< उपदेशक 3 >
1 हरेक कुराको लागि तोकिएको समय छ, र आकाशमूनि हरेक उद्धेश्यको लागि बेलाछ ।
事事有時節,天下任何事皆有定時:
2 जन्मने एउटा समय छ, र मर्ने एउटा समय । रोप्ने एउटा समय छ, र उखेल्ने एउटा समय ।
生有時,死有時,栽種有時,拔除栽種的亦有時;
3 मार्ने एउटा समय छ, र निको पार्ने एउटा समय । भत्काउने एउटा समय छ, र बनाउने एउटा समय ।
殺戮有時,治療有時,拆毀有時,建築有時;
4 रुने एउटा समय छ, र हाँस्ने एउटा समय । शोक गर्ने एउटा समय छ, र नाच्ने एउटा समय ।
哭有時,笑有時,哀悼有時,舞蹈有時;
5 ढुङ्गा फ्याँक्ने एउटा समय छ, र ती बटुल्ने एउटा समय । अरू मानिसलाई अङ्गाल्ने एउटा समय छ, र त्यसबाट अलग रहने एउटा समय ।
拋石有時,堆石有時;擁抱有時,戒避擁抱亦有時;
6 खोजी गर्ने एउटा समय छ, र खोज्न छाड्ने एउटा समय । राख्ने एउटा समय छ, र फाल्ने एउटा समय ।
尋找有時,遺失有時;保存有時,捨棄有時;
7 लुगा च्यात्ने एउटा समय छ, र त्यसलाई मर्मत गर्ने एउटा समय । चुप लाग्ने एउटा समय छ, र बोल्ने एउटा समय ।
撕裂有時,縫綴有時;緘默有時,言談有時,
8 प्रेम गर्ने एउटा समय छ, र घृणा गर्ने एउटा समय । युद्ध गर्ने एउटा समय छ, र मिलाप गर्ने एउटा समय ।
愛慕有時,憎恨有時;作戰有時,和睦有時。
9 कामदारले आफ्नो परिश्रमबाट के लाभ पाउँछ र?
工作的人,從勞苦中得了什麼利益﹖
10 मानव-जातिलाई पुरा गर्न परमेश्वरले दिनुभएको काम मैले देखेको छु ।
我觀察了天主交予人類所應從事的事務,得知:
11 परमेश्वरले हरेक कुरोलाई त्यसको आफ्नो समयमा सुयोग्य बनाउनुभएको छ । उहाँले मानिसहरूका हृदयमा अनन्तता पनि राखिदिनुभएको छ । तर मानव-जातिले सुरुदेखि अन्त्यसम्म परमेश्वरले गर्नुभएका कामहरू बुझ्न सक्दैन ।
天主所行的一切事宜,都很適時,並賜給人認識時事的經歷,但人仍不能明瞭,天主自始至終所做的工作。
12 मानिस बाँचुञ्जेलसम्म त्यो आनन्दित रहनु र असल गर्नुभन्दा त्यसको लागि अर्को कुनै उत्तम कुरो छैन भनी मलाई थाहा छ ।
於是我明瞭:人類的幸福,只有在此生歡樂享受;
13 हरेकले खानुपर्छ र पिउनुपर्छ, अनि आफ्ना सबै कामबाट आउने असल कुराहरूमा कसरी आनन्द मनाउने भनी बुझ्नुपर्छ । यो नै परमेश्वरको उपहार हो ।
但人人有吃有喝,享受自己一切勞苦之所得,也是天主的恩賜。
14 मलाई थाहा छ, कि परमेश्वरले जे गर्नुहुन्छ, त्यो रहिरहन्छ । त्यसमा केही थप्न सकिँदैन, न त त्यसबाट हटाउन सकिन्छ, किनकि परमेश्वरले नै त्यो गर्नुभएको हो ताकि मानिसहरू आदरसाथ उहाँकहाँ जाऊन् ।
我知道:凡天主所行的事,永恒不變,無一可增,無一可減。天主這樣作,是為叫人敬畏他。
15 जे अस्तित्वमा छ, त्यो पहिलेदेखि नै अस्तित्वमा रहेको छ । जे अस्तित्वमा रहने छ, त्यो पहिलेदेखि नै अस्तित्वमा रहेको छ । लुकिएका कुराहरूको खोजी गर्न परमेश्वरले मानिसहरूलाई बनाउनुहुन्छ ।
現今所有的,早已有過;將來所有有,先前已有過;因為天主必追尋已往的事。
16 सूर्यमूनिको दुष्टतालाई मैले देखेको छु, जहाँ न्याय हुनुपर्थ्यो, र धार्मिकताको सट्टामा दुष्टता थियो ।
我在太陽下還看見:正義之處有不義,公平之處有不平。
17 मैले मेरो मनमा भनेँ, “हरेक विषय र हरेक कामको लागि ठिक समयमा परमेश्वरले धर्मीहरू र दुष्टहरूको न्याय गर्नुहुने छ ।”
我心裏想天主必要審判義人和惡人,因為各種事情和行為,在天主那裏都有其定時。
18 मैले मेरो हृदयमा भनेँ, “मानिसहरू पशुहरूजस्तै हुन् भनी देखाउन परमेश्वरले तिनीहरूको जाँच गर्नुहुन्छ ।”
我想,天主藉此是為使世人認清自己是誰,看清自己與走獸無異。
19 किनकि मानव-जातिको अन्त्य र पशुहरूको अन्त्य समान छ । एउटाको मृत्यु अर्कोको जस्तै छ । तिनीहरू सबैको एउटै सास छ । मानव-जातिलाई पशुहरूलाई भन्दा बढी लाभ छैन । किनकि के सबै कुरा सास नै होइन र?
的確,世人的命運,同走獸的命運,都是一樣:前者怎樣死,後者也怎樣死;氣息都一樣,人並不優於走獸:因為都是虛無。
20 हरेक कुरा उहाँ ठाउँमा जान्छ । हरेक कुरा धुलोबाट आउँछ, र धुलोमा नै फर्केर जान्छ ।
都同歸於一處;既都出於塵土,也都歸於塵土。
21 मानिसको आत्मा उँभोतिर र पशुको प्राण तलतिर माटोमा जान्छ भनी कसलाई थाहा छ र?
人的氣息是否向上高升,走獸的氣息是否下降地下,有誰知道﹖
22 त्यसैले मानिसको लागि आफ्नो काममा आनन्द लिनुभन्दा उत्तम कुरो छैन भनी फेरि मैले बुझेँ, किनकि त्यो नै त्यसको जिम्मेवारी हो । त्योभन्दा पछि के हुन्छ भनी देखाउन त्यसलाई कसले फर्काएर ल्याउन सक्छ र?
因此,我看出:人最好還是享受自己勞苦之所得,因為這是他的命運;有誰能領他去看自己身後的事呢﹖