< उपदेशक 4 >
1 फेरि एक पटक मैले सूर्यमूनि भएका सबै थिचोमिचोको विषयमा विचार गरेँ । मैले थिचोमिचोमा परेकाहरूको आँसु देखेँ, र तिनीहरूलाई सान्त्वना दिने कोही थिएन । शक्ति तिनीहरूलाई थिचोमिचो गर्नेहरूको हातमा थियो, र तिनीहरूलाई सान्त्वना दिने कोही थिएन ।
茲に我身を轉して日の下に行はるる諸の虐遇を視たり 嗚呼虐げらる者の涙ながる 之を慰むる者あらざるなり また虐ぐる者の手には權力あり 彼等はこれを慰むる者あらざるなり
2 अझै बाँचिरहेकाहरूभन्दा पहिले नै मरेकाहरू बढी भाग्यमानी हुन् भनी मैले विचार गरेँ ।
我は猶生る生者よりも旣に死たる死者をもて幸なりとす
3 तथापि, ती दुवैभन्दा पनि अझै नजन्मेकोचाहिँ बढी भाग्यमानी हो । त्यसले सूर्यमूनि गरिएको कुनै पनी खराब कामहरू देख्नै पाएको हुँदैन ।
またこの二者よりも幸なるは未だ世にあらずして日の下におこなはるる惡事を見ざる者なり
4 तब हरेक परिश्रम र हरेक सिपालु काम आफ्नो छिमेकीको ईर्ष्याबाट आउँदोरहेछ भनी मैले देखेँ । यो पनि बाफ नै हो र बतासलाई खेद्ने कोसिस मात्र हो ।
我また諸の勞苦と諸の工事の精巧とを觀るに 是は人のたがひに嫉みあひて成せる者たるなり 是も空にして風を捕ふるが如し
5 मूर्खले आफ्ना हात बाँधेर बस्छ, र कुनै काम गर्दैन । त्यसैले त्यसको भोजन त्यसको आफ्नै शरीर हुन्छ ।
愚なる者は手を束ねてその身の肉を食ふ
6 बतासलाई खेद्ने कोसिसबाट प्राप्त दुई मुट्ठीभन्दा मौन कामबाट प्राप्त एक मुट्ठी लाभ उत्तम हुन्छ ।
片手に物を盈て平穩にあるは 兩手に物を盈て勞苦て風を捕ふるに愈れり
7 त्यसपछि मैले सूर्यमूनि व्यर्थता अर्थात् हराएर जाने बाफको विषयमा अझै सोचविचार गरेँ ।
我また身をめぐらし日の下に空なる事のあるを見たり
8 एउटा एक्लै बस्ने किसिमको मानिस छ । त्यसको कोही छैन, न छोरा, न दाजुभाइ । त्यसको कामको कुनै अन्त्य छैन, र त्यसका आँखा धन-सम्पत्ति आर्जन गर्नमा सन्तुष्ट हुँदैनन् । त्यो छक्क पर्छ, “मैले कसको लागि मेहनत गर्दै छु? मैले किन सुख-विलासलाई त्याग्दै छु?” यो पनि बाफ र खराब अवस्था हो ।
茲に人あり只獨にして伴侶もなく子もなく兄弟もなし 然るにその勞苦は都て窮なくの目は富に飽ことなし 彼また言ず嗚呼我は誰がために勞するや何とて我は心を樂ませざるやと 是もまた空にして勞力の苦き者なり
9 एकलोले भन्दा दुई जना मानिसले उत्तम काम गर्छ । सँगसँगै मिलेर तिनीहरूले आफ्नो परिश्रमको लागि राम्रो आम्दानी गर्न सक्छन् ।
二人は一人に愈る其はその勞苦のために善報を得ればなり
10 एउटा खस्यो भने अर्कोले आफ्नो साथीलाई उठाउन सक्छ । तथापि एकलो भएको मानिस खस्दा त्यसलाई उठाउने कोही भएन भने त्यसलाई शोकले पिछा गर्छ ।
即ちその跌倒る時には一箇の人その伴侶を扶けおこすべし 然ど孤身にして跌倒る者は憐なるかな之を扶けおこす者なきなり
11 दुई जना सँगसँगै सुते भने न्यानो हुन्छ, तर एक जना मात्र त कसरी न्यानो हुने?
又二人ともに寝れば温暖なり一人ならば爭で温暖ならんや
12 एक जनालाई जित्न सकिन्छ, तर दुई जनाले आक्रमणको सामना गर्न सक्छन्, र तिन सूतले बाटेको डोरी झट्टै चुँडिँदैन ।
人もしその一人を攻撃ば二人してこれに當るべし 三根の繩は容易く斷ざるなり
13 चेताउनीहरूलाई कसरी सुन्ने भनी नजान्ने वृद्ध र मूर्ख राजा हुनुभन्दा गरिब तर बुद्धिमान् जवान मानिस हुनु उत्तम हो ।
貧くして賢き童子は 老て愚にして諌を納れざる王に愈る
14 त्यो जवान मानिस झ्यालखानाबाट निस्केर राजा भए तापनि वा आफ्नै राज्यमा गरिब जन्मेको भए तापनि यो साँचो हुन्छ ।
彼は牢獄より出て王となれり 然どその國に生れし時は貧かりき
15 मैले देखेँ, कि सूर्यमूनि हरेक जिउँदो मानिस र यताउता हिँडडुल गर्नेहरू त्यही जवान मानिससित हिँड्दै थिए जसले आफ्नो ठाउँ लिनै लागेको थियो ।
我日の下にあゆむところの群生が彼王に続てこれに代りて立ところの童子とともにあるを觀たり
16 नयाँ राजाको आज्ञा मान्न चाहने सबै मानिसहरूका लागि कुनै अन्त्य छैन, तर पछि तिनीहरूमध्ये धेरैले युवकको प्रशंसा गर्ने छैनन् । निश्चय नै यो अवस्था पनि बाफ हो, र बतासलाई खेद्ने कोसिस मात्र हो ।
民はすべて際限なし その前にありし者みな然り 後にきたる者また彼を悦ばず 是も空にして風を捕ふるがごとし