< उपदेशक 9 >
1 मैले धर्मात्मा र बुद्धिमान् मानिसहरू र तिनीहरूका कार्यहरूको विषयमा मेरो मनमा यी सबै कुराबारे विचार गरेँ । ती सबै परमेश्वरका हातमा छन् । कसैमाथि प्रेम वा घृणा के आइपर्ने छ भनी कसैलाई थाहा छैन ।
Böylece bütün bunları düşünüp taşındım ve şu sonuca vardım: Doğrular, bilgeler ve yaptıkları her şey Tanrı'nın elindedir. Onları sevginin mi, nefretin mi beklediğini kimse bilmez.
2 सबैको अन्त्य उही किसिमको हुन्छ । धर्मी र दुष्ट मानिसहरू, असल, शुद्ध र अशुद्ध अनि बलिदान चढाउने र बलिदान नचढाउने सबैको दशा एउटै हुन्छ । जसरी असल मानिसहरू मर्छन्, त्यसै गरी पापीहरू मर्ने छन् । जसरी वाचा बाँध्ने मर्छ, त्यसै गरी शपथ खान डराउने मानिस पनि मर्ने छ ।
Herkesin başına aynı şey geliyor. Doğrunun, iyinin, kötünün, temizin, kirlinin, kurban sunanla sunmayanın başına gelen şey aynı. İyi insana ne oluyorsa, günahlıya da oluyor; Ant içene ne oluyorsa, ant içmekten korkana da aynısı oluyor.
3 सूर्यमूनि गरिने हरेक कुराको लागि एउटा खराब दशा छ । तिनीहरू सबैमा उही कुरो आइपर्छ । मानिसको हृदय खराब कुराहरूले भरिएको छ, र तिनीहरू जिउँदा तिनीहरूको हृदयमा पागलपन हुन्छ । त्यसपछि तिनीहरू मरेकाहरूकहाँ जाने छन् ।
Güneşin altında yapılan işlerin tümünün kötü yanı şu ki, herkesin başına aynı şey geliyor. Üstelik insanların içi kötülük doludur, yaşadıkları sürece içlerinde delilik vardır. Ardından ölüp gidiyorlar.
4 सबै बाँचेकाहरूसित मिल्न जानेको आशा हुन्छ । मरेको सिंहभन्दा जिउँदो कुकुर असल हो ।
Yaşayanlar arasındaki herkes için umut vardır. Evet, sağ köpek ölü aslandan iyidir!
5 किनकि बाँचेकाहरू मर्ने छन् भनी तिनीहरूलाई थाहा छ, तर मरेकाहरूलाई केही पनि थाहा हुँदैन । तिनीहरूको स्मरणशक्ति गइसकेकोले तिनीहरूले कुनै इनाम पाउँदैन ।
Çünkü yaşayanlar öleceğini biliyor, Ama ölüler hiçbir şey bilmiyor. Onlar için artık ödül yoktur, Anıları bile unutulmuştur.
6 तिनीहरूका प्रेम, घृणा र ईर्ष्या धेरै पहिलै नै गाएब भएर गइसकेका छन् । सूर्यमूनि गरिने कुनै पनि कुराको लागि तिनीहरूले फेरि कुनै ठाउँ पाउने छैनन् ।
Sevgileri, nefretleri, Kıskançlıkları çoktan bitmiştir. Güneşin altında yapılanlardan Bir daha payları olmayacaktır.
7 आफ्नो बाटो लाग्; आनन्द भएर आफ्नो रोटी खा, र प्रसन्न हृदय लिएर आफ्नो दाखमद्य पि, किनकि असल कामहरूको उत्सवलाई परमेश्वरले अनुमोदन गर्नुहुन्छ ।
Git, sevinçle ekmeğini ye, neşeyle şarabını iç. Çünkü yaptıkların baştan beri Tanrı'nın hoşuna gitti.
8 तेरा लुगाहरू सधैँ सेता होऊन्, र तेरो शिर तेलले अभिषेक गरियोस् ।
Giysilerin hep ak olsun. Başından zeytinyağı eksilmesin.
9 परमेश्वरले सूर्यमूनि दिनुभएको यस व्यर्थ जीवनकालभरि तेरी पत्नीसित खुसी भएर बस् । सूर्यमूनि तेरो कामको लागि त्यो नै तेरो इनाम हो ।
Güneşin altında Tanrı'nın sana verdiği boş ömrün bütün günlerini, bütün anlamsız günlerini sevdiğin karınla güzel güzel yaşayarak geçir. Çünkü hayattan ve güneşin altında harcadığın emekten payına düşecek olan budur.
10 तेरो हातले जे काम पाउँछ, त्यो शक्ति लगाएर गर्, किनकि तँ जान लागिरहेको पातलमा कुनै काम वा व्याख्या वा ज्ञान वा बुद्धि छैन । (Sheol )
Çalışmak için eline ne geçerse, var gücünle çalış. Çünkü gitmekte olduğun ölüler diyarında iş, tasarı, bilgi ve bilgelik yoktur. (Sheol )
11 मैले सूर्यमूनि केही रोचक कुराहरू देखेको छुः तीव्रगतिमा कुद्नेहरूले दौड जित्दैनन् । बलिया मानिसहरूले युद्ध जित्दैनन् । बुद्धिमान् मानिसहरूले रोटी पाउँदैनन् । समझशक्ति भएका मानिसहरूले धन-सम्पत्ति पाउँदैनन् । ज्ञान भएका मानिसहरूले निगाह पाउँदैनन् । बरु, समय र अवसरले तिनीहरू सबैलाई प्रभाव पार्छन् ।
Güneşin altında bir şey daha gördüm: Yarışı hızlı koşanlar, Savaşı yiğitler, Ekmeği bilgeler, Serveti akıllılar, Beğeniyi bilgililer kazanmaz. Ama zaman ve şans hepsinin önüne çıkar.
12 निश्चय नै त्यसको समय कहिले आउने छ भनी कसैलाई थाहा छैन । माछा घातक जालमा परेझैँ वा चराचुरुङ्गी पासोमा परेझैँ मानव-जाति खराब समयको पासोमा जेलिएका छन्, जुन पासो अकस्मात् तिनीहरूमाथि आइपर्छन् ।
Dahası insan kendi vaktini bilmez: Balığın acımasız ağa, kuşun kapana düştüğü gibi, İnsanlar da üzerlerine ansızın çöken kötü zamana yakalanırlar.
13 मैले सूर्यमूनि यस्तो बुद्धि पनि देखेको छु, जसले मलाई निकै प्रभावित पार्यो ।
Güneşin altında bilgelik olarak şunu da gördüm, beni çok etkiledi:
14 एउटा सानो सहर थियो जहाँ थोरै मात्र मानिसहरू थिए । एउटा महान् राजा यसको विरुद्धमा आएर यसलाई घेरा हाले र यसको विरुद्धमा चारैतिर घेरा-मचान लगाए ।
Çok az insanın yaşadığı küçük bir kent vardı. Güçlü bir kral saldırıp onu kuşattı. Karşısına büyük rampalar kurdu.
15 अब त्यस सहरमा एउटा गरिब मानिस फेला पारियो । त्यो बुद्धिमान् थियो, जसले आफ्नो बुद्धिले सहरलाई बचायो । तरै पनि पछि कसैले पनि त्यस गरिब मानिसलाई सम्झेन ।
Kentte yoksul ama bilge bir adam vardı. Bilgeliğiyle kenti kurtardı. Ne var ki, kimse bu yoksul adamı anmadı.
16 त्यसैले मैले निष्कर्ष निकालेँ, “शक्तिभन्दा बुद्धि उत्तम हो, तर त्यस गरिब मानिसको बुद्धिलाई तुच्छ ठानियो, र त्यसका वचनहरूलाई ध्यानै दिइएन ।”
Bunun üzerine, “Bilgelik güçten iyidir” dedim, “Ne yazık ki, yoksul insanın bilgeliği küçümseniyor, söyledikleri dikkate alınmıyor.”
17 मूर्खहरूका बिचमा भएको शासकको चर्को सोरभन्दा नम्र भएर बोलिएका बुद्धिमान् मानिसका वचनहरूलाई राम्ररी ध्यान दिइन्छ ।
Bilgenin sessizce söylediği sözler, Akılsızlar arasındaki önderin bağırışından iyidir.
18 युद्धका तरवारहरूभन्दा बुद्धि उत्तम हो, तर एउटा पापीले धेरै असल कामलाई विनाश गर्छ ।
Bilgelik silahtan iyidir, Ama bir deli çıkar, her şeyi berbat eder.