< एफिसि 2 >

1 तिमीहरू त आफ्ना अपराधहरू र पापहरूमा मरेका थियौ ।
even you who were dead in trespasses and sins;
2 यस संसारको रीतिअनुसार तिमीहरू यस्ता कुराहरूमा एकपल्ट हिँडेका थियौ । आकाशको शक्तिको शासक अनुसार तिमीहरू हिँडेका थियौ । यो त्यसको आत्मा हो, जो अनाज्ञाकारीताका सन्तानहरूमा काम गर्दछ । (aiōn g165)
in which you formerly walked, according to the course of this world, according to the prince of the power of the air--of the spirit which now effectually works in the children of disobedience; (aiōn g165)
3 हामी एकपल्ट यी सबै अविश्‍वासीहरू सँगै थियौँ । हाम्रो शरीरको खराब इच्छा अनुसार हामी चल्थ्यौँ र शरीर र मनका इच्छा अनुसार काम गर्ने गर्‍थ्‍यौँ । हामी अरू मानिसहरू जस्तै स्वभावले क्रोधका सन्तान थियौँ ।
amongst whom we, also, were all formerly conversant in the lusts of our flesh, fulfilling the desires of the flesh, and of the mind, and were by nature children of wrath, even as others.
4 तर परमेश्‍वरले आफ्नो महान् प्रेमले हामीलाई प्रेम गर्नुभएको कारण उहाँ दयामा धनी हुनुहुन्छ ।
But God being rich in mercy, through his great love with which he loved us,
5 जब हामी आफ्ना अपराधहरूमा मरेका थियौँ, उहाँले हामी सबैलाई सँगै ख्रीष्‍टमा नयाँ जीवनमा ल्याउनुभयो । उहाँको अनुग्रहद्वारा तिमीहरू बचाइएका छौ ।
even us, who were dead in trespasses, he has made alive together with Christ; (by favor you are saved; )
6 ख्रीष्‍ट येशूमा हामीलाई परमेश्‍वरले उठाउनुभएको छ र स्वर्गीय स्थानहरूमा उहाँसँगै बसाल्नुभएको छ ।
and has raised us up together, and has set us down together in heavenly places with Christ Jesus;
7 आउँदा दिनहरूमा उहाँको अनुग्रहको प्रशस्तता हामीलाई प्रकट गराउने हेतुले उहाँले यसो गर्नुभयो । ख्रीष्‍ट येशूमा उहाँको दयाद्वारा उहाँले यो देखाउनुहुन्छ । (aiōn g165)
that he might show, in the ages to come, the exceeding riches of his favor in his kindness toward us by Christ Jesus. (aiōn g165)
8 किनकि तिमीहरू अनुग्रहबाट विश्‍वासद्वारा बचाइएका छौ, र यो तिमीहरूबाट आएको होइन तर यो परमेश्‍वरको उपहार हो ।
For by favor you are saved through faith; and this salvation not by yourselves; it is the gift of God--
9 कामहरूबाट यो होइन, यसैकारण कसैले घमण्ड गर्न सक्दैन ।
not by works, that no one may boast.
10 किनकि हामीहरू परमेश्‍वरले धेरै पहिले देखि नै योजना गर्नुभएको असल काम गर्नको निम्ति र हामीहरू ती बमोजिम हिडौँ भनेर ख्रीष्‍ट येशूमा सृजना गरिएका उहाँको हातका सिप हौँ ।
For we are his workmanship, created in Christ Jesus to good works, for which God before prepared us, that we should walk in them.
11 त्यसकारण यो कुरा सम्झ, कि एक समय तिमीहरू शरीरमा गैरयहूदीहरू थियौ । मानिसहरूका हातहरूबाट शरीरमा खतना भएकाहरूले तिमीहरूलाई “बेखातनाको” भनेर बोलाउँथे ।
Wherefore, remember that you, formerly Gentiles in the flesh, (those called the uncircumcision, by them called the circumcision in the flesh, made by hands, )
12 किनकि त्यो समयमा तिमीहरू ख्रीष्‍टबाट अलगिएका थियौ । इस्राएलका मानिसहरूका निम्ति तिमीहरू परदेशी थियौ । तिमीहरू प्रतिज्ञाका करारबाट बिराना थियौ । तिमीहरूको भविष्‍यको कुनै निश्‍चयता थिएन । तिमीहरू परमेश्‍वर बिना यस संसारमा थियौ ।
were in the world at that time, without Christ, being aliens from the commonwealth of Israel, and strangers to the institutions of promise; having no hope, and without God:
13 तिमीहरू एक समय परमेश्‍वरबाट टाढा भएकाहरू, अब येशू ख्रीष्‍टको रगतद्वारा ख्रीष्‍ट येशूमा परमेश्‍वरसँग नजिक ल्याइएका छौ ।
but now, in Christ Jesus, you were formerly far off, are brought nigh by the blood of Christ.
14 किनकि उहाँ हाम्रो शान्ति हुनुहुन्छ । उहाँले दुईलाई एक बनाउनुभयो । हामीलाई एक अर्कामा विभाजन गर्ने शत्रुताका पर्खालहरू उहाँको शरीरद्वारा भत्काइएका छन् ।
For he is our peace, who has made both one, and has broken down the middle wall of separation;
15 अर्थात्, उहाँमा नै एउटा नयाँ मानिस सृष्‍टि गर्न, उहाँले नियमहरू र आज्ञाहरूका कानुनलाई खारेज गरिदिनुभयो । उहाँले मिलाप गराउनुभयो ।
having abolished, by his flesh, the enmity, (the law of the commandments concerning ordinances, ) that he might make the two into one new man, under himself, making peace:
16 उहाँको क्रूसद्वारा दुई मानिसलाई परमेश्‍वरमा शरीरमा एक बनाउनको निम्ति उहाँले यो गर्नुभयो । क्रुससँगै उहाँले शत्रुतालाई नाश गर्नुभयो ।
and might reconcile both to God, in one body, through the cross; having slain the enmity by it.
17 येशू आउनुभयो र धेरै टाढा र नजिक भएकाहरूलाई उहाँले शान्तिको घोषणा गर्नुभयो ।
And, having come, he brought good news of peace to you, the far off--to us, the nigh:
18 किनकि येशूद्वारा हामी दुवै एउटै आत्मामा पिताकहाँ जान सक्छौँ ।
that, through him, we both have introduction to the Father, by one Spirit.
19 त्यसकारण, तिमी यहूदीहरू कोहीपनि नौलो मानिस वा परदेशी छैनौ । तर सबै परमेश्‍वरको निम्ति अलग गरिएकाहरू सँगै उहाँको राज्यको सँगी नागरिकहरू हौ र परमेश्‍वरको परिवारका सदस्यहरू हौ ।
Now, then, you are no longer strangers and sojourners; but fellow-citizens with the saints, and of the household of God:
20 तिमीहरू प्रेरित र अगमवक्ताहरूको जग माथि बसालेर निर्माण गरिएका हौ । ख्रीष्‍ट येशू आफैँ कुने-ढुङ्गो हुनुहुन्छ ।
having been built upon the foundation of the Apostles and prophets, Jesus Christ himself being the foundation corner stone;
21 येशू ख्रीष्‍टमा उहाँको सारा निर्माण मिल्दै जान्छ र प्रभुमा एउटै मन्दिरको रूपमा बढ्दै जान्छ ।
by which the whole building, being fitly compacted together, rises into a holy temple of the Lord;
22 अनि उहाँमा नै तिमीहरू पनि पवित्र आत्मामा परमेश्‍वरको वासस्थानको रूपमा सँगै निर्माण भइरहेका छौ ।
in which you, also, are builded together, for a habitation of God by the Spirit.

< एफिसि 2 >