< उपदेशक 10 >
1 जसरी मरेका झिँगाहरूले अत्तरलाई दुर्गन्धित तुल्याइदिन्छन्, त्यसै गरी थोरै मूर्खताले बुद्धि र सम्मानलाई दबाइदिन सक्छ ।
死し蝿は和香者の膏を臭くしこれを腐らす 少許の愚癡は智慧と尊榮よりも重し
2 बुद्धिमान् मानिसको मन ठिक कुरातिर लाग्छ, तर मूर्खको मन बेठिक कुरातिर लाग्छ ।
智者の心はその右に愚者の心はその左に行くなり
3 मूर्ख सडकमा हिँड्दा त्यसको सोचाइ अपूर्ण हुन्छ जसले त्यो मूर्ख हो भनी हरेकलाई प्रमाणित गर्छ ।
愚者は出て途を行にあたりてその心たらず自己の愚なることを一切の人に告ぐ
4 तेरो विरुद्धमा शासकको रिस उठ्यो भने तेरो काम नछाड् । चुपचाप बसाइले ठुलो झोँकलाई पनि शान्त पार्न सक्छ ।
君長たる者汝にむかひて腹たつとも汝の本處を離るる勿れ温順は大なる愆を生ぜしめざるなり
5 सूर्यमूनि मैले एउटा खराबी देखेको छु, जुन शासकबाट आउने एक किसिमको त्रास होः
我日の下に一の患事あるを見たり是は君長たる者よりいづる過誤に似たり
6 मूर्खहरूलाई नेतृत्वका पदहरू दिइन्छ, जब कि सफल मानिसहरूलाई तल्लो स्तरका पदहरू दिइन्छ ।
すなはち愚なる者高き位に置かれ貴き者卑き處に坐る
7 मैले दासहरूले घोडा चढेको देखेको छु, र सफल मानिसहरू भुइँमा दासहरूजस्तै गरी हिँडेको देखेको छु ।
我また僕たる者が馬に乗り王侯たる者が僕のごとく地の上に歩むを觀たり
8 खाडल खन्ने कोही पनि त्यसभित्र खस्न सक्छ, र कसैले पर्खाल भत्काउँदा सर्पले त्यसलाई डस्न सक्छ ।
坑を掘る者はみづから之におちいり石垣を毀つ者は蛇に咬れん
9 ढुङ्गा काट्नेलाई ढुङ्गाले नै चोट पुर्याउन सक्छ, र दाउरा काट्ने दाउराद्वारा नै खतरामा पर्छ ।
石を打くだく者はそれがために傷を受け木を割る者はそれがために危難に遭ん
10 बन्चरो बोधो छ र मानिसले त्यसलाई उध्याउँदैन भने त्यसले बढी शक्तिको प्रयोग गर्नुपर्छ, तर बुद्धिले सफलताको लागि मौका उपलब्ध गराउँछ ।
鐵の鈍くなれるあらんにその刃を磨ざれば力を多く之にもちひざるを得ず 智慧は功を成に益あるなり
11 लट्ठ्याइनअगि नै सर्पले डस्यो भने सपेरालाई केही फाइदा हुँदैन ।
蛇もし呪術を聽ずして咬ば呪術師は用なし
12 बुद्धिमान् मानिसका वचनहरू अनुग्रहमय हुन्छन्, तर मूर्खको ओठले त्यो आफैलाई नष्ट पार्छ ।
智者の口の言語は恩徳あり 愚者の唇はその身を呑ほろぼす
13 जसरी मूर्खको मुखबाट वचनहरू प्रवाह हुन थाल्छन्, त्यसै गरी मूर्खता बाहिर आउँछ, र अन्त्यमा त्यसको मुखबाट दुष्ट पागलपना बाहिर निस्कन्छ ।
愚者の口の言は始は愚なり またその言は終は狂妄にして惡し
14 मूर्खले कुराहरू बढाउँछ, तर के हुने छ भनी कसैलाई थाहा हुँदैन । त्यसको पछि के हुने छ भनी कसैले जान्दैन ।
愚者は言詞を衆くす 人は後に有ん事を知ず 誰かその身の後にあらんところの事を述るを得ん
15 मूर्खहरूको परिश्रमले तिनीहरूलाई यसरी थकाउँछ, कि तिनीहरूलाई सहर जाने बाटोसमेत थाहा हुँदैन ।
愚者の勞苦はその身を疲らす彼は邑にいることをも知ざるなり
16 त्यो देशलाई धिक्कार होस्, जुन देशको राजा जवान ठिटो छ, र त्यसका अगुवाहरूले बिहानैदेखि उपवास बस्न थाल्छन्!
その王は童子にしてその侯伯は朝に食をなす國よ 汝は禍なるかな
17 तर त्यो देश धन्यको हो, जसको राजा कुलीहरूको छोरो हो, र त्यसका अगुवाहरूले मात्नको लागि नभई शक्तिको लागि ठिक समयमा खान्छन्!
その王は貴族の子またその侯伯は酔樂むためならず力を補ふために適宜き時に食をなす國よ 汝は福なるかな
18 अल्छेपनको कारण छाना भत्कन्छ, र निष्क्रिय हातको कारण घर चुहुने हुन्छ ।
懶惰ところよりして屋背は落ち 手を垂をるところよりして家屋は漏る
19 मानिसहरूले हाँसोको लागि खाना तयार गर्छन्; दाखमद्यले जीवनमा आनन्द ल्याउँछ, र रुपियाँ-पैसाले दैनिक खाँचोलाई पुरा गर्छ ।
食事をもて笑ひ喜ぶの物となし酒をもて快樂を取れり 銀子は何事にも應ずるなり
20 राजालाई नसराप्; तेरो मनमा पनि नसराप्, र तेरो सुत्ने कोठाभित्र धनी मानिसहरूलाइ नसराप् । किनकि आकाशका चराचुरुङ्गीहरूले तेरा वचनहरू लिएर जालान् । पखेटा भएकाहरूले तेरो विषयलाई फैलाउन सक्छन् ।
汝心の中にても王たる者を詛ふなかれ また寝室にても富者を詛なかれ 天空の鳥その聲を傳へ羽翼ある者その事を布べければなり