< उपदेशक 12 >

1 तेरा कठिन दिनहरू आउनुअगि र “मलाई तिनमा रमाहट छैन” भन्‍ने तेरा वर्षहरू आउनुअगि तेरो युवावस्थामा नै तेरो सृष्‍टिकर्ताको सम्झना गर् ।
Ka tuna da Mahaliccinka a kwanakin ƙuruciyarka, kafin lokacin wahala ta zo shekaru kuma su ƙarato sa’ad da za ka ce, “Ba na jin daɗinsu,”
2 सूर्य, चन्द्रमा र ताराहरूको ज्योति कम हुनुअगि र बादलहरू वर्षापछि फर्कनुअगि यसो उहाँको सम्झना गर् ।
kafin rana da haske wata da taurari su daina haske, gizagizai kuma su tattaru bayan da suka sheƙa ruwa;
3 त्यो यस्तो समय हुने छ, जुन बेला दरबारका पहरेदारहरू काम्‍ने छन्, र बलिया मानिसहरू झुक्छन्, र जाँतो पिँध्‍ने स्‍त्रीहरूको सङ्ख्या कम भएकाले तिनीहरू लोप हुने छन्, र झ्यालबाट हेर्नेहरूले फेरि प्रस्टसित देख्‍ने छैनन् ।
sa’ad da masu tsaron gida suke rawar jiki, majiya ƙarfi kuma suka rasa ƙarfi, sa’ad da masu niƙa suka daina don ba su da yawa, idanun da suke duba ta taga suka duhunta;
4 त्यो यस्तो समय हुने छ, जुन बेला सडकहरूमा ढोकाहरू बन्द गरिन्छन्, र जाँतो पिँध्‍नेहरू आवाज बन्द हुने छ, र चराचुरुङ्गीको चिरबिरे आवाजमा मानिसहरू उठ्छन्, र केटीहरूका गीतहरू हराएर जान्छन् ।
sa’ad da aka rufe ƙofofin shiga tituna ƙarar niƙa kuma ya tsagaita; sa’ad da kukan tsuntsaye ta farkar da mutane, ba a kuwa jin waƙoƙinsu,
5 त्यो यस्तो समय हुने छ, जुन बेला मानिसहरू उचाइ र गल्लीका खतराहरूदेखि डराउँछन्, र जब बदामको फुल फक्रन्छ र जब फटेङ्ग्रो पेटको बलले घस्रँदै हिँड्छ र प्राकृतिक इच्छा असफल हुन्छ, तब मानिस आफ्नो अनन्त घरमा जान्छ, र शोक गर्नेहरू गल्लीहरूमा जान्छन् ।
sa’ad da mutane suke jin tsoron tudu da kuma hatsarori a tituna; sa’ad da itacen almon ya toho, fāra kuma ya yi ta jan jikinsa da ƙyar, sha’awace-sha’awace sun kafe. Daga nan mutum ya tafi madawwamiyar gidansa ya bar masu makoki suna ta yi.
6 चाँदीको तार चुँडिनुअगि वा सुनको कचौरा कुच्‍च्याइनुअगि वा मूलमा माटोको भाँडो टुक्रा-टुक्रा हुनुअगि वा कुवामा पाङ्ग्रो भाँचिनअगि तेरो सृष्‍टिकर्ताको सम्झना राख् ।
Ka tuna da shi, kafin igiyar azurfa ta katse, ko tasar zinariya ta fashe; kafin tulu yă ragargaje a maɓulɓula, ko guga ta tsinke a rijiya,
7 जमिनबाट आएको धूलो जमिनमा फर्कनुअगि र आत्मा दिनुहुने परमेश्‍वरकहाँ आत्मा जानुअगि उहाँको सम्झना गर् ।
turɓaya ta koma ƙasar da ta fito, rai kuma yă koma ga Allah wanda ya ba da shi.
8 उपदेशक भन्छन्, “व्यर्थ, व्यर्थ, सबै थोक व्यर्थ हुन् ।”
“Ba amfani! Ba amfani!” In ji Malami, “Gaba ɗaya ba amfani!”
9 उपदेशक बुद्धिमान् थिए, र तिनले मानिसहरूलाई ज्ञानका कुराहरू सिकाए । तिनले अध्ययन गरे, र मनन गरे अनि धेरै हितोपदेशहरू ठिक क्रममा मिलाएर राखे ।
Ba kawai Malami ya kasance mai hikima ba, amma kuma ya koyar da mutane. Ya yi tunani ya kuma yi binciken da ya tsara karin magana masu yawa.
10 उपदेशकले सत्यताका प्रस्ट र सिधा वचनहरूको प्रयोग गरी लेख्‍ने कोसिस गरे ।
Malami ya yi bincike don yă sami kalmomin da suka dace, kuma abin da ya rubuta daidai ne da kuma gaskiya.
11 बुद्धिमान् मानिसका वचनहरू गोठालोको लट्ठीझैँ हुन्छन् । गुरुहरूले सङ्कलन गरेका भनाइहरू दह्रिलो किसिमले ठोकेका किल्लाहरूझैँ हुन्छन्, जुन एउटै गोठालाबाट सिकाइएका हुन् ।
Kalmomin masu hikima kamar tsinken tsokanar dabba ne, tarin maganganunsu kuma kamar ƙusoshi ne da aka kafa daram, da aka ba wa Makiyayi guda.
12 हे मेरो छोरो, थप केही कुराबारे सावधान बस्: धेरै पुस्तकहरू लेख्‍ने कामको अन्त्य हुँदैन, र धेरै अध्ययनले शरीरमा थकान ल्याउँछ ।
Ka yi hankali ɗana, game da duk wani ƙari a kan waɗannan. Wallafa littattafai ba shi da iyaka, kuma yawan karatu yakan gajiyar da jiki.
13 हरेक कुरा सुनिएपछि कुराको अन्त्य यही हो, कि तैँले परमेश्‍वरको भय मान्‍नुपर्छ, र उहाँका आज्ञाहरू पालन गर्नुपर्छ, किनकि यो नै मानव-जातिको सम्पूर्ण कर्तव्य हो ।
Yanzu an ji kome; ga ƙarshen magana. Ka ji tsoron Allah ka kuma kiyaye umarnansa, gama wannan shi ne dukan hakkin mutum.
14 किनकि हामीले गरेको हरेक गुप्‍त कुरा, चाहे त्यो असल होस् वा खराब, त्यसलाई परमेश्‍वरले इन्साफ गर्नुहुने छ ।
Gama Allah zai shari’anta kowane irin aiki, har da waɗanda aka yi a ɓoye, ko nagari ne, ko mugu.

< उपदेशक 12 >