले बाँधिएको म एक राजदूत हुँ, र मैले बोल्नुपर्ने समयमा म आँटिलो भएर यस विषयमा बोल्न सकूँ ।
За које сам посланик у оковима, да у Њему говорим слободно, као што ми се пристоји.
21 तर तिमीहरूलाई पनि मेरो अवस्थाको बारेमा र मलाई कस्तो छ भनी थाहा होस् भन्‍नको निम्ति, प्रभुमा प्रिय भाइ र विश्‍वासीलो चेला तुखिकसले तिमीहरूलाई सबैकुरा बुझाउनेछन् ।
А да и ви знате како сам ја и шта радим, све ће вам казати Тихик, љубазни брат и верни слуга у Господу,
22 मैले उनलाई तिमीहरूकहाँ यही उद्धेश्यसाथ पठाएको छु, ताकि तिमीहरूले हाम्रो बारेमा जान्‍न सक र उनले तिमीहरूका हृदयलाई सान्त्वना दिन सकून् ।
Ког послах к вама за то исто да знате како смо ми, и да утеши срца ваша.
23 परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट भाइहरूलाई विश्‍वास सहितको प्रेम र शान्ति होस् ।
Мир браћи и љубав с вером од Бога Оца и Господа Исуса Христа.
24 कहिल्यै अन्त नहुने प्रेमद्वारा हाम्रा प्रभु येशू ख्रीष्‍टलाई प्रेम गर्नेहरू सबैमाथि अनुग्रह रहोस् ।
Благодат са свима који љубе Господа нашег Исуса Христа једнако. Амин.

< एफिसि 6 >