< व्यवस्था 4 >

1 अब हे इस्राएली हो, मैले तिमीहरूलाई सिकाउनै लागेका विधिविधानहरूलाई सुन । तिनको पालन गरी तिमीहरू जीवित होऊ र परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा गएर त्यसलाई अधिकार गर ।
پس الان‌ای اسرائیل، فرایض و احکامی راکه من به شما تعلیم می‌دهم تا آنها را بجاآورید بشنوید، تا زنده بمانید و داخل شده، زمینی را که یهوه، خدای پدران شما، به شمامی دهد به تصرف آورید.۱
2 मैले तिमीहरूलाई आज्ञा गरेका वचनहरूमा नथप्‍नू न त तीबाट घटाउनू ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएका आज्ञाहरू तिमीहरूले पालन गर्न सक ।
بر کلامی که من به شماامر می‌فرمایم چیزی میفزایید و چیزی از آن کم منمایید، تا اوامر یهوه خدای خود را که به شماامر می‌فرمایم، نگاه دارید.۲
3 बाल-पोरको कारणले परमप्रभुले के गर्नुभयो, त्यो तिमीहरूका आँखाले देखेका छन् । पोरको बाल देवतालाई पछ्याउने सबै मानिसलाई परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूकै बिचबाट नष्‍ट पारिदिनुभयो ।
چشمان شما آنچه راخداوند در بعل فغور کرد دید، زیرا هرکه پیروی بعل فغور کرد، یهوه خدای تو، او را از میان توهلاک ساخت.۳
4 तर परमप्रभु तिमीहरूका परमेश्‍वरसित टाँसिनेहरूमध्ये हरेक आज जीवित छ ।
اما جمیع شما که به یهوه خدای خود ملصق شدید، امروز زنده ماندید.۴
5 हेर, परमप्रभु मेरा परमेश्‍वरले मलाई आज्ञा गर्नुभएझैँ मैले तिमीहरूलाई विधिविधानहरू सिकाएको छु, कि तिमीहरूले अधिकार गर्न लागिरहेको देशमा तिमीहरू प्रवेश गर्दा तिमीहरूले ती पालन गर्नुपर्छ ।
اینک چنانکه یهوه، خدایم، مرا امر فرموده است، فرایض و احکام به شما تعلیم نمودم، تا درزمینی که شما داخل آن شده، به تصرف می‌آورید، چنان عمل نمایید.۵
6 त्यसकारण ती मान र पालन गर । किनकि जाति-जातिहरूको दृष्‍टिमा यो तिमीहरूको बुद्धि र समझशक्ति हुने छ जसले यी सबै विधिविधानको बारेमा सुनेर यसो भन्‍ने छन्, 'निश्यच नै, यो महान् जाति बुद्धिमानी र समझशक्ति भएको जाति रहेछ ।'
پس آنها را نگاه داشته، بجا آورید زیرا که این حکمت و فطانت شماست، در نظر قومهایی که چون این فرایض رابشنوند، خواهند گفت: «هرآینه این طایفه‌ای بزرگ، قوم حکیم، و فطانت پیشه‌اند.»۶
7 किनकि हामीले जहिलेसुकै पुकारा गर्दा हाम्रा परमप्रभु परमेश्‍वर जत्ति नजिक हुनुहुन्छ, त्यति अर्को कुन जातिको ईश्‍वर नजिक छ?
زیرا کدام قوم بزرگ است که خدا نزدیک ایشان باشدچنانکه یهوه، خدای ما است، در هروقت که نزداو دعا می‌کنیم؟۷
8 आज मैले तिमीहरूका सामु राखिरहेको यो व्यवस्थाजस्तै धार्मिक विधिविधान भएको कुनचाहिँ अर्को महान् जाति छ?
و کدام طایفه بزرگ است که فرایض و احکام عادله‌ای مثل تمام این شریعتی که من امروز پیش شما می‌گذارم، دارند؟۸
9 केवल ध्यान देओ र आ-आफूलाई होसियारीपूर्वक पहरा देओ ताकि तिमीहरूका आँखाले देखेका कुराहरू तिमीहरूले नबिर्स र तिमीहरूका जीवनभरि ती तिमीहरूका ह्रदयबाट नजाऊन् । बरु, ती तिमीहरूका छोराछोरीहरू र नातिनातिनाहरूलाई सिकाओ ।
لیکن احتراز نما و خویشتن را بسیار متوجه باش، مبادا این چیزهایی را که چشمانت دیده است فراموش کنی و مبادا اینها در تمامی ایام عمرت از دل تو محو شود، بلکه آنها را به پسرانت و پسران پسرانت تعلیم ده.۹
10 होरेबमा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु उभिएको दिनमा परमप्रभुले मलाई यसो भन्‍नुभयो, 'मानिसहरूलाई जम्मा गर् र म तिनीहरूलाई मेरा वचन सुन्‍ने बनाउने छु ताकि यस पृथ्वीमा तिनीहरू बाचुञ्‍जेलसम्म तिनीहरूले मेरो भय मान्‍न सिकून् र तिनीहरूका छोराछोरीहरूलाई सिकाउन सकून् ।'
در روزی که درحضور یهوه خدای خود در حوریب ایستاده بودی و خداوند به من گفت: «قوم را نزد من جمع کن تا کلمات خود را به ایشان بشنوانم، تا بیاموزندکه در تمامی روزهایی که برروی زمین زنده باشنداز من بترسند، و پسران خود را تعلیم دهند.»۱۰
11 तिमीहरू पर्वतको फेदको नजिक आएर उभियौ । पर्वतमा आगो दन्केर आकाशको बिचसम्मै पुग्यो, अनि बाक्लो अन्धकार र बादल छायो ।
وشما نزدیک آمده، زیر کوه ایستادید، و کوه تا به وسط آسمان به آتش و تاریکی و ابرها و ظلمت غلیظ می‌سوخت.۱۱
12 आगोको बिचबाट परमप्रभु तिमीहरूसित बोल्नुभयो । तिमीहरूले बोलिएको वचनको आवाज सुन्यौ तर त्यहाँ तिमीहरूले कुनै स्वरूप देखेनौ । तिमीहरूले आवाज मात्रै सुन्यौ ।
و خداوند با شما از میان آتش متکلم شد، و شما آواز کلمات را شنیدید، لیکن صورتی ندیدید، بلکه فقط آواز را شنیدید.۱۲
13 उहाँले तिमीहरूलाई तिमीहरूले पालन गर्नुपर्ने उहाँको करार अर्थात् दस आज्ञाको घोषणा गर्नुभयो । उहाँले तिनलाई दुईवटा शिला-पाटीमा लेख्‍नुभयो ।
و عهد خود را که شما را به نگاه داشتن آن مامور فرمود، برای شما بیان کرد، یعنی ده کلمه را و آنها را بر دو لوح سنگ نوشت.۱۳
14 तिमीहरूलाई विधिविधानहरू सिकाउन त्यस बेला परमप्रभुले मलाई आज्ञा दिनुभयो ताकि पारि गएर तिमीहरूले अधिकार गर्न लागिरहेको देशमा ती पालन गर्न सक ।
و خداوندمرا در آنوقت امر فرمود که فرایض و احکام را به شما تعلیم دهم، تا آنها را در زمینی که برای تصرفش به آن عبور می‌کنید، بجا آورید.۱۴
15 त्यसैले तिमीहरूले आ-आफूलाई ध्यान देओ किनकि त्यस दिन होरेबमा परमप्रभु आगोको बिचबाट तिमीहरूसित बोल्नुहुँदा तिमीहरूले कुनै स्वरूप देखेनौ ।
پس خویشتن را بسیار متوجه باشید، زیرادر روزی که خداوند با شما در حوریب از میان آتش تکلم می‌نمود، هیچ صورتی ندیدید.۱۵
16 कुनै पुरुष वा स्‍त्रीको स्वरूपमा वा खोपेर कुनै पनि प्रतिमा बनाएर वा
مبادا فاسد شوید و برای خود صورت تراشیده، یا تمثال هر شکلی از شبیه ذکور یا اناث بسازید.۱۶
17 पृथ्वीमा कुनै पशुको स्वरूप वा आकाशमा उड्ने कुनै चराचुरुङ्गी वा
یا شبیه هر بهیمه‌ای که بر روی زمین است، یا شبیه هر مرغ بالدار که در آسمان می‌پرد.۱۷
18 भुइँमा घस्रने कुनै पनि प्राणी वा पृथ्वीमुनि पानीमा भएको कुनै पनि माछाको प्रतिमा बनाएर तिमीहरूले आफूलाई भ्रष्‍ट नपार ।
یا شبیه هر خزنده‌ای بر زمین یا شبیه هرماهی‌ای که در آبهای زیر زمین است.۱۸
19 पुरै आकाशमुनि सबै जातिलाई परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुभएका सूर्य, चन्द्रमा वा ताराहरूसाथै सबै आकाशीय पिण्डहरू देखेर तिनको पुजा आराधना गर्न आफ्ना आँखा माथि नउठाओ ।
و مباداچشمان خود را بسوی آسمان بلند کنی، و آفتاب و ماه و ستارگان و جمیع جنود آسمان را دیده، فریفته شوی و سجده کرده، آنها را که یهوه خدایت برای تمامی قومهایی که زیر تمام آسمانند، تقسیم کرده است، عبادت نمایی.۱۹
20 तर परमप्रभुले तिमीहरूलाई उहाँको आफ्नै निज सम्पत्ति (जस्तो आज तिमीहरू छौ) बनाउन आगोको भट्टी अर्थात् मिश्रबाट निकालेर ल्याउनुभएको छ ।
لیکن خداوند شما را گرفته، از کوره آهن ازمصر بیرون آورد تا برای او قوم میراث باشید، چنانکه امروز هستید.۲۰
21 तिमीहरूका कारणले परमप्रभु मसित रिसाउनुभयो । म यर्दनपारि जान नपाउने र परमप्रभु तिमीहरूका परमेश्‍वरले सम्पत्तिको रूपमा तिमीहरूलाई दिनुहुने देशमा जान नपाउने गरी उहाँले शपथ खानुभयो ।
و خداوند بخاطر شما بر من غضبناک شده، قسم خورد که از اردن عبور نکنم و به آن زمین نیکو که یهوه خدایت به تو برای ملکیت می‌دهد، داخل نشوم.۲۱
22 बरु, म यस देशमै मर्नुपर्छ । म यर्दनपारि जान पाउने छैनँ । तर तिमीहरू त्यस असल देशमा गएर त्यसको अधिकार गर्ने छौ ।
بلکه من در این زمین خواهم مرد واز اردن عبور نخواهم کرد، لیکن شما عبورخواهید کرد، و آن زمین نیکو را به تصرف خواهیدآورد.۲۲
23 सावधान बस ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूसित बाँध्‍नुभएको करार तिमीहरूले नभुल र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई निषेध गर्नुभएको कुनै पनि कुराको प्रतिमूर्ति नबनाओ ।
پس احتیاط نمایید، مبادا عهد یهوه، خدای خود را که با شما بسته است فراموش نمایید، و صورت تراشیده یا شبیه هر چیزی که یهوه خدایت به تو نهی کرده است، برای خودبسازی.۲۳
24 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर भस्म पार्ने आगो र डाही परमेश्‍वर हुनुहुन्छ ।
زیرا که یهوه خدایت آتش سوزنده وخدای غیور است.۲۴
25 तिमीहरूले छोराछोरीहरू र नातिनातिनाहरू जन्माइसकेपछि तिमीहरू लामो समयसम्म त्यस देशमा बस्दा तिमीहरूले आफूलाई भ्रष्‍ट पारी खोपेर कुनै पनि कुराको प्रतिमूर्ति बनाएर परमप्रभु तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा दुष्‍ट काम गरी उहाँलाई चिढ्यायौ भने म आज स्वर्ग र पृथ्वीलाई तिमीहरूका विरुद्धमा साक्षी राख्दछु,
چون پسران و پسران پسران را تولیدنموده، و در زمین مدتی ساکن باشید، اگر فاسدشده، صورت تراشیده، و شبیه هرچیزی رابسازید و آنچه در نظر یهوه خدای شما بد است بجا آورده، او را غضبناک سازید،۲۵
26 कि जुन देश अधिकार गर्न तिमीहरू यर्दनपारि जाँदै छौ त्यस देशबाट तिमीहरू चाँडै नै पूर्ण रूपमा नष्‍ट हुने छौ । त्यहाँ तिमीहरू लामो समयसम्म बाँच्ने छैनौ, तर तिमीहरू पूर्ण रूपमा नष्‍ट हुने छौ ।
آسمان وزمین را امروز بر شما شاهد می‌آورم که از آن زمینی که برای تصرف آن از اردن بسوی آن عبورمی کنید البته هلاک خواهید شد. و روزهای خودرا در آن طویل نخواهید ساخت، بلکه بالکل هلاک خواهید شد.۲۶
27 परमप्रभुले तिमीहरूलाई जाति-जातिहरूका बिचमा तितर-बितर पारिदिनुहुने छ, र उहाँले तिमीहरूलाई धपाउनुभएका जातिहरूका बिचमा तिमीहरूको सङ्ख्या थोरै हुने छ ।
و خداوند شما را در میان قومها پراکنده خواهد نمود، و شما در میان طوایفی که خداوند شما را به آنجا می‌برد، قلیل العدد خواهید ماند.۲۷
28 त्यहाँ तिमीहरूले मानिसहरूका हातले बनाइएका काठ र ढुङ्गाका अन्य देवताहरूको सेवा गर्ने छौ जसले न देख्छन् न सुन्छन् न खान्छन् न त सुँघ्छन् ।
و در آنجا خدایان ساخته شده دست انسان از چوپ و سنگ راعبادت خواهید کرد، که نمی بینند و نمی شنوند ونمی خورند و نمی بویند.۲۸
29 तर त्यहीँबाट नै तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको खोजी गर्ने छौ र तिमीहरूका सारा ह्रदय र सारा प्राणले उहाँको खोजी गर्दा तिमीहरूले उहाँलाई भेट्टाउने छौ ।
لیکن اگر از آنجا یهوه خدای خود را بطلبی، او را خواهی یافت. بشرطی که او را به تمامی دل و به تمامی جان خود تفحص نمایی.۲۹
30 ती पछिल्ला दिनमा तिमीहरू सङ्कष्‍टमा हुँदा र यी सबै कुरा तिमीहरूमा आइपर्दा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरमा फर्की उहाँको आवाज सुन्‍ने छौ ।
چون در تنگی گرفتار شوی، و جمیع این وقایع برتو عارض شود، در ایام آخر بسوی یهوه خدای خود برگشته، آواز او را خواهی شنید.۳۰
31 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर कृपालु हुनुहुन्छ । उहाँले तिमीहरूलाई त्याग्‍नुहुने छैन न त नष्‍ट गर्नुहुने छ न तिमीहरूका पिता-पुर्खाहरूसित बाँध्‍नुभएको करारलाई भुल्नुहुने छ ।
زیرا که یهوه خدای تو خدای رحیم است، تو را ترک نخواهد کرد و تو را هلاک نخواهد نمود، و عهد پدرانت را که برای ایشان قسم خورده بود، فراموش نخواهد کرد.۳۱
32 अब के पहिले कहिल्यै यस्तो महान् घटना भएको थियो वा यस्तो कहिल्यै सुनिएको थियो? तिमीहरूभन्दा अगि बितेका दिनहरू अर्थात् परमेश्‍वरले पृथ्वीमा मानिस सृजनुभएको दिनको बारेमा सोधपुछ गर । आकाशको एक छेउदेखि अर्को छेउसम्म सोधपुछ गर ।
زیرا که از ایام پیشین که قبل از تو بوده است از روزی که خدا آدم را برزمین آفرید، و از یک کناره آسمان تا به کناره دیگر بپرس که آیا مثل این امر عظیم واقع شده یا مثل این شنیده شده است؟۳۲
33 तिमीहरूले सुनेजस्तै आगोको बिचबाट परमेश्‍वर बोल्नुभएको सुनेर के कुनै जाति कहिल्यै जीवित भएको छ?
آیا قومی هرگز آواز خدا را که از میان آتش متکلم شود، شنیده باشند و زنده بمانند، چنانکه تو شنیدی؟۳۳
34 वा मिश्रमा तिमीहरूका आँखाकै सामुन्‍ने परमप्रभु तिमीहरूका परमेश्‍वरले गर्नुभएझैँ परीक्षा, चिन्ह, आश्‍चार्य, लडाइँ, शक्तिशाली हात, पसारिएको पाखुरा र महान् त्रासहरूद्वारा अर्को जातिको बिचबाट आफ्नो लागि एउटा जातिलाई लिएर आउन के परमेश्‍वरले कहिल्यै कोसिस गर्नुभएको छ?
و آیا خدا عزیمت کرد که برود وقومی برای خود از میان قوم دیگر بگیرد باتجربه‌ها و آیات و معجزات و جنگ و دست قوی و بازوی دراز شده و ترسهای عظیم، موافق هرآنچه یهوه خدای شما برای شما در مصر درنظر شما بعمل آورد؟۳۴
35 तिमीहरूलाई नै यी कुराहरू देखाइए ताकि तिमीहरूले परमप्रभु नै परमेश्‍वर हुनुहुन्छ र उहाँबाहेक अरू कोही ईश्‍वर छैन भनी तिमीहरूले जान्‍न सक ।
این برتو ظاهر شد تابدانی که یهوه خداست و غیر از او دیگری نیست.۳۵
36 तिमीहरूलाई निर्देशन दिन उहाँले स्वर्गबाट आफ्नो आवाज तिमीहरूलाई दिनुभयो । पृथ्वीमा उहाँले आफ्नो दन्कने आगो तिमीहरूलाई देखाउनुभयो । तिमीहरूले आगोको बिचबाट उहाँका वचन सुन्यौ ।
از آسمان آواز خود را به تو شنوانید تا تو راتادیب نماید، و برزمین آتش عظیم خود را به تونشان داد و کلام او را از میان آتش شنیدی.۳۶
37 उहाँले तिमीहरूका पिता-पुर्खाहरूलाई प्रेम गर्नुभएकाले उहाँले तिनीहरूका सन्तानहरूलाई चुन्‍नुभयो अनि उहाँको उपस्थिति र महाशक्तिसहित तिमीहरूलाई मिश्रबाट ल्याउनुभयो ।
و ازاین جهت که پدران تو را دوست داشته، ذریت ایشان را بعد از ایشان برگزیده بود، تو را به حضرت خود با قوت عظیم از مصر بیرون آورد.۳۷
38 उहाँले तिमीहरूकै सामु तिमीहरूभन्दा शक्तिशाली र महान् जातिलाई धपाइदिनुभयो ताकि तिमीहरूलाई भित्र ल्याई सम्पत्तिको रूपमा तिनीहरूको देश दिन सकून् जस्तो आज उहाँले गर्नुभएको छ ।
تا امتهای بزرگتر و عظیم تر از تو را پیش روی تو بیرون نماید و تو را درآورده، زمین ایشان رابرای ملکیت به تو دهد، چنانکه امروز شده است.۳۸
39 त्यसकारण आज यो जान र ह्रदयमा राख कि परमप्रभु नै माथि स्वर्ग र तल पृथ्वीमा परमेश्‍वर हुनुहुन्छ र अरू कोही छैन ।
لهذا امروز بدان و دردل خود نگاه دار که یهوه خداست، بالا در آسمان و پایین برروی زمین ودیگری نیست.۳۹
40 आज मैले तिमीहरूलाई दिएका विधिविधानहरू तिमीहरूले पालन गर ताकि तिमीहरू र तिमीहरू पछि आउने तिमीहरूका छोराछोरीहरूको भलो होस् अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले सदाको निम्ति तिमीहरूलाई दिनुभएको देशमा तिमीहरूको आयु लामो होस् ।”
و فرایض و اوامر او را که من امروز به تو امر می‌فرمایم نگاهدار، تا تو را و بعداز تو فرزندان تو را نیکو باشد و تا روزهای خود رابر زمینی که یهوه خدایت به تو می‌دهد تا به ابدطویل نمایی.۴۰
41 तब मोशाले यर्दनको पूर्वपट्टि तिनवटा सहर छाने
آنگاه موسی سه شهر به آن طرف اردن بسوی مشرق آفتاب جدا کرد.۴۱
42 ताकि कुनै पनि व्यक्तिले पहिले दुश्मनी नभएका अर्को व्यक्तिलाई अजान अवस्थामा मारेको खण्डमा त्यहाँ भागेर जान सकोस् । यी सहरमध्ये कुनै एउटामा भागेर त्यसले आफ्नो ज्यान बचाउन सक्थ्यो ।
تا قاتلی که همسایه خود را نادانسته کشته باشد و پیشتر باوی بغض نداشته به آنها فرار کند، و به یکی از این شهرها فرار کرده، زنده ماند.۴۲
43 यी सहरहरू यिनै थिएः रूबेनीहरूका लागि उजाड-स्थानमा मैदानको बेसेर, गादीहरूका लागि गिलादको रामोत र मनश्शेका सन्तानहरूका लागि बाशानको गोलान ।
یعنی باصر دربیابان، در زمین همواری به جهت روبینیان، وراموت در جلعاد به جهت جادیان، و جولان درباشان به جهت منسیان.۴۳
44 मोशाले इस्राएलका मानिसहरूका सामु राखिदिएको व्यवस्था यही हो ।
و این است شریعتی که موسی پیش روی بنی‌اسرائیل نهاد.۴۴
45 इस्राएलीहरू मिश्रबाट आउँदा तिनले तिनीहरूलाई दिएका करारका आज्ञाहरू, व्यवस्थाहरू र अन्य आज्ञाहरू यी नै हुन् ।
این است شهادات و فرایض و احکامی که موسی به بنی‌اسرائیل گفت، وقتی که ایشان از مصر بیرون آمدند.۴۵
46 तिनीहरू हेश्बोनमा बस्‍ने एमोरीहरूका राजा सीहोनको देश बेथ-पोरको सामुन्‍ने यर्दनको पूर्वपट्टि छँदा मोशाले यी आज्ञाहरू दिएका थिए । मोशा र इस्राएलीहरू मिश्रबाट आउँदा तिनले यी राजालाई हराएका थिए ।
به آنطرف اردن در دره مقابل بیت فغور در زمین سیحون، ملک اموریان که در حشبون ساکن بود، و موسی وبنی‌اسرائیل چون از مصر بیرون آمده بودند او رامغلوب ساختند.۴۶
47 तिनीहरूले तिनको देश र बाशानका राजा ओगको देशमाथि अधिकार गरे । यी एमोरीहरूका दुई राजा थिए जो यर्दनपारि पूर्वपट्टि बस्थे ।
و زمین او را و زمین عوج ملک باشان را، دو ملک اموریانی که به آنطرف اردن بسوی مشرق آفتاب بودند، به تصرف آوردند.۴۷
48 यो क्षेत्र अर्नोनको बेँसीको छेउमा रहेको अर्नोनदेखि सियोन पर्वत (अर्थात् हेर्मोन पर्वत) सम्म
از عروعیر که بر کناره وادی ارنون است تا جبل سیئون که حرمون باشد.۴۸
49 र यर्दनपारि पूर्वपट्टि यर्दन नदीको बेँसीको मैदानका सबै भूभागदेखि अराबाको समुद्रसम्म र पिसगा टापुको भिरसम्म पर्थ्यो ।
و تمامی عربه به آنطرف اردن بسوی مشرق تا دریای عربه زیر دامنه های فسجه.۴۹

< व्यवस्था 4 >