< उपदेशक 6 >

1 मैले सूर्यमूनि एउटा खराबी देखेको छु, र यसले मानिसहरूलाई सार्‍है थिचेको छ ।
我看見在太陽下,另有一種不幸,重壓在人身上:
2 मानिसले इच्छा गरेको कुनै पनि कुरो कमी नहोस् भनेरे परमेश्‍वरले उसलाई धन-सम्पत्ति, जग्गा-जमिन र मान-सम्मान दिनुहोला, तर त्यसपछि परमेश्‍वरले उसलाई त्यसको उपभोग गर्ने कुनै खुबी दिनुहुन्‍न । बरु त्यसको थोकहरू अरू कसैले उपभोग गर्दछ । यो बाफ र खराब पीडा हो ।
有一人,天主賜他富裕、錢財、光榮;凡他心中所願意的,一件也不缺;但天主沒有讓他享用這一切,卻讓外人享用了:這也是空虛,是一件很悲慘的事。
3 कुनै मानिस एक सय जना छोराछोरीको बुबा बन्यो र त्यो धेरै वर्षसम्म बाँच्यो अनि त्यसका दिनहरू धेरै भएर पनि असल कुराहरूले त्यसको हृदय सन्तुष्‍ट भएन र त्यसलाई गाडिएन भने त्यो मानिसभन्दा जन्मँदै मरेको बच्‍चा उत्तम हो ।
有一人生有百子,活了很大歲數,他年紀雖高,卻沒有隨心享受福樂,且未得安葬,照我看來,他還不如流產的胎兒。
4 यस्तो बच्‍चा व्यर्थमा जन्मन्छ र अन्धकारमा लोप हुन्छ, अनि त्यसको नाउँ लुकेको अवस्थामा रहन्छ ।
流產的胎兒徒然而來,悄然而去,他的名字也湮沒無聞;
5 त्यस बच्‍चाले घामलाई नदेखे तापनि र कुनै कुरा नजाने तापनि त्यस मानिसले भन्दा यसको विश्राम असल हुन्छ ।
他沒有見過天日,也沒有任何知覺,但他總比那人更享安寧。
6 मानिस दुई हजार वर्षसम्म बाँचेर पनि असल थोकहरूको आनन्द लिन पाउँदैन भने त्यो मानिस पनि त्यहीँ जान्छ, जहाँ हरेक मानिस जान्छ ।
那人即便活了兩千歲,如未享受福樂,他們二人豈不是同歸一處﹖
7 मानिसका सबै काम त्यसको मुखको लागि हो, तापनि त्यसको भोक सन्तुष्‍ट हुँदैन ।
人的一切勞碌都是為了口腹,但他的慾望卻總不知滿足。
8 वास्तवमा मूर्खलाई भन्दा बुद्धिमान् मानिसलाई केचाहिँ बढी फाइदा छ र? अरू मानिसहरूको सामुन्‍ने कसरी व्यवहार गर्ने भनी गरिब मानिसलाई थाहा भए तापनि त्यसलाई के लाभ हुन्छ र?
智者較愚者究有什麼利益﹖知道如何與人往來的窮人,能得什麼好處﹖
9 भौँतारिहिँड्ने भोकको लालसाले गर्ने इच्छाभन्दा आँखाले जे देख्छ, त्यसबाट सन्तुष्‍ट हुनु उत्तम हुन्छ । यो पनि बाफ र बतासलाई खेद्‍ने कोसिस मात्र हो ।
眼看見過的總勝過心所想望的:這也是空虛,也是追風。
10 जे अस्तित्वमा रहेको छ, त्यसको पहिले नै नाउँ राखिएको छ, र मानव-जाति के हो भनी पहिले नै जानिएको छ । सबैका शक्तिशाली न्यायाधीशसित बहस गर्नु अर्थहीन भएको छ ।
已往所有的,都已有名可稱;人為何物,都已知道;人決不能與強於自己的抗辯。
11 जति धेरै वचन बोलिन्छ, त्यति नै धेरै व्यर्थताको वृद्धि हुन्छ । त्यसो भए, मानिसलाई के लाभ हुन्छ र?
說話多,必多空談:這對人能有什麼益處﹖
12 किनभने छायाझैँ बितिजाने मानिसको छोटो जीवनमा त्यसको व्यर्थताको बेलामा केचाहिँ असल हो भनी कसलाई थाहा हुन्छ र? सूर्यमूनि मानिसको मृत्यु भएपछि के हुन्छ भनी कसले भन्‍न सक्छ र?
在空虛,消逝如影的人生少數歲月內,有誰知道什麼事對人有益﹖又有誰能指給人指示,他身後在太陽下要發生什麼事﹖

< उपदेशक 6 >