< एफिसि 4 >
1 यसकारण, प्रभुको निम्ति कैदी भएको नाताले तिमीहरूलाई जुन बोलावटमा बोलाइएको छ, त्यस बोलावटमा उचित ढंगले चल्नको निम्ति म तिमीहरूलाई आग्रह गर्दछु ।
Молим вас дакле ја сужањ у Господу, да се владате као што приликује вашем звању у које сте позвани,
2 ज्यादै विनम्रता र कोमलता र धैर्यतामा जिओ । एकले अर्कालाई प्रेममा स्वीकार गर ।
Са сваком понизношћу и кротошћу, с трпљењем, трпећи један другог у љубави,
3 आत्माको एकतालाई शान्तिको बन्धनमा राख्नलाई उत्कृष्ट तरिकाले प्रयत्न गर ।
Старајући се држати јединство Духа у свези мира;
4 शरीर एउटै छ र आत्मापनि एउटै हुनुहुन्छ, जसरी तिमीहरू पनि एउटै निश्चित आशामा बोलाइएका थियौ ।
Једно тело, један дух, као што сте и позвани у једној нади звања свог.
5 प्रभु एउटै हुनुहुन्छ, विश्वास एउटै हो, र बप्तिसमा पनि,
Један Господ, једна вера, једно крштење,
6 र सबैका पिता, परमेश्वर पनि एउटै हुनुहुन्छ । उहाँ सबै कुरामाथि, सबै कुराभित्र र सबै कुरामा हुनुहुन्छ ।
Један Бог и Отац свих, који је над свима, и кроза све, и у свима нама.
7 हामी हरेकलाई ख्रीष्टको वरदानको नापअनुसार वरदान दिइएको छ ।
А свакоме се од нас даде благодат по мери дара Христовог.
8 जसरी धर्मशास्त्रले भन्दछः “जब उहाँ उच्च स्थानमा जानुभयो, उहाँले कैदीहरूलाई दासत्वमा राख्नुभयो । उहाँले मानिसहरूलाई वरदानहरू दिनुभयो ।”
Зато говори: Изишавши на висину запленио си плен, и даде даре људима.
9 “उहाँ उच्च स्थानमा जानुभयो” भन्ने भनाइको अर्थ के हो त, यस बाहेक उहाँ पृथ्वीका गहिराइहरूमा पनि ओर्लनुभयो?
А шта изиђе, шта је, осим да и сиђе у најдоња места земље?
10 उहाँ जो तल ओर्लनुभयो, उहाँ नै सबै स्वर्गहरूभन्दा धेरै माथि उक्लनुभयो । उहाँले सबै कुराहरूलाई पूर्ण गर्नको निम्ति यो गर्नुभयो ।
Који сиђе то је Онај који и изиђе више свих небеса да испуни све.
11 ख्रीष्टले यस्ता वरदानहरू दिनुभयोः प्रेरितहरू, अगमवक्ताहरू, प्रचारकहरू, पास्टरहरू र शिक्षकहरू ।
И Он је дао једне апостоле, а једне пророке, а једне јеванђелисте, а једне пастире и учитеље,
12 ख्रीष्टको शरीरलाई निर्माण गर्ने सेवाको कार्यको निम्ति विश्वासीहरूलाई निपुण गर्नलाई उहाँले यो गर्नुभयो ।
Да се свети приправе за дело службе, на сазидање тела Христовог;
13 विश्वासको एकता र परमेश्वरका पुत्रको ज्ञानमा हामी नपुगेसम्म उहाँले यो गर्नुहुन्छ । ख्रीष्टको उचाइमा पूर्ण रूपमा पुगेकाहरू झैँ हामी परिपक्व नभएसम्म उहाँले यो गर्नुहुन्छ ।
Докле достигнемо сви у јединство вере и познање Сина Божијег, у човека савршеног, у меру раста висине Христове;
14 हामी अब बालकहरू जस्तै नहोऔँ भनेर यो जरूरी छ । हामी अब उसो यता-उता नबरालिऔँ भनेर यो जरूरी छ । सबै शिक्षाको बेगसँगै र मानिसहरूको धोखा दिने चलाखीपनको छलद्वारा हामी नबहकिऔँ भनेर यो जरूरी छ ।
Да не будемо више мала деца, коју љуља и заноси сваки ветар науке, у лажи човечијој, путем преваре;
15 बरु हामी प्रेममा सत्य बोल्नेछौँ र हाम्रो शिर, ख्रीष्टमा हामी सबै क्षेत्रमा वृद्धि हुनेछौँ ।
Него владајући се по истини у љубави да у свему узрастемо у Ономе који је глава, Христос.
16 ख्रीष्टले विश्वासीहरूको शरीरलाई सँगै जोड्नुहुन्छ । प्रेममा सम्पूर्ण शरीरको विकास होस् र आफैँ वृद्धि होस् भनेर, त्यो हरेक सहयोगी तन्तुहरूद्वारा सँगै गाँसिएको हुन्छ ।
Из ког је све тело састављено и склопљено сваким зглавком, да једно другом помаже добро по мери сваког уда, и чини да расте тело на поправљање самог себе у љубави.
17 त्यसैले म तिमीहरूलाई भन्दछु र प्रभुमा उत्साह दिन्छुः गैरयहूदीहरू आफ्ना विचारहरूको व्यर्थतामा हिँडे झैँ अबदेखि तिमीहरू चाहिँ हिँड्नु पर्दैन ।
Ово дакле говорим и сведочим у Господу да више не ходите као што ходе и остали незнабошци у празности ума свог,
18 तिनीहरू विचारमा अन्धा भएका छन् । तिनीहरूका हृदयको कठोरताको कारण तिनीहरूमा भएको अज्ञानताले तिनीहरू परमेश्वरको जीवनबाट अलग गरिएका छन् ।
Који имају смисао тамом покривен, и удаљени су од живота Божијег за незнање које је у њима, за окамењење срца својих;
19 तिनीहरूमा शर्म छैन । अशुद्ध कुराहरूमाथि कामुकता र हर किसिमका लालचमा तिनीहरूले आफैँलाई सुम्पिदिएका छन् ।
Који оставивши поштење предадоше се бесрамности, на чињење сваке нечистоте и лакомства.
20 तर तिमीहरूले यस्तो तरिकाले ख्रीष्टको बारेमा जानेका होइनौ ।
Али ви тако не познасте Христа;
21 तिमीहरूले येशूको बारेमा सुनेका छौ भनी म ठान्दछु । ख्रीष्टमा नै सत्यता भएको हुनाले तिमीहरू उहाँमा नै सिकाइएका छौ भनी म ठान्दछु ।
Јер Га чусте и у Њему се научисте, као што је истина у Исусу,
22 तिमीहरूका पुराना आचरण, पुरानो मनुष्यताअनुसार गरिएका सबै कुराहरू तिमीहरूले त्याग्नुपर्छ । यही पुरानो मनुष्यताको कपटी अभिलाषाहरूका कारण तिमीहरू नष्ट भइरहेका छौ ।
Да одбаците, по првом живљењу, старог човека, који се распада у жељама преварљивим;
23 तिमीहरू आफ्नो विचारको आत्मामा पुनः नयाँ हुनको निम्ति आफ्नो पुरानो मनुष्यतालाई त्याग ।
И да се обновите духом ума свог,
24 परमेश्वरले चाहनुभएअनुसार नयाँ मनुष्यता धारण गर्नको निम्ति यस्तो गर । यो नयाँ मनुष्यतालाई धार्मिकता र सत्यताको पवित्रतामा सृजना गरिएको हो ।
И обучете у новог човека, који је саздан по Богу у правди и у светињи истине.
25 त्यसैले असत्यतालाई त्याग । “सबैले आफ्नो छिमेकीसँग सत्य बोलोस्,” किनभने हामी एकअर्काका सदस्यहरू हौँ ।
Зато одбаците лаж, и говорите истину сваки са својим ближњим; јер смо уди један другом.
26 “रिस गर, तर पाप नगर ।” तिम्रो रिससँगै घामलाई अस्ताउन नदेओ ।
Гневите се и не грешите; сунце да не зађе у гневу вашем.
28 चोर्नेले अब उसो नचोरोस् । बरु उसले परिश्रम गरोस् । आवश्यकतामा रहेका मानिसहरूलाई सहायता गर्नको निम्ति उसले आफ्ना हातहरूलाई उपयोगी काममा लगाओस् ।
Који је крао више да не краде, него још да се труди, чинећи добро рукама својим да има шта давати потребноме.
29 तिम्रो मुखबाट कुनै अपशब्द ननिस्कोस् । तर यसको सट्टामा, आवश्यताहरू पूरा गर्ने र सुन्ने मानिसहरूलाई लाभ हुने शब्दहरू तिम्रा मुखबाट निस्कून् ।
Никаква рђава реч да не излази из уста ваших, него само шта је добро за напредовање вере, да да благодат онима који слушају.
30 र परमेश्वरको पवित्र आत्मालाई दुःखित नतुल्याओ । छुटकाराको दिनको निम्ति उहाँद्वारा नै तिमीहरूमा छाप लगाइएको छ ।
И не ожалошћавајте Светог Духа Божијег, којим сте запечаћени за дан избављења.
31 सबै किसिमका तीतोपना, क्रोध, रिस, झगडा र अपमान सहित सम्पूर्ण दुष्टता तिमीहरूले त्याग्नुपर्छ ।
Свака горчина, и гнев, и љутина, и вика, и хула, да се узме од вас, са сваком пакошћу.
32 एकअर्का प्रति दयालु होओ । कृपालु मनका होओ । जसरी ख्रीष्टमा परमेश्वरले तिमीहरूलाई क्षमा दिनुभयो त्यसरी नै तिमीहरूले पनि एकअर्कालाई क्षमा देओ ।
А будите један другом благи, милостиви, праштајући један другом, као што је и Бог у Христу опростио вама.