< उपदेशक 5 >

1 परमेश्‍वरको भवनमा जाँदा आफ्ना कदमहरूको रखवाली गर् । मूर्खहरूको बलिदान चढाउनुभन्दा सुन्‍नलाई नजिक जा, किनकि के गल्ती गर्दै छन् भनी तिनीहरू बुझ्दैनन् ।
Kad odlaziš u Božji dom, pazi na korake svoje. Priđi da mogneš čuti - žrtva je valjanija nego prinos luđaka, jer oni i ne znaju da čine zlo.
2 बोल्नमा हतार नगर्, र परमेश्‍वरको सामु आफ्नो विषय लैजान तेरो हृदयमा आतुरी नगर् । परमेश्‍वर स्वर्गमा हुनुहुन्छ, तर तँ पृथ्वीमा छस् । त्यसैले तेरा वचनहरू थोरै होऊन् ।
Ne nagli ustima svojim i ne žuri se s riječima pred Bogom, jer je Bog na nebu, a ti si na zemlji; zato štedi svoje riječi.
3 तैँले गर्नुपर्ने र चिन्ता लिनुपर्ने धेरै कुराहरू छन् भने तैँले सम्भवतः खराब सपना देख्‍ने छस् । तैँले जति धेरै बोल्छस्, सम्भवतः त्यति नै धेरै मूर्ख कुराहरू ओकल्छस् ।
San dolazi od mnogih briga, a lud govor od mnoštva riječi.
4 तैँले परमेश्‍वरमा भाकल गर्दा त्यसलाई पुरा गर्न ढिलो नगर्, किनकि परमेश्‍वर मूर्खहरूसित रमाउनुहुन्‍न । तैँले जे गर्छु भनेर भाकल गरेको छस्, त्यो गरिहाल् ।
Kad zavjetuješ štogod Bogu, odmah to izvrši, jer njemu nisu mili bezumnici. Zato ispuni svaki svoj zavjet.
5 भाकल गरेर पुरा नगर्नु भन्दा भाकलै नगरेको उत्तम हुन्छ ।
Bolje je ne zavjetovati, nego zavjetovati a ne izvršiti zavjeta.
6 तेरो शरीरलाई पाप गर्न तेरो मुखलाई अनुमति नदे । पुजारीको सन्देशवाहकलाई यसो नभन्, “त्यो भाकल भुल थियो ।” झुटो पाराले भाकल गरी परमेश्‍वरलाई किन रिस उठाउने? तेरा हातको कामलाई नष्‍ट पार्न परमेश्‍वरलाई किन चिढ्याउने?
Ne daj ustima svojim da te navode na grijeh i ne reci kasnije pred anđelom da je bilo nehotice. Zašto pružati Bogu priliku da se srdi na riječ tvoju i uništi djelo tvojih ruku?
7 किनकि धेरै शब्दहरूमा जस्तै धेरै कल्पनामा अर्थहीन बाफ हुन्छ । त्यसैले परमेश्‍वरको भय मान् ।
Koliko sanja, toliko i ispraznosti; mnogo riječi - isprazna tlapnja. Zato boj se Boga.
8 जब तैँले तेरो प्रान्तमा गरिबहरूलाई थिचोमिचो गरिएको र तिनीहरूबाट न्याय र असल व्यवहार खोसिएको देख्छस्, तब कसैलाई थाहै नभएजस्तै गरी चकित नहो, किनकि तिनीहरूको रेखदेख गर्ने मानिसहरू शक्तिमा छन्, र तिनीहरूभन्दा अझै उच्‍च पदमा रहेर तिनीहरूको रेखदेख गर्ने मानिसहरू पनि हुन्छन् ।
Ako vidiš gdje tlače siromaha i gaze pravo i pravicu u zemlji, ne čudi se tomu, jer nad visokim straži viši, a nad njim najviši.
9 यस बाहेक, खेतबारीको उब्जनी हरेकको लागि हो, र राजा स्वयम्‌ले पनि खेतबारीबाट उब्जनी बटुल्छन् ।
Korist zemlje je nada sve; i kralj ovisi o zemljištu.
10 चाँदीलाई प्रेम गर्ने चाँदीबाट सन्तुष्‍ट हुने छैन, र धन-सम्पत्तिलाई प्रेम गर्नेले सधैँ यसको बढी चाह गर्छ । यो पनि बाफ हो ।
Tko novce ljubi, nikad ih dosta nema; tko bogatstvo ljubi, nikad mu dosta probitka. I to je ispraznost.
11 जब समृद्धि बढ्छ, तब यसलाई खाने मुख पनि बढ्छ । मालिकले आफ्ना आँखाले धन-सम्पत्तिलाई हेर्नुभन्दा बाहेक उसलाई केचाहिँ बढी लाभ हुन्छ र?
Gdje je mnogo bogatstva, mnogo je i gotovana, pa kakva je korist od toga gospodaru, osim što ga očima gleda?
12 धेरै खाए पनि थोरै खाए पनि काम गर्ने मानिसको निद्रा मिठो हुन्छ, तर धनी मानिसको धन-सम्पत्तिले त्यसलाई राम्ररी सुत्‍न दिँदैन ।
Sladak je dan radiši, jeo malo ili mnogo, dok bogatstvo ne da bogatašu zaspati.
13 सूर्यमूनि मैले एउटा खराबी देखेको छुः मालिकले आफ्नै दुर्दशाको निम्ति धन-सम्पत्ति थुपार्छ ।
I vidjeh teško zlo pod suncem: skupljeno blago što je na propast svojemu vlasniku.
14 जब धनी मानिसले दुर्भाग्यबाट आफ्नो धन-सम्पत्ति गुमाउँछ, तब त्यसले पालन-पोषण गरेको त्यसको आफ्नै छोरोको हातमा केही पनि हुँदैन ।
Jer zlom nezgodom propadne takvo bogatstvo te sinu što mu se rodi ne ostane ništa.
15 मानिस आफ्नी आमाको कोखबाट नाङ्गै आएजस्तै त्यो पनि नाङ्गै छाडिने छ । त्यसले आफ्नो हातमा आफ्नो परिश्रमको कुनै फल लैजान सक्दैन ।
Gol je izašao iz utrobe majke svoje i tako će gol i otići kakav je i došao; ništa nema od svega svojeg truda da ponese.
16 अर्कोचाहिँ खराबी यही हो, कि मानिस जसरी आउँछ, त्यसरी नै फर्केर जान्छ । त्यसैले बतासको लागि काम गर्ने मानिसलाई केचाहिँ लाभ छ र?
I to je teško zlo što tako odlazi kako je i došao; pa kakva mu je korist što se u vjetar mučio.
17 आफ्नो जीवनकालमा त्यसले नैराश्यमा खान्छ, अनि रोग र रिसबाट ज्यादै निराश हुन्छ ।
Sve svoje dane živi u tami, nevolji, brizi, bolesti i srdžbi.
18 परमेश्‍वरले हामीलाई दिनुभएको यस जीवनकालमा सूर्यमूनि हामीले परिश्रम गर्दा हाम्रा सारा कामबाट प्राप्‍त कुराहरूको आनन्द मनाउनु, खानु र पिउनु नै ठिक र उचित हो भनी मैले देखेको छु । किनकि यो नै मानिसको जिम्मेवारी हो ।
Ovo, stoga, zaključujem: prava je sreća čovjeku jesti i piti i biti zadovoljan sa svim svojim trudom kojim se muči pod suncem za kratka vijeka koji mu je dao Bog, jer takva mu je sudbina dosuđena.
19 जसलाई परमेश्‍वरले धन-सम्पत्ति र जग्गा-जमिन, अनि त्यसको काममा त्यसको हिस्सा प्राप्‍त गर्ने र आनन्द मनाउने खुबी दिनुभएको छ, त्योचाहिँ परमेश्‍वरको वरदान हो ।
Pa ako je čovjeku Bog dao bogatstvo i imanje da ih uživa i bude zadovoljan svojim djelom - i to je dar od Boga.
20 किनकि त्यसले आफ्नो जीवनका दिनहरूको प्रायः स्मरण गर्दैन, किनकि परमेश्‍वरले त्यसलाई यस्ता कुराहरूमा व्यस्त पारिदिनुहुन्छ जसमा त्यो काम गर्नमा रमाउँछ ।
Jer tada barem ne misli mnogo na dane svog života, kad mu Bog daje da mu se srce veseli.

< उपदेशक 5 >