< उपदेशक 2 >
1 मैले मेरो मनमा भनेँ, “अब आइज । म तँलाई खुसीले जाँच गर्ने छु । त्यसैले सुख-विलास गर ।” तर यो पनि अस्थायी मन्द बतासमात्र रहेछ ।
Mekaa mʼakomam sɛ, “Afei bra, mede anigyeɛ bɛsɔ wo ahwɛ na yɛahunu deɛ ɛyɛ.” Nanso, ankɔsi hwee.
2 मैले हाँसोको विषयमा भनेँ, “यो सन्काहा हो,” र सुख-विलासको विषयमा भनेँ, “यसको के फाइदा छ?”
Mekaa sɛ, “Ɔsereɛ yɛ nkwaseadeɛ. Na ɛdeɛn na anigyeɛ tumi yɛ?”
3 दाखमद्यले मेरा इच्छाहरूलाई कसरी तृप्त पार्ने भनी मैले मेरो मनमा अन्वेषण गरेँ । मैले अझै मूर्खतालाई पक्रिरहेको भए तापनि मैले मेरो मनलाई बुद्धिद्वारा डोर्याइन दिएँ । मानिसहरूको जीवन अवधिमा स्वर्गमूनि तिनीहरूको लागि के फाइदा छ भनेर म पत्ता लगाउन चाहन्थेँ ।
Mepɛɛ sɛ mehunu deɛ ɛyɛ pa ara ma yɛn wɔ ɛberɛ tiawa a yɛwɔ wɔ asase yi so. Enti meyɛɛ mʼadwene sɛ mede nsã bɛsɛpɛ me ho na mahwehwɛ, ahunu nkwaseasɛm asekyerɛ, a mʼankasa deɛ, mennyɛ ɔkwasea.
4 मैले ठुला-ठुला कुराहरू सम्पन्न गरेँ । मैले आफ्नो लागि घरहरू बनाएँ र दाखबारीहरू लगाएँ ।
Mede me nsa hyɛɛ nnwuma akɛseɛ ase; mesisii adan yɛɛ bobe nturo.
5 मैले आफ्नो लागि बगैँचाहरू उद्यानहरू बनाएँ । मैले तिनमा हर किसिमका फलफुल लगाएँ ।
Meyɛɛ nturo ne ahomegyebea na meduaduaa nnuaba ahodoɔ bebree wɔ mu.
6 जङ्गलमा सिँचाइ गर्न मैले पानीका तलाउहरू बनाएँ अनि रुखहरू लहलह बढे ।
Mesisii nsukoraeɛ a mɛtwe nsuo afiri mu, de agugu nnua a ɛrenyini no so.
7 मैले कमारा-कमारीहरू किनेँ । मेरो दरबारमा जन्मेका कमराहरू पनि थिए । यरूशलेममा मभन्दा अगि शासन गरेका कुनै पनि राजाको भन्दा मेरो भेडा-बाख्राका बगाल र गाईवस्तुका बथान बढी थिए ।
Metɔɔ nkoa ne mfenaa, na menyaa ebinom nso a wɔwoo wɔn wɔ me fie. Afei nso menyaa anantwie ne nnwan bebree sene obiara a wadi mʼanim wɔ Yerusalem.
8 मैले आफ्नो लागि चाँदी र सुन, राजाहरू र प्रान्तहरूका खजानाहरू थुपारेँ । मैले आफ्नो लागि गायक-गायिकाहरू अर्थात् मानव-जातिको मनोरञ्जन र धेरै उपपत्नीहरू राखेँ ।
Mepɛɛ dwetɛ ne sikakɔkɔɔ, gyegyee ahemfo ne amantam no ademudeɛ kaa ho. Mefaa mmarima ne mmaa nnwomtofoɔ, pɛɛ mmaa atenaeɛ nso; deɛ ɛyɛ ɔbarima akoma anigyedeɛ biara.
9 यसरी यरूशलेममा मभन्दा अगि भएका सबैभन्दा म धेरै महान् र धेरै धनी भएँ, अनि बुद्धि मसितै थियो ।
Megyee edin sene obiara a wadi mʼanim wɔ Yerusalem. Yeinom nyinaa mu no, me nimdeɛ kɔɔ so yɛɛ adwuma.
10 मेरा आँखाले चाहेको कुनै पनि कुरो प्राप्त गर्नदेखि मैले रोकिनँ । मैले हृदयलाई कुनै पनि सुख-विलास रोकिनँ, किनकि मेरो हृदय मेरा सबै परिश्रममा आनन्दित हुन्थ्यो, र सुख-विलास मेरा सबै कामको लागि इनाम थियो ।
Deɛ mʼani hwehwɛeɛ biara, mamfa ankame no; mansi mʼakoma anigyeɛ ho ɛkwan. Mʼakoma ani gyee me nnwuma nyinaa ho, na yei yɛ mʼadwumayɛ so akatua.
11 तब मेरा हातले सम्पन्न गरेका सबै काम र मैले गरेका कामलाई मैले निरीक्षण गरेँ, तर फेरि पनि हरेक थोक बाफ र बतासलाई खेदेजस्तै मात्र थियो । सूर्यमूनि कुनै लाभ थिएन ।
Nanso sɛ mehwɛ deɛ me nsa ayɛ nyinaa ne deɛ mabrɛ anya a, ne nyinaa nka hwee, ɛte sɛ deɛ wɔtu mmirika taa mframa. Mannya mfasoɔ biara wɔ owia yi ase.
12 तब म बुद्धि, पागलपन र मूर्खताको विषयमा विचार गर्नतिर फर्किएँ । किनकि राजाले पहिले नै गरिसकेको कामभन्दा तिनको पछि आउनेले केचाहिँ बढी गर्न सक्छ र?
Mede mʼadwene kɔɔ nimdeɛ, abɔdamsɛm ne nkwaseasɛm so. Ɛdeɛn bio na deɛ wɔadi ɔhene adeɛ bɛtumi ayɛ asene deɛ wɔayɛ dada no?
13 जसरी अन्धकारभन्दा ज्योति उत्तम हो, त्यसै गरी मूर्खताभन्दा बुद्धिका फाइदाहरू रहेछन् भनी मैले बुझ्न थालेँ ।
Mehunuu sɛ, nimdeɛ yɛ sene nkwaseasɛm, sɛdeɛ hann yɛ sene esum no.
14 बुद्धिमान् मानिसले आफ्नो शिरमा भएका आँखा त्यो कहाँ जाँदै छ भनी हेर्न प्रयोग गर्छ, तर मूर्खचाहिँ अन्धकारमा हिँड्छ । तर यी सबैमाथि उही दशा आइपर्छ भनी मलाई थाहा छ ।
Onyansafoɔ ani wɔ ne tirim, na ɔkwasea deɛ, ɔnante esum mu; nanso mehunuu sɛ wɔn nyinaa hyɛberɛ yɛ pɛ.
15 तब मैले मेरो मनमा भनेँ, “मूर्खलाई जे हुन्छ, मलाई पनि त्यही हुने छ । त्यसैले म ज्यादै बुद्धिमान् भएकोमा केचाहिँ फरक पर्छ त?” मैले मेरो मनमा निष्कर्ष निकालेँ, “यो पनि केवल बाफ हो ।”
Afei mesusuu mʼakomam sɛ, “Ɔkwasea hyɛberɛ bɛto me nso. Enti sɛ mehunu nyansa a, mfasoɔ bɛn na menya?” Mekaa wɔ mʼakomam sɛ, “Yei nso nka hwee.”
16 किनकि मूर्खलाई झैँ बुद्धिमान् मानिसलाई पनि धेरै लामो समयसम्म सम्झँदैन । आउँदा दिनहरूमा हरेक कुरा बिर्सिएको हुने छ । बुद्धिमान् मानिस मूर्खझैँ मर्छ ।
Te sɛ ɔkwasea no, ɔnyansafoɔ nso, wɔrenkae no daa; nna a ɛreba no mu, wɔrenkae wɔn baanu no. Te sɛ ɔkwasea no, onyansafoɔ nso bɛwu!
17 सूर्यमूनि गरिएका सबै काम मेरो लागि खराबै मात्र भएकाले मैले जीवनको जाँच गरेँ । यसो हुनुको कारणचाहिँ हरेक कुरो बाफजस्तै हो र बतासलाई खेद्ने कोसिस मात्र हो ।
Ɛno enti asetena fonoo me, na adwuma a yɛyɛ wɔ owia yi ase no haa me. Ne nyinaa yɛ ahuhudeɛ, te sɛ deɛ wɔtu mmirika taa mframa.
18 सूर्यमूनि मैले काम गरेर हासिल गरेका मेरा सबै प्राप्तिहरूलाई मैले घृणा गरेँ, किनकि मैले ती मपछि आउनेको लागि छोड्नैपर्छ ।
Mekyirii deɛ mayɛ adwuma apɛ nyinaa wɔ owia yi ase, ɛfiri sɛ, ɛsɛ sɛ megya hɔ ma deɛ ɔbɛdi mʼadeɛ.
19 किनकि त्यो बुद्धिमान् वा मूर्ख मानिस कुनचाहिँ हुने छ भनी कसलाई थाहा छ र? तापनि सूर्यमूनि मेरो काम र बुद्धिले बनाएको हरेक कुरोमाथि त्यो मालिक हुने छ । यो पनि बाफ हो ।
Na hwan na ɔnim sɛ onipa ko no bɛyɛ onyansafoɔ anaa ɔkwasea? Nanso deɛ mabiri me mogya ani apɛ wɔ owia yi ase nyinaa bɛkɔ ne nsam. Yei nso yɛ ahuhudeɛ.
20 त्यसकारण सूर्यमूनि मैले गरेका सबै कामको विषयमा मेरो मन निराश हुन थाल्यो ।
Enti mepaa aba wɔ owia yi ase adwumaden ho.
21 किनकि बुद्धि, ज्ञान र सिपले काम गर्ने कुनै मानिस होला, तर त्यसले आफूसित भएका सबै थोक अर्को मानिसलाई छाडिदिने छ । यो पनि बाफ र ठुलो दुर्भाग्य हो ।
Na onipa bɛfiri ne nimdeɛ, nyansa ne adwumayɛ ho nimdeɛ mu ayɛ nʼasɛdeɛ, na afei ɛsɛ sɛ ogya nʼadwumayɛ so aba ma obi a ɔnyɛɛ adwuma biara. Yei nso yɛ ahuhudeɛ, na ɛha adwene.
22 किनकि सूर्यमूनि कडा मेहनतसाथ काम गर्ने र आफ्नो परिश्रमलाई पुरा गर्न कोसिस गर्ने मानिसले के लाभ पाउँछ र?
Ɛdeɛn na onipa nya firi ne brɛ ne dadwene a ɔde yɛ adwuma wɔ owia yi ase mu?
23 हरेक दिन त्यसको काम दर्दनाक र तनावग्रस्त हुन्छ । त्यसैले रातमा त्यसको प्राणले विश्राम पाउने छैन । यो पनि बाफजस्तै हो ।
Ne nkwa nna nyinaa, nʼadwumayɛ yɛ ɔyea ne ɔhaw; anadwo mpo nʼadwene yɛ adwuma. Yei nso yɛ ahuhudeɛ.
24 खानु, पिउनु र आफ्नो काममा भएको असल कुरोदेखि सन्तुष्ट हुनुभन्दा मानिसको लागि कुनै उत्तम कुरो छैन । यो सत्यताचाहिँ परमेश्वरको हातबाट आउँछ भनी मैले देखेँ ।
Biribiara nsene sɛ onipa bɛdidi na wanom na wanya ahomeka wɔ adwumayɛ mu. Yei nso mehunuu sɛ ɛfiri Onyankopɔn,
25 किनकि परमेश्वरविना कसले खान र कुनै पनि किसिमको सुख-विलासमा रमाउन सक्छ?
ɛfiri sɛ ɛnyɛ ɔno a, anka hwan na ɔbɛtumi adidi anaasɛ ɔbɛnya ahomeka?
26 परमेश्वरलाई खुसी पार्ने जो कसैलाई उहाँले बुद्धि, ज्ञान र आनन्द दिनुहुन्छ । तथापि पापीलाई चाहिँ परमेश्वरले उहाँलाई खुसी तुल्याउने मानिसको निम्ति जम्मा गर्ने र थुपार्ने काम दिनुहुन्छ । यो पनि बाफ र बतासलाई खेद्ने कोसिस मात्र हो ।
Onipa a ɔsɔ Onyankopɔn ani no, ɔma no nimdeɛ, nyansa ne anigyeɛ, nanso omumuyɛfoɔ deɛ, ɔma ɔboaboa ahonyadeɛ ano ma deɛ ɔsɔ Onyankopɔn ani. Yei nso yɛ ahuhudeɛ, sɛdeɛ wɔde mmirikatuo taa mframa.