< उपदेशक 11 >

1 तेरो अन्‍न पानीमा फालिदे, किनकि धेरै दिनपछि तैँले फेरि त्यसलाई भेट्टाउने छस् ।
Fa wʼawi twa po; na daakye bi wubenya so mfaso.
2 त्यसलाई सात वा आठ जना मानिससित बाँडचुँड गर्, किनकि पृथ्वीमा कस्तो किसिमका विपत्तिहरू आउँदै छन् भनी तँलाई थाहा छैन ।
Fa hyɛ aguadi ason mu, yiw, nea ɛto so awotwe mu, wunnim atoyerɛnkyɛm a ɛbɛba asase no so.
3 बादलहरू पानीले भरिएका छन् भने तिनीहरू पृथ्वीमा बर्सेर आफै रित्तिन्छन्, र रुख उत्तर वा दक्षिणतिर ढल्यो भने त्यो जहाँसुकै ढले तापनि त्यो रहने छ ।
Sɛ nsu ayɛ omununkum mu ma a, ɛtɔ osu gu asase so. Sɛ dua bi bu hwe anafo fam anaa atifi fam a, nea ɛhwee no, ɛhɔ ara na ɛbɛda.
4 बतासलाई हेर्नेले बिउ नछर्ला, र बादललाई हेर्नेले कटनी नगर्ला ।
Obiara a ɔtwɛn wim nsakrae no rennua, na nea ɔhwɛ omununkum no nso rentwa.
5 जसरी तँलाई बतासको बाटो थाहा छैन, न त गर्भवती महिलाको गर्भमा बच्‍चाका हड्‍डीहरू कसरी बढ्छन् भनी थाहा छ, त्यसै गरी हरेक थोक सृष्‍टि गर्नुहुने परमेश्‍वरको कामलाई पनि तैँले बुझ्न सक्दैनस् ।
Sɛnea wunnim ɔkwan a mframa nam so, anaa sɛnea wɔnwen nipadua wɔ ɔyafunu mu no, saa ara na worentumi nte Onyankopɔn nnwuma ase, ade nyinaa Yɛfo no.
6 बिहान तेरो बिउ रोप् । साँझसम्म आवश्यकताअनुसार तेरो हातले काम गर्, किनकि बिहान वा साँझ, त्यो वा यो कुनचाहिँ बिउ उम्रन्छ वा दुवै राम्रा हुन्छन् भनी तँलाई थाहा छैन ।
Dua wʼaba anɔpa, na anwummere nso ma wo nsa nna ho, na wunnim nea ɛbɛyɛ yiye, sɛ eyi anaa eyi, anaasɛ ebia abien no nyinaa bɛyɛ yie.
7 उज्यालो वास्तवमै रमणीय हुन्छ, र घामलाई देख्‍न पाउनु आँखाको लागि मनोहर कुरो हो ।
Hann yɛ fɛ; na ɛyɛ aniwa dɛ sɛ ohu owia.
8 कोही धेरै वर्षसम्म बाँच्यो भने त्यो ती सबै वर्ष प्रसन्‍न होस्, तर त्यसले आउनेवाला अन्धकार दिनहरूको बारेमा सोचोस्, किनकि त्यस्ता दिनहरू धेरै हुने छन् । हुन आउने हरेक कुरो बिलाएर जाने बाफ हुन् ।
Mfe dodow a onipa bɛtena nkwa yi mu nyinaa ɛsɛ sɛ onya ahotɔ. Nanso ɛsɛ sɛ ɔkae nnabɔne na ɛbɛdɔɔso. Biribiara a ɛbɛba no yɛ ahuhude.
9 हे जवान मानिस, तेरो युवावस्थामा आनन्द मना, र तेरो युवावस्थाको बेलामा तेरो हृदय आनन्दित होस् । तेरो हृदय र तेरा आँखाले देख्‍न सक्‍ने असल इच्छाहरूको पछि लाग् । तथापि यी सबै कुराको लागि परमेश्‍वरले तँमाथि इन्साफ ल्याउनुहुने छ भनी जान् ।
Ma wʼani nnye, aberante, bere a woyɛ ɔbabun, ma wo koma mma wo anigye wɔ wo mmerantebere mu. Di nea wo koma pɛ ne nea wʼaniwa hu akyi, nanso hu sɛ eyinom nyinaa ho Onyankopɔn de wo bɛba atemmu mu.
10 तेरो हृदयबाट रिसलाई हटा, र तेरो शरीरमा भएको कुनै पनि दर्दलाई बेवास्ता गर्, किनकि युवावस्था र यसको शक्ति व्यर्थ हुन् ।
Enti yi adwennwen biara fi wo koma mu na tow ɔhaw biara a ɛwɔ wo mu no gu, efisɛ mmeranteyɛ ne ahoɔden yɛ ahuhude.

< उपदेशक 11 >