< उपदेशक 12 >
1 तेरा कठिन दिनहरू आउनुअगि र “मलाई तिनमा रमाहट छैन” भन्ने तेरा वर्षहरू आउनुअगि तेरो युवावस्थामा नै तेरो सृष्टिकर्ताको सम्झना गर् ।
Uzikumbukira mlengi wako masiku a unyamata wako, masiku oyipa asanafike, nthawi isanafike pamene udzanena kuti, “Izi sizikundikondweretsa.”
2 सूर्य, चन्द्रमा र ताराहरूको ज्योति कम हुनुअगि र बादलहरू वर्षापछि फर्कनुअगि यसो उहाँको सम्झना गर् ।
Nthawi ya ukalamba wako, dzuwa ndi kuwala, mwezi ndi nyenyezi zidzada. Mitambo idzabweranso mvula itagwa.
3 त्यो यस्तो समय हुने छ, जुन बेला दरबारका पहरेदारहरू काम्ने छन्, र बलिया मानिसहरू झुक्छन्, र जाँतो पिँध्ने स्त्रीहरूको सङ्ख्या कम भएकाले तिनीहरू लोप हुने छन्, र झ्यालबाट हेर्नेहरूले फेरि प्रस्टसित देख्ने छैनन् ।
Nthawi imene manja ako adzanjenjemera, miyendo yako idzafowoka, pamene mano ako adzalephera kutafuna chifukwa ndi owerengeka, ndipo maso ako adzayamba kuchita chidima.
4 त्यो यस्तो समय हुने छ, जुन बेला सडकहरूमा ढोकाहरू बन्द गरिन्छन्, र जाँतो पिँध्नेहरू आवाज बन्द हुने छ, र चराचुरुङ्गीको चिरबिरे आवाजमा मानिसहरू उठ्छन्, र केटीहरूका गीतहरू हराएर जान्छन् ।
Makutu ako adzatsekeka, ndipo sudzamva phokoso lakunja; sudzamvanso kusinja kwa pa mtondo kapena kulira kwa mbalame mmawa.
5 त्यो यस्तो समय हुने छ, जुन बेला मानिसहरू उचाइ र गल्लीका खतराहरूदेखि डराउँछन्, र जब बदामको फुल फक्रन्छ र जब फटेङ्ग्रो पेटको बलले घस्रँदै हिँड्छ र प्राकृतिक इच्छा असफल हुन्छ, तब मानिस आफ्नो अनन्त घरमा जान्छ, र शोक गर्नेहरू गल्लीहरूमा जान्छन् ।
Imeneyi ndiyo nthawi imene anthu amaopa kupita kumalo okwera, amaopa kuyenda mʼmisewu; Mutu umatuwa kuti mbuu, amayenda modzikoka ngati ziwala ndipo chilakolako chimatheratu. Nthawi imeneyo munthu amapita ku nyumba yake yamuyaya ndipo anthu olira maliro amayendayenda mʼmisewu.
6 चाँदीको तार चुँडिनुअगि वा सुनको कचौरा कुच्च्याइनुअगि वा मूलमा माटोको भाँडो टुक्रा-टुक्रा हुनुअगि वा कुवामा पाङ्ग्रो भाँचिनअगि तेरो सृष्टिकर्ताको सम्झना राख् ।
Kumbukira Iye chingwe cha siliva chisanaduke, kapena mbale yagolide isanasweke; mtsuko usanasweke ku kasupe, kapena mkombero usanathyoke ku chitsime.
7 जमिनबाट आएको धूलो जमिनमा फर्कनुअगि र आत्मा दिनुहुने परमेश्वरकहाँ आत्मा जानुअगि उहाँको सम्झना गर् ।
Iyi ndi nthawi imene thupi lidzabwerera ku dothi, kumene linachokera, mzimu udzabwerera kwa Mulungu amene anawupereka.
8 उपदेशक भन्छन्, “व्यर्थ, व्यर्थ, सबै थोक व्यर्थ हुन् ।”
“Zopanda phindu! Zopandapake!” akutero Mlaliki. “Zonse ndi zopandapake!”
9 उपदेशक बुद्धिमान् थिए, र तिनले मानिसहरूलाई ज्ञानका कुराहरू सिकाए । तिनले अध्ययन गरे, र मनन गरे अनि धेरै हितोपदेशहरू ठिक क्रममा मिलाएर राखे ।
Mlaliki sanali wozindikira zinthu kokha ayi, komanso ankaphunzitsa anthu. Iye ankasinkhasinkha ndi kufufuzafufuza ndi kulemba mwadongosolo miyambi yambiri.
10 उपदेशकले सत्यताका प्रस्ट र सिधा वचनहरूको प्रयोग गरी लेख्ने कोसिस गरे ।
Mlaliki anafufuzafufuza kuti apeze mawu oyenera, ndipo zimene analemba zinali zolondola ndiponso zoona.
11 बुद्धिमान् मानिसका वचनहरू गोठालोको लट्ठीझैँ हुन्छन् । गुरुहरूले सङ्कलन गरेका भनाइहरू दह्रिलो किसिमले ठोकेका किल्लाहरूझैँ हुन्छन्, जुन एउटै गोठालाबाट सिकाइएका हुन् ।
Mawu a anthu anzeru ali ngati zisonga, zokamba zawo zimene anasonkhanitsa zili ngati misomali yokhomera, yoperekedwa ndi mʼbusa mmodzi.
12 हे मेरो छोरो, थप केही कुराबारे सावधान बस्: धेरै पुस्तकहरू लेख्ने कामको अन्त्य हुँदैन, र धेरै अध्ययनले शरीरमा थकान ल्याउँछ ।
Samalira mwana wanga, za kuwonjezera chilichonse pa zimenezi. Kulemba mabuku ambiri sikutha, ndipo kuphunzira kwambiri kumatopetsa thupi.
13 हरेक कुरा सुनिएपछि कुराको अन्त्य यही हो, कि तैँले परमेश्वरको भय मान्नुपर्छ, र उहाँका आज्ञाहरू पालन गर्नुपर्छ, किनकि यो नै मानव-जातिको सम्पूर्ण कर्तव्य हो ।
Basi zonse zamveka; mathero a nkhaniyi ndi awa: uziopa Mulungu ndi kusunga malamulo ake, pakuti umenewu ndiwo udindo wa anthu onse.
14 किनकि हामीले गरेको हरेक गुप्त कुरा, चाहे त्यो असल होस् वा खराब, त्यसलाई परमेश्वरले इन्साफ गर्नुहुने छ ।
Pakuti Mulungu adzaweruza zochita zonse, kuphatikizanso zinthu zonse zobisika, kaya zabwino kapena zoyipa.