< उपदेशक 8 >

1 बुद्धिमान् मानिस को हो? जीवनमा आइपर्ने घटनाहरूको अर्थ के हो भनी कसलाई थाहा हुन्छ र? मानिसमा भएको बुद्धिले उसको मुहार चम्काउँछ, र उसको मुहारको कठोरता बद्लिन्छ ।
Who is as the wise man? and who knoweth the interpretation of a thing? A man's wisdom maketh his face to shine, and the boldness of his face is changed.
2 राजाको रक्षा गर्ने परमेश्‍वरको शपथको कारण तिनको आज्ञा मान्‍न म तँलाई सल्लाह दिन्छु ।
I counsel thee: keep the king's command, and that in regard of the oath of God.
3 तिनको उपस्थितिबाट बाहिरिन हतार नगर्, र कुनै पनि गलत कुराको समर्थनमा खडा नहोओ, किनकि राजाले इच्छा गरेअनुसार काम गर्छन् ।
Be not hasty to go out of his presence; stand not in an evil thing; for he doeth whatsoever pleaseth him.
4 राजाको वचनले शासन गर्छ । त्यसले कसले तिनलाई यसो भन्‍न सक्छ, “तपाईं के गर्दै हुनुहुन्छ?”
Forasmuch as the king's word hath power; and who may say unto him: 'What doest thou?'
5 राजाको आज्ञा पालन गर्नेले नोक्सानी हटाउँछ । बुद्धिमान् मानिसको हृदयले समयको उचित मार्ग र तरिका जान्दछ ।
Whoso keepeth the commandment shall know no evil thing; and a wise man's heart discerneth time and judgment.
6 हरेक विषयको लागि ठिक प्रतिक्रिया र प्रतिक्रिया दिने समय छ, किनकि मानिसका कष्‍टहरू धेरै छन् ।
For to every matter there is a time and judgment; for the evil of man is great upon him.
7 पछि के हुँदै छ भनी कसैलाई थाहा छैन । के हुँदै छ भनी त्यसलाई कसले बताउन सक्छ र?
For he knoweth not that which shall be; for even when it cometh to pass, who shall declare it unto him?
8 सास नै रोक्‍न सक्‍ने गरी कोही पनि आफ्नो सासको शासक हुँदैन, र त्यसको मृत्यको दिनमाथि कसैको शक्ति हुँदैन । युद्धको समयमा कुनै सेनालाई पनि बिदा दिइँदैन, र दुष्‍टताले यसका दासहरूलाई छुटकारा दिने छैन ।
There is no man that hath power over the wind to retain the wind; neither hath he power over the day of death; and there is no discharge in war; neither shall wickedness deliver him that is given to it.
9 मैले यी सबै बुझेको छु । सूर्यमूनि गरिने हरेक कामको लागि मैले मेरो मेरो मन लगाएको छु । एउटा मानिसले अर्को मानिसलाई चोट लगाउने गरी थिचोमिचो गर्ने समय पनि छ ।
All this have I seen, even applied my heart thereto, whatever the work that is done under the sun; what time one man had power over another to his hurt.
10 यसरी दुष्‍टहरूलाई सार्वजनिक रूपमा गाडिएको मैले देखेँ । तिनीहरूलाई पवित्र स्थानबाट लगियो र गाडियो, अनि तिनीहरूले दुष्‍ट कामहरू गरेकै सहरका मानिसहरूले तिनीहरूको प्रशंसा गरे । यो पनि अर्थहीन छ ।
And so I saw the wicked buried, and they entered into their rest; but they that had done right went away from the holy place, and were forgotten in the city; this also is vanity.
11 दुष्‍ट अपराधको विरुद्धमा जारी गरिएको मृत्युदण्डलाई झट्टै कार्यान्यन नगरिँदा यसले मानिसको हृदयलाई खराब काम गर्न उस्काउँछ ।
Because sentence against an evil work is not executed speedily, therefore the heart of the sons of men is fully set in them to do evil;
12 पापीले एक सय पटक खराबी गरी त्यो धेरै वर्षसम्म बाँचे तापनि परमेश्‍वरको आदर गर्ने, उहाँको सामु खडा हुने र उहाँलाई आदर दिनेहरूलाई असलै हुने छ भनी मलाई थाहा छ ।
because a sinner doeth evil a hundred times, and prolongeth his days — though yet I know that it shall be well with them that fear God, that fear before Him;
13 तर दुष्‍ट मानिसको लागि राम्रो हुने छैन । त्यसको आयु लामो हुने छैन । त्यसले परमेश्‍वरलाई आदर नगर्ने भएकोले त्यसका दिनहरू एकै क्षण देखा पर्ने छायाजस्तै हुन्छन् ।
but it shall not be well with the wicked, neither shall he prolong his days, which are as a shadow, because he feareth not before God.
14 पृथ्वीमा गरिने अर्को व्यर्थ कुरा पनि छ । दुष्‍ट मानिसहरूलाई झैँ धर्मी मानिसहरूलाई भएको र धर्मी मानिसहरूलाई झैँ दुष्‍ट मानिसहरूलाई भएको देखिन्छ । म भन्दछु, कि यो पनि बेकामको कुरो हो ।
There is a vanity which is done upon the earth: that there are righteous men, unto whom it happeneth according to the work of the wicked; again, there are wicked men, to whom it happeneth according to the work of the righteous — I said that this also is vanity.
15 त्यसैले म प्रसन्‍नताको सिफारि गर्दछु, किनकि मानिसको लागि सूर्यमूनि खानु, पिउनु र खुसी हुनुभन्दा उत्तम कुरो छैन । सूर्यमूनि परमेश्‍वरले मानिसलाई दिनुभएको त्यसको जीवनकालभिर त्यसको परिश्रममा खुसी नै सँगसँगै जाने छ ।
So I commended mirth, that a man hath no better thing under the sun, than to eat, and to drink, and to be merry, and that this should accompany him in his labour all the days of his life which God hath given him under the sun.
16 बुद्धिलाई जान्‍न र दिन वा रातमा नसुतिकन अक्सर गरिने कामलाई बुझ्न मैले मेरो मन लगाउँदा,
When I applied my heart to know wisdom, and to see the business that is done upon the earth — for neither day nor night do men see sleep with their eyes —
17 मैले परमेश्‍वरका सबै कामलाई सोच विचार गरेँ, र सूर्यमूनि गरिएको कामलाई मानिसले बुझ्न नसक्‍ने रहेछ । जवाफहरू पाउनलाई मानिसले जतिसुकै परिश्रम गरे तापनि उसले ती पाउने छैन । आफूलाई थाहा छ भनी बुद्धिमान् मानिसले सोचे तापनि वास्तवमा उसलाई पनि थाहा छैन ।
then I beheld all the work of God, that man cannot find out the work that is done under the sun; because though a man labour to seek it out, yet he shall not find it; yea further, though a wise man think to know it, yet shall he not be able to find it.

< उपदेशक 8 >