< एफिसि 5 >

1 त्यसकारण परमेश्‍वरका प्रिय छोरा-छोरीहरू झैँ उहाँको अनुकरण गर्ने होओ ।
အတော ယူယံ ပြိယဗာလကာ ဣဝေၑွရသျာနုကာရိဏော ဘဝတ,
2 र ख्रीष्‍टले हामीलाई प्रेम गर्नुभएर आफैँलाई हाम्रो निम्ति दिनुभए झैँ तिमीहरू प्रेममा हिँड । परमेश्‍वरको निम्ति सुगन्धित सुवास्‍ना हुनको निम्ति उहाँ एक भेटी र बलिदान हुनुहुन्थ्यो ।
ခြီၐ္ဋ ဣဝ ပြေမာစာရံ ကုရုတ စ, ယတး သော'သ္မာသု ပြေမ ကၖတဝါန် အသ္မာကံ ဝိနိမယေန စာတ္မနိဝေဒနံ ကၖတွာ ဂြာဟျသုဂန္ဓာရ္ထကမ် ဥပဟာရံ ဗလိဉ္စေၑွရာစ ဒတ္တဝါန်၊
3 जस्तो विश्‍वासीहरूका लागि उपयुक्त हुन्छ, तिमीहरूको बिचमा कामुक अनैतिकता वा कुनै अशुद्धता वा कामवासनाको लालसाको बारेमा चर्चा नहोस् ।
ကိန္တု ဝေၑျာဂမနံ သရွွဝိဓာၑော်စကြိယာ လောဘၑ္စဲတေၐာမ် ဥစ္စာရဏမပိ ယုၐ္မာကံ မဓျေ န ဘဝတု, ဧတဒေဝ ပဝိတြလောကာနာမ် ဥစိတံ၊
4 नकि अश्‍लिलता, मूर्ख बोली वा अपमानजनक ठट्यौलीहरू होस् जुनचाहिँ अनुचित छन् । बरु धन्यवाद दिने काम होस् ।
အပရံ ကုတ္သိတာလာပး ပြလာပး ၑ္လေၐောက္တိၑ္စ န ဘဝတု ယတ ဧတာနျနုစိတာနိ ကိန္တွီၑွရသျ ဓနျဝါဒေါ ဘဝတု၊
5 तिमीहरूले यो निश्‍चय गर, कि कुनै कामुक रूपमा अनैतिक, अशुद्ध, वा लालसित व्यक्तिले ख्रीष्‍ट र परमेश्‍वरको राज्यमा कुनै उत्तराधिकार पाउँदैन, किनकि त्यो मूर्तिपूजक हो ।
ဝေၑျာဂါမျၑော်စာစာရီ ဒေဝပူဇက ဣဝ ဂဏျော လောဘီ စဲတေၐာံ ကောၐိ ခြီၐ္ဋသျ ရာဇျေ'ရ္ထတ ဤၑွရသျ ရာဇျေ ကမပျဓိကာရံ န ပြာပ္သျတီတိ ယုၐ္မာဘိး သမျက် ဇ္ဉာယတာံ၊
6 तिमीहरूलाई कसैले पनि फोस्रा कुराहरूले धोखा नदिओस् । यी कुराहरूको कारण अनाज्ञाकारिताका पुत्रहरूमा परमेश्‍वरको क्रोध आउनेछ ।
အနရ္ထကဝါကျေန ကော'ပိ ယုၐ္မာန် န ဝဉ္စယတု ယတသ္တာဒၖဂါစာရဟေတောရနာဇ္ဉာဂြာဟိၐု လောကေၐွီၑွရသျ ကောပေါ ဝရ္တ္တတေ၊
7 यसैले गर्दा तिनीहरूसँग सहभागी नहोओ ।
တသ္မာဒ် ယူယံ တဲး သဟဘာဂိနော န ဘဝတ၊
8 किनकि तिमीहरू एकचोटी अन्धकार थियौ, तर अब तिमीहरू परमप्रभुमा ज्योति भएका छौ । यसैले ज्योतिका सन्तान जस्तै गरी हिँड ।
ပူရွွံ ယူယမ် အန္ဓကာရသွရူပါ အာဓွံ ကိန္တွိဒါနီံ ပြဘုနာ ဒီပ္တိသွရူပါ ဘဝထ တသ္မာဒ် ဒီပ္တေး သန္တာနာ ဣဝ သမာစရတ၊
9 किनकि ज्योतिको फल सबै भलाइ, धार्मिकता र सत्यतामा हुन्छ ।
ဒီပ္တေ ရျတ် ဖလံ တတ် သရွွဝိဓဟိတဲၐိတာယာံ ဓရ္မ္မေ သတျာလာပေ စ ပြကာၑတေ၊
10 परमप्रभुलाई खुशी तुल्याउने कुराहरू पत्ता लगाऊ ।
ပြဘဝေ ယဒ် ရောစတေ တတ် ပရီက္ၐဓွံ၊
11 अन्धकारका फलहिन कार्यहरूमा सहभागी नहोओ । बरु, तिनीहरूलाई प्रकट गर ।
ယူယံ တိမိရသျ ဝိဖလကရ္မ္မဏာမ် အံၑိနော န ဘူတွာ တေၐာံ ဒေါၐိတွံ ပြကာၑယတ၊
12 किनकि तिनीहरूद्वारा गोप्यमा गरिएका कार्यहरू वर्णन गर्न पनि लाजमर्दो छ ।
ယတသ္တေ လောကာ ရဟမိ ယဒ် ယဒ် အာစရန္တိ တဒုစ္စာရဏမ် အပိ လဇ္ဇာဇနကံ၊
13 सबै थोक जब ज्योतिमा आउँछन्, तब ती प्रकट हुन्छन्,
ယတော ဒီပ္တျာ ယဒ် ယတ် ပြကာၑျတေ တတ် တယာ စကာသျတေ ယစ္စ စကာသ္တိ တဒ် ဒီပ္တိသွရူပံ ဘဝတိ၊
14 किनकि प्रकट भएका सबै कुरा ज्योतिमा प्रकाशमान हुन्छन् । त्यसकारण यस्तो भनिएको छ कि, “सुताहा हो जाग, र मरेकाहरूबाट उठ, र ख्रीष्‍ट तिमीमा चम्कनुहुनेछ ।”
ဧတတ္ကာရဏာဒ် ဥက္တမ် အာသ္တေ, "ဟေ နိဒြိတ ပြဗုဓျသွ မၖတေဘျၑ္စောတ္ထိတိံ ကုရု၊ တတ္ကၖတေ သူရျျဝတ် ခြီၐ္ဋး သွယံ တွာံ ဒျောတယိၐျတိ၊ "
15 त्यसकारण तिमी कसरी हिँड्छौ भन्‍ने कुरामा होसियार होओ, मूर्ख जस्तो होइन तर बुद्धिमानजस्तो ।
အတး သာဝဓာနာ ဘဝတ, အဇ္ဉာနာ ဣဝ မာစရတ ကိန္တု ဇ္ဉာနိန ဣဝ သတရ္ကမ် အာစရတ၊
16 समयलाई बचाओ, किनकि दिनहरू खराब छन् ।
သမယံ ဗဟုမူလျံ ဂဏယဓွံ ယတး ကာလာ အဘဒြား၊
17 मूर्ख नबन । बरु, प्रभुको इच्छा के हो, सो बुझ ।
တသ္မာဒ် ယူယမ် အဇ္ဉာနာ န ဘဝတ ကိန္တု ပြဘောရဘိမတံ ကိံ တဒဝဂတာ ဘဝတ၊
18 र दाखमद्यले नमात्तीओ, किनकि त्यसले विनाशतर्फ डोर्‍याउँछ । तर त्यसको सट्टामा, पवित्र आत्माले भरिओ ।
သရွွနာၑဇနကေန သုရာပါနေန မတ္တာ မာ ဘဝတ ကိန္တွာတ္မနာ ပူရျျဓွံ၊
19 एक-अर्कामा भजनहरूमा र आत्मिक गीतहरूमा बोल । परमप्रभुको निम्ति तिमीहरूका हृदयमा गीतहरू गाउँदै प्रशंसा गर ।
အပရံ ဂီတဲ ရ္ဂာနဲး ပါရမာရ္ထိကကီရ္တ္တနဲၑ္စ ပရသ္ပရမ် အာလပန္တော မနသာ သာရ္ဒ္ဓံ ပြဘုမ် ဥဒ္ဒိၑျ ဂါယတ ဝါဒယတ စ၊
20 येशू ख्रीष्‍टको नाउँमा, सधैँ सबै कुराहरूको निम्ति पिता परमेश्‍वरलाई धन्यवाद चढाओ ।
သရွွဒါ သရွွဝိၐယေ'သ္မတ္ပြဘော ယီၑေား ခြီၐ္ဋသျ နာမ္နာ တာတမ် ဤၑွရံ ဓနျံ ဝဒတ၊
21 ख्रीष्‍टको आदरको लागि एकअर्काको अधिनमा रहो ।
ယူယမ် ဤၑွရာဒ် ဘီတား သန္တ အနျေ'ပရေၐာံ ဝၑီဘူတာ ဘဝတ၊
22 पत्‍नीहरू हो, प्रभुको अधीनमा रहे जस्तो आफ्ना पतिहरूको अधीनमा बस ।
ဟေ ယောၐိတး, ယူယံ ယထာ ပြဘောသ္တထာ သွသွသွာမိနော ဝၑင်္ဂတာ ဘဝတ၊
23 किनकि पति पत्‍नीको शिर हो, जसरी ख्रीष्‍ट पनि मण्डलीको शिर हुनुहुन्छ । उहाँ शरीरको उद्धारकर्ता हुनुहुन्छ ।
ယတး ခြီၐ္ဋော ယဒွတ် သမိတေ ရ္မူရ္ဒ္ဓါ ၑရီရသျ တြာတာ စ ဘဝတိ တဒွတ် သွာမီ ယောၐိတော မူရ္ဒ္ဓါ၊
24 तर जसरी मण्डली ख्रीष्‍टप्रति समर्पित छ, त्यसरी नै पत्‍नीहरूलेपनि आफ्ना पतिहरूप्रति सबैथोकमा त्यसै गर्नुपर्दछ ।
အတး သမိတိ ရျဒွတ် ခြီၐ္ဋသျ ဝၑီဘူတာ တဒွဒ် ယောၐိဒ္ဘိရပိ သွသွသွာမိနော ဝၑတာ သွီကရ္တ္တဝျာ၊
25 पतिहरू हो, जसरी ख्रीष्‍टले मण्डलीलाई प्रेम गर्नुभयो र आफैँलाई तिनको निम्ति समर्पित गर्नुभयो, त्यसरी नै आफ्ना पत्‍नीहरूलाई प्रेम गर ।
အပရဉ္စ ဟေ ပုရုၐား, ယူယံ ခြီၐ္ဋ ဣဝ သွသွယောၐိတ္သု ပြီယဓွံ၊
26 उहाँले तिनलाई पवित्र गर्न यसो गर्नुभयो । उहाँले तिनलाई वचनमा पानीले धोएर शुद्ध पार्नुभयो ।
သ ခြီၐ္ဋော'ပိ သမိတော် ပြီတဝါန် တသျား ကၖတေ စ သွပြာဏာန် တျက္တဝါန် ယတး သ ဝါကျေ ဇလမဇ္ဇနေန တာံ ပရိၐ္ကၖတျ ပါဝယိတုမ္
27 दागरहित वा चाउरी नभएको वा अन्य यस्ता कुनै थोक नभएको, तर पवित्र र दोषरहित, महिमित मण्डली आफ्नै निम्ति प्रस्तुत गर्नको निम्ति उहाँले यस्तो गर्नुभयो ।
အပရံ တိလကဝလျာဒိဝိဟီနာံ ပဝိတြာံ နိၐ္ကလင်္ကာဉ္စ တာံ သမိတိံ တေဇသွိနီံ ကၖတွာ သွဟသ္တေ သမရ္ပယိတုဉ္စာဘိလၐိတဝါန်၊
28 यस्तै प्रकारले पतिहरूले तिनीहरूका आफ्ना पत्‍नीहरूलाई आफ्ना शरीरलाई जस्तै प्रेम गर्नुपर्छ । आफ्नो पत्‍नीलाई प्रेम गर्नेले आफैँलाई प्रेम गर्छ ।
တသ္မာတ် သွတနုဝတ် သွယောၐိတိ ပြေမကရဏံ ပုရုၐသျောစိတံ, ယေန သွယောၐိတိ ပြေမ ကြိယတေ တေနာတ္မပြေမ ကြိယတေ၊
29 कहिल्यै पनि कसैले आफ्नो शरीरलाई घृणा गरेको छैन । बरु, उसले यसलाई पालन-पोषण गरेर प्रेम गर्दछ, जसरी ख्रीष्‍टले पनि मण्डलीलाई प्रेम गर्नुहुन्छ ।
ကော'ပိ ကဒါပိ န သွကီယာံ တနုမ် ၒတီယိတဝါန် ကိန္တု သရွွေ တာံ ဝိဘြတိ ပုၐ္ဏန္တိ စ၊ ခြီၐ္ဋော'ပိ သမိတိံ ပြတိ တဒေဝ ကရောတိ,
30 किनकि हामी उहाँका शरीरका सदस्यहरू हौँ ।
ယတော ဝယံ တသျ ၑရီရသျာင်္ဂါနိ မာံသာသ္ထီနိ စ ဘဝါမး၊
31 “यसैकारणले गर्दा एकजना मानिसले उसको बुबा र आमालाई छोड्नेछ र उसको पत्‍नीसँग मिल्नेछ, र ती दुई एउटै शरीर हुनेछन् ।”
ဧတဒရ္ထံ မာနဝး သွမာတာပိတရော ပရိတျဇျ သွဘာရျျာယာမ် အာသံက္ၐျတိ တော် ဒွေါ် ဇနာဝေကာင်္ဂေါ် ဘဝိၐျတး၊
32 यो एउटा महान् गुप्‍त सत्यता हो, तर मैले ख्रीष्‍ट र उहाँको मण्डलीको बारेमा बताइरहेको छु ।
ဧတန္နိဂူဎဝါကျံ ဂုရုတရံ မယာ စ ခြီၐ္ဋသမိတီ အဓိ တဒ် ဥစျတေ၊
33 तथापि, तिमीहरू प्रत्येकले आफ्ना पत्‍नीलाई आफूलाई जस्तै प्रेम गर्नुपर्छ, र पत्‍नीले पतिलाई सम्मान गर्नुपर्छ ।
အတဧဝ ယုၐ္မာကမ် ဧကဲကော ဇန အာတ္မဝတ် သွယောၐိတိ ပြီယတာံ ဘာရျျာပိ သွာမိနံ သမာဒရ္တ္တုံ ယတတာံ၊

< एफिसि 5 >