< व्यवस्था 4 >
1 अब हे इस्राएली हो, मैले तिमीहरूलाई सिकाउनै लागेका विधिविधानहरूलाई सुन । तिनको पालन गरी तिमीहरू जीवित होऊ र परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशमा गएर त्यसलाई अधिकार गर ।
Og nu, Israel! hør paa de Skikke og de Bud, som jeg lærer eder at holde, paa det I maa leve og komme ind og eje Landet, som Herren eders Fædres Gud vil give eder.
2 मैले तिमीहरूलाई आज्ञा गरेका वचनहरूमा नथप्नू न त तीबाट घटाउनू ताकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएका आज्ञाहरू तिमीहरूले पालन गर्न सक ।
I skulle intet lægge til det Ord, som jeg byder eder, og intet tage derfra, at I maa bevare Herren eders Guds Bud, som jeg har budet eder.
3 बाल-पोरको कारणले परमप्रभुले के गर्नुभयो, त्यो तिमीहरूका आँखाले देखेका छन् । पोरको बाल देवतालाई पछ्याउने सबै मानिसलाई परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूकै बिचबाट नष्ट पारिदिनुभयो ।
Eders Øjne have set, hvad Herren har gjort for Baal-Peors Skyld; thi hver Mand, som gik efter Baal-Peor, ham har Herren din Gud udslettet af din Midte.
4 तर परमप्रभु तिमीहरूका परमेश्वरसित टाँसिनेहरूमध्ये हरेक आज जीवित छ ।
Men I, som hængte hardt ved Herren eders Gud, I leve alle paa denne Dag.
5 हेर, परमप्रभु मेरा परमेश्वरले मलाई आज्ञा गर्नुभएझैँ मैले तिमीहरूलाई विधिविधानहरू सिकाएको छु, कि तिमीहरूले अधिकार गर्न लागिरहेको देशमा तिमीहरू प्रवेश गर्दा तिमीहरूले ती पालन गर्नुपर्छ ।
Se, jeg har lært eder Skikke og Bud, eftersom Herren min Gud befalede mig, at I skulle gøre saaledes midt i Landet, hvorhen I skulle komme for at eje det.
6 त्यसकारण ती मान र पालन गर । किनकि जाति-जातिहरूको दृष्टिमा यो तिमीहरूको बुद्धि र समझशक्ति हुने छ जसले यी सबै विधिविधानको बारेमा सुनेर यसो भन्ने छन्, 'निश्यच नै, यो महान् जाति बुद्धिमानी र समझशक्ति भएको जाति रहेछ ।'
Saa holder dem og gører efter dem; thi det skal være eders Visdom og eders Forstand for Folkenes Øjne, som skulle høre om alle disse Skikke, og de skulle sige: Alene dette store Folk er et viist og forstandigt Folk.
7 किनकि हामीले जहिलेसुकै पुकारा गर्दा हाम्रा परमप्रभु परमेश्वर जत्ति नजिक हुनुहुन्छ, त्यति अर्को कुन जातिको ईश्वर नजिक छ?
Thi hvor er saa stort et Folk, til hvilket Guder holde sig nær, saaledes som Herren vor Gud til os, saa tidt vi kalde paa ham?
8 आज मैले तिमीहरूका सामु राखिरहेको यो व्यवस्थाजस्तै धार्मिक विधिविधान भएको कुनचाहिँ अर्को महान् जाति छ?
Og hvor er saa stort et Folk, som har saa retfærdige Skikke og Bud, som hele denne Lov er, hvilken jeg i Dag lægger for eders Ansigt?
9 केवल ध्यान देओ र आ-आफूलाई होसियारीपूर्वक पहरा देओ ताकि तिमीहरूका आँखाले देखेका कुराहरू तिमीहरूले नबिर्स र तिमीहरूका जीवनभरि ती तिमीहरूका ह्रदयबाट नजाऊन् । बरु, ती तिमीहरूका छोराछोरीहरू र नातिनातिनाहरूलाई सिकाओ ।
Ikkun tag dig i Vare og bevar din Sjæl vel, at du ikke forglemmer de Ting, som dine Øjne have set, og at de ikke vige fra dit Hjerte alle dine Livsdage; men du skal kundgøre dem for dine Børn og for dine Børnebørn:
10 होरेबमा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरको सामु उभिएको दिनमा परमप्रभुले मलाई यसो भन्नुभयो, 'मानिसहरूलाई जम्मा गर् र म तिनीहरूलाई मेरा वचन सुन्ने बनाउने छु ताकि यस पृथ्वीमा तिनीहरू बाचुञ्जेलसम्म तिनीहरूले मेरो भय मान्न सिकून् र तिनीहरूका छोराछोरीहरूलाई सिकाउन सकून् ।'
Den Dag, da du stod for Herren din Guds Ansigt ved Horeb, der Herren sagde til mig: Saml til mig Folket, saa vil jeg lade dem høre mine Ord, som de skulle lære, for at frygte mig alle de Dage, som de leve paa Jorden, og de skulle lære deres Børn dem.
11 तिमीहरू पर्वतको फेदको नजिक आएर उभियौ । पर्वतमा आगो दन्केर आकाशको बिचसम्मै पुग्यो, अनि बाक्लो अन्धकार र बादल छायो ।
Og I kom nær til og stode neden for Bjerget, og Bjerget brændte med Ild indtil midt op i Himmelen, der var Mørke, Sky, ja forfærdeligt Mørke.
12 आगोको बिचबाट परमप्रभु तिमीहरूसित बोल्नुभयो । तिमीहरूले बोलिएको वचनको आवाज सुन्यौ तर त्यहाँ तिमीहरूले कुनै स्वरूप देखेनौ । तिमीहरूले आवाज मात्रै सुन्यौ ।
Og Herren talede til eder midt ud af Ilden; I hørte Ordets Røst, men I saa ingen Skikkelse foruden Røsten.
13 उहाँले तिमीहरूलाई तिमीहरूले पालन गर्नुपर्ने उहाँको करार अर्थात् दस आज्ञाको घोषणा गर्नुभयो । उहाँले तिनलाई दुईवटा शिला-पाटीमा लेख्नुभयो ।
Og han forkyndte eder sin Pagt, hvilken han bød eder at holde, de ti Ord; og han skrev dem paa to Stentavler.
14 तिमीहरूलाई विधिविधानहरू सिकाउन त्यस बेला परमप्रभुले मलाई आज्ञा दिनुभयो ताकि पारि गएर तिमीहरूले अधिकार गर्न लागिरहेको देशमा ती पालन गर्न सक ।
Og Herren bød mig paa den samme Tid at lære eder Skikke og Bud, at I skulle gøre derefter i det Land, som I drage over til for at eje det.
15 त्यसैले तिमीहरूले आ-आफूलाई ध्यान देओ किनकि त्यस दिन होरेबमा परमप्रभु आगोको बिचबाट तिमीहरूसित बोल्नुहुँदा तिमीहरूले कुनै स्वरूप देखेनौ ।
Saa bevarer eders Sjæle vel, fordi I saa slet ingen Skikkelse paa den Dag, der Herren talede til eder paa Horeb midt ud af Ilden,
16 कुनै पुरुष वा स्त्रीको स्वरूपमा वा खोपेर कुनै पनि प्रतिमा बनाएर वा
at I ikke skulle handle fordærveligt og gøre eder et udskaaret Billede, en Skikkelse af noget Billede, en Lignelse af Mand eller Kvinde,
17 पृथ्वीमा कुनै पशुको स्वरूप वा आकाशमा उड्ने कुनै चराचुरुङ्गी वा
en Lignelse af noget Dyr, som er paa Jorden, en Lignelse af nogen vinget Fugl, som flyver under Himmelen,
18 भुइँमा घस्रने कुनै पनि प्राणी वा पृथ्वीमुनि पानीमा भएको कुनै पनि माछाको प्रतिमा बनाएर तिमीहरूले आफूलाई भ्रष्ट नपार ।
en Lignelse af noget krybende Dyr paa Jorden, en Lignelse af nogen Fisk, som er i Vandet under Jorden;
19 पुरै आकाशमुनि सबै जातिलाई परमप्रभु तिमीहरूका परमेश्वरले दिनुभएका सूर्य, चन्द्रमा वा ताराहरूसाथै सबै आकाशीय पिण्डहरू देखेर तिनको पुजा आराधना गर्न आफ्ना आँखा माथि नउठाओ ।
og at du ikke skal opløfte dine Øjne til Himmelen og se Solen og Maanen og Stjernerne, den ganske Himmelens Hær, og tilskyndes til at tilbede dem og tjene dem, hvilke Herren din Gud har uddelt til alle Folkene under den ganske Himmel.
20 तर परमप्रभुले तिमीहरूलाई उहाँको आफ्नै निज सम्पत्ति (जस्तो आज तिमीहरू छौ) बनाउन आगोको भट्टी अर्थात् मिश्रबाट निकालेर ल्याउनुभएको छ ।
Men eder tog Herren og udførte eder af Jernovnen, af Ægypten, for at være hans Arvs Folk, som man ser paa denne Dag.
21 तिमीहरूका कारणले परमप्रभु मसित रिसाउनुभयो । म यर्दनपारि जान नपाउने र परमप्रभु तिमीहरूका परमेश्वरले सम्पत्तिको रूपमा तिमीहरूलाई दिनुहुने देशमा जान नपाउने गरी उहाँले शपथ खानुभयो ।
Og Herren blev vred paa mig for eders Handelers Skyld og svor, at jeg ikke skulde gaa over Jordanen, ej heller komme ind i det gode Land, som Herren din Gud giver dig til Arv.
22 बरु, म यस देशमै मर्नुपर्छ । म यर्दनपारि जान पाउने छैनँ । तर तिमीहरू त्यस असल देशमा गएर त्यसको अधिकार गर्ने छौ ।
Thi jeg dør i dette Land, jeg gaar ikke over Jordanen; men I skulle gaa over den og eje dette gode Land.
23 सावधान बस ताकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूसित बाँध्नुभएको करार तिमीहरूले नभुल र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई निषेध गर्नुभएको कुनै पनि कुराको प्रतिमूर्ति नबनाओ ।
Tager eder i Vare, at I ikke forglemme Herren eders Guds Pagt, som han har gjort med eder, saa at I gøre eder et udskaaret Billede, en Skikkelse af nogen som helst Ting, hvad Herren din Gud har forbudet dig.
24 किनकि परमप्रभु तिमीहरूका परमेश्वर भस्म पार्ने आगो र डाही परमेश्वर हुनुहुन्छ ।
Thi Herren din Gud, han er en fortærende Ild, en nidkær Gud.
25 तिमीहरूले छोराछोरीहरू र नातिनातिनाहरू जन्माइसकेपछि तिमीहरू लामो समयसम्म त्यस देशमा बस्दा तिमीहरूले आफूलाई भ्रष्ट पारी खोपेर कुनै पनि कुराको प्रतिमूर्ति बनाएर परमप्रभु तिमीहरूका परमेश्वरको दृष्टिमा दुष्ट काम गरी उहाँलाई चिढ्यायौ भने म आज स्वर्ग र पृथ्वीलाई तिमीहरूका विरुद्धमा साक्षी राख्दछु,
Naar du avler Børn og Børnebørn, og I blive gamle i Landet, og I handle fordærveligt og gøre et udskaaret Billede, en Skikkelse af nogen som helst Ting, og I gøre det onde for Herren eders Guds Øjne til at opirre ham:
26 कि जुन देश अधिकार गर्न तिमीहरू यर्दनपारि जाँदै छौ त्यस देशबाट तिमीहरू चाँडै नै पूर्ण रूपमा नष्ट हुने छौ । त्यहाँ तिमीहरू लामो समयसम्म बाँच्ने छैनौ, तर तिमीहरू पूर्ण रूपमा नष्ट हुने छौ ।
Da tager jeg i Dag Himmelen og Jorden til Vidne imod eder, at I snart skulle udryddes af det Land, til hvilket I nu drage hen over Jordanen for at eje det; I skulle ikke forlænge eders Dage i det, thi I skulle blive aldeles ødelagte.
27 परमप्रभुले तिमीहरूलाई जाति-जातिहरूका बिचमा तितर-बितर पारिदिनुहुने छ, र उहाँले तिमीहरूलाई धपाउनुभएका जातिहरूका बिचमा तिमीहरूको सङ्ख्या थोरै हुने छ ।
Og Herren skal adsprede eder iblandt Folkene, saa at I skulle blive som en liden Hob tilovers iblandt Hedningerne, hvor Herren skal føre eder hen.
28 त्यहाँ तिमीहरूले मानिसहरूका हातले बनाइएका काठ र ढुङ्गाका अन्य देवताहरूको सेवा गर्ने छौ जसले न देख्छन् न सुन्छन् न खान्छन् न त सुँघ्छन् ।
Og der skulle I tjene Guder, et Menneskes Hænders Gerning, Træ og Sten, som hverken kunne se eller høre eller æde eller lugte.
29 तर त्यहीँबाट नै तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको खोजी गर्ने छौ र तिमीहरूका सारा ह्रदय र सारा प्राणले उहाँको खोजी गर्दा तिमीहरूले उहाँलाई भेट्टाउने छौ ।
Og I skulle derfra søge Herren din Gud, og du skal finde ham, naar du leder efter ham af dit ganske Hjerte og af din ganske Sjæl.
30 ती पछिल्ला दिनमा तिमीहरू सङ्कष्टमा हुँदा र यी सबै कुरा तिमीहरूमा आइपर्दा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरमा फर्की उहाँको आवाज सुन्ने छौ ।
Naar du faar Angst, og alle disse Ting ramme dig i de sidste Dage, da skal du omvende dig til Herren din Gud og høre paa hans Røst.
31 किनकि परमप्रभु तिमीहरूका परमेश्वर कृपालु हुनुहुन्छ । उहाँले तिमीहरूलाई त्याग्नुहुने छैन न त नष्ट गर्नुहुने छ न तिमीहरूका पिता-पुर्खाहरूसित बाँध्नुभएको करारलाई भुल्नुहुने छ ।
Thi Herren din Gud er en barmhjertig Gud, han skal ikke opgive dig eller ødelægge dig; han skal ikke heller glemme den Pagt med dine Fædre, som han svor dem.
32 अब के पहिले कहिल्यै यस्तो महान् घटना भएको थियो वा यस्तो कहिल्यै सुनिएको थियो? तिमीहरूभन्दा अगि बितेका दिनहरू अर्थात् परमेश्वरले पृथ्वीमा मानिस सृजनुभएको दिनको बारेमा सोधपुछ गर । आकाशको एक छेउदेखि अर्को छेउसम्म सोधपुछ गर ।
Thi spørg, kære, om de forrige Dage, som have været før dig, fra den Dag Gud skabte Menneskene paa Jorden, og fra Himmelens ene Ende og indtil Himmelens anden Ende, om der er sket noget som denne store Ting, eller om der er hørt noget som dette?
33 तिमीहरूले सुनेजस्तै आगोको बिचबाट परमेश्वर बोल्नुभएको सुनेर के कुनै जाति कहिल्यै जीवित भएको छ?
Om et Folk har hørt Guds Røst talende midt ud af Ilden, saaledes som du har hørt, og er blevet ved Live?
34 वा मिश्रमा तिमीहरूका आँखाकै सामुन्ने परमप्रभु तिमीहरूका परमेश्वरले गर्नुभएझैँ परीक्षा, चिन्ह, आश्चार्य, लडाइँ, शक्तिशाली हात, पसारिएको पाखुरा र महान् त्रासहरूद्वारा अर्को जातिको बिचबाट आफ्नो लागि एउटा जातिलाई लिएर आउन के परमेश्वरले कहिल्यै कोसिस गर्नुभएको छ?
Eller om Gud har forsøgt at komme for at tage sig et Folk midt ud af Folket, ved Forsøgelser, ved Tegn og ved underlige Gerninger og ved Krig og ved en stærk Haand og ved en udrakt Arm og ved store forfærdelige Gerninger, efter alt det som Herren eders Gud har gjort ved eder i Ægypten for dine Øjne?
35 तिमीहरूलाई नै यी कुराहरू देखाइए ताकि तिमीहरूले परमप्रभु नै परमेश्वर हुनुहुन्छ र उहाँबाहेक अरू कोही ईश्वर छैन भनी तिमीहरूले जान्न सक ।
Dig er det blevet vist, for at du skal vide, at Herren han er Gud, ingen uden han alene.
36 तिमीहरूलाई निर्देशन दिन उहाँले स्वर्गबाट आफ्नो आवाज तिमीहरूलाई दिनुभयो । पृथ्वीमा उहाँले आफ्नो दन्कने आगो तिमीहरूलाई देखाउनुभयो । तिमीहरूले आगोको बिचबाट उहाँका वचन सुन्यौ ।
Af Himmelen har han ladet dig høre sin Røst for at undervise dig, og paa Jorden har han ladet dig se sin store Ild, og du har hørt hans Ord midt ud af Ilden.
37 उहाँले तिमीहरूका पिता-पुर्खाहरूलाई प्रेम गर्नुभएकाले उहाँले तिनीहरूका सन्तानहरूलाई चुन्नुभयो अनि उहाँको उपस्थिति र महाशक्तिसहित तिमीहरूलाई मिश्रबाट ल्याउनुभयो ।
Og fordi han elskede dine Fædre, da udvalgte han deres Sæd efter dem, og han udførte dig af Ægypten ved sit Ansigt, ved sin store Kraft,
38 उहाँले तिमीहरूकै सामु तिमीहरूभन्दा शक्तिशाली र महान् जातिलाई धपाइदिनुभयो ताकि तिमीहरूलाई भित्र ल्याई सम्पत्तिको रूपमा तिनीहरूको देश दिन सकून् जस्तो आज उहाँले गर्नुभएको छ ।
for at uddrive for dit Ansigt større og stærkere Folk, end du er, for at føre dig ind og give dig deres Land til Arv, som det ses paa denne Dag.
39 त्यसकारण आज यो जान र ह्रदयमा राख कि परमप्रभु नै माथि स्वर्ग र तल पृथ्वीमा परमेश्वर हुनुहुन्छ र अरू कोही छैन ।
Saa skal du vide i Dag og tage dig det til Hjerte, at Herren er Gud i Himmelen oventil og paa Jorden nedentil, der er ingen ydermere.
40 आज मैले तिमीहरूलाई दिएका विधिविधानहरू तिमीहरूले पालन गर ताकि तिमीहरू र तिमीहरू पछि आउने तिमीहरूका छोराछोरीहरूको भलो होस् अनि परमप्रभु तिमीहरूका परमेश्वरले सदाको निम्ति तिमीहरूलाई दिनुभएको देशमा तिमीहरूको आयु लामो होस् ।”
Og du skal holde hans Skikke og hans Bud, som jeg byder dig i Dag, at det skal gaa dig vel og dine Børn efter dig, og at du maa forlænge Dagene i det Land, som Herren din Gud giver dig alle Dage.
41 तब मोशाले यर्दनको पूर्वपट्टि तिनवटा सहर छाने
Da fraskilte Mose tre Stæder paa denne Side Jordanen, imod Solens Opgang,
42 ताकि कुनै पनि व्यक्तिले पहिले दुश्मनी नभएका अर्को व्यक्तिलाई अजान अवस्थामा मारेको खण्डमा त्यहाँ भागेर जान सकोस् । यी सहरमध्ये कुनै एउटामा भागेर त्यसले आफ्नो ज्यान बचाउन सक्थ्यो ।
for at en Manddraber, som slaar sin Næste ihjel af Vanvare og uden at han hadede ham tilforn, kunde fly derhen; og at han kunde fly til en af disse Stæder og blive ved Live:
43 यी सहरहरू यिनै थिएः रूबेनीहरूका लागि उजाड-स्थानमा मैदानको बेसेर, गादीहरूका लागि गिलादको रामोत र मनश्शेका सन्तानहरूका लागि बाशानको गोलान ।
Nemlig Bezer i Ørken, paa det jævne Land, hos Rubeniterne og Ramoth i Gilead hos Gaditerne og Golan i Basan hos Manassiterne.
44 मोशाले इस्राएलका मानिसहरूका सामु राखिदिएको व्यवस्था यही हो ।
Og dette er Loven, som Mose satte for Israels Børns Ansigt,
45 इस्राएलीहरू मिश्रबाट आउँदा तिनले तिनीहरूलाई दिएका करारका आज्ञाहरू, व्यवस्थाहरू र अन्य आज्ञाहरू यी नै हुन् ।
disse ere Vidnesbyrdene og Skikkene og Budene, som Mose forkyndte Israels Børn, der de vare udgangne af Ægypten,
46 तिनीहरू हेश्बोनमा बस्ने एमोरीहरूका राजा सीहोनको देश बेथ-पोरको सामुन्ने यर्दनको पूर्वपट्टि छँदा मोशाले यी आज्ञाहरू दिएका थिए । मोशा र इस्राएलीहरू मिश्रबाट आउँदा तिनले यी राजालाई हराएका थिए ।
paa denne Side Jordanen, i Dalen over for Beth-Peor, i den amoritiske Konge Sihons Land, han, som boede i Hesbon, hvem Mose og Israels Børn sloge, der de vare udgangne af Ægypten.
47 तिनीहरूले तिनको देश र बाशानका राजा ओगको देशमाथि अधिकार गरे । यी एमोरीहरूका दुई राजा थिए जो यर्दनपारि पूर्वपट्टि बस्थे ।
Og de toge hans Land og Ogs, Kongen af Basans, Land til Eje, de to amoritiske Kongers, som vare paa denne Side Jordanen, mod Solens Opgang,
48 यो क्षेत्र अर्नोनको बेँसीको छेउमा रहेको अर्नोनदेखि सियोन पर्वत (अर्थात् हेर्मोन पर्वत) सम्म
fra Arder, som ligger ved Bækken Arnons Bred, og indtil Sions Bjerg, det er Hermon,
49 र यर्दनपारि पूर्वपट्टि यर्दन नदीको बेँसीको मैदानका सबै भूभागदेखि अराबाको समुद्रसम्म र पिसगा टापुको भिरसम्म पर्थ्यो ।
og hele den slette Mark paa denne Side Jordanen mod Østen, og indtil Havet ved den slette Mark neden for Foden af Pisga.