< उपदेशक 4 >

1 फेरि एक पटक मैले सूर्यमूनि भएका सबै थिचोमिचोको विषयमा विचार गरेँ । मैले थिचोमिचोमा परेकाहरूको आँसु देखेँ, र तिनीहरूलाई सान्त्वना दिने कोही थिएन । शक्ति तिनीहरूलाई थिचोमिचो गर्नेहरूको हातमा थियो, र तिनीहरूलाई सान्त्वना दिने कोही थिएन ।
ושבתי אני ואראה את כל העשקים אשר נעשים תחת השמש והנה דמעת העשקים ואין להם מנחם ומיד עשקיהם כח ואין להם מנחם׃
2 अझै बाँचिरहेकाहरूभन्दा पहिले नै मरेकाहरू बढी भाग्यमानी हुन् भनी मैले विचार गरेँ ।
ושבח אני את המתים שכבר מתו מן החיים אשר המה חיים עדנה׃
3 तथापि, ती दुवैभन्दा पनि अझै नजन्मेकोचाहिँ बढी भाग्यमानी हो । त्यसले सूर्यमूनि गरिएको कुनै पनी खराब कामहरू देख्‍नै पाएको हुँदैन ।
וטוב משניהם את אשר עדן לא היה אשר לא ראה את המעשה הרע אשר נעשה תחת השמש׃
4 तब हरेक परिश्रम र हरेक सिपालु काम आफ्नो छिमेकीको ईर्ष्याबाट आउँदोरहेछ भनी मैले देखेँ । यो पनि बाफ नै हो र बतासलाई खेद्‍ने कोसिस मात्र हो ।
וראיתי אני את כל עמל ואת כל כשרון המעשה כי היא קנאת איש מרעהו גם זה הבל ורעות רוח׃
5 मूर्खले आफ्ना हात बाँधेर बस्छ, र कुनै काम गर्दैन । त्यसैले त्यसको भोजन त्यसको आफ्नै शरीर हुन्छ ।
הכסיל חבק את ידיו ואכל את בשרו׃
6 बतासलाई खेद्‍ने कोसिसबाट प्राप्‍त दुई मुट्ठीभन्दा मौन कामबाट प्राप्‍त एक मुट्ठी लाभ उत्तम हुन्छ ।
טוב מלא כף נחת ממלא חפנים עמל ורעות רוח׃
7 त्यसपछि मैले सूर्यमूनि व्यर्थता अर्थात् हराएर जाने बाफको विषयमा अझै सोचविचार गरेँ ।
ושבתי אני ואראה הבל תחת השמש׃
8 एउटा एक्लै बस्‍ने किसिमको मानिस छ । त्यसको कोही छैन, न छोरा, न दाजुभाइ । त्यसको कामको कुनै अन्त्य छैन, र त्यसका आँखा धन-सम्पत्ति आर्जन गर्नमा सन्तुष्‍ट हुँदैनन् । त्यो छक्‍क पर्छ, “मैले कसको लागि मेहनत गर्दै छु? मैले किन सुख-विलासलाई त्याग्दै छु?” यो पनि बाफ र खराब अवस्था हो ।
יש אחד ואין שני גם בן ואח אין לו ואין קץ לכל עמלו גם עיניו לא תשבע עשר ולמי אני עמל ומחסר את נפשי מטובה גם זה הבל וענין רע הוא׃
9 एकलोले भन्दा दुई जना मानिसले उत्तम काम गर्छ । सँगसँगै मिलेर तिनीहरूले आफ्नो परिश्रमको लागि राम्रो आम्दानी गर्न सक्छन् ।
טובים השנים מן האחד אשר יש להם שכר טוב בעמלם׃
10 एउटा खस्यो भने अर्कोले आफ्नो साथीलाई उठाउन सक्छ । तथापि एकलो भएको मानिस खस्दा त्यसलाई उठाउने कोही भएन भने त्यसलाई शोकले पिछा गर्छ ।
כי אם יפלו האחד יקים את חברו ואילו האחד שיפול ואין שני להקימו׃
11 दुई जना सँगसँगै सुते भने न्यानो हुन्छ, तर एक जना मात्र त कसरी न्यानो हुने?
גם אם ישכבו שנים וחם להם ולאחד איך יחם׃
12 एक जनालाई जित्‍न सकिन्छ, तर दुई जनाले आक्रमणको सामना गर्न सक्छन्, र तिन सूतले बाटेको डोरी झट्टै चुँडिँदैन ।
ואם יתקפו האחד השנים יעמדו נגדו והחוט המשלש לא במהרה ינתק׃
13 चेताउनीहरूलाई कसरी सुन्‍ने भनी नजान्‍ने वृद्ध र मूर्ख राजा हुनुभन्दा गरिब तर बुद्धिमान् जवान मानिस हुनु उत्तम हो ।
טוב ילד מסכן וחכם ממלך זקן וכסיל אשר לא ידע להזהר עוד׃
14 त्यो जवान मानिस झ्यालखानाबाट निस्केर राजा भए तापनि वा आफ्नै राज्यमा गरिब जन्मेको भए तापनि यो साँचो हुन्छ ।
כי מבית הסורים יצא למלך כי גם במלכותו נולד רש׃
15 मैले देखेँ, कि सूर्यमूनि हरेक जिउँदो मानिस र यताउता हिँडडुल गर्नेहरू त्यही जवान मानिससित हिँड्दै थिए जसले आफ्नो ठाउँ लिनै लागेको थियो ।
ראיתי את כל החיים המהלכים תחת השמש עם הילד השני אשר יעמד תחתיו׃
16 नयाँ राजाको आज्ञा मान्‍न चाहने सबै मानिसहरूका लागि कुनै अन्त्य छैन, तर पछि तिनीहरूमध्ये धेरैले युवकको प्रशंसा गर्ने छैनन् । निश्‍चय नै यो अवस्था पनि बाफ हो, र बतासलाई खेद्‍ने कोसिस मात्र हो ।
אין קץ לכל העם לכל אשר היה לפניהם גם האחרונים לא ישמחו בו כי גם זה הבל ורעיון רוח׃

< उपदेशक 4 >