< व्यवस्था 6 >
1 अब यर्दन पारि गई तिमीहरूले अधिकार गर्न लागेको देशमा तिमीहरूले पालन गरून् भनी परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सिकाउन भनी मलाई दिनुभएका आदेश र विधिविधानहरू यिनै हुन् ।
“这是耶和华—你们 神所吩咐教训你们的诫命、律例、典章,使你们在所要过去得为业的地上遵行,
2 तिमीहरूको आयु लामो होस् भनेर तिमीहरू, तिमीहरूका छोराछोरीहरू, तिमीहरूका नातिनातिनाहरूले जीवनभरि परमप्रभु तिमीहरूका परमेश्वरको आदर गर्नू र उहाँका सबै विधान र आज्ञा मान्नू ।
好叫你和你子子孙孙一生敬畏耶和华—你的 神,谨守他的一切律例诫命,就是我所吩咐你的,使你的日子得以长久。
3 त्यसकारण, हे इस्राएल हो, तिनलाई सुन र पालन गर ताकि परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएको दूध र मह बग्ने देशमा तिमीहरूको भलो होस् र तिमीहरू गुणात्मक रूपमा वृद्धि हुन सक ।
以色列啊,你要听,要谨守遵行,使你可以在那流奶与蜜之地得以享福,人数极其增多,正如耶和华—你列祖的 神所应许你的。
4 हे इस्राएल हो, सुनः पमरप्रभु हाम्रा परमेश्वर एउटै हुनुहुन्छ ।
“以色列啊,你要听!耶和华—我们 神是独一的主。
5 तिमीहरूले पमरप्रभु तिमीहरूका परमेश्वरलाई आफ्नो सारा ह्रदय, सारा प्राण र सारा शक्तिले प्रेम गर्नू ।
你要尽心、尽性、尽力爱耶和华—你的 神。
6 आज मैले तिमीहरूलाई आज्ञा गरेका यी वचनहरू तिमीहरूका हृदयमा राख ।
我今日所吩咐你的话都要记在心上,
7 अनि तिमीहरूले आफ्ना छोराछोरीहरूलाई ती मेहनतसाथ सिकाउनू । तिमीहरू आफ्ना घरमा बस्दा, बाटोमा हिँड्दा, सुत्दा र उठ्दा तिमीहरूले तिनकै चर्चा गर्नू ।
也要殷勤教训你的儿女。无论你坐在家里,行在路上,躺下,起来,都要谈论。
8 तिमीहरूले चिन्हको रूपमा तिनलाई हातमा बाँध्नू र तिमीहरूका आँखाका बिचमा तिनले पट्टको काम गरून् ।
也要系在手上为记号,戴在额上为经文;
9 तिमीहरूले तिमीहरूका घरका चौकोस र ढोकाहरूमा ती लेख्नू ।
又要写在你房屋的门框上,并你的城门上。”
10 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका पिता-पुर्खाहरू अर्थात् अब्राहाम, इसहाक र याकूबसित तिमीहरूलाई दिन्छु भनी शपथ खानुभएको तिमीहरूले नबनाएका अनि ठुला
“耶和华—你的 神领你进他向你列祖亚伯拉罕、以撒、雅各起誓应许给你的地。那里有城邑,又大又美,非你所建造的;
11 र ज्यादै राम्रा-राम्रा सहरहरू भएको देशमा ल्याउनुहुँदा जहाँ तिमीहरूले नबनाएका सबै किसिमका असल थोकहरूले घरहरू भरिपूर्ण हुने छन्, तिमीहरूले नखनेका इनारहरू हुने छन् र तिमीहरूले नरोपेका दाखबारी र जैतूनका रुखहरू हुने छन्, ती तिमीहरूले खाने छौ र तृप्त हुने छौ,
有房屋,装满各样美物,非你所装满的;有凿成的水井,非你所凿成的;还有葡萄园、橄榄园,非你所栽种的;你吃了而且饱足。
12 तब तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको देशबाट ल्याउनुहुने परमप्रभुलाई नबिर्सन होसियार होओ ।
那时你要谨慎,免得你忘记将你从埃及地、为奴之家领出来的耶和华。
13 परमप्रभु तिमीहरूका परमेश्वरको आदर गर्नू; उहाँको मात्र आराधना गर्नू र उहाँको नाउँमा शपथ खानू ।
你要敬畏耶和华—你的 神,事奉他,指着他的名起誓。
14 तिमीहरूका वरिपरि भएका जाति-जातिहरूका देवी-देवताहरूको पछि नलाग्नू,
不可随从别神,就是你们四围国民的神;
15 किनकि तिमीहरूका बिचमा रहनुहुने परमप्रभु तिमीहरूका परमेश्वर डाही परमेश्वर हुनुहुन्छ । तिमीहरूले त्यसो गर्यौ भने परमप्रभु तिमीहरूका परमेश्वरको क्रोध तिमीहरूका विरुद्धमा दन्कने छ र उहाँले तिमीहरूलाई पृथ्वीको धूलोबाट नष्ट पार्नुहुने छ ।
因为在你们中间的耶和华—你 神是忌邪的 神,惟恐耶和华—你 神的怒气向你发作,就把你从地上除灭。
16 मस्साहमा परीक्षा गरेझैँ परमप्रभु तिमीहरूका परमेश्वरको परीक्षा नगर्नू ।
“你们不可试探耶和华—你们的 神,像你们在玛撒那样试探他。
17 तिमीहरूलाई आज्ञा गर्नुभएका परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू, उहाँका गम्भीर आदेशहरू र उहाँका विधिहरू दत्तचित्तसाथ पालन गर्नू ।
要留意遵守耶和华—你们 神所吩咐的诫命、法度、律例。
18 तिमीहरूले परमप्रभुको दृष्टिमा जे ठिक र असल छ, त्यही गर्नू ताकि तिमीहरूको भलो होस् र परमप्रभुले तिमीहरूका पुर्खाहरूसित शपथ खानुभएको देशमा गएर यसको अधिकार गर्न सक,
耶和华眼中看为正、看为善的,你都要遵行,使你可以享福,并可以进去得耶和华向你列祖起誓应许的那美地,
19 अनि परमप्रभुले भन्नुभएझैँ तिमीहरूले तिमीहरूका सबै शत्रुहरूलाई धपाउन सक ।
照耶和华所说的,从你面前撵出你的一切仇敌。
20 भावी दिनमा तिम्रो छोराले, 'परमप्रभु हाम्रा परमेश्वरले तपाईंलाई दिनुभएका करारका आदेशहरू, विधिविधानहरू के-के हुन्?' भनी सोध्दा
“日后,你的儿子问你说:‘耶和华—我们 神吩咐你们的这些法度、律例、典章是什么意思呢?’
21 तिमीले आफ्नो छोरोलाई भन्नू, 'हामी मिश्रमा फारोका कमाराहरू थियौँ । परमप्रभुले हामीलाई शक्तिशाली हातद्वारा मिश्रबाट ल्याउनुभयो,
你就告诉你的儿子说:‘我们在埃及作过法老的奴仆;耶和华用大能的手将我们从埃及领出来,
22 र उहाँले हाम्रा आँखाकै सामु मिश्रमा फारो र तिनका सबै घरानामाथि महान् र डरलाग्दा चिन्हसाथै आश्चर्यहरू देखाउनुभयो ।
在我们眼前,将重大可怕的神迹奇事施行在埃及地和法老并他全家的身上,
23 उहाँले हामीलाई त्यहाँबाट बाहिर ल्याउनुभयो ताकि हाम्रा पुर्खाहरूसित शपथ खानुभएको देशभित्र उहाँले हामीलाई ल्याउन सक्नुभएको होस् ।
将我们从那里领出来,要领我们进入他向我们列祖起誓应许之地,把这地赐给我们。
24 परमप्रभुले सधैँ यी सबै विधिविधान मान्न, हाम्रो भलाइको लागि परमप्रभु हाम्रा परमेश्वरको भय मान्न हामीलाई आज्ञा दिनुभएको छ ताकि आजजस्तै उहाँले हामीलाई जीवित राख्नुभएको होस् ।
耶和华又吩咐我们遵行这一切律例,要敬畏耶和华—我们的 神,使我们常得好处,蒙他保全我们的生命,像今日一样。
25 हामीले उहाँले हामीलाई आज्ञा गर्नुभएझैँ परमप्रभु हाम्रा परमेश्वरको सामु यी सबै आज्ञा मान्यौँ भने यो हाम्रो धार्मिकता हुने छ ।'
我们若照耶和华—我们 神所吩咐的一切诫命谨守遵行,这就是我们的义了。’”