< एफिसि 5 >
1 त्यसकारण परमेश्वरका प्रिय छोरा-छोरीहरू झैँ उहाँको अनुकरण गर्ने होओ ।
Ane ani cukuno ni anu tarsa Asere, gusi uhem mr, sa mazika shi a hana ameme.
2 र ख्रीष्टले हामीलाई प्रेम गर्नुभएर आफैँलाई हाम्रो निम्ति दिनुभए झैँ तिमीहरू प्रेममा हिँड । परमेश्वरको निम्ति सुगन्धित सुवास्ना हुनको निम्ति उहाँ एक भेटी र बलिदान हुनुहुन्थ्यो ।
Cukuno ni, unu hem gusi unu kaba uru me sa ma hem in haru, mano ma nya nice ni meme imum u ira wanu unya uronta wa Asere.
3 जस्तो विश्वासीहरूका लागि उपयुक्त हुन्छ, तिमीहरूको बिचमा कामुक अनैतिकता वा कुनै अशुद्धता वा कामवासनाको लालसाको बारेमा चर्चा नहोस् ।
Kati i suzo ace shi inki ido wuzi ni isi nan aye a shi me ine ini iriri me, a hira ande be sa wa hana piit nan na Asere.
4 नकि अश्लिलता, मूर्ख बोली वा अपमानजनक ठट्यौलीहरू होस् जुनचाहिँ अनुचित छन् । बरु धन्यवाद दिने काम होस् ।
Nyani udira uni ce, tize ti hura, nan biranzo bi zatu uri, im bari i cukuno ayimo riba irom.
5 तिमीहरूले यो निश्चय गर, कि कुनै कामुक रूपमा अनैतिक, अशुद्ध, वा लालसित व्यक्तिले ख्रीष्ट र परमेश्वरको राज्यमा कुनै उत्तराधिकार पाउँदैन, किनकि त्यो मूर्तिपूजक हो ।
Katuma ka madini, ticuku ti madini, unu uwuza uma kiri, mazo me in na hira a nyimo akura unu kaba nan Asere.
6 तिमीहरूलाई कसैले पनि फोस्रा कुराहरूले धोखा नदिओस् । यी कुराहरूको कारण अनाज्ञाकारिताका पुत्रहरूमा परमेश्वरको क्रोध आउनेछ ।
Kati uye ma rangi shi in tize ti hura, barki ani mani ya wuna iriba iburu i Ugomo Asere idi tu, ani cw na hana be sa daki wa kaba me.
7 यसैले गर्दा तिनीहरूसँग सहभागी नहोओ ।
Kati i haki nan we.
8 किनकि तिमीहरू एकचोटी अन्धकार थियौ, तर अब तिमीहरू परमप्रभुमा ज्योति भएका छौ । यसैले ज्योतिका सन्तान जस्तै गरी हिँड ।
Ya raa mariu, ana me iraa a masar ma Asere, barki ani me haka ni gusi ahana ama sa.
9 किनकि ज्योतिको फल सबै भलाइ, धार्मिकता र सत्यतामा हुन्छ ।
Uyo u riri ume sa une uni uhuma me, ulau, wa ka dundure.
10 परमप्रभुलाई खुशी तुल्याउने कुराहरू पत्ता लगाऊ ।
Ubezi imum besa ine ini iriri ya Asere.
11 अन्धकारका फलहिन कार्यहरूमा सहभागी नहोओ । बरु, तिनीहरूलाई प्रकट गर ।
Kati ipasa ace ashi me, nan debesa wazin unu to umare, pogi zonwe.
12 किनकि तिनीहरूद्वारा गोप्यमा गरिएका कार्यहरू वर्णन गर्न पनि लाजमर्दो छ ।
Imim be sa wa wuza ini ku gu agi abuki.
13 सबै थोक जब ज्योतिमा आउँछन्, तब ती प्रकट हुन्छन्,
Vat imum sa iraa ama saa.
14 किनकि प्रकट भएका सबै कुरा ज्योतिमा प्रकाशमान हुन्छन् । त्यसकारण यस्तो भनिएको छ कि, “सुताहा हो जाग, र मरेकाहरूबाट उठ, र ख्रीष्ट तिमीमा चम्कनुहुनेछ ।”
Barki masaa me mazi vat, sa agu “hira”, hu sa uzin im moro, ukuri uhiri a nyimo i cau, unu bura madi pokkiwe ma saa.
15 त्यसकारण तिमी कसरी हिँड्छौ भन्ने कुरामा होसियार होओ, मूर्ख जस्तो होइन तर बुद्धिमानजस्तो ।
Barki ani me tarsani seke in ti cuku tiwe me, azo gusi unu dira urusa banga.
16 समयलाई बचाओ, किनकि दिनहरू खराब छन् ।
Rusa uganiya barki tiye me ti i be izen-zeng ini.
17 मूर्ख नबन । बरु, प्रभुको इच्छा के हो, सो बुझ ।
Kti u cukuno shagalak, rusa imum be sa Asere ma nyara ini.
18 र दाखमद्यले नमात्तीओ, किनकि त्यसले विनाशतर्फ डोर्याउँछ । तर त्यसको सट्टामा, पवित्र आत्माले भरिओ ।
Kati usi ubere, una uhurne me uni, unu guna uwu anime imbari wa cukuno in bibe biriri.
19 एक-अर्कामा भजनहरूमा र आत्मिक गीतहरूमा बोल । परमप्रभुको निम्ति तिमीहरूका हृदयमा गीतहरू गाउँदै प्रशंसा गर ।
Booni tize ace ce a shime ina gburan uzabura, ini re ini nonzo ini re ibibe, izin ini re izabura a hira Ugomo Asere, ini nonzo a mu ruba mu shi me.
20 येशू ख्रीष्टको नाउँमा, सधैँ सबै कुराहरूको निम्ति पिता परमेश्वरलाई धन्यवाद चढाओ ।
I dingi wuza Ugomo Asere a co aru ankoi anyimo vat imum besa i wuza ini.
21 ख्रीष्टको आदरको लागि एकअर्काको अधिनमा रहो ।
Witoni ace ashi me anyimo a biyau bi Yesu unu kaba.
22 पत्नीहरू हो, प्रभुको अधीनमा रहे जस्तो आफ्ना पतिहरूको अधीनमा बस ।
Shiane witoni ace ashi ahira anu roma ushi me gusi uwuza be sa a wuza Ugomo Asere.
23 किनकि पति पत्नीको शिर हो, जसरी ख्रीष्ट पनि मण्डलीको शिर हुनुहुन्छ । उहाँ शरीरको उद्धारकर्ता हुनुहुन्छ ।
Uroma me mani ni cenu une umeme, gusi Yesu sa mazi nan nu utarsa ume me, ine ini nipum ni me me, me nice ni meme, memani unu bura uni pum me.
24 तर जसरी मण्डली ख्रीष्टप्रति समर्पित छ, त्यसरी नै पत्नीहरूलेपनि आफ्ना पतिहरूप्रति सबैथोकमा त्यसै गर्नुपर्दछ ।
Gusi anabu umu tarsa utize ta Asere sa wa wito ace awe me ahira unu kaba uru, animani shi ane idi witi ace ashi me a hira anu uruma ushi me.
25 पतिहरू हो, जसरी ख्रीष्टले मण्डलीलाई प्रेम गर्नुभयो र आफैँलाई तिनको निम्ति समर्पित गर्नुभयो, त्यसरी नै आफ्ना पत्नीहरूलाई प्रेम गर ।
Shi anu uroma in tani anet a shime memerum gu unu kaba uru me sa ma nya nuce ni meme barka unu tarsa utize timeme.
26 उहाँले तिनलाई पवित्र गर्न यसो गर्नुभयो । उहाँले तिनलाई वचनमा पानीले धोएर शुद्ध पार्नुभयो ।
Ma suso tini lau a hira Asere ma kuri ma kpico duru in mei nan tize timeme.
27 दागरहित वा चाउरी नभएको वा अन्य यस्ता कुनै थोक नभएको, तर पवित्र र दोषरहित, महिमित मण्डली आफ्नै निम्ति प्रस्तुत गर्नको निम्ति उहाँले यस्तो गर्नुभयो ।
Mu wu ani barki ma witi nice ni meme, ahira anu tarsa tize timeme ti cukuno memerun kang, sarki ire imum izenzen i xukuno lau sarki madini.
28 यस्तै प्रकारले पतिहरूले तिनीहरूका आफ्ना पत्नीहरूलाई आफ्ना शरीरलाई जस्तै प्रेम गर्नुपर्छ । आफ्नो पत्नीलाई प्रेम गर्नेले आफैँलाई प्रेम गर्छ ।
Ani mani anyara anu ruma wa inta une a wamme, sarki madini gusi apum awamme ani vat dwbe sa ma inta une nice ni me nini ma inta.
29 कहिल्यै पनि कसैले आफ्नो शरीरलाई घृणा गरेको छैन । बरु, उसले यसलाई पालन-पोषण गरेर प्रेम गर्दछ, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुहुन्छ ।
Barki, an debe sa wamu nyaruma ume nice ni meme ca bati ma inta nini memerum, gusi unu bara uru me sama inta anu tarsa umeme.
30 किनकि हामी उहाँका शरीरका सदस्यहरू हौँ ।
Haru agememtihi hira tumeme tini.
31 “यसैकारणले गर्दा एकजना मानिसले उसको बुबा र आमालाई छोड्नेछ र उसको पत्नीसँग मिल्नेछ, र ती दुई एउटै शरीर हुनेछन् ।”
Gusi unyetike sa awuzi, anu guna caa unu ma ceki a ino amwme nan kaco ameme, ma tafina une umeme we ware wa cukuno binama bi inde.
32 यो एउटा महान् गुप्त सत्यता हो, तर मैले ख्रीष्ट र उहाँको मण्डलीको बारेमा बताइरहेको छु ।
Tize ti ginome tini hunzi tini, imboo abanga unu kaba uru mani nan anu tarsa umeme.
33 तथापि, तिमीहरू प्रत्येकले आफ्ना पत्नीलाई आफूलाई जस्तै प्रेम गर्नुपर्छ, र पत्नीले पतिलाई सम्मान गर्नुपर्छ ।
Vat tize tiginome takem shi vat ushi inta ni ane ashi memerum shu ane tarsani anu ruma ushi me ini ruba indw.